[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ‘एक लाखमा खोलेको बेकरीबाट पाँच करोडको सम्पत्ति जोडेँ’
[VIEWED 3181 TIMES]
SAVE! for ease of future access.
Posted on 07-29-13 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

‘एक लाखमा खोलेको बेकरीबाट पाँच करोडको सम्पत्ति जोडेँ’

 

१४ साउन, बागलुङ, तेह्र वर्षअघि गाउँबाट व्यवसाय गर्न सदरमुकाम आएका यहाँका एक युवाले बेकरी पसलबाट करोडभन्दा बढी कमाउन सफल हुनुभएको छ ।

सदरमुकामको बागलुङ छिमेकी गाविस पाला-६, बाटुलेका तुलसीराम गौतमले बेकरी सञ्चालन गरेर मनग्य आम्दानी जोड्नुभएको हो । छोटो अवधिमै राम्रो व्यावसायिक सफलता हासिल गर्नुभएका गौतमको परिवार अहिले सदरमुकाममै घरजग्गा जोडेर बसेको छ ।

हाल बागलुङ नगरपालिका-२ शिवधाराचोकका बसोबास गर्ने गौतमले सानो लगानीमा सुरु गरेको बेकरी पसलबाट गरेको आर्थिक आर्जन घर तथा घडेरीमा लगानी गरेको बताउनुभयो ।

सदरमुकाममा तीन वटा नयाँ घरको निर्माण तथा तीन वटा घडेरी खरिद गर्दा करिब पाँच करोड जति खर्च भएको गौतमले जानकारी दिनुभयो । तुलसीरामले सुरु गर्नुभएको बेकरी व्यवसायमा उहाँका भाइलगायत सिङ्गै परिवार संलग्न छ । एकै परिवारका चारभाइ मिलेर व्यवसायलाई विस्तार गरेपछि मनग्य आम्दानी हुन थालेको हो ।

सदरमुकादेखि नजिकै रहेको पाला गाविसबाट व्यवसाय गर्नकै लागि २०५७ सालमा सदरमुकाम आएका तुलसीराम गौतमको परिवारले सानो लगानीको बेकरी पसलबाट ठूलो व्यावसायिक सफलता हात पारेको हो । गौतमको परिवारले अहिले कर्मठ र सफल व्यावसायिक परिवारको रूपमा परिचय बनाएको छ ।

यस्तो कमाइएला भनेर सोचेकै थिइनँ

व्यवसाय सुरु गरेको चार भाइमध्येका जेठा दाजु तुलसीराम गौतमले आफ्नो परिवारले यस्तो व्यावसायिक सफलता हासिल गर्ला भनेर कहिल्यै नसोचेको बताउनुभयो ।

करिब एक लाखको लगानीमा सदरमुकाममा प्रगति प्रतिभा प|mेस बेकरी पसल सञ्चालन गर्नुभएका गौतमले पछि दुई स्थानबाट आफ्नो सेवा विस्तार गर्नुभएको हो । बानपा-२ शिवधाराचोक र लोकतान्त्रिक चोक नजिकैबाट बेकरी पसल सञ्चालन भइरहेको गौतमले जानकारी दिनुभयो ।

घरका आठ जना खटिन्छौं

‘बिहान ४ बजेदेखि नै हाम्रो काम सुरु हुन्छ’ गौतमले भन्नुभयो । ‘हामी घरकै आठ जनालाई काम भ्याइनभ्याइ भइरहेको छ, राति अबेरसम्म काममा व्यस्त हुनुपर्छ ।’ उहाँका भाइ राजु, दीपक, धु्रव, बुहारी पवित्रा, सरस्वती र सनमले व्यवसायमा प्रत्यक्ष रूपमा सहभागी हुनुहुन्छ ।

‘लामो दुःख र सङ्र्घषबाट कमाइ पनि राम्रो गर्न सकिएको हो’ तुलसीरामका माइला भाइ राजुले भन्नुभयो- “परिवार नै सर्मपित भएर व्यवसायमा लागेपछि केही न केही हुँदोरहेछ ।”

गौतम परिवारका अनुसार सदरमुकाममा रहेका घर र घडेरीको मूल्य गर्दा कम्तीमा पाँच करोडको सम्पत्ति हुनआउँछ । ‘गाउँमा भएको घरजग्गा बेचेर आएको तीन लाखबाहेक सबै पैसा हामीले गरेको परिश्रमबाट आर्जन भएको हो’ गौतमले भन्नुभयो ।

मुख्य कारोबार दुनोटको

बेकरी पसलमा मुख्य गरेर बिक्री हुने सामान भने दुनोट बन्ने गरेको छ । त्यसबाहेक विभिन्न बेकरीका परिकार, जन्मदिनको केक, चियालगायत अन्य चिसो पेयपदार्थ पनि बेच्ने गरेको गौतमले बताउनुभयो ।

तीनै भाइका श्रीमतीले व्यवसायमा कडा परिश्रमका साथ सहयोग गरिरहनुभएको छ । ‘दैनिक ५० जति दुनोट अहिले पनि बेच्ने गरेका छौँ पहिले त हजारभन्दा पनि बढी बिक्री हुने गथ्र्यो’ जेठा दाजु तुलसीरामकी श्रीमती पवित्राले भन्नुभयो । पवित्रा र कान्छी बुहारी सनमले बानपा-२ लोकतान्त्रिक चोकको पसलको जिम्मा लिएर काम गरिरहनुभएको छ । अन्य भाइले शिवधाराचोकमा रहेको आफ्नै घरबाट बेकरी पसल, पाउरोटी भट्टी, ओभन सञ्चालन गरिरहनुभएको छ ।

तुलसीराम पोखराको एउटा बेकरी पसलमा एक महिना काम गरेपछि बेकरीको काम सिक्नुभएको थियो । पछि बागलुङ फर्केर बेकरी खोलेपछि परिवारले नै व्यावसायिकरूपमा नसोचेको लाभ उठाएको हो ।

दुई सय कप चिया बेचिन्छ

तुलसीरामकी श्रीमती र बुहारीले चलाएको बेकरी र चिया पसल बजारमै ‘दिदीबहिनी चियापसल’ भनेर चर्चित समेत छ । दैनिक २०० कप त चिया मात्रै बेच्ने गरेको पवित्राको अनुभव छ । पहिले पहिले त चिया र दुनोटको एकदमै व्यापार हुने उहाँले बताउनुभयो । ‘दैनिक ४०० कपभन्दा बढी त चिया नै बेच्ने गथ्र्यौ’ पवित्राले भन्नुभयो ।

दुईतिर व्यवसाय सञ्चालन गरेका गौतम परिवारको यो सफलता देखेर सबैले प्रशङ्सा पनि गर्ने गरेका छन् । मेहनत र लगावका साथ व्यवसाय गरे स्वदेशमै राम्रो आर्थिक आर्जन गर्न सकिने रहेछ भन्ने उदाहरण गौतम परिवार बनेको छ । बुढेसकालका बुबाआमाको साथमा बस्दै आएका तुलसीराम र उहाँको परिवार अहिले सफल व्यावसायिकको रूपमा बागलुङमा चिनिँदै आएका छन् । रासस


 
Posted on 07-29-13 7:19 PM     [Snapshot: 585]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्दैनौ जागिर खाउ ( अब चाहि सक्छौ जागिर खाउ भन्नु पर्छ त्यो पनि सरकारी )
सक्छ्यौ : ब्यापार गर , दरबार कहिलै नपस :

सानो फलफूल बेचेरै मात्र पनि काथमाण्डौ मा तिन तले घर र छोरा छोरि राम्रो स्कुलमा राखेको देखेको छु भने कुनै बेला चिया मात्रै बेचेर काठमाडौ मा गर जोडेको र गतिलो स्कूल पठाएको कुरा यहि साझामा पढेको थिए |
परिश्रमको फल मिठो हुने कुरामा दुइ मत हुँदैन भन्ने लागे पनि रातोरात धनि हुने प्रवृतिले हाम्रो समाजको नया पाटो भएको छ |

 
Posted on 07-29-13 10:57 PM     [Snapshot: 772]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Title makes it sounds like Money Laundering. Since "Akhitiyar" is behind anyone with property more than 1 crore this kind of news starts appearing the news. Just saying, but this could be genuine.Don't know.
 
Posted on 07-30-13 1:57 AM     [Snapshot: 919]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मगोर्खे, नयाबस्तिमा एउटा माग्नेले मागेरै तीन तला घर जोड्य येही आँखाले उह बेला देख्या, कुरा गर्छौ ..

 
Posted on 07-30-13 11:09 AM     [Snapshot: 1120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बस्ताब  मा नेपाल मा साधारण जिबन  (बिहान बेलुका दाल भात तरकारी, छोरा छोरी लाई सरकारी स्कूल ) गरेर जिबन बिताउन कुनै कठिन छ अज्स्तो लाग्दैन .
लास्ट एअर  नेपाल गकोप थिए , बिहान के गर्ने के गर्ने जस्तो भो , एक हप्ता पछि मर्निङ्ग वाक जना थाले , अन्दाजी ३ किलोमिटर , फर्केर आउदा येसो लोकल मान्छे संग सोचिअलैशे गर्न पर्यो भनेर , होटेल मा एक कप चिया खान पनि सुरु गरे हरेक दिन 
 
होटेल एकदम साधारण , १२ * २० को स्तर मात्रै , त्यहाँ, चिया दुध , instant  noodle  , ओम्लेट, पाउरोटी , केक  र दोनत मतरि पाउने 
 
होटल मा बनाउने चाहि  चिया, instant  noodle , omlet  मात्रै , अरु सबै ready  मदे
होटल चलाउने साहुनी, अन्दाजी २५ वर्ष, बिबाहित, श्रीमान अरुको पसल मा काम गर्नी, 
एक हप्ता पच्ची बिस्तारै साहुनी संग कुरा सुरु गरे , उनले दिएको विवरण आनुसार 
 
चिया ७५ देखि १०० कप सम्म बिक्छ, दुध आली आली, ओम्लेट, दिन को ४-५ ले खान्चन, दोनत तेस्तै १० जना ले , कोल्ड ड्रिंक्स तेस्तै १० जनाले 
 
पसल को बहाल १०,००० 
 
आम्दानी 
१०० कप चिया * १२ =१२००
खर्च 
 
दुध=१५०
चिया =१००
चिनी=१५०
ग्यास=१००
भाडा =३३० 
पानि=१००
अन्य  सामान =३०० 
खर्च सबै चिया ले पुग्छ, ओम्लेट, इन्स्तंत नूदेल, कोल्ड ड्रिंक्स, दुध 
पसल बिहान ७ बजे खुल्छ, बेलुका ७ बजे बन्द   हुन्छ, 
उनले आफु खाने खाजा पानि यसै भित्र मिलाउछिन 
चिया बाहेक अन्य समान बेचेर उठेको पैसा सबै नाफा, दिन को अन्दाजी १०० रुपया नाफा हुन्छ 
शनि बार , मंगल बार बढी नाफा हुन्छ, तेही बाटो भएर मन्दिर जन्चन मान्छे हरु 
 
उनको भनाइ आनुसार बसी बसी दिन को १०० रुपिया आम्दानी हुन्छ , श्रीमान ले ९ ,०००  कमाउछन महिना को 
छोरा छोरी न्बह्येको हुनाले  नभएको हुनाले बेलुका श्रीमान आएपछि खान होटेल मै बनाएर खाने , सुत्न को लागि एउटा राम्रो कोठा लेको छ रे,  ३००० मा , अर्को ३००० खाना मा 
 
आरु कुरा सोध्न मन लागेन , लुगा, ओखति मा १००० खर्च  भए पनि , महिना को ४००० जति बचत हुन्छ जस्तो देखिन्छ , 
४ वर्ष भो रे काम गरेको, भने पछि अन्दाजी १ लाख बचत बह्यो होला 
 
यो तेती खत्तम  छै होइन जस्तो लाग्छ, बुध्ही पुर्यारेया काम गर्यो  भने , पैसा कमाउन सकिन्छ 
 
 
 
 
 
 
  

 
Posted on 07-30-13 8:51 PM     [Snapshot: 1370]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रो : साझा छिराइ कम भए जस्तो छ ,मगन्तेको कुरा सुनेको रहेनछु ,| मैले त परिश्रमी को कुरा गर्न खोजेको हु |

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters