[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali Basketball Diary
[VIEWED 4011 TIMES]
SAVE! for ease of future access.
Posted on 01-25-13 6:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मेरो घर मैतिदेवी हो । म पहिलोपटक काठमाडौंबाहिर गएको लागुपदार्थ लिनैका लागि हो । त्यति वेला वीरगन्ज हँुदै रक्सोल पुगेको थिएँ । प्रहरीलाई छल्नका लागि हामी सामान्य गाउँको मानिसझैँ भएर गएका थियौँ । औषधिपसलमा गएर 'सामान' किनिसकेपछि चोर बाटो भएर फर्किएका थियौँ ।
मैतिदेवीमै भेट भएको व्यापारीसँग म पहिलोपटक रक्सोल पुगेको हुँ । मैले उसलाई चिनेको थिइनँ । तर, उसले मलाई 'माल खान्छ' भनेर चिनेको रहेछ । मलाई बोलाएर 'खान पनि पाउँछौ, मसँग सामान छ, बेच' भन्यो । स्टकको सामान बेचेर सकिएपछि पहिलोपटक ऊसँगै रक्सोल गएँ । पछि एक्लै जान थालेँ । सामान किन्नकै लागि म भैरहवापारि पनि गएको छु ।

पहिलोपटक नै भीरबाट लडेँ

मैले ०५५ सालदेखि ब्राउन खान थालेँ । त्योभन्दा अगाडि गाँजा खाइन्थ्यो । त्यति वेला खाने 'जक्सन' मैतिदेवी थियो । पछि हाम्रो 'मेन जक्सन' सुन्दरीजल भयो । हाम्रो टोलीमा २०/२५ जना हुन्थे । केटीहरू पनि उत्तिकै हुन्थे ।
मैले पहिलोपटक गौशाला रातो पुलको साथीसँग गाँजा खाएँ । भण्डारखालको जंगलभित्र बसेर खाएका थियौँ । त्यति वेला फस्ट टाइममै कडा खालको परेछ । खाएपछि भिरबाट लडेँ । साथीले लगेर सुतायो । एकैपटक भोलिपल्ट मात्र थाहा पाएँ ।
मैले ८ कक्षा पढ्दादेखि नै रमाइलोका लागि चुरोट खान थालेँ । साथीभाइको संगतले रमाइलोकै लागि गाँजा खान थालेँ । सुरुमा लत पर्छ भन्ने थिएन । पछि लत बढ्दै गएपछि चरेस, कोकिनसम्म खाएँ । सामान्यतः ब्राउन सुगर नै धेरै खान्थेँ ।
बुवाममीलाई छोरा सोझो छ भन्ने थियो । तर, १० कक्षामा पढ्दा नै म दुव्र्यसनी थिएँ । मेरो पढाइ त्यहाँभन्दा अगाडि जान सकेन । बिहानैदेखि सामानकै खोजीमा लागिन्थ्यो । किन्ने ग्राहकको खोजी पनि गरिन्थ्यो । घरमा कसैले केही भने झगडा गर्ने गर्थें । म पहिलादेखिको झगडालु स्वभावको थिएँ । खाएपछि झन् जोस आउँथ्यो ।

पुलिस नै दुव्र्यसनी

सुरुमा गाँजा खोज्न ककनी, गोकर्ण, दक्षिणकाली पुगिन्थ्यो । त्यहाँका गाँजा खाने स्थानीयसँग पनि चिनजान भयो । उनीहरूसँग किन्न र बेच्ने मान्छे भेट्न सजिलो हुन्थ्यो । किनेपछि पुलिसले नसमातोस् भनेर सामान बोक्नचाहिँ साथीलाई दिन्थेँ । तर, पछि थाहा भयो, कतिपय पुलिस नै हामीसँग आएर खाँदा रहेछन् । पुलिसले भने सामान्यतया गाँजा मात्र खान्थे । कोही-कोही ट्याब्लेट पनि खान्थे । हामीलाई उनीहरूले नै पुलिसको सूचना दिन्थे । नयाँ इन्स्पेक्टर, सई वा असई आए भने हामी पहिला नै जानकारी पाउँथ्यौँ ।
मैले गाँजापछि ट्याब्लेट खान थालेँ । मैले जति ट्याब्लेट सायद म बसेको 'रिहाब'का सबैको जोड्दा पनि पुग्दैन होला । तर, छोड्न मन गरे सकिँदो रहेछ । एडिक्टेड हुनु भनेको रोग रहेछ ।
प्रहरीहरू पैसाका लागि जे पनि गर्छन् भन्ने जेल परेपछि थाहा पाएँ । एकपटक झगडा गरेको कारण म र अर्को एउटा साथी जेल परेका थियौँ । दुई दिनसम्म खान नपाएपछि हामी एकदमै 'सिक' भयौँ । हामीसँग दुई हजार थियो । ड्युटी बसेको प्रहरीले एक हजार लिएर अर्को हजारको दुईवटा ट्याब्लेट ल्याइदियो ।

 

जेलको यात्रा

पहिलोपटक एयरपोर्टबाट मलाई पुलिसले समातेर थुन्यो । म बाहिर जान हिँडेको थिएँ । अर्को साथी पनि थियो । कालो ट्याम्पोको ड्राइभरले एयरपोर्ट जाउँ भन्दा नमानेपछि मैले हिर्काएको हुँ । त्यो ड्राइभरको मुख नै कच्याककुचुक भएको थियो । त्यसपछि कतिपटक जेल परेँ भन्न सक्दिनँ । प्रायः हनुमानढोका लगेर थुन्थ्यो । एकपटक चारखालमा चार दिन थुनेको छ । तर, ड्रग्सको केसमा भने जेल परेको छैन । प्रत्येकपटक झगडा गरेरै जेल गएको हुँ ।
जेलभित्रको एउटा भन्न लायकको कथा छ । मैले रक्सी खाएर अनामनगरमा झगडा गरेपछि हनुमानढोका लग्यो । त्यहाँ पहिला जेल पर्दा नै चिनिराखेका केटाहरू थिए । मलाई देखेपछि 'ओहो दाइ फेरि आउनुभयो' भनेर उक्साउने काम गरे । त्यसपछि पुराना साथीसँग होहल्ला गरियो । ड्युटीमा बसेको हवल्दारले बन्दुक तेर्साएर हल्ला नगर्न धम्क्यायो । मलाई एकदमै रिस उठ्यो र मैले उसको बन्दुक खोस्न जाइलागेँ । सक्छस् भने ढोका खोलेर हतियार फालेर भिड्न आइज भनेँ । किन हो कुन्नी त्यो पुलिस त्यसै चुप लाग्यो ।

रातो पुलमा फेमस भएँ

मसँग दुई-तीन सय फायल ट्याब्लेट स्टकमा हुन्थ्यो । कमल पोखरीमा एउटा औषधि पसल थियो । उसले मलाई ट्रस्ट गथ्र्यो । ब्ल्याकमा चार-पाँच सय पर्ने फायल उसले मलाई ४०/५० रुपैयाँमा नै दिन्थ्यो ।
पसलेले डरले पनि सामान दिँदो रहेछ । एकपटक साथीको रातोपुलको केटासँग झगडा परेछ । खाएको वेला उसले मलाई उक्सायो । म ऊ बसेको पसलमा खुकुरी लिएर गएँ । मैले हानेको नलागेपछि ऊ भाग्यो । तर, मैले लखेटेर बाहिर सडकमा नै हानेँ । त्यति नै वेला त्यही ठाउँमा अर्कोलाई पनि हानेँ ।
त्यसपछि त रातो पुल एरियामा मेरो नाम फेमस भयो । मान्छेहरू मसँग डराउन थाले । त्यसपछि त्यो एरियाका पसलेले मलाई ट्याब्लेट राखिदिन थाले ।
सबैभन्दा महँगो मैले कोकिनसम्म खाएको छु । एकपटक खानकै लागि ठमेलमा भेला भएका थियौँ । ब्राउन खाने कुरा थियो । पैसा उठाउँदा अलि बढी भयो । साथीहरूले 'दाइ आज कोकिन खाउँ' भने । साढे पाँच हजारमा एक ग्राम किनेर खाएको हो । मैले १०/१२ खालको औषधि खाएको छु । घोडालाई हान्ने सुई पनि हानियो ।

यसरी 'रिह्याब’ पुगेँ

वीरगन्जको सामान ल्याउने व्यक्ति दुई-चार दिन हरायो । स्टक पनि सकियो । दुई दिन खान नपाएपछि मलाई असर देखिन थाल्यो । घरबाट माग्दा पनि कुलतमा फसेको भनेर दिनुहुन्नथ्यो । मलाई चक्कर लाग्ने, रिस उठ्ने, रातभरि निन्द्रा नलाग्ने भयो । त्यति वेला ड्रग्सको असर पहिलोपटक थाहा भयो । पागलजस्तै भएको थिएँ । परिवारसँग झगडा गरेँ । ममीले फोन गरेर रिह्याबको मान्छे बोलाउनु भएछ ।
त्यसपछि पहिलोपटक रिह्याब -पुनस्र्थापना केन्द्र) बसेँ । उसो त म अहिलेसम्म चार-पाँचपटक रिह्याबमा बसिसकेँ । तर, अहिले भने मैले सुध्रनुपर्छ भन्ने फिलिङ्स गरेको छु । पहिला म बसेको ठाउँमा त्यति केयर भएन जस्तो लाग्छ । हामी आउटिङ जाँदा -बाहिर निस्कँदा ) उतैबाट सामान ल्याएर रिह्याबभित्रै खान्थ्यौँ । त्यसैले गर्दा त्यहाँ केही फिलिङ्स आएन । बाहिर आएर रक्सी हुँदै फेरि कुलततिरै पुगियो ।
म सामान कम खान्थेँ । औषधि खान्थेँ । तर, पैसा नपुगेर एक दिन घरको सामान चोरेर बेचेँ । परिवारले सोध्दा थाहा छैन भनेँ । तर, बुवाआमाले पत्याउनुभएन । 'मैले घरको ठेक्का लिएको छु र ?' भनेर म रिसाएँ । त्यसपछि आमाले क्लिन नेपालको मान्छे बोलाउनु भयो र मलाई यहाँ ल्याइयो ।

 

साथीहरूको मृत्यु

मेरा धेरै साथीको ओभरडोजले मृत्यु भयो । कसैको झगडा गर्दा मृत्यु भयो । हामीसँगै ड्रग्स खाने छ-सातजना मरिसके । त्यही भएर मैले डोज घटाएको थिएँ ।
भाइको साथीलाई ठमेलमा ब्राउनसुगरको केसमा झगडा पर्दा छतबाट खसालेर मारिदिए । त्यसपछि मलाई नराम्रो लाग्यो । समाजले पनि नराम्रो रूपमा हेर्न थाल्यो । बुवालाई काकाहरूलाई सबैले मान्छन्, तर मलाई हेप्ने ड्रग्सले नै हो भन्ने लाग्यो । र, आफँै पनि डोज घटाइराको थिएँ । क्लिन नेपाल आएको एक वर्षभन्दा बढी भयो । अहिले भने म समाजमा घुलमिल हुन चाहन्छु ।

 

एकान्तमा विगत सम्झेर रुन्छु

म जतिखेर कुलतमा फसेको थिएँ, त्यतिखेर मलाई एकदमै माया गर्ने गर्लप|mेन्ड र हजुरआमालाई गुमाएँ । ड्रग्स खाँदा धेरै गर्ल प|mेन्ड भए । तर, ती टाइम पास भनौँ या यसै साथीजस्ता मात्र थिए । तर, एकजना थिइन्, उनले भने मलाई साँचै माया गर्थिन् ।
उनीसँग चार वर्ष जतिसँगै भएँ । मैले ड्रग्स खान्छु भन्ने उनलाई पनि थाहा थियो । कहिलेकाहीँ खान नपाएर पैसा माग्दा पनि दिन्थिन् । 'मलाई पनि तिमीले खाएको देउ' भनेर माग्थिन् । तर म उसलाई दिन्नथेँ । अहिले सम्भिmँदा मैले छोडोस् भनेर त्यसरी मागेको रैछ । उसलाई बुझ्न नसक्दा बिछोड भयो । सायद आज ऊ मसँग भएको भए यो अवस्थामा हुन्नथेँ होला । म ऊसलाई अहिले एकदमै मिस गर्छु । उनलाई सम्झेर धेरैपटक एकान्तमा रोएको छु ।
मैले ड्रग्सकै कारण मर्ने वेलामा मेरो हजुरआमाको मुखसम्म देख्न पाइनँ । मलाई एकदमै माया गर्नुहुन्थ्यो । म कुलतमा फसेपछि एकदमै चिन्ता गर्नुहुन्थ्यो । मेरो नाति आँखाको नानी हुनुपर्ने तर काँढा भयो भन्नुहुन्थ्यो । मैले एकदिन म यो सबै छाड्छु भनेर बाचा गरेको थिएँ । मैले छोडे पनि । तर, हजुरआमालाई खुसी भएको देख्न पाइनँ । माथिबाट भए पनि देखिराख्नुभएको होला ।
अहिले पनि मेरो लभ अफेयर्स चलिराखेको छ । मेरी गर्लप|mेन्डले मलाई पोजेटिभ नजरले हेर्छिन् । कहिलेकाहीँ फोन गर्दा पनि आनन्द लाग्छ । उनले मलाई बुझेकी छिन् । एकदमै हेल्प गर्छिन् ।

अन्त्य कि मृत्यु कि रिह्याब

ड्रग्स रोग हो भन्ने धेरैले बुझ्दैनन् । नरमाइलो लाग्छ । हामी सुध्रन चाहन्छौँ । त्यो समाजले बुझिदिनुपर्छ । ड्रग्स खानु भनेको अँध्यारोको यात्रा हो । यसको कुनै भविष्य छैन । हामी उज्यालोमा हिँड्न चाहन्छौँ ।
म अरूलाई पनि क्षणभरको खुसीमा परेर अँध्यारोमा नहिँड्न भन्छु । ड्रग्स खान थालेपछि बाबुआमा, श्रीमती कोही आफ्ना हुँदैनन् । यसको अन्त्य भनेको कि त मृत्यु हो, कि त रिह्याब सेन्टर हो । तर रिह्याबमा कम मात्र आइपुग्छन् । यहाँ आइपुग्नु भनेको भाग्य हो । जिन्दगीमा बाधा आउँछन् । लड्नुपर्छ । हार मान्नु हुन्न । त्यसैले उज्यालोको यात्रा गर्न अरूलाई सल्लाह दिन्छु ।

 
Posted on 01-25-13 9:25 AM     [Snapshot: 69]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarai ramro lageo katha. It is always a great feeling to get into a clean line and move life in a better direction. I have been clean since 7 years now and feel so proud to be this way. Good luck for your life ahead.
 
Posted on 01-25-13 12:47 PM     [Snapshot: 150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यो रोग हैन यो आफैले बेकेको नसा हो, साथि भाइले भिराइदिने काउसो हो ; पछि सित्तैमा पिउन पाउने जन्जाल हो | 
राता रात धनि बन्ने सजिलो उपाय मध्हे एक हो , सर्ब साधारण देखि मन्त्रि गण समेत आम्दानीको हप्ता लिन्छन | यो रोग हैन तर लत लागे पछि यो महारोग ले पनि नभेट्टाउने आफैले निमन्त्रणा गरेको मृत्यु हो |
एक  थरि  पैसा कमाउ अर्को  थरि थाप्लामा हात राखेर  वा दिन गनेर बस |
Last edited: 25-Jan-13 12:48 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
emergency donation needed
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters