अलिकती कथा
--
मलाई तिमी आउँदैनौ कि भन्ने डर थियो
-- किन ?
-- तिमीले कहिले आउछु भनेर फोन गरेनौ , साउट बक्स मा बोलाको भर मा....
-- तिमीले फोन गरेको भये पनि हुन्थ्यो नि त डर लागेको भये
--पहिलो र अन्तिम प्रयास रेस्टुरेन्ट मा नै बोलाएर गरम भनेर फोन नगरेको
--तिमि केटि त बहदुर नै हौ
--बहादुर त हो नि, मैले चाट मा मलाई फोटो पठाउना भनेर इमेल देको होइन
--अनि?
-- फोटो मागेको त हो नि मैले, दिएनौ
-- अब चाट मा फोटो माग्ने लाई, कसले फोटो पठाउछ र
-- तिमीले मागेको भए मैले चाहि पठौथे
-- तिमीले पनि मेरो फोटो मागेनौ, नमागीकन पठाई दिउ भने मलाई अप्ठ्यारो लाग्यो
-- एस्तो कुरा मा केटी हरु लाई अप्ठ्यारो हुन्छ नि
-- अब एक्कैसौ सताब्दी मा पनि के को अप्ठ्यारो
-- तैपनी..
-- के पिउने विचार छ ?
-- तिमि के लिन्छौ?
-- म त रेड वाइन लिन्छु
-- म पनि तेही लिन्छु
-- अरु लिए पनि हुन्छ
-- होइन मलाइ पनि रेड वाइन नै मन पर्छ
-- अनि खाना मा के
-- म पास्ता कार्बोनरा, तिमी के लिंछेउ?
-- मा चिकन सलेद लिन्छु
_______________
--ल भन तिमीले मलाई किन रेस्टुरेन्ट मा बोलाको ?
--एउटा केटी ले च्याट मा गफ गरेको केटा लाई रेस्टुरेन्ट मा किन बोलाउछे?
--ए त्यो कारण पो, आजको जमाना मा पनी च्याट गरेको भर मा कस्तो फसेको त तिमी म सँग
--फसेको होइन क्या, तिमीले च्याट मा कुरा गरेको बाट म धेरै इम्प्रेस भये क्या
--त्यो त रियल लाइफ होइन नि, म बुढो अथवा नराम्रो भएको भये के गर्थेयौ ?
--मैले तिमि लाई रेस्टुरेन्ट मा कसरि चिन्ने भनेर सोधेको थिए तिमीले आफुले कुन लुगा लगाउने र आफ्नो हाइट भनेको थियौ तर तिमीले मलाइ कसरि चिन्ने भनेर सोधेनौ. मैले तेस्को फाइदा उठाए
--हा, हा, अब तिमीले मलाइ चिने पछि बोल्न आइ हाल्चेउ भनेर
--म चाइ तिमि लाई पैला हेर्छु, बुढो अथवा नराम्रो रैछौ भने बोल्नै जान्न भनेर बसेकी थिए
--चलाख रैछौ
--एस्तो कुरा म़ा जुन केटि पनि चलाख हुन्छ
_ एउटा कुरा सोधुम
_ सोध
_ किन बिहे नगरेको, बुढो हुन लागि सकयौ
_ खोइ कहिले के, कहिले के, मौकै मिलेन
_ त्यो चाहि कुनै तर्क भएन है, बिहे गर्न त जसरि पनि समय निस्कन्छ
_खोइ मेरो तेस्तै पर्यो
_कुनै केटि संग बिछोड भएर तेस्तो गरेको त होइन
_होइन, तिमि लाई म प्रेम को बिछोड ले बिबाह नगर्ने मान्छे जस्तो लाग्छ र ?
_तिमि गे त होइनौ?
_हा, हा, होइन , गे भएको भए तिमीले बोलाको म किन आउथे र
_ केहि कारण त अबस्य होला
_ होइन, खोइ के भो के भो, समय तेसै गयो
_ म कस्तो लाग्छु ?
-- कुन सेन्स मा ?
-- राम्री लाग्छु ? भनेर सोधेको
-- येह, अब के भनु, तिमीले मलाइ बोलाको, म आको, तिमि नराम्री भएपनि नराम्री भन्न मिल्छ र?
-- त्यो त हो, तर म तेती बच्ची पनि होइन, साचो कुरा पचाउन नसकने
-- ल ठिकै छ तेसो भए, तिमि मा नराम्रो भन्न पर्ने केहि छैन
-- धन्यवाद
______________________________________
-- के यो प्रेम हो ?
-- प्रेम नै त नभनुम, चाहना सम्म भन्न मिल्छ कि
-- हलिवुड को जस्तो कि बलिवूड को जस्तो चाहना हो यो ?
-- के फरक छ र ति दुइ मा
-- हालिवूड को जस्तो हो भने मन परेपछि बेड मा जान पर्छ, बलिवूड को जस्तो हो भने गीत गाउन सुरु गर्न पर्छ
-- उफ सुरु भो तिम्रो लजिक फेरी, बरू सुन आज त मैले ठुलो सहस गरेर बोलाए तिमि लाई , फेरी पनि मैले नै बोलाउन पर्नी हो कि ?
-- तिमि लाइ कहिले फुर्सत छ?
-- बोलाउ न मात्रै
-- अर्को हप्ता, येही टाइम, येही ठाम, हुन्छ?
Last edited: 17-Nov-12 08:50 PM