[Show all top banners]

biwash prawashi

More by biwash prawashi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

SoAndSo
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Why Baburam Bhattarai stays in commoner's home once a month
[VIEWED 1163 TIMES]
SAVE! for ease of future access.
Posted on 01-15-13 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



 महिनाको एक दिन

प्रधानमन्त्री डा. बाबुराम भट्टराई महिनाको एक दिन जनताको घरमा बस्ने कार्यक्रम अहिले पनि जारी छ । उहा“ जनतास“ग बस्ने भनेको महिनाको एक दिन मात्रै हो । बा“की दिन उहा“ व्यापारी, उद्योगपति, ठेकेदार आदिस“ग नै बसिरहनुहुन्छ । महिनाको एकदिन जनताको घरमा बस्ने प्रधानमन्त्रीको कार्यक्रम चर्चितभन्दा पनि आलोचित बढी छ । उहा“ कहिले ट्र्याक्टर चढेर, कहिले हेलिकोप्टर चढेर जनताको घरसम्म पुग्नुहुन्छ । तर, त्यहा“ पुग्नेबित्तिकै प्रश्न आइसक्छ– प्रधानमन्त्री त्यहा“ किन ? के कामलाई ? आदि–आदि । त्यस्तै, एउटा जनताको घरमा एकदिन कुनै जनताले उहा“सँग सोधेछ, ‘प्रधानमन्त्रीज्यू, तपाईं आखिर यो कुना–कन्दरामा रहेको जनताको घरमा किन बास बस्न पुग्नुहुन्छ ?’ प्रधानमन्त्रीज्यूले पुरानै उत्तर दिनुभयो, ‘म आफै“ जनताको घर–घरमा गएर उनीहरूको अवस्था बुझ्न चाहन्छु । नेपाली जनता कसरी खान्छन्, कसरी बस्छन्, कसरी जिउ“छन् त्यसको प्रत्यक्ष नजर गर्न म जनताको घर–घरमा बस्न जान थालेको हु“ ।’ ‘तर तपाईं त त्यत्रो वर्ष पहाडमै भूमिगत जीवन बिताएर आउनुभएको मान्छे । त्यतिबेला चाहि“ बुझ्नुभएन त जनताको अवस्था ?’ त्यो जनता अलिकति कडो परेछ । ‘तर त्यो त भूमिमुनि बसेर काम गर्दै गरेको समय भयो । अहिले हामी भूमिमाथि आइसकेका छौ“ । भूमिमुनि बसेर काम गर्दा भूमिमाथिको वस्तुस्थिति थाहा हु“दैन । त्यो हामी अहिले थाहा पाउने प्रयास गर्दै छौ“,’ प्रमज्यूले भन्नुभयो । ‘भूमिमुनि नै भए पनि आखिर त्यतिबेला तपाईंहरू बस्ने, खाने त जनताकै घरमा होइन र ?’ जनताले अर्को प्रश्न तेस्र्यायो । प्रधानमन्त्रीले भन्नुभयो, ‘खाने त जनताको घरमै हो तर त्यतिबेला खाने र यतिबेला खानेमा ठूलो अन्तर छ । माक्र्सवादी दृष्टिकोणबाट हेर्दा त्यो अन्तर थाहा पाउनु जरुरी हुन्छ ।’ ‘के अन्तर ?’ जनताले फेरि सोध्यो, ‘त्यतिबेला खाने पनि भातै हो, अहिले खाने पनि भातै हो । कहा“ छ अन्तर ?’ प्रमज्यूले अन्तर खुट्याउनुभयो, ‘खाने त भातै हो । तर, खाने उही भए पनि खाने तरिका फरक छ । त्यतिबेला हामी जनताको घरमा घेरेर, तर्साएर, डराएर, धम्क्याएर भात खान्थ्यौ“ । भातस“गै कुखुरा सिध्याउ“थ्यौ“ । अहिले मानपूर्वक खाइरहेका छौ“ । त्यतिबेला डराएर, तर्साएर खानु र अहिले मानपूर्वक खानुबीचको अन्तर बुझ्नलाई पनि म जनताको घर–घरमा बास बस्न गइरहेको हु“ ।’ सायद प्रधानमन्त्रीज्यूको जवाफबाट सन्तुष्ट भएर होला, जनता आÏनो बाटो लाग्यो ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters