[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Mr. D

tragicomic

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हिमानी पारसलाइ भेट्न थाइलेन्दमा
[VIEWED 1775 TIMES]
SAVE! for ease of future access.
Posted on 10-12-13 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पूर्वराजपरिवारका मुख्य सदस्यहरुबीचको मनमुटाव
पूर्वराजपरिवारका मुख्य सदस्यहरुबीचको मनमुटाव
पूर्वराजपरिवारका मुख्य सदस्यहरुबीचको मनमुटाव
पूर्वराजपरिवारका मुख्य सदस्यहरुबीचको मनमुटाव
 
पूर्वयुवराज्ञी हिमानी पति पारस शाहलाई भेट्न २७ भदौमा थाइल्यान्डको राजधानी बैंककतर्फ लागिन्। विदेशतर्फ लाग्दा पहिलेजस्तो उनका साथमा न बालबच्चा थिए, न त थिए कुनै सहयोगी । हिमानी हतार-हतार एक्लै बैंककतर्फ लाग्नुको मुख्य कारण थियो 'पारस थाई युवतीको मोहपासमा बाँधिएका छन् र उनलाई श्रीमतीका रूपमा लिएर दसैँअगावै काठमाडौँ आइपुग्दै छन्' भनेर शाह-राणा परिवारमा चल्न थालेको हल्ला। ३ असोजमा स्वदेश फर्किने गरी बैंककतर्फ लागेकी हिमानी ५ असोज बिहान यो सामग्री तयार पार्दासम्म र्फकेकी छैनन्।

थाइल्यान्डको बैंककस्थित समितिवेज अस्पतालबाट १६ चैत ०६९ मा डिस्चार्ज भएपछि भावुक हुँदै पारस शाहले भनेका थिए, "अब म सुध्रन्छु। सुधारगृहमा बस्ने समय सकिनासाथ नेपाल फर्किनेछु र सामाजिक संस्थामा लागेर नेपाल र नेपालीको हितका लागि काम थाल्नेछु।" मादक पदार्थ र लागूऔषधका अम्मली पारसलाई ४५ दिन सुधारगृहमा बस्नुपर्ने सल्लाह दिएका थिए चिकित्सकहरूले। त्यस्तो प्रण गरेको पनि ६ महिना बितिसक्यो तर पारस र्फकेका छैनन्। बरू पारस 'नयाँ दुलही'सहित र्फकने हल्लापछि हिमानी हतार-हतारमा बैंकक जानुपर्ने परििस्थति सिर्जना भएको छ।

पारस नर्फकनुको एउटै कारण हो, पूर्वराजपरिवारका सदस्यहरूबीचको आन्तरकि खिचलो र मनमुटाव। पूर्वराजपरिवारका मुख्य सदस्यहरूबीचको सम्बन्ध त्यस्तो हार्दिकतापूर्ण छैन, जसले पारसलाई नेपाल आउन प्रेरति गरोस्। पूर्वराजपरिवारनिकट स्रोतको भनाइमा बाबुछोरा ज्ञानेन्द्र र पारस, छोरी-ज्वाइँ प्रेरणा र राजबहादुर सिंह, ज्वाइँ-जेठान सिंह र पारस, ससुरा-ज्वाइँ ज्ञानेन्द्र र सिंहबीच पनि उस्तै विवाद र मनमुटाव छ, जस्तो मनमुटाव र तिक्त सम्बन्ध पछिल्लो समय पारस र हिमानीबीच छ।

ज्ञानेन्द्र-पारस : मतभेदै मतभेद

बैंककमा रहेका पूर्वयुवराज पारसलाई ८ फागुन ०६९ मा हृदयाघात भयो। त्यहाँको समितिवेज अस्पतालमा भर्ना गरिए उनी। अस्पतालमा कोमामा रहेका पारसको मृत्यु भइसकेको हल्ला व्याप्त थियो। ज्ञानेन्द्र भने पूर्वी तराईको धार्मिक-राजनीतिक भ्रमणका लागि २६ माघदेखि नै बाराको सिमरामा अड्डा जमाएर बसेका थिए। छोरालाई अचेत अवस्थामै अस्पताल भर्ना गरिएको र कोमामा रहेको जानकारी तत्काल पाए पनि ज्ञानेन्द्रले तराई भ्रमण रोक्नु न आवश्यक सम्झे, न त बैंकक जानु जरुरी नै ठाने। घटना भएको पाँच दिनपछि १३ फागुनमा मात्र उनले सिमरा छाडे काठमाडौँ आउनका लागि। पारस अचेत भएको एक सातापछि १६ फागुनमा मात्र उनी छोरा भेट्न बैंकक गए, त्यो पनि सार्वजनिक टिप्पणी हुन थालेपछि मात्र।

स्रोतका अनुसार त्यस बेला बाबुछोराबीच सम्बन्ध यति धेरै बिगि्रसकेको थियो कि, हृदयाघात हुनुभन्दा चार-पाँच महिनाअघिदेखि उनीहरूबीच फोन सम्पर्कसमेत थिएन। यसको कारण थियो, बैंककमा पारस बस्दै आएको फ्ल्याटमा भएको तोडफोडको घटना। पारस एक वर्षदेखि बस्दै आएको फ्ल्याटका झ्यालढोकामा तोडफोड भएपछि पारसले क्षतिपूर्तिबापत झन्डै ३५ लाख रुपियाँ तिर्नुपर्ने भयो। यो खर्च तिर्नु त परै जाओस्, हातमुख जोर्नसमेत निर्मल निवासबाट पारसलाई खर्च पठाउन छाडिएको थियो। त्यसअघि ७ कात्तिकमा पारस थाइल्यान्डको पर्यटकीय नगरी फुकेटमा लागूऔषधसहित पक्राउ परेपछि लज्जा महसुस गरेका पूर्वराजाले छोरालाई खर्च पठाउन रोकिदिएका थिए।

फुकेटमै व्यवसाय गरी बसेका गैरआवासीय नेपाली संघ -एनआरएनए) थाइल्यान्डका पूर्वसचिव मिलन घिमिरेका अनुसार क्षतिपूर्तिबापत तिर्नुपर्ने रकम निर्मल निवासबाट प्राप्त नहुने देखिएपछि बैंककमा रहेका पारसका शुभेच्छुकहरूले सुरुआती रकम जुटाइदिएका थिए। बाँकी रकम बहिनीहरू प्रेरणाका अतिरत्तिm स्वर्गीय धीरेन्द्र शाहका छोरीहरू पूजा, शीताष्मा र दिलाशाहरूले दिएपछि मात्र पारस उम्कन सके। थाइल्यान्डमा समेत एकपछि अर्को गर्दै पारसबारे आउने नकारात्मक समाचारका कारण क्रुद्ध पूर्वराजा ज्ञानेन्द्रले फुकेटमा उनी लागूऔषधसहित पक्राउ परेको घटनापछि त्यहाँ खान बस्न आवश्यक पर्ने खर्च पठाउनै छाडिदिएका थिए।

राजनीतिक मतभिन्नता दुईबीचको खटपटको अर्को कारण हो। जस्तो ः ज्ञानेन्द्र फेरि राजतन्त्र फर्काउने प्रयत्नमा छन्। यही प्रयोजनका लागि उनी धार्मिक आवरणमा देश दौडाहा पनि गररिहेका छन्। यसका लागि उनले बुहारी हिमानीलाई पनि प्रयोग गररिहेका छन्। सुदूरपश्चिममा आएको बाढीपहिरोपीडितहरूलाई राहत बाँड्न हिमानीका नाममा खोलिएको ट्रस्टलाई प्रयोग गर्नु यसैको प्रमाण हो। तर, राजतन्त्र फर्काउने उद्देश्यले सञ्चालन गरिएका यस्ता अभियानप्रति पारसमा भने रुचि छैन। पछिल्लो समय पारससँग निकट रहेका एनआरएनए थाइल्यान्डका सचिव सुनील खड्का भन्छन्, "राजतन्त्रका विषयमा पारस मौन बस्न रुचाउनुहुन्छ। उहाँको चासो राजतन्त्र वा गणतन्त्रप्रति होइन, देशको विकास र समृद्धिप्रति मात्र छ।"

खासमा पिता ज्ञानेन्द्रको देश दौडाहाले राजतन्त्र र्फकेर आउँछ भन्ने विश्वासमा छैनन् पारस। अर्कोतिर, राजनीतिक दल सम्बन्धमा पारस र पूर्वराजाका बीच पनि निकै ठूलो मतभिन्नता छ। राजतन्त्र र्फकने मधुर कल्पनामा रहेका पूर्वराजाले आफूलाई दलीय राजनीतिबाट टाढा राखेका छन्, भलै अदृश्य रूपले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई सहयोग गररिहेका होऊन्। राजनीतिक दलहरूको खिचातानी उत्कर्षमा रहेका बेलामा पनि उनले कुनै राजनीतिक दल नखोल्नुको कारण यही भएको बताउँछन्, उनलाई नजिकबाट जान्नेहरू।

तर, पारस भने दलीय राजनीतिक सन्दर्भमा अलिक फरक मत राख्छन्। पाँच वर्षअघि एक सिंगापुरे पत्रिकामा प्रकाशित अन्तर्वार्ताले उनी दलीय राजनीतिप्रति नकारात्मक छैनन् भन्ने पुष्टि गर्छ। द न्यू पेपरमा १८ चैत ०६५ मा प्रकाशित अन्तर्वार्तामा पारसले भनेका थिए, "उपयुक्त समयमा म नेपाल र्फकनेछु र युवाहरूका लागि स्पष्ट दृष्टिकोण दिने गरी नयाँ दल खोल्नेछु।"

ज्ञानेन्द्र राजा भएदेखि नै बाबुछोराबीच राजनीतिक मामिलामा फरक दृष्टिकोण देखिन थालेको थियो। छोरा भएका नाताले ज्ञानेन्द्र राजा भएलगत्तै युवराज घोषित हुनुपथ्र्यो भन्ने पारस पक्षधरहरूको तर्क थियो। तर, पारसको विवादित र बदनाम छविलाई आधार बनाउँदै पूर्वराजाले तत्काल उनलाई युवराज घोषणा गरेनन्।

राजाका तत्कालीन सैनिक सचिव विवेक शाहका अनुसार अधिराजकुमारी प्रेक्षा शाहलगायत केही दरबारियाहरू पारसलाई तत्काल युवराज घोषणा गर्नुपर्ने पक्षमा थिए र उनीहरूले यसका लागि दबाब पनि दिएका थिए। तर, ज्ञानेन्द्रले आफू राजा हुनासाथ त्यसो गरेनन्, झन्डै पाँच महिनापछि मात्र उनलाई युवराज घोषणा गरे। ज्ञानेन्द्र-पारसको चिसो सम्बन्धको सुरुआत त्यही घटनाबाट हुन पुग्यो।

ज्ञानेन्द्रले सेनाको बलमा १९ माघ ०६१ मा सत्ता हातमा लिँदा र ११ वैशाख ०६३ मा छाड्दाका दुवै घटनाप्रति पारसको असन्तुष्टि थियो। महेन्द्रकालीन नेताहरूको कुरा सुनेर पिताले १९ माघको कदम चालेको भन्दै बाबुसँग उनी असन्तुष्ट थिए। १९ माघको कदम चालिसकेपछि चाहिँ 'वृद्धहरूलाई होइन, युवाहरूलाई ठाउँ दिनुपर्छ' भन्ने पारसको धारणा थियो। यसै आधारमा नीक्षशमशेर, सिनेट श्रेष्ठलगायत पारसनिकट युवाहरू मन्त्रिमण्डलमा सामेल त गरिए। तर, उनीहरूको भूमिका निर्णायक रहेन।

सेनाको बलमा सत्ता हातमा लिनु राम्रो नभएको बताएका पारस पिताले सत्ता हातमा लिइसकेपछि सत्ता सहजै छाड्नु हुँदैन भन्ने मत राख्थे। बरू परिस्थिति अरू बिग्रँदै गएमा आफूलाई सत्ता हस्तान्तरण गरिदिनुपर्ने उनको माग थियो। १८ असार ०६५ मा सिंगापुरतर्फ लाग्नुभन्दा दुई दिनअघि निर्मल निवासमा आयोजित अन्तरंग साथीहरूसँगको जमघटमा पारसले बुबाले त्यही बेला आफूलाई गद्दी नछाड्दा कुरा बिग्रन सुरु भएको बताएका थिए। उनको तर्क यो पनि थियो कि गद्दी छाडे पनि सशस्त्र प्रतिकार गर्नुपथ्र्यो, चाहे देश छाडेर नै जानु किन नपरोस्।

ज्ञानेन्द्र-पारसबीचको तिक्त सम्बन्धको अर्को र सबैभन्दा महत्त्वपूर्ण कारण हो, पारसको परस्त्रीहरूसँगको सम्बन्ध। श्रीमती हिमानी र छोराछोरी हुँदाहुँदै पारसको सिंगापुर रहँदा र थाइल्यान्डमा पनि विदेशी युवतीसँग बाक्लो उठबस भएको घटनाले पितासँग त उनको सम्बन्ध बिगि्रएको छ नै, पत्नी हिमानीसँगको सम्बन्ध पनि सुमधुर रहन सकेको छैन।

पारस-हिमानी : तनावपूर्ण सम्बन्ध
३३औँ जन्मदिनका अवसरमा १५ असोज ०६५ मा पशुपति वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई फलफूल बाँड्न गएकी थिइन्, पूर्वयुवराज्ञी हिमानी। पारसको सिंगापुर बसाइ भर्खर सुरु भएको थियो। छोरा हृदयेन्द्र र छोरी पूणिर्कालाई पनि उतै पढाउन लगिएको थियो। हिमानी छोराछोरीको छुट्टी भन्दै दुई साताअघि मात्र काठमाडौँ र्फकेकी थिइन्। फलफूल बाँड्दै गरेकी हिमानीलाई सञ्चारकर्मीहरूले सोधेका थिए, के तपाईंहरू सिंगापुरमै स्थायी घरजम गरेर बस्ने हो ? हिमानीको जवाफ थियो, "होइन, बस्ने त नेपालमै हो। अहिले भने छोराछोरीको शिक्षादीक्षाका लागि सिंगापुर गएका हौँ।"

तर, सञ्चारकर्मीहरूसमक्ष हिमानीले यस्तो बताएका बेला पूणिर्कालाई बालुवाटारस्थित काष्ठमण्डप स्कुल र हृदयेन्द्रलाई रविभवनस्थित लिंकन स्कुलमा भर्ना गरसिकिएको थियो। सिंगापुरको क्यानेडियन स्कुलमा पढ्न थालेका उनीहरूलाई दुई महिना बित्दा नबित्दै फिर्ता गरिनुको कारण थियो, पारस र हिमानीबीचको झगडा। र, झगडाको कारण थियो, थाई युवती कन्निका चाइसनसँगको पारसको हिमचिम र बसउठ। उनीहरूबीचको सम्बन्ध हिमानीले आफ्नै आँखाले देखेपछि उनीहरूबीच विवाद सुरु भयो। विवादका कारण हिमानी सिंगापुर बस्न नसक्ने भइन्। यही कारण दुई महिना नबित्दै बालबच्चा बोकेर उनी नेपालै फर्केकी थिइन्।

हुन त त्यस साल दसैँ मानेलगत्तै हिमानी निर्मल निवास र अन्य नातेदारहरूको जोडबलमा सिंगापुर फर्किन्। तर, पारससँगको झगडा अरू चर्कियो। अघिल्लोपटक सिंगापुरमा पारससँगको झगडाका कारण र्फके पनि हिमानीको मनमा पारसले पारेको चोट नदेखिने थियो। यसपटक भने कत्ति गर्दा पनि नछोपिने चोट थियो हिमानीको अनुहारमा। पारसबाट कुटिएर तिहारको भाइटीकाको अघिल्लो दिन १३ कात्तिक ०६५ मा र्फकेकी थिइन् हिमानी। उनी काठमाडौँ र्फकेको भोलिपल्टै पारस पनि र्फके। तर, तिहार मान्न र पारिवारकि जमघटका लागि होइन। बहिनी शीताष्मा -स्व धीरेन्द्रकी माहिली छोरी)का श्रीमान् अविनेश शाहको त्यसै दिन बिहान निधन भएकाले मात्र उनी काठमाडौँ र्फकेका थिए।

अविनेशको काजकिरिया नसकिँदासम्म झन्डै दुई साता पारस काठमाडौँमा रहे। तर, हिमानीसँगको सम्बन्ध सुध्रेन। बरू अरू तीतो बन्यो। कतिसम्म भने अविनेशको काजकिरिया सकेर सिंगापुर र्फकेलगत्तै पारसले आफ्ना निकटतम साथी एवं नातेदार प्रज्ञुन राणा -पूर्वप्रधानसेनापति किरणशमशेरका नाति)का साथमा लत्ताकपडालगायत हिमानीका सम्पूर्ण सामग्री पोको पारेर पठाइदिए।

तमाम कमीकमजोरी र आफ्नो परिवारप्रतिको बेवास्ताका बाबजुद पारस आफ्ना तीन सन्तानलाई भने औधी मन पराउँछन्। त्यसैले, नौ वर्षमा उक्लँदै गरेकी जेठी छोरी पूणिर्काको जन्मदिन मनाउन २६ मंसिर ०६५ मा पारस सिंगापुरबाट नेपाल आए। सिंगापुरमा भएको झगडा र कुटपिट, अविनेशको निधनपछि काठमाडौँ आउँदा पारसले गरेको बेवास्ता आदि कारण हिमानीचाहिँ पारससँग पारपाचुके गर्ने निर्णयमा पुगिसकेकी थिइन्। पूर्वराजा पनि हिमानीका लागि निर्मल निवास परसिरभित्रै अर्को भवन बनाउने योजनामा थिए।

सम्भावित पारपाचुकेलाई रोक्ने प्रयास पारसको आगमनसँगै सुरु भयो। स्रोतका अनुसार प्रज्ञुन राणाले आफ्नो विवाहको १५औँ वर्षगाँठको अवसरमा सोल्टी होटलमा २८ मंसिर ०६५ मा आयोजना गरेको रात्रिभोजको प्रयोजन नै पारस-हिमानीबीचको सम्भावित पारपाचुकेलाई रोक्न चालिएको चलाखीपूर्ण कदम थियो। बालसखाको वैवाहिक वर्षगाँठमा पारस उपस्थित भए। तर, भोलिपल्ट फ्रान्स जाने तयारीमा रहेकी हिमानी त्यही कारण बताएर उक्त कार्यक्रममा सरकि भइनन्। यद्यपि, फ्रान्स जाने पूर्वनिर्धारति कार्यक्रम भने पहिल्यै हिमानीले स्थगित गरसिकेकी थिइन्।

स्थिति साँच्चिकै गम्भीर बनेको बुझेपछि बहिनी प्रेरणाले दाजु-भाउजूबीचको पारपाचुके टार्न निर्णायक पहल गरनि्। ४ पुस ०६५मा स्वयम्भू छाउनीस्थित निवासमा रात्रिभोजका लागि दाजु-भाउजूलाई बोलाइन्। हिमानी बेलुकी ६ बजे नै प्रेरणा निवास पुगिन्, पारस भने झन्डै चार घन्टापछि मात्र त्यहाँ पुगे। राजनीतिक रूपले राजपरिवार अप्ठ्यारोमा परेका बेला दाजु-भाउजूबीचको विवाद पारपाचुकेको हदसम्म पुग्दा भविष्यका दिनहरू अरू अप्ठ्यारो हुने बताउँदै उनले दुवैलाई आफ्ना कमजोरीहरू स्वीकार गर्न र मिल्न विनम्र आग्रह गरनि्। पूर्वराजपरिवारका सबै सदस्यको सबैभन्दा बढी माया पाएकी पात्र हुन् प्रेरणा, जसलाई पारस र हिमानी पनि उत्तिकै माया गर्छन्। उनले गरेको यही आग्रहका कारण पारपाचुकेको निर्णयमा पुगिसकेकी हिमानी निर्णय बदल्न राजी भइन्। कस्तो अचम्म भयो भने एक साताअघि प्रज्ञुनको वैवाहिक वर्षगाँठमा पारसको उपस्थितिका कारण जान नमानेकी हिमानी मध्यरातमा निर्मल निवासमा पति पारसकै साथ फर्किन्।

यो पुनःमिलनपछि ६ पुसमा पारस फेरि सिंगापुर र्फके। ०६७ सम्म उनी सिंगापुरमै रहे। पुनःमिलनपछि हिमानी कहिले एक्लै र कहिले बच्चाहरूका साथ सिंगापुर आवत-जावत गररिहिन्। पारस सिंगापुरबाट थाइल्यान्ड बसाइँ सरे। पारस मात्र होइन, उनकी केटी साथी कन्निका पनि थाइल्यान्ड नै फर्किन्। जुन पात्रका कारण सिंगापुरमा पारससँग झगडा भयो, कुटाइ खाएर र्फकनुपर्‍यो, त्यही पात्र फेरि थाइल्यान्डमा पनि पारससँगै रहन थालेपछि हिमानी र पारसबीचको सम्बन्धमा फेरि दरार आउन थाल्यो।

थाइल्यान्डमा पारसका सहयोगी खड्का भने कन्निकासँगको सम्बन्धलाई अतिरञ्जित गरिएको बताउँछन्। भन्छन्, "बैंककमा रहँदा भाषाको र अन्य दैनिक कामकाजका लागि सहयोगीका रूपमा उनको सहयोग मात्र लिनुभएको हो। तर, बाहिर भने विशेष सम्बन्ध भनेर नकारात्मक प्रचार भइदियो।" यस्तो 'नकारात्मक प्रचार'को असर हिमानीलाई परेको हुन सक्ने कुरामा भने खड्का पनि असहमति जनाउँदैनन्। झन् पर्यटकीय नगरी फुकेटमा गत वर्षको कात्तिक दोस्रो साता गाँजासहित पारस पक्राउ परेपछि हिमानीको मन फेरि भाँचियो। तिनै कन्निकासँगको सम्बन्धका कारण पारसले नेपाल र्फकन पनि भुलिसकेका थिए। यही कारण ०६८ भदौ दोसो साता बैंकक गएयता उनी नेपाल र्फकेका पनि थिएनन्। उक्त घटनापछि फागुनमा हृदयाघातका कारण अस्पताल भर्ना नहोउन्जेल पारसको निर्मल निवाससँग कुनै सम्पर्क नै थिएन।

बैंककमा भएको हृदयाघातपछि हिमानी-पारसबीच अर्को पुनःमिलन त भयो। तर, सम्बन्ध विवाहका सुरुआती दिनहरूमा जस्तो हार्दिक छैन। त्यही कारण ज्ञानेन्द्रसँगै हिमानी पनि वैशाख दोस्रो साता नेपाल फर्किन् । सम्बन्ध हार्दिक भइदिएको भए भर्खर नयाँ जीवन पाएका र लागूऔषधका कारण पुनःस्थापना केन्द्रमा राखिएका पारसलाई छाडेर उनी नेपाल आउने थिइनन्। २७ भदौमा बैंकक जानुअघिसम्म हिमानीले यतैबाट पारसलाई फोन त गर्ने गरेकी थिइन्। तर, स्रोतका भनाइमा उनले हिमानीको फोनमा त्यति रुचि देखाउने गरेका छैनन् र सकेसम्म छिटो कुराकानी टुंग्याउन चाहन्छन्।

राजबहादुर : गणतन्त्रअघि र पछि

बुहारी हिमानीसँग गरेको व्यवहार र विदेशमा रहँदा उनीबाट भएका अमर्यादित व्यवहारका कारण ज्ञानेन्द्रको एकातिर एक मात्र छोरा पारससँगको सम्बन्ध सुमधुर छैन भने अर्कोतिर एक मात्र छोरी प्रेरणासँग ज्वाइँ राजबहादुर सिंहको पनि सम्बन्ध राम्रो छैन। जेठान पारस र बहिनीज्वाइँ राजबहादुरबीच एउटा समानता छ। त्यो हो, दुवैका श्रीमतीसँगको सम्बन्ध राम्रो नहुनु, परस्त्रीसँगको सम्बन्धमा अत्यधिक रुचि राख्नु । ज्वाइँ राजबहादुरसँगको यो समानताका बाबजुद पारसको उनीसँग सुमधुर सम्बन्ध छैन। आफूले सबैभन्दा माया गर्ने बहिनी प्रेरणाप्रति ज्वाइँ राजबहादुरले गरेको व्यवहार नै पारस पनि उनीसँग बिच्किनुको मुख्य कारण हो।

मंसिर ०६० मा अधिराजकुमारी प्रेरणा र बाजुरा मूलघर भएका राजबहादुर सिंहको बिहे भएको थियो। भर्खर अमेरकिाबाट कम्प्युटर इन्जिनियरङि् पढेर र्फकेका थिए उनी। राणाकालदेखि नै काठमाडौँको शाह-राणा परिवारले बाजुरा, बझाङतिरका ठकुरी परिवारसँग वैवाहिक सम्बन्ध जोड्ने प्रचलन रहेकाले प्रेरणाका लागि राजबहादुर निर्मल निवासको छनोटमा परेका थिए। फोटो हेर्दैमा प्रेरणाले मन पराएपछि पूर्वराजपरिवारले बिहेको प्रक्रिया अघि बढाएको थियो। खासमा राजबहादुरको बानीव्यहोरा राजपरिवारलाई थाहा थिएन। अमेरिकाबाट भर्खर र्फकेका युवक भएकाले उनीबारे सोध्दा-बुझ्दा उनको बानीबहोराबारे यथार्थ जानकारी पाउन सक्ने कुरा पनि थिएन।

शक्तिमा रहेकाले राजतन्त्र रहँदासम्म राजबहादुर-प्रेरणाबीचको सम्बन्धमा खासै दरार उत्पन्न भएन। तर, ०६२/६३ को आन्दोलनबाट दरबार कमजोर भएपछि राजबहादुरको प्रेरणाप्रतिको व्यवहारमा फरक आउन थाल्यो। पूर्वराजा कमजोर भएलगत्तै राजबहादुर­-प्रेरणा सम्बन्ध खराब हुने क्रम सुरु भयो। विशेष गरी राजबहादुर बदलिँदै गए। ०६३ को तीज मान्न निर्मल निवास पुगेकी प्रेरणाको जस्तो हालत थियो, त्यसपछि मात्र राजबहादुरको फेरिएको व्यवहारबारे दरबारले जानकारी पायो। राजबहादुरले आफूमाथि कुटपिट गर्ने गरेको जानकारी प्रेरणाले त्यतिबेला आफ्ना बुबाआमालाई दिएकी थिइन्।

स्रोतका अनुसार रश्मिला नाम गरेकी एक युवतीसँगको अन्तरंग सम्बन्धको उपज थियो, राजबहादुरले प्रेरणामाथि गरेको व्यवहार। प्रेरणामाथि भएको यस्तो व्यवहारले पिता ज्ञानेन्द्र दुःखी हुनु स्वाभाविकै थियो। बहिनीमाथिको राजबहादुरको व्यवहारले पारसलाई समेत क्रुद्ध बनायो।

गणतन्त्र आएपछि पारसको उद्दण्ड क्रियाकलाप रोकिएनन् तर कमी भने आयो। तर, राजबहादुरका उद्दण्ड क्रियाकलाप सार्वजनिक हुन थाले। जस्तो ः २३ साउन ०६७ मा नशाको सुरमा अर्धनग्न अवस्थामा रहेका युवतीहरूसँग नाच्दै गरेका उनी याक एन्ड यती होटल परसिरमा रहेको 'प्लाटिनियम डिस्को'बाट पक्राउ परे। याक एन्ड यती परसिरमै रहेको रोयल क्यासिनोका मालिक राजबहादुरलाई त्यसअघि जेठ ०६७ मा क्यासिनोमा गैरकानुनी ढंगले नेपालीहरूलाई प्रवेश दिएको अभियोग लागेको थियो। काठमाडौँ जिल्ला अदालतमा परेको मुद्दामा २ हजार ५ सय रुपियाँ धरौटी तिरेर उनी रहिा भए। उनी अध्यक्ष रहेको रियाज एफएमका झन्डै दुई दर्जन कर्मचारी पाँच महिनादेखि तलब नपाएपछि गत जेठमा आन्दोलनमा उत्रे। राजबहादुर मुछिएका घटना भएकाले यससम्बन्धी समाचारमा निर्मल निवास पनि जोडिने नै भयो। ज्वाइँका यस्ता क्रियाकलापले गर्दा ज्ञानेन्द्र दिक्क थिए।

पारसनिकट स्रोतका अनुसार बहिनी प्रेरणामाथि कुटपिट गरेको र राजपरिवारको बेइज्जति गरेको भन्दै काठमाडौँ आएका बेला ठेगान लगाइदिने भन्दै राजबहादुरको खोजीमा रहन्थे पारस। प्रेरणामाथि आफूले गरेको व्यवहार र आफ्ना बारेमा प्रकाशित समाचारका कारण राजबहादुर पनि निर्मल निवासबाट टाढिन थाले ताकि ससुरा ज्ञानेन्द्र र जेठान पारसको खप्की खानु नपरोस्। तर, निर्मल निवासलाई सबैभन्दा आक्रोशितचाहिँ राजबहादुरले नेपाली जनता दल नामक राजनीतिक पार्टीमा प्रवेश गरेको घटनाले बनायो। त्यस पार्टीमा उनी ३ साउन ०६७ मा प्रवेश गरेका थिए, जहाँ उनलाई गणतन्त्रप्रति प्रतिबद्ध भएको सपथ पनि खुवाइएको थियो। खासमा राजबहादुर एमाओवादीनिकट त्यस दलमा प्रवेश गरेर मन्त्री बन्न चाहन्थे। तर, जब यो कुरा पूर्वराजाले थाहा पाए, तत्काल राजबहादुरलाई निर्मल निवास बोलाए। र, परिवारको मर्यादा प्रतिकूलका काम नगर्न सचेत गराए। राजतन्त्र र्फकन सक्दैन भन्ने विश्वासका साथ राजबहादुर आफू नेतृत्वको दलमा प्रवेश गरेको बताउने नेपाली जनता दलका अध्यक्ष हरचिरण साह भन्छन्, "उहाँलाईर् आफूसँग निरन्तर सम्पर्कमा रहन र राजपरिवारको मर्यादा ख्याल राख्न भनिएको रहेछ। तर, उहाँ दरबारभित्र कैद भएर बस्न सक्ने मानिस होइन, पार्टी र गणतन्त्रप्रति उहाँको प्रतिबद्धता कायमै छ।" स्रोतका अनुसार त्यस घटनापछि राजबहादुर निर्मल निवास जान थालेका त छन्। तर, पूर्वराजासँगको सम्बन्ध हार्दिक छैन। पारसलाई हृदयाघात हुँदा उतैबाट बैंकक पुगे पनि पारससँग पनि उनको सम्बन्ध उस्तै चिसो छ, जस्तो पहिले थियो।

राजतन्त्रकालमा राजसंस्थालाई नेपालको राष्ट्रिय एकताको प्रतीक मानिन्थ्यो। तर, गणतन्त्रको स्थापनासँगै राजपरिवारभित्रको एकता पनि टुटेको छ। ज्ञानेन्द्र-पारस, पारस-हिमानी एवं राजबहादुर-प्रेरणाबीचको कलह चर्किएको छ। आपसी खटपट र मतभिन्नता बढ्दै गयो भने कुनै बेला राष्ट्रिय एकताको प्रतीक मानिने पूर्वराजपरिवार आफैँ बिग्रह र विखण्डनको सिकार नहोला भन्न सकिन्न।

पारसको फेरिएको दैनिकी

थाइल्यान्डको बैंककस्थित च्याङ्माईमा रहेको 'द केविन' पुनःस्थापना केन्द्रमा डेढ महिना बिताएका पूर्वयुवराज पारस शाहको पछिल्लो दैनिकी अलि फेरिएको छ। उनले मदिरा सेवन पूर्ण रूपले त्यागेका छन्। चिकित्सकको निगरानीमा प्रत्येक बिहान फिजियोथेरापी गर्ने गरेका छन्। पारसलाई गल्फ खेल्नमा भने रोक लगाइएको छ, मुटुमा असर पर्ने भएकाले।

१८ हजार थाई भाटमा दुई कोठा र एउटा लबीसहितको फ्ल्याट लिएका उनले भाडामै एउटा गाडी पनि लिएका छन्। बिहान-बेलुका सहयोगका लागि दुई जना कामदार राखेका छन्। निवासबाट बाहिर निस्कँदा गाडी आफँै हाँक्छन्।  पारसको दिउँसोको अधिकांश समय पुस्तकलगायत सामग्री र टेलिभिजन हेरेर बित्ने गरेको छ। उनले नेपालबाट पठाइने नयाँ नयाँ पुस्तकका अतिरिक्त इन्टरनेट सफिर्ङ् गरेर विश्व इतिहासका सम्बन्धमा जानकारी लिने गरेका छन्।

मन्त्री बन्न नपाएको झोँक

माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्री बन्ने आशमा राजबहादुर सिंह हरचिरण साह नेतृत्वको नेपाली जनता दलमा प्रवेश गरेका थिए। पार्टीको सदस्यता लिएलगत्तै उनलाई केन्द्रीय सदस्य बनाइएको थियो। तर, निर्मल निवासको आपत्तिपछि उनको मन्त्री बन्ने सम्भावना टर्‍यो। अहिले उनी उक्त पार्टीमा सक्रिय छैनन्। यद्यपि, पार्टी केन्द्रीय समितिबाट भने उनलाई हटाइएको छैन।

सिंहको पछिल्लो दिनचर्या नेपालमा भन्दा बर्मामा बढी सक्रिय हुने गरेको छ। अध्यक्ष साह पछिल्लो समय सिंहसँग नियमित सम्पर्क नभएको बताउँछन्। पार्टी केन्द्रीय समितिको बैठक ६ महिना/एक वर्षमा हुने भएकाले सिंहसँग आफ्नो सम्पर्क नभएको साहको भनाइ छ।

- नेपाल साप्ताहिकबाट

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters