८४ घण्टा ...............
नेपाल यात्राको सम्झना न सेलाउँदै
अम्रिका मै नेपाल झुल्क्यो – गत बुधबार सखारै देखि बिजुली गुल ......| आइस वर्षा अनि हिमपातमा बेजोडको क्षणिक आंधी
हुरीको प्रतापले बिजुली झिरिप्प भा रहेछ | आउला नि गए पछी , अमेरिका हो क्षण मै मिलन
क्षण मै पारपाचुके हुने ठाउँमा भनी बसियो | धन्न ग्यासको स्टोभ जिउँदो रहेछ र पानी
पनि आउँदो रहेछ | तावामा पाउरोटी सेकाइ भए नि ब्रेकफास्ट खाइयो - भोकै बस्ने बानी
न भएको र कहिलेइ ड़ा. गोबिन्द केसीको आन्दोलन नगरेको व्यक्ति परें |
गृहमन्त्रीको अफिस पनि ११ बजे मात्र खुल्ने रे भन्ने झूर संचारिय खबर आयो | १०
बजे सम्म त बत्ति आउला नि अनि तातो पानी नि झर्ला भन्दै बसियो | बस्न त बसियो
......... तर गर्ने के ? फेसबुक, इन्टरनेट , टिभी ...आइफोनको सानो पर्दामा के हेराइ भयो चस्मा
लाएर ....|
त्यसो त अमेरिका बसाइको अनुभवमा २-४ चोटी बिजुली गएको र केही घण्टा मै आएको क्षणहरु थिए |
हरिकेंन स्याण्डी जस्तो महा प्रलयमा पनि केही घण्टा पछी नै बिजुली मैंया सवारी
भएकी थिई | कुर्र्यो कुर्यो आउंदैन बाइ .....| ११ बज्यो , महारानीको अफिस छुट्टीको खबर आइ सकेकोले आज मज्जाले टिभी
हेर्ने आराम गर्ने कार्यक्रम बनेको थियो | भुत्रा हेर्नु ......... मैन
बत्तीमा टिभी बल्छ मात्र , चल्दैन .....|
अमेरिकामा बिजुलीलाई “पावर “ किन भन्दा रहेछन बल्ल महशुस भयो | साँच्चीकै “पावर”फुल
नै रहेछ , शक्ति केन्द्र को स्रोत | हाम्रो देशको नेताको लागि “प्रभु” भने जस्तै |
अपार्टमेन्ट बासीहरुको गाइगुइ सुनिन थाल्यो तल पार्किंग लटको सभा स्थलमा |
बाक्लो लुगा लगाई आफु नि चियो गर्न हिडियो | बडेमानको मोटो तार चुडिएको रहेछ
अपार्टमेन्ट बाहिर | दुइवटा बिजुली अड्डाको भ्यान तैनाथ रहेछ त्यता | ट्याम मै
आइपुगेछ भन्ने लायो | अब त बनि हाल्छ “ पावर”
आइहाल्छ भन्ने लाग्यो | १२ बज्यो ,
आएन . १ बज्यो . आएन | भोक पो लागेर ल्यायो बाई | यो चिसोमा के बाहिर गएर खानु
भन्दै बासी भात, तरकारी अनि दाललाई स्टोभमा तताइवरि खाइयो | कस्तो खासा बाँ (
चिप्ले किरा मार्का , स्लो मोशन कि औलाद ) रहेछ खैरेका सन्तान भन्दै एक श्राप दिई
हालें | बिहान देखि आएर एउटा तार अझै जोड्न न सकेको बेइमान निकम्माहरु | हाम्रो
नेपालमा बिजुली अड्डाको भर्र्यांगे इलेक्त्रिसियनले हेल्मेट न सेल्मेत आयो कि तु
बनाइ दिन्छन | बिजुली नै आउदैन त पो मार्यो नत्र नेपालमा चाहि ..........|
दिन भरि आएन | साँझ पर्र्यो आएन | आइ फोन चक चक गर्दा गर्दै ब्याट्री महाशय नि
खोला खोला लाग्ने बेला भैसक्याथ्यो | यसो मल नि घुमौ भन्ने सल्लाह भो | मलको घुमाइ
चार्जरको घुसाई दुवै हुने | सहमति
नहुने कुरै भएन | मल घुम्या घुमेई चार्जर घुसाउने प्वाल खोज्दा खोज्दा भेटिएन |
पक्का पनि खाने ठाउँमा हुनु पर्छ , फूड कोर्टमा लाग्यौं | त्यहाँ नि छैन | साला एउटा
त आउटलेट हुनु पर्छ नि , कन्जुस कहींका भन्दै भुन्भुनिदै मलबाट बाहिर निस्क्यौं | अझै
बत्ति आएको न आएको ठेगान थिएन, भात आज डिनर हुने भयो | तै पनि एक मन लाग्यो ,
पहिला घर जाउँ “पावर “ आए छ भने बात खत्तम, न आए देखा जाएगा | गाडीलाई घरको दिशा
मोडें | चारै तर्फ उज्यालो दंगदास ...| जब अपार्टमेन्टको गल्लि छिरियो आफ्नै
अपार्टमेन्ट मात्र अँध्यारो | थुक्क ! साले काम चोर बिजुली अड्डाका इलेक्त्रिसियन
के “न्याप “ लिन मात्र यता आएका ....... रिस उठ्यो | गाडी बिसौनीमा राखेर सरासर
भ्यान भए तिर लागें | अहिले सम्म बत्ति किन न आएको , किन न बनाएको भनेर साप संग
हपार्ने बिचार थियो |
“किन अहिले सम्म न बनेको?” भनेर सोध्न
मात्र भ्याकोथियो . आफ्नो इति वृतान्त सुनाइ हाले | हामी बनाउन आएका हैनौ, लाइभ
वायरले अरुलाई नोक्सान गर्छ कि भनेर “प्रोटेक्सन “ को लागि बसेको रे | अब भयो ....
बिहान देखि को आश ....| हाइ भोल्टेज कनेक्सन भएकोले स्पेशल क्रिउ चाहिन्छ रे , “
वी आर वेटिंग फर डेम” रे | कहिले आउँछ त तेरो
स्पेशल क्रिउ भन्दा “ आइ डोन्ट नो “ रे |
अब लाग्यो “पावर “ भनेको सजिलो सित पाइन्दैन | संगैको पबमा गएर भए नि पेटपूजा
गर्ने पर्यो | बुधबार चिकेन विंगस् डे, लास्तै मिठो विंगस् पाइने |
देशादेशाबरको खबरबाट बेखबर पबमा ब्याट्री चार्ज गरी ल्याको फोनको भरमा रात
कटाउनै पर्र्यो | चार वटै स्टोभ बालेर चिसोमानलाई सहने सम्म घटाएं र डबल सिरकमै
चित्त बुझायो निद्राले |
सपना भरि बिजुली आएको , गएको , आएको गएकोले झनै डिस्टर्ब गर्यो | बिना इन्टरनेट कसरी बाच्ने होला, त्यहि चिन्ताले
हुनु पर्छ , रात पनि बिथोलिएको | बिहान ४-५ तिर त लास्तै भन्दा नि लास्तई जाडो
हुने रहेछ | ट्रिपल सिरक चाहिने गरी |
फेरी नि तावामा पाउरोटी सेकाई
ब्रेकफास्ट गरियो | गृहमन्त्री मन्त्रालय प्रस्थान | आफु बेरोजगार | ट्याम कटाउने
कसरी ?? बिहानै एक क्षण भगवानलाई पानी
चढाई यसो दुइ हात जोडिन्थ्यो सधै .......... आज दुइ क्षण हात जोडे | नेपालमा भए पो
सुन्थ्यो होला , गणेशे, शिबे , नारायने ले यहाँ के सुन्थ्यो | यशुले पुकार्नु
पर्ने होला नि भन्दै त्यसलाई नि सम्झें | यशु पनि स्पेशल क्रिउको तालिम प्राप्त
हैन रहेछ , आएन ............. बिजुली बनाउन |
त्यतिन्जेल अपार्टमेन्टका कियर टेकरले शनिबार सम्म “पावर” रिस्टोर नहुने जस्तो
छ भन्ने भनक दिसकेका थिए | एवं रीतले आश गर्दै बस्यो , दिनको ५-७ पल्ट त्यो भ्यानको पंहेलो पल्याक पुलुक गर्ने बत्ति
हेर्दै फर्क्यो |
पावर भन्या पावर नै रहेछ | उता हाम्रो देशमा सबैभन्दा ठुलो पार्टीको संसदीय
दलको नेता दारी कोइरालालाई पावर पाउन अझै मुश्किल भैराख्या समाचार पढ़िदै थियो |
बल्ल तल्ल ३ रात ४ दिन चांनचुन पछी हिजो राती पावर आयो | सुनिन्छ ६ लाख बिस हजार
ग्राहकको घरमा बिजुली गयाब भएको र हाल सम्म अझै २०-३० हजारमा अझै “पावर” आएको छैन
रे |
यो ८४ घण्टे बिना बिजुलीको दिनमा समय कटाउने माध्यम बन्यो , नेपालबाट अस्ति
ल्याएको एक पुस्तक – सुधिर शर्माको “प्रयोगशाला – नेपाली संक्रमणमा दिल्ली , दरबार
र माओबादी “ र हालै फ्लोरिडा निवासी अग्रज “सुन्दर जोशी “ पठाई दिनु भएको उहाँको
कृति “ क्यासल रक को अप्सरा “ |
शायद , बिजुली गुल नभएको भए ती पुस्तकहरु पढ्न म जस्तो अल्छेश्वर महादेवका भक्तलाई बर्षौं लाग्थ्यो होला तर ती ४ दिनमा दुइ
पुस्तक अधोपान्त पढियो र ठुलै उपलाब्धि भयो जस्तो लाग्छ |
“प्रयोगशाला “ नेपाली राजनीति बारे धेर थोर जानकारी राख्नेले पढ्नै पर्ने किताब
हो | नेपालको राजनीतिमा भएका र हुने अप्रिय घटनाहरुको गुह्य कुरा बडा सरल ढंगले
सिलसिलेबार रुपमा लेखिएको छ | नेपालमा माओबादीको उदय, राजा बिरेन्द्रको बंश नाश ,
ज्ञानेन्द्रको “कु” र लास्ट मा ज्ञानेन्द्रकै “कु” अनि संबिधान सभाको भंग बारे दिल्ली
दरबार र नारायणहिटी दरबारको चलखेल बारे सविस्तार रेफेरेंस सहित बर्णन गरिएको छ| त्यो पुस्तकले इंगित गरेका धेरै घटनाहरु अन्य
स्रोतबाट जानकारी पाएको भए पनि प्रामाणिक रुपमा यसरी बर्णन गरेको पढ्न पाउँदा ती
घटनाहरु चलचित्र सरह भए मेरा लागि | यो पुस्तक पढे पछी नेपाली राजनीतिका अदृश्य दृश्यहरु
देखिने छन् | राजनीति र “र” बारेका धेरै भ्रमहरु चिरिने छन् | एउटा आशंका चाहिं
अझै रह्यो | लेखक सुधिर शर्माले यस्तो अति गोप्य सूचनाहरुको पहुँच कहाँ बाट हासिल
गरे | जसरी दिल्ली दरबार र “र” को पोल खोलिएको छ, त्यो “प्रभु “ को स्वीकृति बेगर पक्कै
पनि प्रकाशित हुन सक्दैन |
“क्यासल रक कि अप्सरा “ , सुन्दर जोशीको कथा संग्रह | अमेरिकामा सन् १९९५ देखि
बसोबास गर्दै आएका सोलुखुम्बु निवासी जोशीले अमेरिकी परेबेशमा देखेका भगेका नेपाली
पात्रहरुको विभिन्न कोणबाट चिरफार गर्नु भएको छ | अप्राबासी साहित्यकारहरुको माझ
खासै चर्चामा आउन न चाहने जोशीजी का कथात्मक्ता, भाषा , शैली र प्रस्तुतीकरण
नेपाली समकालीन साहित्यमा अब्बल दर्जाको नै रहेको मेरो बुझाइ छ |
तपाइँहरुको शहरमा यसरी बिजुली नजाओस , मेरो कामना छ | कथंकदाचित गैहाले छ भने
ती दुइ पुस्तकको जोहो गर्नुस | समय बिजुली
बिना पनि स्वर्गीय आनन्दमय लाग्ने छ |
अस्तु !!