[Show all top banners]

timi_mero_sathi
Replies to this thread:

More by timi_mero_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

Jhapali_Thito
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कथा- मेरो छोरो घूस खाँदैन
[VIEWED 2831 TIMES]
SAVE! for ease of future access.
Posted on 05-11-13 6:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

 

कथा- मेरो छोरो घूस खाँदैन

 

4
 

मनु ब्रजाकी

हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो ।

“गधा … गोबे्र कीरा… अफिसर रे ! यस्ता छुसी अफिसर ! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर ! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी ! के मुख देखाउन आएको यो बूढो बाउलाई ?”

“तपाईंलाई सन्चो छैन बा, आराम गर्नुभए हुन्थ्यो नि !” उसले स्वास्नीतिर हेर्दै भन्यो । स्वास्नीको अनुहार निर्विकार थियो- तटस्थ अर्थात् स्वास्नीको मनस्थिति पनि लोग्नेपक्षतिर होइन ससुरापक्षतिर नै थियो अर्थात् तटस्थताको एउटा किनार हुन्छ नै ।

“भुत्रो आराम गर्नु… आराम गर्नु रे ! हेर् लोकप्रसादको छोरालाई, खरदार भएर बिल्डिङ ठोकिसक्यो । हेर् गोलु विष्टको छोरालाई, घरका सम्पूर्ण आइमाईका नाककान, नारीगला पहेँलपुर पारिसक्यो । हेर् वीरमानको भाइलाई, मोटरसाइकल कुदाएर हिँड्छ । पद्यराजको नातिलाई, सुब्बा पनि छैन यता गाउँमा मिल ठड्याइसक्यो, उता काठमाडौँमा लाख रुपियाँको घरेडी किनिसक्यो । त्यै शुक्रनाथकी साइँलीलाई हेन् न, जाबो नर्स त हो कि राजमार्गछेउ पाँगेको घडेरी किनेर दोकान ठड्याइसकी…. । तैँले के गरिस् ? हँ, तैँले… तँ छुसीलाई त त्यै तलब पनि नपच्ने भो, अघाएर कत्रो डकार मारेको ।”

वरिपरि छरछिमेकीहरुको आकस्मिक उन्नतिले गर्दा बूढाबाको मानसिक सन्तुलन बिग्रन आँटेको छ । तीस वर्ष शिक्षक पेसामा घोटिएर अभाव र अपमानको घामपानी सहेर, घूसको नाउँमा घर जस्तो “घ” पनि सुन्न नचाहेर बल्लतल्ल छोरालाई अफिसर बनाएका थिए । सबै बाउले झैँ भविष्यको रङ्गीन सपना उनले पनि देखेकै थिए । त्यै भविष्यको रङ्गीन सपनालाई अफिसर छोराले धमिल्याउँदै थियो । उनले सोचेको थिए- मैले त दुक्ख पाएँपाएँ, मेरो छोरो र नातिनातिनाहरु सुख पाऊन् तर यो लठुवा त घूसै खान्नँ भन्छ !”

“तैँले घूस नखाएर के भो… देश कुन उन्नतिको शिखरमा पुग्यो र ? तँलाई कम्ता दुक्ख गरेर पढाएको हो र ? म स्कुलमा घोटिन्थेँ, तेरी आमा ठूलाबडाको चाकडीमा घरघर पुग्थी । अब यो बुढेसकालमा हाम्रो दशा देखेर तँलाई त्यो जाबो घूस खाने पनि आँट आएन लाछी ? आफ्नै दुलैको मुख हेर् न, कस्तो ओइलाएको जस्तो छ । हे प्रभु ! के दशा आइलागेको हो यो …”

अफिसमा घूस नखाँदा अमिलिएको थियो भने यहाँ आएर मनसमेत अमिलियो । जति पटक घर आयो सदैव यही लाञ्छना सुन्नुपथ्र्यो उसले । अतः आज साहसपूर्वक उसले धेरै दिनदेखि आफ्नो मनमा लागेको कुरा बासित सोध्ने अठोट गर्‍यो ।

“बा, म एउटा कुरा सोध्छु नरिसाउनुहोला, तपाईंले यत्रा वर्ष स्कुलमा हाड घोट्नुभो तर घूस खानुभएन । स्कुलनिर्माणमा, विद्यार्थीहरुलाई टेस्ट पास गराउँदा, स्कुलका सरसामान किन्दा, किन घूस खानुभएन ? किन हिनामिना गर्नुभएन ? कि विद्यार्थीहरुलाई रातरातभरि फ्री ट्युसन पढाउनुभो ? किन ? भन्नुस् किन ? गाउँको भविष्यका लागि, कि देशको भविष्यका लागि, कि मेरो भविष्यका लागि, कि आफ्नो भविष्यका लागि ?”

आदर्शको भावना उम्लिएर झण्डै आँखामा नआएको बूढा शिक्षक यस अप्रत्याशित प्रश्नले एक्कासि झस्किएर निरुत्तर भए । हतप्रभ भए । अनि आफ्नो यस अनौठो अफिसरतिर हेर्न थाले ।

उनका अनेकौँ शिष्यहरु अफिसर भइसकेका थिए । तिनीहरुलाई उनी सदैव इमानदारी र सदाचारको उपदेश दिन्थे र सन्तुष्ट हुन्थे । उनको आफ्नै जीवन पनि एउटा उज्ज्वल उदाहरण थियो । शिष्य अफिसरहरु उनीसित आँखा जुधाउन सक्तैनथे । मुन्टो निहुर्‍याएर विनम्रतापूर्वक गुरुको उपदेश सुनिराख्थे ।

उनी सात दिनसम्म निरुत्तर नै रहे । क्रमशः अन्यमनस्क हुँदै गए । भोक र निद्रा दुवै हराउँदै गयो । अफिसर छोराले सोच्यो, अब बल्ल बाको चित्त बुझ्यो । फतफत र गनगन बन्द भयो । अतः ऊ छैटौँ दिन आफ्नो छुट्टी सकेर सपरिवार काठमाडौँ हिँड्यो ।

आठौँ दिनका दिन बूढा शिक्षक मुखर भए । आँगनमा आएर चिच्च्याए- “मेरो छोरो घुस खाँदैन, बुझिस् प्यारी बुढी !” बूढीलाई फर्सीको मुन्टा केलाउन लागेको देखेर व्यङ्ग्यपूर्वक हाँस्तै उनी बाहिर आए । जिङ्गि्रङ्ग कपाल, राता आँखा, मैले लुगा, गाउँको आडमा पृथ्वीराजमार्ग लम्पसार परेको थियो । त्यहाँ चियापसलनेर एउटा बस अडिएको देखेर हानिँदै आए र एउटा सुटबुट लगाएको यात्रीलाई हात हल्लाईहल्लाई भन्न थाले- “बुझ्नुभो मेरो छोराले घूस खाँदैन । कहिल्यै खाँदैन । धरोधर्म खाँदैन । मेरो छोरो… तपाईंले चिन्नुभएको होला… हरिकृष्ण, अग्लो, गहुँगोरो छ, नाकनेर कोठी पनि विचार गर्नुहोला… कहिल्यै घूस खाँदैन…”

चियापसलनेरको राणाकालीन परिचित वरपीपलको चौतारी र त्यो अपरिचित यात्री दुवै वाल्ल पर्छन् । उनी भने अन्य यात्रीहरुलाई पनि सोही कुरा बुझाउँदै छन्- “गहुगोरो, अग्लो… नाकनेर कोठी, विचार गर्नुहोला… हरिकृष्ण, कहिल्यै घूस खाँदैन… बुझ्नुभो, मेरो छोरा घूस खाँदैन !”

सम्पूर्ण बस वाल्ल परेको छ ।

 

 


 
Posted on 05-11-13 8:10 PM     [Snapshot: 184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संजोग कस्तो पर्‍यो भने आज बिहान यो कथा पढेको थिए, अनि अघि साँझ मात्र मनु दाईलाई भेट्ने मौका मिल्यो ।

भेटमा मैले यही कथाको प्रसँग उप्काए । मनु दाईले झन्डै आज भन्दा ४० बर्ष अघि यो कथा लेख्नु भएको रहेछ ।

तर अचम्म के लाग्यो भने आम नेपालीको सोचाइमा यो ४० बर्षमा तात्विक भिन्नता कत्ति पनि आएको छैन । पंचायत गयो, राजतन्त्र गयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो ....

तर हरेक नेपाली बाबुआमा चाहन्छन् आफ्ना छोराछोरीले धेरै पैसा कमाउन्, चाहे घुस खाएर कमाउन् अथवा नखाएर कमाउन् तर कमाउन चाँही कमाउन् ..
Last edited: 11-May-13 09:33 PM

 
Posted on 05-12-13 9:57 AM     [Snapshot: 344]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 त्यसो त मनु दाई को धेरै कथा -लघु कथा पढेको छु तर यो पढेको थिएन वा बिर्सेको हुन सक्छु . सम्भवत उहाँ को प्रख्यात कृति -"तिम्रो स्वास्नी र म " मा यो समाबेश छैन . आफु पनि सरकारी जागिरे जिन्दगीमा अनेक हण्डर ठण्डर खाएर खण्डहर भएको मान्छे , मन छोयो . 
 
अमेरिका आएको केही समय मै एक जना भलादमी  भेट भयो. बाउ नगरपालिका को हाकिम देखि सिडियो समेत भएको. निजी खर्च मा बांग्लोरमा एरोनटिक इन्जिनियर पढ्न बाउ ले पैसा दिएको . चिट्ठा परेर यता आएको . 
 
परिचय को सिलसिलामा मैले पनि नगरपालिकामा काम गरेको थिएँ, के भनें - " त्यसो भए तपाईं ले पनि टन्नै घुस खानु भयो होला है " घोची हाल्नु भयो . सम्भवत उहाँ ले " तपाईं ले मेरो बुबाले जस्तै टन्नै घुस खानु भएको होला " भन्न खोज्नु भएको हुनु पर्छ . 

 
परबरिश र परिवेशले मान्छे को चरित्र निर्धारण गर्दछ . जागिर इजिकल्तु घुस , उहाँ बुझाइ , त्यै महान कार्य , अन्यथा बाउ ले नालायक छोरोलाई इन्जिनियर बनाउन कहा सक्नु हुन्थ्यो. 
 
" मैले पनि बिनम्र भाव मा भनें - हो टन्नै खाएँ-त्यै भएर  ४० बर्ष को उमेर मा जी आर इ दिएर स्कोलार्शिप मा अमेरिका अध्ययन मा आएको . चिट्ठा परेन नत्र त्यो घुस खाएको पैसा ले अमरिकामा ग्यास स्टेशन किन्नु हुन्थ्यो " 
 
उनले के बुझे मलाइ थाहा भएन तर मैले उनलाई राम्रो संग चिनें.... बुझें .... आज यहाँ पनि तिनकै जय जय छ . छिमेकीहरुको चहते छिमेकी .... 

 
Posted on 05-12-13 9:49 PM     [Snapshot: 479]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कथा पुरानै भए पनि बहुतै सान्दर्भिक छ तर म अलि असमझ छु क्यारे, अन्तिम हरफ बुझ्न अलि गाह्रो भयो/ मैले बुझे अनुसार बाउचाहि अलि पागल जस्तै भएछन/  कारण ? छोराले घुस नखाएर वा आफुले ?
please enlighten.
 
Posted on 05-13-13 6:10 AM     [Snapshot: 530]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GT ,
 
मैले पनि तेही ठानेर यो कथा पोस्ट गरेको , सिस्टम चेन्ज भयो , धेरै चुनाब भए , राजनीतिज्ञ परिबर्तन भए तर समाज को आकांच्या उस्तै , अहिले त झन् घुस खाएर सम्पति जोड्न पर्छ भन्ने सामाजिक मानसिकता छ , मानु बज्राकी को यो कथा समय सापक्छ्या भएर पोस्ट गरेको, तपाइले, बुझ्न भो, धन्यवाद 
 
RV ji
 
म  पनि धेरै ठाम मा तेस्तो कुरा सुन्छु , लाग्छ  नेपाल मा , मानसिक रुप ले पारिपक्क  मान्छे हरु छैनन , तेसै ब हयेरा बा नेपाल मा राजनीतक क्रान्ति होइन, कर्मचारी त्रंत्र मा क्रान्ति चाहिएको छ , नेपाल को कर्मचारी तन्त्र मा खोटो मोहर ले सक्कली मोहर लै बिस्थापित गरेको जस्तॊ छ 
 
अधिकारी बन्धु 
 
कति लेखक हरु  आफ्नो रचना को सार पाठक ले नै निकालुन भन्छन , यहाँ मनु बज्राकी जिउ ले पानि तेसो किन भएको भन्ने जिम्मा पाठक लाई नै छोड्न भएको छ 
 

 
Posted on 05-13-13 4:50 PM     [Snapshot: 618]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शब्द खेलाउदा खेलाउदै एउटा गल्ती भइहालेछ, धेरै नेपाली हुनेपर्नेमा हरेक नेपाली भएकोमा क्षमाप्रार्थी छु ..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters