[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पुण्य कमाउन किन मन्दिर, मस्जिद र गुम्बा नै चाहर्नु पर्‍यो र ?
[VIEWED 1259 TIMES]
SAVE! for ease of future access.
Posted on 05-25-13 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

पुण्य कमाउन किन मन्दिर, मस्जिद र गुम्बा नै चाहर्नु पर्‍यो र ?

 
(0 Votes)
 
 
 


काठमाडौ, जेष्ठ ११ - पुण्य कमाउन किन मन्दिर, मस्जिद र गुम्बा नै चाहर्नु पर्‍यो र ? अन्तरआत्माले जे देख्छ, त्यही सहयोग गर्न सकिन्न र ? हो , यी मर्मस्पर्शी प्रश्नका जवाफ विभिन्न दाताले नेपाल नेत्रज्योति सङ्घलाई सहयोग गरी अन्यका लागि उदाहरण बन्ने भएको छ ।

चितवन भरतपुर नगरपालिका– ४ स्थित नयाँ सडक नारायणगढका महेन्द्रलाल प्रधान तथा उनका श्रीमती प्रतिभा प्रधानले दुई करोड ११ लाख एक हजार एक सय ११ नगद नेपाल नेत्रज्योति सङ्घलाई सहयोग गरेका थिए ।

अन्धोपनको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने अभियानका साथ आँखा उपचारमा अहोरात्र खटिरहेको सङ्घका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन ती दम्पतीले सहयोग प्रदान गरेका थिए ।

भरतपुर नगरपालिका–३ नारायणगढ निवासी हरिकृष्ण महर्जनले १२ लाख एक हजार एक सय ११ र सोही नगरपालिका दुई नारायणगढका विनोदकुमार श्रेष्ठले ४८ लाख ११ हजार एक सय ११ आर्थिक सहयोग सङ्घलाई प्रदान गरेको थिए ।

त्यसैगरी, बाग्लुङ नगरपालिका चारका स्वर्गीय नारायणप्रसाद श्रेष्ठले एक रोपनी जग्गा दान गर्नुभएको थियो । श्रेष्ठले आफ्नो मृत्यु हुनुअघि जग्गा दान दिएका थिए ।

त्यसैगरी, काठमाडौँ बाग्लुङ् समाज केन्द्रले पनि बाग्लुङ्मा नै एक रोपनी १० आना जग्गा सङ्घका लागि खरिद गरिदिएको थियो । ती दुवै जग्गाको मूल्य हाल एक करोडभन्दा माथि नै रहेको सङ्घले जानकारी दिएको छ ।

खाँदबारी नगरपालिका– १ सङ्खुवासभाका रत्नकुमार श्रेष्ठले ५० लाखबराबरको एक रोपनी जग्गा तथा गुल्मी वामीटक्सार– ३ का कृष्णहरि सापकोटाले पनि ५० लाखबराबरको जग्गा सङ्घका लागि सहयोग प्रदान गरेका थिए ।

कपिलवस्तुका श्रीमती नारायणी शाहले १७ कट्ठा करिब दुई करोडबराबरको जग्गा सङ्घका लागि प्रदान गरी पुण्य कमाएका थिए ।

त्यसैगरी, बाग्लुङ नगरपालिकाका श्रीमती नन्दकली सापकोटा, श्रीमती पूर्णकुमारी घर्ती, विष्णुप्रसाद श्रेष्ठ, हरिबहादुर जिसी र विष्णुबहादुर जिसीले पनि तीन–तीन आना जग्गा सङ्घका लागि सहयोग प्रदान गरेका थिए ।

सङ्घको २० औँ अधिवेशनका अवसरका आज ती दाताहरूलाई सङ्घका अध्यक्ष प्राडा रामप्रसाद पोख्रेल र महासचिव प्राडा तीर्थप्रसाद मिश्रलले सम्मान गरेका थिए ।

त्यसैगरी, सङ्घले मरणोपरान्त स्वर्गीय सरोवरलाल चौधरी (सगरमाथा चौधरी आँखा अस्पताल लहान) लाई पनि सम्मान गरेको थियो । यस वर्षको उत्कृष्ट शाखाका रूपमा गुल्मी, बाँके, कास्की, कैलाली, सिरहा र रौतहट शाखालाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा सङ्घका अध्यक्ष प्राडा पोख्रेल र महासचिव प्राडा मिश्रलले दाताहरूले दिएका सहयोग अगामी दिनमा उज्यालो हेर्न आतुर अँध्यारोमा पिल्सिएका आँखाका रोगीहरूको उपचारमा खर्च गरिने जानकारी दिए ।

विष्णु नेपाल/रासस

 

 

प्रकाशित मिति: २०७० जेष्ठ ११ ०९:११

- See more at: http://www.ekantipur.com/np/2070/2/11/full-story/368746.html#sthash.hxqHfhjS.dpuf
 
Posted on 05-25-13 9:49 PM     [Snapshot: 113]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामि धर्मको नाम मा मन्दिर र ब्रह्म्हन लाइ दान दक्षिणा दिएर गर्ने प्रथा वाट उठेर नया पथ अंगाल्दै छौ :यस्तै कुरा मेरा बुढा मावली हजुर बा को नाम मा मन्दिर खडा गर्ने बिसयमा काका हरु संग प्रस्न उठाएको थिए | वहाकै घर अगाडिको स्कूललाइ नया भवन वा  सार्बजनिक छेत्रमा दान दिए पनि त पुण्य र नाम त रहलानी ?
सोधाई मात्रै भयो बन्न लाइ चाहि मन्दिर नै बन्यो |  

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters