[Show all top banners]

bostonnews
Replies to this thread:

More by bostonnews
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकाको बोष्टनमा जि बि एन सि नयाँ कार्यसमितिले गरेका कामहरु ।
[VIEWED 2350 TIMES]
SAVE! for ease of future access.
Posted on 03-14-14 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यम पौडेल / मार्च १०, २०१४ / बोष्टन

# भुमिका:
अमेरिकाको बोष्टनमा सन १९८९ मा स्थापित २४ बर्ष पुरानो नेपालीहरुको साझा सामाजिक सँस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटीले हरेक बर्ष नेपाल र नेपालीको पक्षमा केहि न केहि काम गरि आएको छ । नेपालीहरुको दु:ख सु:ख र मर्दा पर्दाको साथी बनि धेरै कल्याणकारी काम सम्पन्न गरिसकेको छ । २४ बर्षमा यसमा सँलग्न भै कामगरेका ,समेटिएका, प्रभावित, लाभान्वित र सम्मानित नेपालीहरुको लेखाजोखा गर्ने हो भने सयौको सँख्या हुनपुग्छ । ग्रेटर बोष्टनमा देखिने प्राय सामाजिक ब्यक्तित्वहरु, प्रतक्ष्य वा परोक्ष रुपमा कुनै न कुनै बेला जि बि एन सि मा नरहेको पाऊन मुश्किल पर्छ । नेपाली पहिचानका सैयौ कार्यक्रम सम्पन्न गरिसकेको जिबिएनसि को नाम यहाका सिटि र स्टेट हरुले पनि लिन थालेका छन भने अमेरिकि सरकारी निकाय तथा ब्यक्तिहरु बाट समेत सँस्था प्रशेशित हुने गरेको छ । अत : सँस्थाको सम्पर्कमा नआएका नेपाली पनि परिआऊदा नेपालीको सँस्था छ भनेर ढुक्क हुने गरेको बताऊने गर्छन भने नेपाली पनि कमिटेड छन त्यतिकै सोसियल छन भनि नेपाली अस्तित्व प्रति गर्ब गरेको पाइन्छ ।

# नेपाली एकताको साझा प्लेटफर्म र साझा काम:
बोष्टनमा नेपालीहरु को साझा प्लेटफर्म, अम्ब्रेला सँस्था वा एकताको थलो जे भनेपनि जिबिएनसि नै हो । जि बि एन सि का बारे अमेरिका भरका नेपालीलाई थाहा छ, त्यहि भएर पनि बोष्टनमा हुने राम्रा काम र नराम्रा काममा पछाडि जि बि एन सि लाई जोडने गरिन्छ । कतिपय नेपालीलाई जिबिएनसिले गरेका सबै कामहरु थाहा नहुन सक्छ तर सँस्थाले नियमित गर्ने गरेका कामहरुसँग प्राय यहाका नेपालीहरु परिचित छन । नेपाली नया बर्ष , दशै , भैलि धौसी , जस्ता चाडबाड र नेपाली कला सँस्कृति भाषा साहित्यको पक्षमा हुने गरेका कार्यक्रमहरु, आपसि हक हित एवँ नेपाली अस्तित्वका खातिर हुने गरेका कामहरु, र भैपरिआऊने बिभिन्न समस्या समाधान का कामहरु बोष्टनका प्राय नेपालीलाइ राम्ररी थाहा छ । ग्रेटर बोष्टनमा नेपाली हरुको सँख्या बृद्दि सगै स्वदेश तथा विदेशका नेपाली दु:ख दर्द र समस्याका निबेदन हरु पनि जिबिएनसि लाई आजकल आऊने गर्दछन । यसको अतिरिक्त बर्षौदेखि धेरै नेपालीलाई खडकेको कुरा नेपाली कम्युनिटि सेन्टर हो । यसको थालनी गरि काम अगाडि बढाऊने सँयोग भने पछिल्लो समितिलाई जुटन गएको छ । सिङ्गो नेपाली पहिचान, नेपाली एकता र अस्तित्वको खातिर ग्रेटर बोष्टनमा पाचबर्ष भित्र पशुपतिनाथ र बुद्दको मन्दिर सहित नेपाली कम्युनिटि सेण्टर बनाऊने अभियान यतिबेला अगाडि बढिसकेको छ । जसको श्री गणेश गर्ने कार्यमा जि बि एन सि ले नै पहलकदमि गरेको थियो । जि बि एन सि नेपालीहरुको पृथक कुनै काल्पनिक रुप कदापि हैन बिदेशि भुमिमा रहेर पनि नेपाल र नेपालीका हितका खातिर नेपालीहरु व्दारा नै स्थापित एवँ सँचालित सँस्था हो । सिङ्गो नेपालीकै बास्तबिक रुप भएकाले यसका गुन बैगुन सग यहाका नेपाली प्रतक्ष्य वा परोक्ष रुपमा जोडिएकै हुन्छन अत सँस्थाले गरिआएका अमृत रुपि कामलाई साथ दिदै बेलाबखत अन्जानमा हुने गल्ति कमजोरिहरु ऊपर सकारात्मक सल्लाह र सुझाव दिदै सँस्थालाई दिर्धकालसम्म अगाडि बढाऊन जि बि एन सि ले सबै नेपालीप्रति हार्दिक अपिल गरेको छ ।

# कामहरु पारदर्शि र सार्बजनिक हुदै जाने:
बोष्टनमा नेपाली कम्युनिटि जसरि पनि चाहिन्छ यसलाई पारदर्शि, लोकतातान्त्रिक र अझै शसक्त बनाऊदै लग्नु पर्नेमा कसैको दुइमत छैन । मानिसको ध्यान सकारात्मक भन्दा नकारात्मक तर्फ पहिला पुग्छ त्यो स्वभाविक हो । त्यसैले गर्दा पनि हुनसक्छ, जि बि एन सि ले गरेका धेरै सकारात्मक कामहरु ओझेलमा छन । जि बि एन सि प्रति योगदान गर्ने हरुको इतिहास ओझेलमा छ । नत्रभने २४ बर्षको बोष्टनको नेपाली इतिहासमा जि बि एन सि ले नगरेको सामाजिक काम केहि छैन होला ! अत : बिगतको बिषम परिस्थितिमा सँस्था जन्माऊने देखि दु:ख सुख मा डोरयाऊदै आजको दिनसम्म ल्याइपुराऊने जिबिएनसि का सबै अग्रज पदाधिकारि हरुको योगदान को कदर हुदै जावस, सँस्थाले गरेका सबै कामहरु सार्बजनिक गर्दै जाऊन भन्ने मान्यतालाई आत्मसाथ गर्दै जि बि एन सि ले गरेका शुरुदेखिका कामहरुलाई लिपिबद्द गर्न नसके पनि आइन्दा जि बि एन सि ले गरेका कामहरु सार्वजनिक हुदै जाऊन भन्ने ऊद्देश्यले नया बिधान अनुरुप २ बर्षे कार्यकालको लागि मिलन गुरुङको अध्यक्ष्यतामा गठित ३३ सदस्यिय कार्यसमितिले मिति : अक्टोबर २२ , २०१२ पश्चात गरेका गरेका खास खास कामहरुलाई पब्लिकमा ल्याऊनु मेडियाको पनि एक जिम्मेवारी सम्झि सकेसम्म नछुटाई निम्नानुसारका कामहरुलाई समेटने प्रयास गरिएको छ । सम्पन्न कार्यक्रमहरुको बारेमा थाहा पाऊदा नाफा घाटा को कुरा पनि खडकन सक्ने बिषय भएकाले त्यसलाई समेत सँस्थाका कोषाध्यक्ष्य श्री भक्त गुरुङ तथा अध्यक्ष मिलन गुरुङसँग सल्लाह एवँ बिबरण लिइ राख्ने प्रयास गरिएको छ ।

कामहरु
(१) नोभेम्बर १२ -१८, २०१२ मा सम्पन्न सँयुक्त भैलीधौसी कार्यक्रम ।
बिगतका बर्षहरुमा झै सन २०१२ मा पनि जिबिएनसिले भैलिधौसीको आयोजना गर्दा शुरुमै एऊटा साझा सहमति बनाई काम थालेको र जि बि एन सि को पहलकदमिमा हिमालयन लायन्स क्लब एवँ बोष्टन लोक सुसेली समुह लगायका नेपाली सँघ सँस्थाको त्यतिकै हात भएको सँयुक्त भैलिधौसीलाई नेपाली कम्युनिटि भवन बनाऊने दिर्धकालिन सोच सहित अगाडि बढाइएको थियो । भैलीधौसी नेपालीहरु बसोबास गरेका बिभिन्न शहरका १० ठाऊमा खेलिएको र ऊल्लेखनिय रकम जुटि २६,३२२.६५ डलर बचत भएको थियो । भैलीधौसीको पुर्ण सफलता पश्चात नेपाली कम्युनिटि सेन्टर बनाऊने अभियानलाई बैधानिक रुपमै अगाडि बढाऊनु पर्छ, सुस्ताऊन दिनु हुदैन, छुट्टै प्रोजेक्ट खडा गरि अगाडि बढाऊनु पर्छ भन्ने मान्यता सहित बिभिन्न चरणका बैठक हरु सम्पन्न भएका थिए । अत: ऊठेको रकम पनि तत्काल छुट्टै कोष खडा गरेर राखिएको थियो । यसै सँयुक्त भैलीधौसीबाट शुरु गरिएको नेपाली कम्युनिटि सेन्टर बनाऊने अभियान अब झ्याँगिदै छ बोष्टनमा । यस काममा जिबिएनसि दिलो ज्यानले लागि परेको थियो ।

(२) पशुपतिनाथ बुद्द फाऊण्डेशन स्थापना गर्न नेतृत्वदायी भुमिका ।
जि बि एन सि को पहलकदमिमा हिमालयन्स लायन्स क्लव र बोष्टन लोक सुसेली समुह लगाएतका सँघ सँस्थाको त्यतिकै हात रहेको सँयुक्त भैली धौसी २०१२ सफल रुपमा सम्पन्न भएपछि नेपाली हरुको पहिल्यै देखिको चाहना अनुरुपको काम नेपाली कम्युनिटि सेन्टर बनाऊने सम्बन्धमा,ग्रेटर बोष्टनमा एकातर्फ पशुपतिनाथ को मन्दिर र अर्कातर्फ बुद्दको स्तुपा सहित पाच बर्ष भित्र दुइ चरणमा गरि बिधिवत रुपमा सो को निर्माण गर्ने गरि अन्ततोगत्वा श्री पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यु ईङलैण्ड नामक नन प्रफिटेवल रिजिजियस एण्ड कल्चरल अर्गनाइजेशन को स्थापना गरि अगाडि बढने भन्ने बृहद टुङगोमा नपुग्दा सम्म बिभिन्न चरणका गर्नुपरेको काम, भेटघाट, छलफल सहमति र मिटिङहरुको लागी जि बि एन सि ले नै नेतृत्वदायी भुमिका खेलेको थियो । जि बि एन सि का अध्यक्ष मिलन गुरुङलाई सँयोजक तोकि काम अगाडि बढाइएको थियो यस कामको लागि शुरुमा ऊहाको घर नै भेटघाट सेन्टर तथा अफिस जस्तो भएको थियो । अब भने फाऊण्डेशन, छुट्टै अस्तित्व सहितको नेपाली सँस्थाको रुपमा स्थापित परिणत भइसकेको छ । २०१३ को भैलीधौसी स्वयँ फाऊण्डेशनले गरेको हो । सन २०१३ मा ग्रेटर बोष्टन स्थित ६ स्थानमा बृहद भैलिधौसी आयोजना गर्दा फाऊण्डेशनको खातामा हालसम्म ४९,६६३.६५ डलर बैँक मौज्दात भएको फाऊण्डेशनका आर्थिक बिभाग प्रमुख भुवन गुरुङले जनाऊनुभएको छ । गत बर्ष फेब्रुअरि ११, २०१३ मा टाऊन हल मिटिङ सम्पन्न भै फाऊण्डेशनको बिधि बिधान र कार्यक्रम पास भइसकेको अबस्था छ । यो बर्ष फेरि अप्रिल ७ ता, २०१४ का दिन पु:न साधारण सभाको आव्हान गरिएको छ । फाऊण्डेशनले फाइब ओ वान सि थ्रि को लागि आइ आर एस मा निबेदन गरिसकेको र सो पाऊने चरणमा सँस्था पुगिसकेको स्थिति छ । बिभिन्न महानुभावबाट बोलिएको रकम जोडदा फाऊण्डेशनको आर्थिक हैसियत एक बर्षमै साढे तिन लाख पुगि सकेको थाहा भएको छ । यसरि फाऊण्डेशनको स्थापना गर्नमा जि बि एन सि बर्तमान कार्य समितिले पहलकदमिपुर्ण कामहरु गरेको थियो । नेतृत्वदायी भुमिका निभाएको थियो ।

(३) नोभेम्बर , २०१२ “ मा लेलिन कडेल लाई सहयोग ।
नेपालमा चितवन ज्यामिरे घर भै सन २००८ देखि अमेरिकाको बोष्टनमा बसोबास तथा कुईन्सि कलेजबाट एसोसियट डिग्रि गरेका लेलिन कँडेललाई ऊहाको ब्लड क्यान्सर को ऊपचारमा सहयोगार्थ करिब ७ हजार डलर जुटाई सहयोग हस्ताँतरण गरिएको थियो ।

(४) डिसेम्बर ७, २०१२, दिवँगत मुरारीराज शर्मा को अन्त्यष्टी ।
चार बर्ष देखि ग्रेटर बोष्टन मा बसोबासरत नेपालमा घर काठमाडौ भएका मुरारीराज शर्मा को मास जनरल अस्पतालमा डिसेम्बर ५, २०१२ मा असामयिक निधन भएपछी जि बि एन सि ले तत पश्चातको गर्नुपर्ने सम्पुर्ण काम तथा प्रकृया हरु पुरा गरि डिसेम्बर ७ तारिख ५८० माऊण्ट अबुन स्ट्रिट मा अन्तिम सँस्कार / श्रद्दाञ्जली कार्यक्रम सम्पन्न गरी ऊहाको घर परिवार लाई सक्दो सहयोग एवँ राहत दिने काम जिबिएनसिले सम्पन्न गरेको थियो ।

(५) डिसेम्बर २९ , २०१२ मा सम्पन्न डि जे नाइट धमाका ।
तन्नेरि नेपाली युवा हरुको चाहना र बिदेशमा पनि आधुनिक नेपाली गितको क्रेजलाई मध्यनजर गरि बिशेषगरि युवा नेपाली साथीहरुलाई समेटने ऊद्देश्यले पहिलो पटक जि बि एन सि ले क्याम्ब्रिज, मेडेइरोज एभ स्थित हलमा “ स्पेशल डि जे नाईट धमाका “ सम्पन्न गरेको थियो । ऊक्त दिन भारी हिमपात हुने भै राज्य व्दारा खतरा दिन घोषित हुनपुगि कार्यक्रम प्रभावित भएपनि सँस्थाका पदाधिकारिहरुको प्रयासमा आम्दानि २५९३ डलर, खर्च २५७५ डलर भएकाले सँस्थालाई घाटा नपरेको र उल्टै १८ डलर नाफा भएको थियो ।

(६) मार्च ३ , २०१३ मा सम्पन्न फण्ड राइजिङ डिनर प्रोग्राम ।
ग्रेटर बोष्टनको समरभिल स्थित मसला रेष्टुरेण्ट मा भएको जि बि एन सि को फण्ड राईजिङ डिनर प्रोग्राम मार्फत सँस्थालाई २०२१ डलर सँकलन (मुनाफा) भएको थियो । बोष्टन लोक सुसली समुहले बिशेष सहयोग गरेको प्रोग्राममा बिभिन्न नेपाली सास्कृतिक प्रोग्राम पनि समाबेश थिए । बिगतका बर्ष हरुमा सँस्थाको आयश्रोत भैली धौसी हुन्थ्यो यस बर्ष देखि भैली धौसीको रकम नेपाली कम्युनिटि सेन्टर बनाऊन पशुपतिनाथ बुद्द फाऊण्डेशनलाई जाने भएकाले पहिलो पटक यसरि जि बि एन सि ले फण्ड राईजिङ प्रोग्राम आयोजना गरेको थियो ।

(७) अप्रिल १५ , २०१३ मा सम्पन्न “बैसाखी साँझ“।
नेपाली हरुको नया बर्ष २०७० को ऊपलक्ष्यमा जि बि एन सि ले क्याम्ब्रिज सिटि मेडेइरोज एभ स्थित हलमा नेपाली खाना , नेपाली पहिरन, नेपाली साँस्कृतिक प्रस्तुती सहित बैसाखी साँझ सम्पन्न गरेको थियो ।, ऊक्त दिन बोष्टन बम बिष्पोट काण्ड ले कार्यक्रम केहि प्रभाबित भएपनि नेपालीको सहभागिता ऊल्लेख्य रहेको थियो । अमेरिकाका स्टेट सिनेटर विल ब्राऊन्सबर्जर प्रमुख अतिथि रहेको सो कार्यक्रम मार्फत सँस्थालाई आम्दानी १०,३४७.८९ डलर र खर्च ९,१०३.८९ डलर हुन गै १,२४४.०० डलर मुनाफा भएको थियो ।

(८) मे २५, २०१३ मा सम्पन्न २५५७ औ बुद्द जयन्ती ।
२५५७ औ बुद्द जयन्तिको सु – अवशरमा जि बि एन सि ले पहिलो पटक मासाचुसेटस राज्यको अर्लिङटन सिटि स्थित १५ ब्राटलेट एभिन्यु मा रहेको “ द यु एस जोओ रिँपुचे “ नामले चिनिने अत्यन्त कलात्मक बुद्द मन्दिर मा बिशेष कार्यक्रम सहित बुद्द पुजा तथा बुद्द जयन्ति सम्पन्न गरेको थियो । बुद्द जयन्ती मा सहभागीहरुबाट प्रदान गरिएको ४२८ डलर मध्ये २४४ डलर सोही गुम्बालाई प्रदान गरि बाकि २१४ डलर सँस्थालाई मुनाफा भएको थियो ।

(९) मे ३० , २०१३ ए एन ए मा भागलिन जाने बोष्टनको खेलाडीलाई सहयोग )
न्यु योर्क मा आयोजित ए एन ए कन्भेन्सन २०१३ मा बोष्टनको प्रतिनिधित्व गरेर जान लागेका दुइ खेलाडी टिम नेपालिज सकर टिम बोष्टन र बोष्टन बास्केटबल टिमलाई जि बि एन सि को लोगो प्रयोग गरि खेल खेल्ने गरि बिगतमा झै खेलकुदको बिकाश र खेलाडीको हौसला को लागि जि बि एन सि को तर्फबाट ३०० \ ३०० डलर का दरले ६०० डलर सहयोग प्रदान गरिएको थियो ।

(१०) जुन १५, २०१३ बोष्टन म्याराथुन बम भिक्टिम लाई सहयोग ।
बोष्टन म्याराथुन भिक्टिमहरुको लागी वान फण्ट बोष्टन मार्फत जि बि एन सि ले २१४ डलर सहयोग स्वरुप प्रदान गरेको थियो ।

(११) जुलाई १, २०१३ जि बि एन सि को तर्फबाट नौलो घुम्ति नेपाल लाई सहयोग
नेपालमा एच आइ भि एडस र लागु पदार्थ दुर्ब्यसनि रोकथामको लागी बिगत १० बर्षदेखि काम गरि आएको सँस्था नौलो घुम्तिलाई पुनर्स्थापना केन्द्र बनाऊने कामको लागी बोष्टनमा भेटघाटमा आएकी ऊक्त सँस्थाकी सचिव दिन कुमारी शर्मा लाई जि बि एन सि का साथीहरुले भेटेपछी पदाधिकारीहरु को तर्फबाट ऊठाइएको रकम जिबिएनसिको नामबाट नौलो घुम्तिलाई ८०० डलर सहयोग स्वरुप प्रदान गरिएको थियो ।

(१२) जुलाई १३ , २०१३मा सम्पन्न २०० औ भानु जयन्ती कार्यक्रमको मुख्य प्रायोजन ।
अमेरिकामा नेपाली कला सँस्कृति र नेपाली साहित्य को जगेर्नार्थ बिभिन्न समयमा कार्यक्रम गरि आएको जि बि एन सि ले अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोष्टन च्याप्टर सँग मिलि बोष्टनका कवि साहित्यकारहरुको चाहना अनुरुप २००औ भानु जयन्ती मनाऊन मुख्य प्रायोजन गरेको थियो । नेपाली साहित्य श्री बृद्दिका खातिर नेपाली हरुले गर्ने कार्यक्रम मा सहयोग गर्नु पनि नेपाली हरुको छाता सँस्था को दायित्व अन्तर्गतकै काम भएकाले जि बि एन सि ले १७५ डलर सहयोग गरेको थियो । भानु जयन्तीमा बालबालिका व्दारा रामायण बाचन, भानु महिमा, कबिता बाचन, नेपाली लोक नृत्य , मुक्तक , भानु घासि नाटक आदि समावेश थिए ।

(१३) अगष्ट १७, २०१३,मिस नेपाल यु एस को लागि एलिसा थापा लाई सहयोग ।
अगष्ट १७, २०१३ मा न्यु योर्कमा सम्पन्न मिस नेपाल यु एस ए २०१३ मा मासाचुसेटस र बोष्टनबाट युवाबर्ग र किशोरि हरुको प्रतिनिधित्व गर्दै राम्रो परफरमेन्स का साथ अगाडि बढेकी जि बि एन सि का प्रोग्राम हरुमा बेलाबखत होष्ट गर्दै सहयोग गरि आएकी बोष्टन अर्लिङटन निवासी एलिशा थापालाई ऊहाको प्रतिभाको कदर गर्दै प्रतियोगितामा इन्करेजमेन्टको लागी जि बि एन सि ले २०० डलर सहयोग गरेको र जि बि एन सि का पदाधिकारीहरुले ब्यक्तिगत रुपमा समेत सहयोग सँकलन गरि ऊहाको सपोट र समर्थन गरेका थिए ।

(१४) सेप्टेम्बर २, २०१३ मा सम्पन्न समर बार बे क्यु तथा फ्रि हेल्थ क्याम्प ।
बोष्टनमा जि बि एन सि ले हरेक बर्ष कार्यक्रम गर्दै नेपाली बिद्दार्थी सहित सम्पुर्ण नेपालीलाई समेटदै आएको समर बार बे क्यु वाटरटाऊनको आर्सनल पार्कमा धुमधाम सँग सम्पन्न भएको थियो । बिभिन्न खेलकुद सहित सम्पन्न बार बे क्यु मा फुटबल , बास्केटबल , म्युजिकल चियर , मार्वल रेस , आदी समाबेश थिए भने एभरेष्ट हेल्थ केयरका इस्पेसियलिष्ट पिएलएलसि का डा. बिशाल मैनाली बाट निशुल्क स्वास्थ्य जाच को ब्यबस्था गरिएको थियो । नेपाली भेटभाट र खेलकुदको बिकास, पोलेर मकै खादाको आनन्द र समरमा बिभिन्न पेशा ब्यबसाय र अध्ययनमा लागेका नेपाली सँग हुने भेटभाटको आनन्द लिन टाढा टाढाबाट नेपाली आएका थिए जि बि एन सि लाई यस कार्यक्रम मार्फत आम्दानि १९२० डलर, खर्च ८६९.७८ र मुनाफा १०५०.२२ डलर भएको थियो ।

(१५) अक्टोबर १४ , २०१३ सम्पन्न बिजया दशमी प्रोग्राम ।
नेपाली चाडबाड मनाऊदै नेपाली कला सँस्कृतिको जगेर्नार्थ काम गरि आएको जि बि एन सि ले २०७० बडा दशैको ऊपलक्ष्यमा क्याम्ब्रिज मेडेइरोज एभ स्थित कार्यक्रम हलमा दशै प्रोग्राम सम्पन्न गर्दा अपेक्षाकृत नेपालीहरुको सहभागिता नभएतापनि पहिलोपटक दशैकै दिन आयोजित दशै कार्यक्रममा हलमै दुर्गा पुजा मान्यजनबाट टिका जमारा लगाऊने ब्यबस्था गरिएको थियो । मिठा मिठा नेपाली परिकार, नेपाली पहिरन नेपाली साँस्कृतिक प्रस्तुति नेपाली भेषभुषा आदिले गर्दा यस बर्षदेखि दशै कार्यक्रमको रौनक बोष्टनमा नया बनाऊन खोजिएको थियो । यस बर्षको बिजया दशमी प्रोग्राम बाट पनि सँस्थालाई कुनै घाटा भएन आम्दानि ६९६५.८० डलर खर्च ६६८२.०५ डलर र मुनाफा २८३.७५ भएको थियो ।

(१६) जनवरि ३१,२०१४, स्व. बलराम के.सि को अन्त्यष्टि तथा परिवारलाई सहयोग ।
बिगत ५ बर्ष देखि अमेरिका मा रहि पछिल्लो समय ग्रेटर बोष्टनको रिबियर सिटि बसोबास गर्ने नेपालमा घर काभ्रे पनौति चौकोट भएका बलराम के.सि .को जनवरि २४, २०१४ का दिन असामयिक निधन भएपछी जि बि एन सि को तत्काल मिटिङ बसि सहयोग तथा सदगत समिति गठन भै आबश्यक प्रकृया एवँ नेपालमा समेत सम्पर्क गरि गर्नुपर्ने सम्पुर्ण काम सम्पन्न गरि जनवरि ३१ ता २०१४ का दिन ५०० कान्टेरबुरि स्ट्रिट, रोज्लिन्डेल को सिमेन्ट्रिमा अन्तिम सँस्कार \ श्रद्दाञ्जली सम्पन्न गरिएको थियो । जिबिएनसिले नेपाली हरु बाट रकम सँकलन गरि फुनेरल कार्यक्रम सम्पन्न गरेको र करिव ६००० डलर ऊहाको आश्रित परिवारलाई राहत सहयोग स्वरुप नेपाल पठाऊने प्रकृयामा रहेको जि बि एन सि ले जनाएको छ ।

(१७) फेब्रुवरि ८,२०१४, मा सम्पन्न श्रीमति ऊत्तरा घिमिरेको को अन्त्यष्टि ।
बिगत लामो समय देखि ग्रेटर बोष्टनमा बसोबास गरि आऊनु भएकी श्रीमति ऊत्तरा घिमिरे को फेब्रुअरि ५, २०१४ का दिन असामयिक निधन भएपछी जि बि एन सि ले गर्नुपर्ने सम्पुर्ण काम तथा प्रक्रिया पुरा गरि फेब्रुअरि ८, २०१ का दिन ५०० कान्टेरबुरि स्ट्रिट, रोज्लिन्डेल को सिमेटरिमा अन्तिम सँस्कार \ श्रद्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको थियो । स्वर्गिय घिमिरेको फुनेरल कार्यक्रम सम्पन्न गरि ऊहाको घर परिवार लाई सक्दो सहयोग एवँ राहत दिने काममा जिबिएनसिले दिलो ज्यानले सहयोग गरेको थियो । स्व. घिमिरे बिमार भएको बखत जिबिएनसि को अघिल्लो समितिले सेप्टेम्बर ३,२०१२ मा ४०४३ डलर सहयोग स्वरुप प्रदान गरेको थियो । तत पश्चात पनि जिबिएनसिका पदाधिकारीहरुले थप सहयोग गर्दै आएका थिए । स्व. ऊत्तरा घिमिरे , ग्रेटरबोष्टन नेपाली कम्युनिटिका सक्रिय सदस्य एवँ पशुपतिबुद्द फाऊण्डेशन अफ न्यु ईङ्लैण्ड का बोर्ड अफ डाइरेक्टर जाल प्रसाद घिमिरेकी धर्म पत्नि हुनुहुन्छ ।

(१८) जनवरि २०,२०१४ , नेपाली नया बर्ष २०७१ को ऊपलक्ष्यमा “बैसाखी साँझ” को आयोजना ।
हरेक बर्ष झै नेपालीहरुको नया बर्षको ऊपलक्ष्यमा बोष्टनमा आयोजना हुने “बैसाखी साँझ” यसबर्ष अप्रिल २१, २०१४ मा धुमधाम सँग मनाऊने गरि जिबिएनसि ले निर्णय गरि तयारीमा जुटेको छ ।यस बर्ष मनाईने नेपाली नया बर्षमा बोष्टन स्थित अन्य नेपाली सँघ सँस्थाहरुले एक एक वटा नेपाली सास्कृतिक प्रस्तुती ल्याऊने गरि तयारी गरिएको छ ।


(१९) फेब्रुअरि, २०१४ यु ए इ मा रहेका नेपाली अनिश खालिङ राई लाई बचाऊन सहयोग ।
नेपालमा घर सँखुवासभा मत्स्यपोखरि -३ भै यु ए इ मा रहदै आऊनुभएका नेपाली अनिश खालिङ राईलाई अदालतबाट मृत्यु दण्डको सजाय सुनाईएको र ऊहालाई मृत्यु दण्डबाट बचाऊने स्वदेश बिदेशको नेपाली अभियान मार्फत जि बि एन सि लाई पनि सहयोगको अनुरोध भइ आएकोमा जिबिएनसि का पदाधिकारीहरुले आपसमा सहयोग जुटाई सँस्थाको तर्फबाट २३२ डलर प्रदान गरेका थिए ।


(२०) ए एन ए र जि बि एन सि बिचको समस्या समाधानार्थ रिजुलुशन कमिटि २०१३ गठन ।
अमेरिकामा रहेका नेपाली र बोष्टनका नेपाली मध्येबाट ठुलो आकारको कन्भेनिङ काऊन्सिल गठन भै २०१०मा सम्पन्न २८ औ बोष्टन ए एन ए सम्मेलन को आर्थिक कुरालाई लिएर जि बि एन सि का दुइ कार्यकाल सकिन लाग्दा सम्म चर्चा परिचर्चा र मुद्दाका कुराले नछाडे पछि बोष्टनको नेपाली एकता र हार्दिकतालाई शिरमा राखेर त्यस्तो केहि भएको रहेछ भने पनि सबैमिलेर समाधान गर्न सकिवस भन्ने ऊद्देश्यले मिति जनवरि ७, २०१३ का दिन जि बि एन सि को मिटिङले सर्बसम्मतिले सक्षम र शसक्त रिजुलुशन कमिटि गठन गरेको थियो । तत्काल सबै मिलेर आयोजना गरिएको सम्मेलनबाट ऋजित समस्या पनि सबै मिलेर नै समाधान गर्नुपर्छ भन्ने मान्यता अनुरुप गठित रिजुलुशन कमिटिले समस्या समाधानार्थ अमेरिकामा बिभिन्न सम्पर्क समन्वय र कानुनी र ब्यबहारिक सबै ऊपाय अबलम्बन गर्दै अगाडि बढेको र सम्बन्धित सबैको सहयोगले हाल समस्या समाधानको नजिक पुगिसकेको स्थिति छ भन्ने आभाष भएको छ । नेपालीको कुम्भमेला भनेर चिनिने सो सम्मेलनको आयोजना आफ्नो शहरमा गर्न पाऊनु खुसि कै कुरा भएकोले बोष्टनका सबै नेपालीहरु लागि परेर जसरि यसलाई भित्र्याए तर प्रतिफल सोचेजस्तो नभएर ऊल्टै जिबिएनसि र यहाका नेपालीलाई पिरल्ने खालको भएपछि समस्या सधैको लागि अन्त्य हुनुपर्छ भन्ने सोचि सँस्थाले त्यतिबेला लागिपरेका सबै नेपाली लाई समेटदै रेजुलुशन कमिटि बनाइएको र कमिटि का साथिहरुले यद्दपि समस्याको पुर्ण समाधानको लागि पहल गरिरहेको बुझिएको छ । बोष्टनका नेपालीहरु एकजुट भै जसरि दिलो ज्यानले २८औ कन्भेन्सनलाई सहयोग गरेका थिए । अहिले पनि समस्या समाधानार्थ सबै एक भै काम गर्ने र भबिश्यमा पनि बोष्टनको नेपाली एकतालाई यसले कुनै असर पर्न नदिने तर्फ सचेत हुदै निकास छिचोल्ने सँकेत देखिएको छ । बाहिर जे जस्तो चर्चा परिचर्चा भएपनि यस प्रसँङगमा जि बि एन सि ले आफ्नो कोषबाट हालसम्म एक पेनि पनि खर्च नगरेको कुरा जिबिएनसिका अध्यक्ष मिलन गुरुङले जनाऊनु भएको छ ।

# जि बि एन सि को बर्तमान आर्थिक अबस्था
जि बि एन सि नेपालीहरुको दु:ख सु:ख र मर्दा पर्दाको साथीको रुपमा बिकशित नितान्त सामाजिक सँस्था भएकोले यसले आफ्नो आर्थिक अबस्था मजबुद पार्ने कामलाई आफ्नो प्राथमिकतामा नराखिकन नेपालीलाई भइपरि आऊने समस्या र नेपाली हकहित पहिचानका कार्यक्रमलाई प्राथमिकता मा राख्दै काम गरेको पाइन्छ ।यद्दपि नेपालीलाई समस्या पर्छ भने तत्काल राहत कार्यक्रम अगाडि ल्याऊने र समस्या समाधान गरिहाल्ने जि बि एन सि को चलन जस्तै भएको छ । जतिखेर समस्या पर्छ तुरुन्त एकजुट हुने, समस्या समाधान गरिहाल्ने काम भने बिगतमा पनि अनगिन्ति नै भएका छन जिबिएनसि बाट । ठुला ठुला नेपाली कार्यक्रमहरु सम्पन्न गर्ने, भुकम्प दैबि प्रकोप र देश बिदेशका आपद बिपदमा सहयोग गर्ने, भैपरि आऊने समस्या तत्काल समाधान गर्ने जस्ता काम मा पनि आपसि एकता र सहकार्य नै प्रमुख श्रोत हुदै आएको छ । यद्दपि पुरानो कार्यसमितिले नया कार्यसमितिलाई आफ्नो कोष तथा कागजपत्र बुझबुझारथ गर्दै आऊने क्रममा जि बि एन सि को नि- बर्तमान कार्यसमितिले नया कार्यसमितिलाई बुझाएको १६७ डलर बाट बढाऊदै, कुनै कार्यक्रम गर्दा पनि घाटा हुन नदिइ पछिल्लो कार्यसमितिले सदस्यता रकम समेतबाट गरि हाल जि बि एन सि को कोषमा ४६२९ डलर बचत गर्न सकेको जि बि एन सि का कोषाध्यक्ष भक्त गुरुङले जनाऊनु भएको छ ।

# बर्तमान कार्यसमिति
स्मरणिय रहोस जि बि एन सि को बर्तमान ३३ सदस्यिय कार्य समितिमा अध्यक्ष मिलन गुरुङ, सिनियर भाइस प्रेसिडेन्ट राम थापा, भाइस प्रेसिडेन्ट बिष्णुमणी आचार्य, महासचिव श्रीमती देवी ओली थापा, सचिव अर्जुन कुवँर ,कोषाध्यक्ष भक्त गुरुङ ,सह – कोषाध्यक्ष पुष्पा श्रेष्ठ ,मेडिया डाइरेक्टर यम पौडेल ,पब्लिकेशन अफिसर सुनिल नेपाली ,र सदस्यहरुमा किरण खडका ( खेल सँयोजक समेत), नवराज कोइराला (स्रोत सँयोजक समेत), कार्यकारिणि समितिका सदस्यहरुमा सुरेन गुरुङ, शम्भु अधिकारी , आङ दावा शेर्पा ,रबिन लामा, शिव मिश्र ,आजाद प्रधान ,पेशल रेग्मी , मिलन कुमार कार्की, खगेन्द्र गुरुङ ,आर.के. पन्त, मधुकर अधिकारी ,रञ्जन थापा, माया कडायत ,जेनी लालचन ,मिलन थापा पौडेल , दिपक थापा ,हजुरी सिँ ,बासु थापा ,माधब प्रसाद दाहाल ,जाल प्रसाद घिमिरे,राम धिताल , दिनेश पाण्डे , नियुक्त भएका छन भने बोर्ड अफ डाइरेक्टर हरुमा सुर्य थापा, बिनोद ओली , प्रेम तामाङ ,जाङ्बु शेर्पा , ऊत्सब गुरुङ ,ध्रुर्ब घिमिरे , र लिला राऊत रहेका छन । त्यसैगरी वोनोनरी मेम्बरमा अच्युत अधिकारी , धन कुमार गुरुङ , मिन के. सी. र रञ्जन बुढाथोकी रहेका छन सल्लाहाकार हरुमा डा. शिब गौतम ,प्रल्हाद के.सी., डा. ऊषा शर्मा ,सुन्दर गुरुङ ,बिरोचन नेपाल , बिष्णु कार्की र बिष्णुहरि धौराली रहेका छन ।

अन्त्यमा
जि बि एन सि को कोष पछिल्लो कार्यसमितिले कत्तिपनि खोट्याएको छैन हरेक कार्यक्रम गर्दा कसरि हुन्छ दुइपैसा नाफा तुल्याऊने ऊद्देश्यले काम गरेको छ । बोर्डले निर्णय गरेर वा नगरिकन कहिल्यै पनि कुनै अनाधिकृत खर्च गरिएको छैन । सँस्थाका पदाधिकारिले ऊल्लेखित कार्यक्रम बाहेक अन्य तर्फ एक डलर पनि हिनामिना गरेका छैनन , जिबिएनसिको रकम कुनै पनि निहु वा बाहनामा अनियमितता हुन नदिइ सिङगो नेपाल र नेपालीको पक्षमा, सँस्थाको भावना मर्म र बिधान अनुसार खर्च हुने बयहोरा समेत जिबिएनसिले जनाएको छ­­­ ।

अन्यमा जि बि एन सि लाई जन्माऊने निरन्तरता दिने र बर्तमानमा पछिल्लो कार्यसमितिलाई ऊल्लेखित काम सम्पन्न गर्दा सम्म तन मन बचन सहित आर्थिक भौतिक नैतिक रुपले साथ दिने सबै पदाधिकारीहरु साथीहरु र सहयोग दाता सबै नेपाली महानुभाबहरुप्रति जि बि एन सि ले हार्दिक आभार ब्यक्त गरेको छ । समयको रफ्तार सगै आगामि दिनमा जि बि एन सि लाई कानुनी, ब्यबहारिक र सँगाठनिक हिसाबले अझै शसक्त पार्दै लग्ने काममा सम्पुर्ण ग्रेटर बोष्टनबासी नेपालीहरुको सल्लाह सुझाव र यथावत सहयोग को जिबिएनसि ले हार्दिक अपेक्षा लिएको छ नयाबिधान अनुसार सदस्यता लिई सहयोग गर्न र सँस्थाका हरेक क्रियाकलापहरुलाई नजिकबाट साथदिन जिबिएनसि कार्यकारिणी समितिले सम्पुर्ण ग्रेटरबोष्टन बासी नेपाली दिदि बहिनी तथा दाज्युभाई हरु समक्ष हार्दिक अपिल गरेको छ ।
धन्यवाद
Last edited: 14-Mar-14 07:38 AM

 
Posted on 03-14-14 12:27 PM     [Snapshot: 176]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस्, सबै नेपाली संस्थाहरु निकम्मा र हरिलट्ठकहरुले संचालन नगर्ने रैछन भन्ने पुस्टि भयो!

Keep it up, GBNC!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters