[Show all top banners]

Max Rossa
Replies to this thread:

More by Max Rossa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आक्रोशको एउटा तरंग मात्र
[VIEWED 3985 TIMES]
SAVE! for ease of future access.
Posted on 05-08-13 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 माओवादीहरु त वास्तवमैं आतंककारी नै हुन् । अमेरिकाले आतंकको सूचीबाट हटाएपनि उनीहरुको विगत र शान्तिसम्झौता पछिका उद्दण्ड शैली हेर्दा लाग्दैन उनीहरु शान्तीपूर्ण राजनीतिमा विश्वास गर्छन । अझै पनि पत्याउन गाह्रो हुन्छ, कि एक्काइसौं शताब्दीमा पनि उनीहरुले हतियारबाट सत्ता कब्जा गरे । उनीहरुका कारण १४ हजार निर्दोष नेपालीले ज्यान गुमाउनुपर्यो, या उनीहरुको पछि लाग्दा होस अथवा उनीहरुलाई प्रतिवाद गर्दा होस । आधारभूत रुपमा जुन प्रवृत्तीको विरुद्धमा उनीहरुले संघर्ष गरेको भ्रम जनतामा छरेका थिए, त्यही प्रवृत्ती उनीहरुको समात्ने लौरो भएको छ, अथवा भनौं सहयात्री भएको छ । शाही शासनका मुख्य सचिव लोकमानको गणतान्त्रिक नेपालमा अख्तियार प्रमुखको रुपान्तरण वा मेटामोर्फोसिस् त एउटा सानो उदाहरण मात्र हो । नेपाली कांगे्रस, नेकपा एमाले लगाएतका तत्कालीन सात दलले राजालाई तह लगाउन माओवादीसँग गरेको गठबन्धन र शान्ति सम्झौता अहिले भारी पर्दैछ । सम्पूर्ण रुपमा देश अनियन्त्रित छ, अशान्त छ, अभिषप्त छ, विभाजित छ र देश अघोषित रुपमा भारत शासित छ । चर्का भाषण गरेर जनताको रगत उमाल्ने तागत राख्ने युवा नेताहरु पार्टीको पुच्छर समातेर सत्ताको वैतरणी तर्ने सोचमा छन् । विभाजित नेपाली मनलाई के यीनले गाँस्ने प्रयत्न गर्लान् र ? टाढा टाढा सम्म अनिश्चितता मात्र देखिन्छ, तैपनि समाधानको झिनो आससम्म छ...
 
Posted on 05-08-13 4:49 PM     [Snapshot: 82]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ दशक अगाडी हराएका ३ जना केटि हरु भेटीए , १४-१५ बर्स सम्म बन्दि बस्दा एक दिन कुनै तेस्तो दिन आउँन १५ बर्स किन लाग्यो यो सबैको कोतुहल को बिसय हो | मेरो जिज्ञासा एक जना साइकोलोजिस्टको भनाइ सुने पछिअन्त्य भयो | तेही कुरा हाम्रो नेपालि समाजमा माओबादिले गरेको रहेछ भन्ने निष्कर्समा पुगे |

डर धम्की त्रास , आसा दिलासा थुपारी दिए पछि मानसिक रुपमा दास बनि सकेको हुन्छ अनि कसैले त यो होइनस भनि सोधे पनि आफ्नो चिनारिनै बिर्सिदिन्छन रे अनि हामीले बिर्सी सक्यौ | नेता खरब पति बने , अनि नेपालकै एक धनि मानि बन्दा हामि : राजाले खान्थ्यो अब जनताले खायो बन्ने कुरा दिमाग मा राखी दिएको छ अनि गल्ति गरे भन्ने कसैलाई परेको छैन  | तेसतई अर्को केटि १० सौ बर्स एक सहर वाट निस्फिक्री हिडे पनि मलाइ बन्दि बनाएको छ भनि खुल्ला रुपमा गर्न नसेको कुरा - ठ्याक्कै हामि नेपालि माथि माओबादि देखि अरु राजनीति संस्था ले दास बनाएको अनि यो दासता वाट मुक्ति पाउन कुनै कोसिस हुन्छ भने कहिले होला ? यी बिचरालाई १५ वर्ष लाग्यो मुक्ति पाउन ?  

 
Posted on 05-08-13 6:41 PM     [Snapshot: 138]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maxrossa u said u can't belive how Maoists were successful in 21st century with guns n violence. Yes they were successful coz Nepalese live in medeival times. 21st century life living happens only in USA. Even in this era u 've seen Saddam gone, Gadhafi gone. Nepal is a slum country with sewage flowing just like in medieval times in Europe. If I go Nepal n start my own cult, my own political party, trust me Nepali naive bheda bakhri will be joining me.
 
Posted on 05-09-13 11:52 AM     [Snapshot: 276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी अर्को गन्थन है
मगोर्खे र गोरीका पोइका तर्क सान्दर्भिक छन्, ति सत्य कुरा हुन् नैं । विषयहरु बग्रेल्ती छन्, सोचेर मन उदास हुन्छ । नेपालका राजनीतिक दलका समस्तप्राय नेताको प्रमुख ध्येय कसरी सत्ताको चास्नी चाखिरहने, कसरी पैसो कमाइरहने, त्यति मैं सीमित रह्यो ।होइन भने खोइ त आर्थिक विकास अनि खोइ त पूर्वाधार ? विकासको कुरा गर्नुहुन्छ भने, त्यो त एउटा संयोग वा आकस्मिकता माने हुन्छ । उपलब्धी र लगानीलाई एउटा तराजुमा राखेर जोख्दा उपलब्धी शुन्य प्राय छ ।  आंकडा ठ्याक्कै विर्सें, अर्थमन्त्रालयको वेवसाइटमा खोतलेर हेरे हुन्छ, हाम्रो बजेटको ८० प्रतिशत हिस्सा त विदेसी रिन र अनुदानमा आधारित छ । ठूलाठालु नेता, ब्यापारी, कर्मचारीवर्गलाई मतलव छैन, छोराछोरी जसरी नी अम्रिका युरोप ठेल्ने अनी भ्रष्टाचारको पैसाले पेल्ने । अनि के हुन्थ्यो देश विकास ? 
नेपालको पल्टिक्स मा सजिलै सकुनी पासा पल्टाउन खप्पिस दक्षिण एसियाको सौतेलो ठुल्दाइ भारतले त नेपाललाई रेप मात्र गरेको छैन, नेपालको मलद्धारबाट हात छिराएर मुखबाट निकालिसक्यो । बोल्ने कोही होइन । कोही बोल्न थाल्यो भने आइएसआइको ट्याग लगाएर हुन्छ कि रअ लाई परिचालन गरेर ठेगान लाउँछ । देशै दिल्लीले चलाएको छ । भारत नेपालको राजनीतिमा हावी हुने एउटा यस्तो अवान्छित भूत हो, भुत माने तर्साउने भुत, जसले जुठ्यानलाई पनि प्रसाद र प्रसादलाई जुठ्यान बनाइदिन सक्छ । उदाहरणहरु अनगिन्ति छन् । 
उनीहरु नेपालमा एउटा नियन्त्रित अराजकता चाहन्छन् । यस्तो अराजकता जसमा उनीहरुले प्ले गर्न पाइरहन्छन्, अनी आफ्ना नीहित स्वार्थभोग गर्न पनि पाइरहन्छन् । आफ्नै देशलाई हानी हुनेगरी नेपाल बिग्रिन पनि दिंदैनन्, समृद्ध बनिहाल्न नि दिदैनन् । 
 
कुनैपनि क्षेत्रले आत्मविश्वास र व्यवसायीकता हासिल नगरेको अवश्थामा पत्रकारिता पनि त्यसबाट अछुतो सायद रहँदैन । भारतीय दूतावासले विक्ने पत्रकारलाई पैसा र उपहारमा लुटुपुटु बनाउँछ, पैसा नलिने र उपहार अस्विकार गर्ने प्रोफेशनल पत्रकारहरुलाई घरिघरी कहिले कुन कार्यक्रममा त कहिले कुन कार्यक्रममा भारतका विभिन्न शहरहरु घुमाइदिन्छ । वर्षको कम्तीमा ९ वटा टोली त भारत गएकै हुन्छन् । यसरी भारतले नेपालको सञ्चार माध्यमलाई प्रोइन्डियन बनाइरहेका छन् । जुन कुनैपनि स्वायत्त देशकोसम्बन्धमा छिमेकी देशबाट हुने घातक पहल हो ।
 अब त गर्लान् नि, अब त केही होला नि भन्दा भन्दै ४६ सालमा जन्म्याँ बच्चो २५ वर्ष पुग्न लागिसक्यो भएन त केही । त्यति मात्र हो र बिक्रम सम्बत २००७ साल प्रजातन्त्र आएको वर्ष । त्यो बेला जन्मेका बालकहरु अहिले नातीनातिनाका धनी भइसकेका होलान्, माथि जाने बेला हुनलागिसक्यो, के पाए त उनीहरुले ? सक्ने विदेस पलाएन भएहोलान् नसक्ने आफ्नो भाग्यलाइ धिक्कार्दै लोडसेडिंगमा टुकी बालेर बस्दै होलान्, उठ्न सके माथि ? गर्नसके गर्व नेपाली हुनुमा ? अहिले नेपाल र विश्वभरी छरिएर रहेका नेपाली मनमा नैरश्यता, पीडा बाहेक केही छैन । 
 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters