काठमाडौंमा एमाओवादीका दुई उम्मेदवारको जमानत जफत
काठमाडौमा दुई जना एमाओवादीका उम्मेदवारको जमानत जफत भएको छ ।
बिहीबार , ६ मंसीर २०७० ११:०६ पम
मुक्तिनारायण प्रधान
काठमाडौ–८ का एमाओवादी उम्मेदवार पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधान र ५ का एमाओवादी उम्मेदवार महेन्द्रकुमार श्रेष्ठको जमानत जफत भएको छ ।
क्षेत्र नम्बर ८ को कुल सदर मत ३४२८३ मध्ये प्रधानले २७६५ मात्रै ल्याए भने ५ नम्बरमा ४१९३८ मध्ये श्रेष्ठले ३६५५ मात्रै मत ल्याए ।
निर्वाचनमा जमानत बचाउन उम्मेदवारले खसेको कुल मतको कम्तीमा १० प्रतिशत मत ल्याउनु पर्ने प्रावधान छ ।