[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तीन बर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने अर्थमन्त्रीको दावी
[VIEWED 3086 TIMES]
SAVE! for ease of future access.
Posted on 07-15-13 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओबादी जिन्दाबाद



तीन बर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने अर्थमन्त्रीको दावी

स्रोत-साधनले भ्याएसम्म बजेट महत्वाकांक्षी नै बनाउनुपर्छ : गभर्नर

३१ असार, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले तीन बर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त बनाउने दावी गर्नुभएको छ ।
आइतवार पेश गरेको बजेटबारे सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कोइरालाले त्यही लक्ष्यअनुसार बिजुलीमा बढि बजेट छुट्टयाइएको बताउनुभयो । बिजुली भनेको बिकाश हो भन्दै उहाँले निजी क्षेत्रको लगानी व्यापक परिचालन गर्ने र स्वयम सरकारले समेत लगानी गर्ने अर्थमन्त्री कोइरालाले बताउनुभयो । बजेटमा लुम्विनी क्षेत्र विकास, पशुपती क्षेत्र विकास, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र भेरी बबई डाइभर्सन गरि ४ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडी बढाउने बताइएको छ । यी आयोजना सम्पन्न गर्न प्रयाप्त बजेट विनियोजन गरेको अर्थमन्त्रीको भनाई छ । बजेट बढी महत्वाकांक्षी भयो भन्ने गुनासो सुन्नमा आएको उल्लेख गर्दै उहाँले बजेट बढी महत्वाकांक्षी नभएको स्पष्ट पार्नुभयो ।

समयमै पूर्ण बजेट ल्याउनु नै पहिलो सफलता भएको दाबि गर्नुभएको छ । बजेटमा सबै पक्षलाई समानुपातिक हिसाबमा समेट्ने प्रयास भएको बताउनुभयो । बजेटलाई व्यवहारमा उतार्न सरकारलाई कुनै कठिनाई नहुने उहाँले दाबि समेत गर्नुभयो । समयमा बजेट आएको हुँदा पनि कार्यान्वयनमा कुनै समस्या नआउने उहाँको विश्वास रहेको छ ।

shankar-koirala

संविधान सभापछि बन्ने नयाँ सरकारलाई बजेटले कुनै पनि अप्ठ्यारोमा नपार्ने अर्थमन्त्री कोइरालाले ठोकुवा गर्नुभयो । सरकारले बजेटमा धेरै आयोजनालाई अगाडी नसारेको स्पष्ट पार्दै उहाँले बजेटमा ४ सय ५२ अयोजनालाई मात्र प्राथमिकतामा राखेको बताउनुभयो । गत आर्थिक वर्षमा ४ सय ५९ आयोजनालाई प्राथमिकतामा राखिएको थियो । मुलुक चलाउने दायित्वबाट बिमुख नभई विकास निर्माणमा हात हालेको उहाँको स्पष्टोक्ति थियो । सरकारले बजेटमा अधिकांश आयोजनाहरुलाई पहिलो वर्गमा राखेको छ ।

कृषि लगानी गरेको छोटो अवधिमा प्रतिफल प्राप्त हुने क्षेत्र भएकाले यसलाई दोश्रो प्राथमिकतामा राखेको अर्थमन्त्री कोइरालले प्रष्टाउनुभयो । कृषि उत्पादन बढाएर निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गर्ने लक्ष्य सरकारको रहेको छ । त्यसको अलवा पर्यटन, शिक्षा, निकासी प्रवर्द्धन, स्वास्थ्य, खानेपानी, सरसफाई लगाएतमा पनि प्रयाप्त बजेट छुट्टाएको उहाँले जानकरी दिनुभयो । निजी क्षेत्रका समस्याहरु पनि बजेटले सम्बोधन गरेको उहाँको दाबि छ । चोभारमा रहेको हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र र सुख्खा बन्दरगाह निर्माण गर्न बजेटमा व्यवस्था गरिएको छ ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले स्रोत साधनले भ्याएसम्म बजेटलाई महत्वाकांक्षी बनाउनुपर्ने बताउनुभयो । बजेटलाई महत्वाकांक्षी पनि बनाउने कार्यान्वयनमा पनि जोडतोडका साथ लाग्नुपर्ने उहाँको भनाई थियो ।


 
Posted on 07-16-13 6:07 AM     [Snapshot: 76]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो खरायोलाइ ब्याउने बनाएको जस्तो हो कि क्याहो एक बर्समा ४ बेत ब्याए जस्तै लोडसेडिन कम गर्ने ?
भट्टराइ बाको पालामा पानि ल्याउने भनि सुरुगरेको योजना अझै सकिएको छैन चुनाब आउदै छन् जनतालाई भेडा जस्तो झुट्टा कुरा सुन्न सुरु गर्न थाले| मन्त्रि फोटोग्राफर पछि लगाई साझा चडेको बिज्ञापन देसमा मात्रै हैन बिदेसमा पनि गरि सके तिनका एजेन्टले |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters