[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 झलनाथ, सुशील र प्रचण्डले हावा खान्छन् : केशव स्थापित
[VIEWED 938 TIMES]
SAVE! for ease of future access.
Posted on 07-01-13 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

झलनाथ, सुशील र प्रचण्डले हावा खान्छन् : केशव स्थापित

'फ्लोर क्रस गरेर लोहनीलाई भोट हाल्छु'



 

१७ असार, काठमाडौं । काठमाडौंका पूर्वमेयर केशव स्थापित अहिलेसम्म नेकपा एमालेका नेता मानिनुहुन्छ । यद्यपि उहाँको भनाइ छ- ‘अब सुशील कोइराला, झलनाथ खनाल, रामचन्द्र पौडेलहरुले हावा खान्छन् । प्रचण्ड पनि खत्तम मान्छे हुन् । काठमाडौंमा उमेद्वार बने भने अब म प्रकाशचन्द्र लोहनीलाई फ्लोर क्रस गरेर भोट हाल्छु । मैले खोजेको पात्र कमल थापा जस्तो हो ।’

KEHSAV-1



विकासको एजेण्डा उठाउन नेपाल डेभलोपमेन्ट फाउण्डेसन गठनको तयारीमा रहेका रमाइला एमाले नेता स्थापितसँग अनलाइनखबरले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको मूल्यांकन कसरी गर्नुहुन्छ भन्ने जिज्ञासा राख्दा उहाँले रोचक कुरो गर्नुभयो । अब ६५ कटेका नेताहरुको अब काम नरहेको उहाँले बताउनुभयो । स्थापितको रमाइलो विश्लेषण उहाँकै शब्दमा :

अहिलेका नेताहरुले अब हावा खान्छन् । भोलेन्टियर रिटायरमेन्ट हुनुपर्छ भनेर देशव्यापी आन्दोलन भएपछि के गर्छन् ? जसले संसार देख्यो, सबै थाहा छ, नयाँ पुस्तामाथि यत्रो अविश्वास गर्न मिल्छ । मैले अहिले ५४ वर्ष भएँ । अब ११ वर्ष सेवा गर्न सक्छु तर, ६५ वर्षपछि छोड्छु भन्दा अरुलाई पनि रिटायरका लागि दबाव पर्छ । आफ्नै पार्टीका नेताहरुले धक्का हान्न थालेपछि बूढाहरुले छाड्नु पर्‍यो नि
 

झलनाथ खनाल र एमाले

झलनाथ जीलाई तपाई २ घण्टा आफ्नो कुरा सुनाउनुस्, चार दिनपछि गएपछि इस्यु त परै जाओस्, मान्छे नै तपाई को हो भनेर सोधेपछि कुनै सार बाँकी छ ? यही कुरा अरु पार्टीमा पनि हेर्नु न । झलनाथ जीले अब छोडेँ भने हुन्छ । विद्या भण्डारी किन टिकिराख्ने ? केपी ओली किन टिक्ने ? जसले मेहनतपूर्वक सेवा गर्छु त भन्यो होला तर, उहाँहरु बिमार त हुनुहुन्छ नि । लेखन धरनमा लागौं न । उहाँहरुले आफ्नो बायोग्राफी, अनुभव लेख्नु भो भने तीन पुस्ताले पढ्छन् । त्यसको रोयल्टी लिनुस् बस्नुस् ।

एमालेको आठौं महाधिवेशनमा म केन्द्रीय सदस्यमा हारेँ । केपी ओली र म एउटै घरमा बसेको, उहाँले मलाई १० पटक भन्दा बढी भन्नुभो होला, मेरो प्यानलमा नाम हाल्छु है भनेर । जित्नुस, सेन्ट्रल कमिटीमा जानुस्, पछि पोलिटब्यूरोमा जानुपर्छ भन्नुभएको थियो । युवा संघमा संगै काम गरेको, उहाँ र मेरो धेरै कुरा मिल्थ्यो । मैले तपाईको प्यानलमा नबस्ने भनेँ ।

पछि वामदेवजीले झलनाथको प्यानलमा बस्ने भन्नुभयो, मैले हुन्छ भनें । जुन दिनमा नामावली दर्ता गर्नुपर्ने हो त्यो दिन वामदेवजीलाई प्यारालाइसिस भयो । कुदाकुद गरेर काठमाडौं ल्याउनुपर्‍यो । मैले फोन गरेर मेरो उमेद्वारीबारे भनेँ, उहाँले झलनाथ जीसँग कुरा गर्न भन्नभयो । तर, झलनाथजीले सुन्नुभएन । म थोरै भोटमा हारेँ । हारेको मान्छेको उपयोगिता छैन भन्ने लाग्यो होला, अहिले मलाई कुनै जिम्मेवारी दिइएको छैन ।

अहिले एमालेमा मेरो समकालीनका एकजना वडाध्यक्ष पनि छैन । धेरै माओवादीमा गए, कोही नेपा पार्टीमा गए । म यहाँको आदिवासी हुँ । यहाँको सोसल इकोनोमिकल सम्बन्ध छ । हाम्रै पार्टीका कृष्णगोपाल जीलाई हेर्नुस न । उहाँ कहाँ पूर्वबाट आउनु भो । साँखुतिर बस्नु भो । उहाँको निश्चित परिवारभित्र बाहेक सामाजिक सम्बन्ध के ? त्यसैले समस्या के छ भने एमालेलाई नेवार भनेपछि पुग्यो । केहीले भने केशव स्थापित भनेको के भनेर बुझेका छन्, उनीहरुलाई म आएँ भने विस्थापित हुन्छु भन्ने लागेको छ । नेतृत्वमा रहेका नेताहरुलाई फलाम र चुम्बक एउटै लाग्छ ।

मैले अस्ति पनि भनें तपाईहरु के-के जातको हो मलाई थाहा छैन । तर, यो काठमाडौंका दरबारहरु हाम्रा पुर्खाले बनाएको हो । तपाईहरुको कुनै नाता नै छैन । मेरो उपस्थिति भनेको तपाईहरुको पुँजी हो । म एक्लो केही नभए पनि तपाईहरुले प्रयोग गर्ने हो भने केही होला नि । हैन भने अरु प्रयोग गर्छन् । मलाई पनि त धेरै ठूला अफरहरु आएका होलान् र छन् पनि ।
 

कांग्रेस, कोइराला र रामचन्द्र

सुशील कोइराला, उ आफैंले के बोलेको छ, आफैंले सुन्दैन क्या । उसको पीएले पनि बुझ्दैन, पत्रकारले पनि बुझ्दैन । अब अस्ति धनगढी जान खोज्नु भो तर, एयरपोर्ट पुग्दा टिकट छैन भनेपछि प्रचण्डसँग लिफ्ट मागेर जानुपर्‍यो । पीएले नबुझेर त होला नि ! आफ्नो सेक्रेटरीसँग त ट्युनिङ नमिलाउनेले देशसँग कसरी ट्युनिङ मिलाउँछ ? न नीति, न सिद्धान्त, न दर्शक छ, न पर्सनालिटी छ । केही पनि बाँकी नभएको मान्छे नेपाली कांग्रेसको लिडर भएपछि के हुन्छ ?

रामचन्द्र अब पार्टीमा किन बस्ने ? अस्ती प्रधानमन्त्री हुन त्यत्रो दौडमा लाग्नु भो । हि इज डिस्कार्डेड । हुँदै हैन भनेपछि त छोड्नुपर्‍यो नि । फुटबलमा त तपाईको विरुद्धमा हुटिङ भो, साथीहरुले पनि बाहिर जा भनेपछि त मैदान छाड्नु पर्छ, आफै गोल गर्छु भनेर हुन्छ ? त्यसरी बस्ने हो भने गुटहरु जन्मिन्छ ।

मैले युवा संघ हाँकेका बेला । मैले गिरिजाबाबुलाई भेटेर तरुण दल खोल भनेँ । गिरिजाबाबु यस्तो रिसायो कि हाम्रो पार्टीमा किन हस्तक्षेप भने । मैले भनेँ मेरो युवा संघ मेची महाकाली फैलियो गिरिजाबाबु, यो मुलुकमा वामपन्थी भएर मात्र पुग्दैन । प्रतिस्पर्धा गर्ने शक्ति चाहियो, अनि न डेमोक्रेसी फल्छ, फुल्छ । अर्को कुरा म घोडाजस्तो मान्छे गिरिजाबाबु, म एक्लै भएपछि प्रतिस्पर्धी नभएपछि घाँस खान गइन्छ, म बिग्रन्छु गिरिजाबाबु । मैले गिरिजाबाबुलाई भेटेको दुई हप्तापछि तरुण दल गठन भो । लिडरपसीप भनेको यो हो

प्रचण्ड, बाबुराम र एमाओवादी

माओवादी अध्यक्ष प्रचण्डको बारेमा भन्न सकिएन । उहाँको यति विविध विषय भयो कि जे विषयमा पनि कुरा उठाइदिनुहुन्छ । त्यसैले उहाँले बिहान बोलेको कुरामा बेलुकी अर्कै बोलिसकेको हुन्छ । नयाँ परिस्थिति आएपछि त्योसँग सामना गर्ने नाममा बोल्नुहुन्छ तर, बिहान बोलेकोसँग मेल नखाएपछि यो मान्छे खत्तम भन्ने भएन ।

बाबुरामजीलाई म सम्मान गर्छु । बाबुरामजीजस्तो पीएचडी गरेको अर्बान आर्किटेक्ट नभएको भए काठमाडौं उपत्यका विकास प्राधीकरण नै जन्मदैनथ्यो । उहाँ आफैं प्लानर, ठूलो आँट भएको नेता हो ।

म एक दिन हिसिलालाई भेट्न गएँ । यो सडक भत्काएको ठीक भएन, फोहोर व्यवस्थापन पनि ठीक भएन भनेँ । उहाँले के गर्ने भनेपछि मैले योजना सुनाएँ । यहाँ हिसिलाजीको पनि अलिकति रोल छ । यो सुनेपछि उहाँले बाबुरामजीलाई मिटिङबाटै उठाएर ल्याउनु भो र के भन्नु भो भने केशवजीले चमत्कार गरे, हामीले गरेको ठीक भएनछ भनेपछि उहाँ रिसाउनु भो । म मिटिङमा बसेको मान्छेलाई तानेर त्याउने, तपाईको कुरा म ६ बजे सुन्छु भन्नुभो । ६ बजे जाँदा के भन्ने खोजेको भनेर रिसाउनुभो । मैले आफ्ना योजना सुनाएपछि उहाँले यू ज्वाइन माइ पार्टी भन्नु भो । मैले तपाईहरुको लिगेसीमा आउँदिन भनंे । तर, उहाँले एक महिनापछि प्राधीकरण जन्माउनु भो । उहाँको त्यो क्षमता अरुमा छैन । काम गर्ने क्रममा भिन्नता रहृयो होला । उहाँले हट भन्नुभो, मैले मानिँन । ट्वाइलेट पेपर हो र जतिबेला चाहियो त्यतिबेला प्रयोग गर्न । तर, उहाँसँग मेरो कुनै बैरभाव छैन । उहाँलाई पनि गर्व लागिरहेको होला, मैले ल्याएको केशवले काम गर्‍यो भनेर ।
 

फ्लोर क्रस गरेर लोहनीलाई भोट हाल्छु

प्रकाशचन्द्र लोहनीलाई हेर्नुस् न । यदि उहाँ काठमाडौंबाट चुनाव लड्नुहुन्छ भने म भोट हाल्छु । फ्लोर क्रस गर्छु । किनभने उहाँसँग मिटिङ गर्दा तपाई १५ बटा एजेण्डा लिएर जानुस्, उहाँले यो यो गर्ने, यो नगर्ने भनेर १५ मिनेटमा नै काम गर्नुहुन्छ । उहाँ को हो भन्ने मैले किन हेर्ने ? शरतसिंह भण्डारी मा गज्जपको क्वालिटी छ । कमल थापालाई हेर्नुस न, उहाँमा क्वालिटी छैन र ? सबै युग खत्तम भइसक्यो तर, उहाँको ब्रहृमले जे देख्यो, त्यही भन्नु भो, मलाई राजा चाहिन्छ । राजा भयो भने युनिफाइड हुन्छ । उहाँको धर्म हो क्या । धर्मच्यूत त भएन नि । अवसर पाउनासाथ रंग फेरेर गएन । मैले खोजेको पात्रहरु पनि यस्तै हुन् ।
 

 


 
Posted on 07-01-13 1:29 PM     [Snapshot: 127]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन खस समुदायको नया नाम बनाएछन , भन्छन उनि हरु पनि ३०-३५ सिट अबस्य जित्ने छन्  रे ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters