आफु ले न गरेको काम भए नि जाने पर्र्यो , नत्र पक्राउ गर्छु भन्या छ | राम नाम जप्दै गइयो अख्तियार | थुन्दिने हो कि भन्ने डरले चाहि ओठ तालु सुक्याथ्यो|
अनुसन्धान अधिकृतको कोठामा गएर आफ्नो परिचय दिएँ| " येह तपाईं " भन्दै अगाडी कि कुर्चीमा बस्ने इशारा गरे साप ले |
"ल भन्नुस , तपाइंले यो प्रोजेक्ट मा कति पैसा खानु भयो ? ५० हजार को गडबड छ , तपाइको भाग मा कति पर्यो ??"
थर्काउने भाषा न भए पनि हाउ भाउ त्यस्तै थियो |
"यो प्रोजेक्ट मा न मेरो हात छ न खुट्टा छ साप | मैले जागिर खानु भन्दा १ बर्ष अघि को प्रोजेक्ट, ६ महिना अघि नै फाइनल बिल , फाइनल साइट चेक, नाप जांच भैसकेको प्रोजेक्ट मा कसरि संलगन हुन्छु सर ?"
"अझ अख्तियार लाई उल्टो प्रश्न गर्ने , आज राती तपाईं घर जान पाउन हुन्न |( थुन्दिन्छु भनेको स्पष्ट छ )
संगै बसेको सहायक ( सुब्बा साहेब होला)ले "हैन टेन्सन न लिनुस साँचो कुरा बोल्दिनुस , सर बडा दयालु हुनुहुन्छ |" भने .... "एक छिन सर, म इन्जिनियर साहेब लाइ चिया खुवाएर ल्याउछु, सर को ओठ तालु सुकी सक्यो " भन्दै बाहिर जाने संकेत गर्नु भयो सुब्बा साहेब ले|
"ल त बस्नेत जी , उहाँ लाइ राम्रो संग सम्झाई दिनु होला" भन्दै चिया ब्रेक को अनुमति दिनु भयो |
क्यान्टिनमा चिया खाँदै सुब्बा साहेब ले गाँठी को कुरा निकाल्नु भयो . "हैन सर तपाइको भाग मा साँच्ची कति पर्र्यो ?? ३० हजार , २५ हजार ??? ५०% मा कुरा मिल्छ , मेरो जिम्मा भो "|
"हरे शिब , मैले गरेको काम भए पो मैले खाएको ठहर्छ र ५०% को कुरा आउछ . म आउनु भन्दा धेरै अघि को घटना लाइ लिएर मलाइ सताउनु त भएन नि , पुरानै इन्जिनियरलाई पो समाउनु पर्छ . भ्रष्टाचार गरेको भए कार्यबाही गर्नुहोस , मलाइ किन बिनासित्ती दुख ??"
"हैन सर , तपाईं को नि एक ठाउँ मा सहि भेट्टिएको छ , तपाईं फस्नु भयो , १० हजार सम्म मा तपाइँ को करियर जोगिन्छ म बिचार गर्नुस ."
फेरी उही अधिकृत को कोठामा पुगियो . सुब्बा साहेब संग केहि कानेखुसि गर्नु भयो .
तपाइँ को यस काण्ड मा हात छ , तपाईं लाई छोड्न मिल्दैन . मिल्ने कुरा तपाईं गर्नु हुन्न . गयो तपाइँ को जागिर . लास्तई थर्कायो बाइ ......
खाएको बिष पो लाग्छ , न खाएको लाग्दैन भन्थे , हैन रहेछ . तै पनि हिम्मत हारिन . अख्तियार जाँदा केही तयारी गरेर गएको थिएँ. ब्याग बाट मेरो नियुक्ति को पत्र, तालिम को पत्र , रवाना को पत्र र त्यो फाइलको अन्तिम टिप्पणी को फोटो कपि निकाल्दै एक एक गर्दै दिएँ .
"लौ भन्नुस सर , कहा कसरी मैले भ्रस्टाचार गरें, मेरो गल्ती भएको भए सजाय भोग्न तयार छु " मैले भने.
एक एक गर्दै हेर्दै ..........." लौ यसमा फस्नु भयो .... यो तपाइको सिग्नेचर हो कि हैन ?" टिप्पणी को पाना देखाउदै भन्नु भयो ...
लौ सुन्नुस मेरो कुरा , मैले हिम्मत का साथ् भने. " ६ महिना अघि नै तत्कालिन इन्जिनियर साहेब र ओसी साहेब ले अन्तिम नाप जांच गरी सबै ठिक छ भनी फाइनल बिल बनाइ स्वकृत समेत भैसकेको र भुक्तानी को अन्तिम किस्साको लागि ठेकेदार ले निबेदन दिएको स्पष्ट छ , फाइल बाट . त्यो बेला बजेटको कारण २० हजार जति भुक्तानी बाकि रहेको र अर्को बजेट बाट ब्यबस्था गर्ने भन्ने निर्णय भएको . मैले जागिर खाए पछि त्यहि २० हजार बाँकी भुक्तानी पाउँ भनी ठकेदार ले निबेदन दिएको . हाकिम को तोक लागी मेरो टेबुलमा आएको . र टिप्पणी मैले लेखे पछि सहि गरेको हु ."
यस्तो गुणस्तर हीन को काम मा तपाईं ले सहि गर्ने हुदैनथ्यो , तपाइँ फस्नु भयो . अधिकृतको आशय स्पष्ट देखिन्थ्यो .
त्यो टिप्पणीको अन्तिम हरफ फेरी एक चोटी पढ्नु हुन्छ कि सर ?
"मैले किन पढ्ने तपाईं नि पढ्नुस " , जंगियो साहेब .
" फलानो मिति मा अन्तिम नाप जांच भै , अन्तिम बिल स्वीकृत भएको र ठेकेदारको माग बमोजिमको रकम कार्यालय संग न भएको ले केही रकम बाहेक बाँकी रकम फलानो मिति मा भुक्तानी दिइएको . नयाँ बजेट आए पछि पुन: उक्त ठेकेदार ले बाँकी रकम भुक्तानी पाउँ भनि फलानो मिति मा निबेदन दिएकोमा निबेदन माथि "टिप्पणी " पेश गर्ने भनी मेरो नाउँ मा तोक आदेश भएकोमा निवेदक ठेकेदारले भुक्तानी माग गरेको सम्बन्ध मा उचित निर्णयार्थ पेश गरेको छु "
"लौ भन्नुस सर , न मैले भुक्तानी दिनु पर्छ भनेको छु, न दिनु पर्दैन . उचित निर्णयार्थ पेश गरेकोमा हाकिम साहेब ले भुक्तानी दिने -सदर भनि सहि छाप गर्नु भएको छ . लौ भन्नुस सर मेरो हात खुट्टा कसरी हुन्छ त्यो बाँकी २० हजार को भुक्तानी मा पनि . एक त त्यो काम कुरा कस्तो भयो भएन बारे मा नि मलाइ केही थाहा छैन . कार्यालयको दैनिक काम कार्यबाही मा कलम घोटेको मात्र हु ."
अब भने अनुसन्धान अधिकृत को हाउ भाउ बदलियो . यो मान्छेलाई फसाउन सकिन्न भन्ने लाग्यो कि कुन्नी .
"सुब्बा साहेब संग तारिख लिएर जानुस र बोलाएको बेला आउनुस."
यसरी त्यो दिन अख्तियारले जबर्जस्ति फसाउन खोज्दा नि जोगिएँ. भाषा मा पकड न भएको भए वा आफ्नो कारिन्दाको भर परेको भए आफुले नगरेको कामको अपजसमा पनि फसाएर छोड्थ्यो अख्तियारले . कालान्तर सम्म पनि बिनासित्ती तारेख धाउनु बाध्य बनायो .
म जस्तै अनेक राष्ट्र सेवकहरु होलान , "झारेर खान पल्केका अधिकृतहरुले भ्रष्ट्राचार को नाम मा बिना कसूर फ़साइएका र फसेका .
साँची नै देश बेचेर खानेहरु , न भएको लडाकु को भत्ता खानेहरु देश हाँकी रहेका छन् , केही भ्रष्ट्रहरुलाई थुनेर भ्रष्ट्रहरुले नै पुण्य कमाएको झ्याली पिटिरहेका छन् .
अस्तु !!!!!