[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 ए एन ए नायक (हिरो) -२०१३ द्वारा गोयल ,शेर्पा तथा दाहाल सम्मानित
[VIEWED 1432 TIMES]
SAVE! for ease of future access.
Posted on 07-11-13 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
विजय थापा ,भर्जिनिया, आषाढ २८ ,३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )न्यु योर्क सम्मेलनमा बर्ष २०१३ को लागि ए एन ए हिरो(नायक )-२०१३ द्वारा लेखक ,अधिवक्ता ,विकास तथा सामाजिक कार्यकर्ता राजिव गोयल , गतिबोधक (डाइनामिक) बुना दाहाल तथा  देन्डी शेर्पा ठाक्टोकलाई एक समारोहका बिच सम्मान गरिएको छ l

देन्डी शेर्पा प्रख्यात गायक ,गीत रचनाकार ,नर्तग तथा संगीत ईतिहासकार हुन lयिनले आफ्नो सम्पूर्ण जीवन बिसेष त हिमालयमा प्रजातिका संगीतलाई संरक्षण गर्न ठुलो भूमिका निर्वाह गरेकोले ए एन ए नायक -२०१३ द्वारा बिशुषित गरिएको छ भने उनिलाई तुंगनाको गुरुले जानिन्छ l शेर्पाले जीवनको सम्पूर्णकाल शेर्पा जातिका झन्डै लोप हुन् लागेको संगीतलाई जीवन्तता दिदै आएका छन् l
 
सामाजिक सेवामा उल्लेखनीय कार्य गर्ने तथा नेपालको नाम बिश्वमा चिनारी गराउने कार्यमा आफ्नो अमुल्य जीवन नेपालीहरुको लागि समर्पण गर्ने अर्का समाजसेवी राजिव गोयललाई ए एन ए नायक २०१३ द्वारा सम्मान गरिएको छ lराजिव गोयल पिसकर्व स्वयम् सेवकको रुपमा झन्डै एक दशक अगाडी नेपाल पुगेका थिए र धनकुटा जिल्लाको नाम्जे,धरान भेडेटार नजदिक शिक्षक भै २ बर्ष सम्म अंग्रेजी बिषय पढाए lउनले पढाउने गाउँमा पानीको हाहाकार देखे र त्यो भन्दा पनि त्यो गाउँमा बालबालिका ,सुत्केरी तथा गर्भवती महिला ,बृद्ध सबै पिउने पानीको ओसार पोसारमा मात्र दिनको करिब ८ घण्टा बिताउने गरेको पीडादायक दृश्यले खाने पानीको चाजो मिलाउनु प्रथम कर्तब्य हो भने र अन्ततगत्वा खाने पानिको परियोजना पुर्याई छाडे lत्यो गाउँको बिषय र त्यो परियोजनाको लागि एउटा पुस्तक ” स्प्रिंग अफ नाम्जे ” '(नाम्जेको भूमिगत पानी )लेखेका छन् l

यस्तै गरि ए एन ए नायक (हिरो )द्वारा २०१३ अमेरिका झन्डै २२ बर्ष अगाडी बिसेष छात्रवृतिको माध्यमबाट अमेरिका आई पुगेकी र जन्मजात दृस्टी बिहिन (आँखा नदेख्ने ) र अमेरिकाबाट अध्ययन सकी हाल ख्याती प्राप्त प्रशिक्षकको रुपमा चर्चाको शिखरमा रहेकी बुना दाहाललाई सम्मानित गरिएको छ l वक्तृत्वकला कि धनि दाहाललाई २००७ मार्चमा राष्ट्र संघमा वक्ताको रुपमा बोल्न निमन्त्रणा गरिएको थियो lयसै गरि ए एन ए सराहना पुरस्कार (ANA COMMENDATION)द्वारा भर्खर गिनिज पुस्तकमा नाम लेखाउनु भएका संचारकर्मी रवि लामिछाने तथा समुदायको लागि बिसेष काम गर्ने न्यु योर्कको ‘अधिकार नामक ‘संस्था’ तथा क्यानाडाका प्रशिद्ध समाज सेवी किरण ढुंगानालाई पुरस्कार प्रदान गरिएको छ l ४ पटक गिनिज पुस्तकमा किर्तिमान लेखाई सकेका रोहित तिमिल्सिनालाई पनि सराहना पुरस्कार प्रदान गरिएको छ l ३१ औ ए एन ए सम्मेलनमा ५ औ गिनिज पुस्तकमा नाम लेखाउने उदेश्य अनुसार आफ्नो प्रदर्शन गरि सकेका छन् l
 
ए एन ए नायक -२०१३ का पुरस्कृत हुनु हुने बुना दाहालले ए एन ए लाई धन्यबाद दिदै हामी जस्तोलाई हौसला प्रदान गरेकोमा खुशी ब्यक्त गर्दै दृष्टि बिहिनलाई नेपालमा तेश्रो श्रेणीमा समुदायले लिने र राखिने कुराको बिचार राख्दै आफुले नेपालको लागि आफुले  सहयोग गर्ने जानकारी दिनु भएको थियो l वहालाई सम्मान पुरस्कार ब्लड डोनर्स अफ अमेरिकाका अधक्ष्य अर्जुन मैनालीले दिनु भएको थियो lदेन्डी शेर्पाले आफ्नो शेर्पा जातिको पोसाकमा उपस्थित भै तुंगना बजाएर देखाउनु भएको थियो lबाणिज्य दुत ऋषि ढकालले प्रमाण पत्र वितरण गर्नु भएको थियो lराजिव गोयल नेपाल जानु भएकोले बिनोद रोकाले प्रतिनिधिको रुपमा पुरस्कार ब्यबसायी लोकनाथ तिवारीको हातबाट लिनु भएको थियो l बिनोद रोकाले गोयलको तर्फबाट केहि कुरा राख्दै राजिव गोयल भारतीय मूलको भएता पनि एक नेपाली नागरिक भन्दा पनि ज्यादा नेपालको लागि सोच्ने मानव र समाज सेवी हो भन्नु भएको थियो l

प्रमुख अतिथि समाजसेवी तथा एड्वनकि संस्थापक डा बिष्णु माया परियार हुनु हुन्थ्यो भने प्रमुख अतिथिले संचारकर्मी तथा सराहना पुरस्कार वितरण गर्नु भएको थियो l वहाले मन्तब्य व्यक्त गर्दै आफुले सधै पुरस्कार मात्र प्राप्त गरेको तर कार्यक्रममा आफुले पुरस्कार वितरण गर्न पाउदा पुरस्कार भन्दा यो ठुलो पुरस्कार हो भन्दै ए एन ए लाई कृतज्ञता ज्ञापन गर्नु भएको थियो lपुरस्कृत हुने सबैले केहि बोल्ने अवसर प्राप्त गरेका थिए भने बिशेस अतिथि रहनु भएका सान डिएगो क्यालिफोर्निया राज्यका लागि नेपाल सरकारको तर्फबाट बाणिज्य दुतमा नियुक्त हुनु भएका ऋषि ढकालले प्रमाण पत्र वितरण गर्दै बधाई दिनु भएको थियो l

ए एन ए को समाचार तथा गतिबिधिलाई अनवरत रुपमा संचार माध्यममा शसक्त रुपमा सहयोग गर्ने ५ संचार माध्यमहरु क्रमस बोस्टननेपाल डटकम ,युएसनेपाल अनलाइन डटकम , ईनेपालिज़ डटकम , जनपुकार डटकम तथा बिआरटी नेपाल डटकमलाई (ANA MEDIA PARTNER APPRECIATION )द्वारा सम्मान गरिएको छ l पुरस्कार वितरण कार्यक्रममा ए एन ए का बिभिन्न महानुभावहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिब विजय थापा तथा स्वागत मन्तब्य ए एन ए का वरिस्ठ उपाधक्ष्य गोविन्द रावतले गरेका थिए l

कार्यक्रम बिच भर्जिनियाबाट संचालित नेपाल२४आवर्स का संचालक पुरुषोत्तम ढकाल द्वारा संचालनमा ल्याइएको साप्ताहिक पत्रिका जुलाई ४ ,बिहिबार देखि प्रकाशन शुभारम्भ भएको पहिलो अंग्रेजी साप्ताहिक' एभरेष्ट हेराल्डको 'लोकार्पण बिनोद रोकाले गर्नु भएको थियो lसम्पादक ढकालले नया पुस्ताको लागि भन्दै अमेरिकामा पहिलो पटक अंग्रेजीमा निकाल्ने साप्ताहिक बन्न पुगेको जानकारी गराउनु भएको थियो l

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters