नेवार जातिका वंशाणु परीक्षण हुँदै
१० असार, काठमाडौं । मानिसको विकास क्रममा नेवारहरुको नेपालमण्डलसँगको वंशाणुगत अनुसन्धानका लागि (डिएनए) परीक्षण गरिने भएको छ ।
उपत्यकाका रैथाने नेवार समुदायमध्ये साय्मी (मानन्धर), उराय (ताम्राकार) र गुभाजु (वज्राचार्य र शाक्य)हरुको पुर्खाको मूल थलो कुन हो भन्ने पत्ता लगाउन र तिनीहरुको वंशाणु कहाँबाट र कहिले उपत्यकामा भित्रिएको भन्ने थाहा पाउन उक्त परीक्षण गर्न लागिएको हो । त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभाग र हैदराबादस्थित सेन्टर फर सेलुरल एन्ड मोलेकुलर बायोलोजी -सिसिएमबी)को संयुक्त प्रयासमा उक्त परीक्षण गर्न लागिएको विभागका सुपरभाइजर प्राडा कृष्णदास मानन्धरले जानकारी दिनुभयो ।
विभागका सुपरभाइजर प्राडा मानन्धरका अनुसार विभागका डा. तिलकराम श्रेष्ठ र प्राडा मोहन खरेल र सिसिएमबीका वैज्ञानिक डा थङ राजन, अविन्द कुमार र नेपाली विद्यार्थीहरु इसा प्रधान र नागेन्द्र अवस्थीको सहयोगमा उक्त परीक्षण गर्न लागिएको हो । अठार वर्षदेखि ६० वर्ष उमेर समूहका ६३ जना पुरुषको रगत सङ्कलन गरी डिएनए परीक्षण गर्ने र पछि अन्य जातजातिको पनि परीक्षण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
विश्वमा मानवको उत्पत्ति अपि|mकाको इथियोपियाबाट भएको मानिए पनि तिनीहरु पछि गएर मङ्गोलिया, चीन, युरोप, भारतलगायत विश्वभरका मुलुकमा फैलिएको मानिन्छ । दहको रुपमा रहेको काठमाडौँ उपत्यका मञ्जुश्रीले चोभार डाँडालाई काटेर पानी पठाएपछि मानव वस्तीको रुपमा विकसित भएको र त्यस बेलादेखि बसोबास गर्ने उपत्यकावासीमध्ये मानन्धर, ताम्राकार र बज्राचार्य कुनकुन मुलुकबाट प्रवेश गरेका हुन् भन्ने कुरा परीक्षणपश्चात आङ्कलन गर्न सकिने प्राडा मानन्धरको दाबी छ । रासस
- See more at: http://www.onlinekhabar.com/2013/06/85779/#sthash.WijPIEg8.dpuf