[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फरक ढंगले बाँच्नेहरू
[VIEWED 1957 TIMES]
SAVE! for ease of future access.
Posted on 03-14-14 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
फरक ढंगले बाँच्नेहरू

    life-style

    काठमाडौ, फाल्गुन ३० - विषय वा प्रसंगले गलत अर्थ नलागे सनक वा लहड भन्नाले मानिसमा हुने एक प्रकारको विशेष स्वभाव जसले उसको व्यक्तित्वलाई फरक बनाएको छ भनेर बुझ्नुपर्छ। यो स्वभाव आमस्वभावभन्दा फरक हुन्छ। उनीहरू लब्धप्रतिष्ठित व्यक्तिका रूपमा समाजमा चिर परिचित हुन सक्छन्। उनीहरू आफैंले बनाएको मान्यतामा अडिग मात्र रहँदैनन्, आफूलाई अरूभन्दा अलग रूपमा, विशेष प्रतिभाका रूपमा प्रस्तुत गर्न सक्षम छन्।

    स्वभाव व्यक्तिअनुसार फरक-फरक हुन्छ। आमनागरिकको हकमा निश्चित कुरामा उनीहरूको समान स्वभाव हुन्छ, त्यसले गर्दा स्वभावतः उनीहरूको पृथक् स्वभाव दृश्यमा आउँदैन, तर कसै-कसैको व्यक्तित्व नै यति फरक हुन्छ कि उनीहरू वास्तवमै पृथक् मात्र देखिँदैनन् उनीहरूको जीवनशैली, कार्यशैली एवं काम पनि फरक र विशिष्ट देखिन्छन्। उनीहरूको फरक किसिमको स्वभाव जसले उनीहरूलाई अरूभन्दा पर देखाउँछ, फरक बनाउँछ, त्यो उनीहरूको सनक मात्र होइन।

    सनक नकारात्मक कार्यका लागि मात्र हुँदैन, सकारात्मक कामका लागि पनि हुनसक्छ। सनकले नै मानिसलाई सफल बनाएका थुप्रै उदाहरण पनि छन्। विश्वका महान्तम व्यक्तिहरू पनि यस्तै लहडी भएका अनेकन् उदाहरण छन्। स्वभावतः आफूलाई कुनै पनि विषयको केन्द्रबिन्दुमा राख्न पनि कुनै न कुनै लहडले मुख्य भूमिका खेलेको हुन्छ। गायक बच्चु कैलाशलाई नै हेरौं, उनले कसैको केही बिगारेका छैनन्, तर सार्वजनिक हुन नचाहने आफ्नो स्वभावका कारण उनी समकालीन पुस्तामा फरक पहिचान राख्न सफल छन् भन्ने बच्चु कैलाश विशिष्ठ श्रेणीका नेपाली गायकका रूपमा स्थापित छन्।

    बच्चु कैलाश

    गायक बच्चु कैलाशको तस्बिर पत्रिकामा सार्वजनिक गर्न र उनको अन्तर्वार्ता लेख्न पत्रकारहरू सधैं लालायित छन्। यद्यपि बच्चु कैलाश भूमिगतजस्तै छन्। लाग्छ, उनले आफ्नो अनुहार सार्वजनिक नगर्ने र अन्तर्वार्ता पनि नदिने प्रतिज्ञा गरेका छन्। लामो समय गायनमा रहेका बच्चुकैलाशले स्वभावकै कारण हुनसक्छ, अचानक गीत गाउन छोडिदिए। ०४७ सालतिर 'फूल टिपेर मायाको...' उनले गाएको अन्तिम गीत हो।

    गीत नगाउनुको कारणका सम्बन्धमा बच्चु कैलाशको आफ्नै मान्यता छ। भनिन्छ, उनी आफ्ना लागि गाएकाले मन नलागेर अहिले गीत गाउन छोडेको तर्क गर्छन्। पुरानो फम्र्याटमा रहेका उनका गीतको रक्षा गर्ने र स्रोतालाई बच्चुकैलाशका गीतहरूको एल्बम सुनाउने प्रस्ताव राख्न गएकाहरूलाई उनले नराम्रोसँग झपारेर पठाएका छन्। आफूले सर्जकका रूपमा ती गीत गाएको र कसैले त्यसको एल्बम निकालेर पैसा कमाउने कुरा नसोच्न उनको आग्रह थियो।

    २० वर्ष यता कुनै गीत नगाएका 'कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न...' गीतका गायक बच्चु कैलाश बस्नेत व्यक्तिगत रूपमा भद्र स्वभावका छन्। उनका दर्जनौं गीत असाध्यै लोकप्रिय छन्। गीत नगाउने मात्र होइन, उनी सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदैनन्। सार्वजनिक कार्यक्रममा सहभागी हुँदा तस्बिर खिचिने भएकाले उनी बाहिर देखिन चाहँदैनन्, बच्चु कैलाश निकट स्रोत भन्छ, एक जना सर्जकको अन्त्येष्टिका क्रममा आर्यघाट पुगेका बेला सञ्चारमाध्यमले उनको तस्बिर खिच्ने सम्भावना देखेपछि उनी परबाटै श्रद्धाञ्जली दिएर फर्किएका थिए।

    एकपटक गणेश रसिकले कुराकानी गरेका आधारमा एउटा पत्रिकामा बच्चु कैलाशको अन्तर्वार्ता छापियो। त्यसपछि वच्चुकैलाशले गणेशले फट्याइँ गरेको भन्दै रसिकको हुर्मत नै लिए। पुष्प नेपालीका नजिकका साथी बच्चु कैलाशको अन्तर्वार्ता झुक्याएर नै नरेन्द्र प्रसाईंले पनि लिएका थिए। प्रसाईंले पनि बच्चु कैलाशको तीखो आलोचना खेप्नुपर्‍यो त्यतिबेला।

    विशिष्ठ स्वरका धनी बच्चु कैलाशले उमेरमा उत्कृष्ट गीत गाए पनि पछिल्ला दिनमा गीत नगाइँदिदा उनका प्रशंसकहरूको चित्त दुखेको छ, यसमा बच्चुकैलाश भने कुनै प्रतिक्रिया दिँदैनन्।

    कृष्ण पहाडी

    पितवस्त्रधारी कृष्ण पहाडी हालसम्म अविवाहित छन्। पहेलों वस्त्र मात्र होइन, जुत्ता, मोजा र उनले प्रयोग गर्ने ओछ्यानसम्म पनि पहेंलो वा सेतो रंगका हुन्छन्। उनी आंशिक रूपमा सांसारिक जीवन अँगाल्दै आएका विशुद्ध साधु हुन्। मध्यमवर्गीय परिवारका कृष्ण जनआन्दोलन भाग-२ को समयमा नागरिक समाजको नेतृत्व गर्दै सडकमा बुट र लाठी खान तयार देखिन्थे। आन्दोलनलाई सफल बनाउने उनको नेतृत्वक्षमताको धेरैले सराहना पनि गरेका छन्, तर त्यसपछि पहाडी एकाएक भूमिगतजस्तै भए। संविधानसभाले संविधान दिन नसक्दाको अवस्थासम्म पनि उनले कुनै प्रतिक्रिया जनाएनन्। धेरैले उनी अगुवा रहेको नागरिक समाजको भूमिका बढेको ठहर गरे पनि उनीहरू सडकमा आएनन्। उनको लक्ष्य लोकतन्त्र स्थापना गर्नमा मात्र रहेछ, व्यवस्था चलाउने जिम्मेवारी दलहरूको हो भन्ने भावनाका कारण उनले बोल्न आवश्यक नमानेको एक निकटस्थले बताए।

    पहाडीका निकटस्थ मित्रहरूका अनुसार उनी आफ्ना पिताश्रीको सम्पत्तिमा पनि लोभ गर्दैनन्। पिताश्रीको सम्पत्ति पनि उनले लगभग त्यागिसकेका छन्। गौशालास्थित दिदीको घरमा बस्ने पहाडीले हालसम्म मोबाइल फोन बोकेका छैनन्। फेसबुक वा अन्य सामाजिक सञ्जालमा पनि उनको उपस्थिति छैन। उनको कुनै निजी सवारी साधन छैन भने उनी प्रायः पैदल नै हिँड्छन् वा सार्वजनिक सवारी प्रयोग गर्छन्। अधिकांश समय घरमै पुस्तक अध्ययन एवं लेखनमा व्यस्त रहन्छन्। उनका सीमित साथीहरूलाई बाहेक घरमा अरूलाई प्रवेश पनि सहज छैन। पहाडी खानेकुरामा पनि पूर्ण सात्विक छन्। उनी दूधसम्म पिउँदैनन् भने साग पनि खाँदैनन्। पहाडीले खाने कुरा हातका औंलामा गन्न सकिन्छ भने तामसी भोजनको त कुरै भएन।

    पहाडीले स्थापना गरेको गैरसरकारी मानवअधिकारीवादी संस्था मानवअधिकार तथा शान्ति समाज नीरन्तर सक्रिय छ, जसलाई उनले आफूले लेखेका कृतिको रोयल्टी र साथीभाइहरूको सरसहयोगमा चलाइरहेका छन्। पहाडीकै कारण यो संस्थाले अन्तर्राष्ट्रिय दातृ निकाय वा सरकारबाट सहयोग लिँदैन। मानवअधिकार तथा शान्ति समाजले आयोजना गर्ने कार्यक्रम निर्धारित समयमा ठ्याक्कै सुरु गर्ने वानी उनले बसाएका छन्।

    'उनी अत्यन्तै पंक्चुअल छन्' उनका साथीहरू भन्छन्- 'कार्यक्रमको समय भएपछि दुई जना भए पनि कार्यक्रम सुरु हुन्छ।' समयको यो नियम बसाउन उनले सुरु गरेको यो ट्रेन्ड बुझ्न नसक्दा धेरै साथीभाइ कार्यक्रम सकिएपछि मात्र पुग्ने गरेका थिए। पहाडी वा शान्तिसमाजको कार्यक्रम भनेपछि आमन्त्रितहरू अहिले निर्धारित समयभन्दा १५ मिनेट पहिले नै पुग्छन्।

    सीमित सम्पर्कमा रहेका पहाडी क्रिकेटका भने जर्बजस्त फ्यान हुन्। उनी क्रिकेट भनेपछि रातभर पनि टेलिभिजन हेर्न सक्छन्। त्यसैपनि उनी फुर्सदको समय टेलिभिजनमै रमाउँछन्। राति अबेरसम्म बस्ने र विहान अबेरसम्म सुत्ने पहाडी कार्यक्रम छ भनेचाहिँ बिहान पनि समयमै पुग्छन्।

    उनलाई नजिकबाट चिन्नेहरू अब कृष्णले विवाह नगर्ने सुनाउँछन्। घरगृहस्थी त्यागिसकेका कृष्ण आफूलाई कसले के भन्छ भन्ने कुराको वास्ता नगरी जीवनयापन गर्दै आएका छन्। उनको भिन्न-भिन्न शैलीका कारणले निकटस्थ मित्रहरू अहिले उनलाई 'महात्माजी' भनेर समेत सम्बोधन गर्छन्।

    मनुजबाबु मिश्र

    मनुजबाबु मिश्र नेपाली कलाक्षेत्रका अलग आयाम नै हुन् भन्दा फरक नपर्ला। उनका चित्रकला फरक किसिमका हुन्छन्, जसको महत्वका बारेमा समीक्षकहरूले लामै व्याख्या गर्न सक्छन्। मुख्य कुरा त मिश्र पनि दुई दशकयता भूमिगतजस्तै छन्। बौद्धभन्दा माथिको आफ्नो घरको छेवैमा कुटी बनाएर बसेका मिश्र पर्दाभित्र बसेर अरूसँग संवाद गर्छन्। परिवारका सदस्यहरूसँग उनको सम्बन्ध भने यथावत् छ।

    पञ्चायती व्यवस्थालाई राम्रो मान्ने भएकाले बहुदल आएपछि मनुजबाबु भूमिगत भएका हुन्— एक सर्जकको बुझाइ हो यो। मनुजबाबु आफ्नो कुटीबाहिर ननिस्कने भने होइनन्, उनी आफ्ना सिर्जनाहरूको प्रदर्शनी एवं व्यवसायका लागि महिनामा कम्तीमा एकपटक विदेश यात्रामा हुन्छन्। कुनैबेला उनीसँग नजिक रहेका एक पत्रकारले अकस्मात् वीर अस्पताल अगाडि मनुजबाबुलाई देखेर गफ गरेको सम्झिए। मनुजबाबु निश्चित व्यक्तिहरूसँग बोल्ने तर अरूसँग सार्वजनिक तवरमा गफ नगर्ने व्यक्ति हुन्, ती पत्रकारले भने- आफ्नो कामका लागि बाहिर निस्कन्छन्, तर भेट्नुपर्ने व्यक्तिसँग कालो पर्दाको बार लगाएर मात्र कुरा गर्छन्।

    राजा महेन्द्रलाई आदर्श मान्ने मिश्र बहुदलीय व्यवस्थालाई विकृति भन्छन्, तर उनका चित्रकलाहरूले भने कम्युनिस्टको जस्तो अग्रगामी परिवर्तनको छनक दिन्छन्, एक सर्जकले बताए। उनी अहिलेको व्यवस्थाका सबैलाई फटाहाको संज्ञा दिन पनि पछि पर्दैनन्। एक विश्लेषकका अनुसार मनुजबाबुमा व्यापक विरोधाभाष छ, जसलाई उनी आफ्नो चित्रकलामा प्रस्तुत गर्छन्। कुटीभित्र रहेर अरूलाई सम्बोधन गर्ने मिश्र कामका सन्दर्भमा भेट्न चाहनेहरूलाई सहजै भेट दिन्छन्। उनका मान्यता नबिथोल्नेहरू उनका प्रिय हुन्छन्। मनुजबाबु आफ्ना आलोचकहरूसँग कुनै सम्बन्ध राख्न रुचाउँदैनन्। आफ्नो विचार अलग भए पनि त्यसलाई प्रदर्शन गरेर विरोध जनाउने काम पनि उनी गर्दैनन्। उनी चित्रकलाकै निम्ति समर्पित व्यक्तिका रूपमा स्थापित छन्।

    नीर शाह

    लहड चलेपछि गर्न हुने र गनहुने कामको मेसो नपाउने व्यक्ति हुन्— नीर शाह। प्रेमपिन्ड, वसन्तीजस्ता ऐतिहासिक चलचित्र निर्माण गरेका शाह प्रतिभाशाली त छँदै छन्। एक समाचारवाचिकाले रातको १० बजे समाचार पढेर घर र्फकने क्रममा ड्राइभरले घर नपुर्‍याई बाटैमा ओह्रालेको उजुरी गरेपछि नेपाल टेलिभिजनका तत्कालीन प्रमुखको हैसियतले नीर शाहले ड्राइभरलाई पियनमा सरुवा गरिदिएका थिए। ड्राइभर प्राविधिक कामको सूचीमा पर्ने र ड्राइभरलाई पियनमा लैजाँदा सवारी चलाउने मानिसको कमी हुने भनेर प्रशासनले दुई सातासम्म अनुरोध गरेपछि मात्र उनले घटुवा गरेर पियन बनाइएका ड्राइभरलाई पुरानै स्थानमा ल्याएका थिए। पन्चायती व्यवस्थाको समयमा नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धकका रूपमा नियुक्त शाह प्रजातन्त्र आएपछि मैतीदेवीको एउटा सानो घटनाको स्थलगत रिपोर्टिङ गर्न आफै पुगेका थिए। जबकि त्यो रिपोर्टिङ एउटा सामान्य संवाददाताबाट हुन सक्थ्यो। कहिल्यै रिपोर्टिङ नगरेका शाह किन त्यो घटनाको रिपोर्टिङमा गए भन्ने जिज्ञासा त्यतिबेला सबैमा थियो।

    नेपाल टेलिभिजनको संस्थापक महाप्रबन्धकका रूपमा लामो समय काम गरेका शाहले प्रजातन्त्र आइसकेपछि निजी स्रोतबाट पहिलो टेलिभिजन च्यानल 'सांग्रिला' चलाएका थिए। सांग्रिला च्यानल कमजोर व्यवस्थापनका कारण डुब्यो। योजना बनाएर काम नगर्ने नीर शाह कतिपय निर्णय लिन्छन् र भोलिपल्टै त्यसलाई सच्याउँछन्।

    पछिल्लो समयमा उनी नेसनल टेलिभिजनको प्रमुख कार्यकारी थिए, त्यतिबेला नेसनल टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरू पत्रिका पढिरहेको देखेपछि उनले भनेछन्, काम टेलिभिजनमा गर्ने अनि पत्रिका पढेर बस्ने ? भोलिपल्ट तिनै सञ्चारकर्मी टेलिभिजन हेरेर बसिरहेका बेला भने उनले आजको पत्रिकामा मुख्य समाचार के-के छ भनेर सोधेछन्।

    'वास्तवमा नीर शाहले दुःख पाएको नै उनको मुडी स्वभावका कारणले हो,' निकटस्थ स्रोत भन्छ- 'उनी सुनेको भरमा निर्णय लिन्छन् र कुनै पनि घटनाको यथार्थ नबुझी तुरुन्तै प्रतिक्रिया दिन्छन्।' शाह आवरणमा औपचारिक स्वभाव देखाउँछन्। अनौपचारिक भेटघाटमा पनि आफ्ना कुरा हत्तपत्त खोल्दैनन्। व्यंग मिश्रति संवाद बोल्छन्। धरानमा गएको भूकम्प पीडितहरूको सहयोगार्थ भूकम्प सहयोग समितिले प्रज्ञा-प्रतिष्ठानमा गरेको सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रसारणमा सन्तोष पन्तको प्रहसन चित्त नबुझेपछि उनले पन्तको प्रहसनभरि प्रत्यक्ष प्रसारणको लाइन नै काटिदिएका थिए। व्यक्तिगत जीवनमा फरक स्वभाव र शैलीका नीर शाह उच्च कोटिका नेपाली कलाकार एवं निर्देशक हुन् भन्ने कुराचाहिँ बारम्बार सावित हुँदै आएको छ।

    मोहनचन्द्र अधिकारी

    युवा उमेरमा साहसी स्वभावका मोहनचन्द्र कुनै समय पूर्ण रूपमा नास्तिक थिए भने अहिले पूर्ण रूपमा आस्तिक भएका छन्। भौतिकवादी दर्शनलाई आत्मसात् गरेर झापा आन्दोलनमा कथित सामन्तीहरूको टाउको काट्ने आन्दोलनमा लागेका अधिकारीको जीवनशैली हेर्दा उनले सनकका थुप्रै उदाहरण प्रस्तुत गरेको बताइन्छ। अहिले उनी भौतिकवादी दर्शन बोकेको एमाले पार्टीका आध्यात्मिक दर्शनका व्याख्याताका रूपमा चिनिन्छन्।

    कुनै समय माओको नौलो जनवादले नेपाली समाजको परिवर्तन सम्भव हुन्छ भन्ने मोहनचन्द्र अहिले विभिन्न यज्ञमा साधुका रूपमा प्रस्तुत हुँदै नेपाललाई हिन्दू राज्य घोषित गर्नुपर्ने माग गरिरहेका भेटिन्छन्। उनलाई अहिले विगतमा गल्ती गरेको महसुस हुने गरेको उनलाई चिन्ने एक नेताले बताए। कम्युनिस्ट आन्दोलनका एक सबल नेतृत्वकर्ताको परिचय बनाएका मोहनचन्द्र मूलधारको राजनीतिबाट लगभग पलायन भैसकेका छन्।

    मोहनविक्रम सिंह

    मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका चर्चित व्यक्तित्वका रूपमा स्थापित छ। प्रचण्ड, वैद्य तथा बाबुरामजस्ता नेताका पनि गुरु मोहनविक्रम लामो समय भूमिगत बस्ने नेताका रूपमा चिनिन्छन्। बहुदलीय राजनिती प्रारम्भ भएपछि पनि उनी अर्धभूमिगत अवस्थामै रहेका छन् । कुनै बेला सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको नेतृत्व गरेका मोहन विक्रम अहिले टुक्रिदै सानो बनेको पार्टीलाई नेतृत्व गरिरहेका छन्। मोहन विक्रम सिंहका पनि आफ्नै किसिमका विशेष स्वभाव छन्। एउटा अनौठो स्वभाव हजारौं कार्यकर्तालाई भौतिकवादी जीवनदर्शन पढाएका यी गुरु आफैं भने ओशो भक्त हुन्। जीवनको उत्तरार्द्धमा पुनः विवाह गरेका मोहनविक्रम कम्युनिस्ट अनुशासनका प्रवचन पनि राम्रैसँग दिन्छन्। मोहनविक्रम आफूसँग विचार नमिल्नेहरूलाई पाखा लगाउँदै जाँदा कालान्तरमा सानो समूहको नेता भएका हुन्, यद्यपि उनका चेलाहरू भने सरकारको नेतृत्व गर्ने स्थानसम्म पुगेका छन्।

    प्रदीप गिरी

    प्रदीप गिरी नेपालका उम्दा राजनीतिक विश्लेषकका रूपमा सबै पार्टी र नागरिकले सम्मान गरेको नाम हो। यि असाधारण क्षमताका धनि व्यक्ति पनि एकांकी जीवनशैलीमा रमाउँछन्। सार्वजनिक व्यक्तित्वका रूपमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा रहेका गिरीलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहनेहरू पनि उत्तिकै छन्। अचम्मको कुरा उनी स्वयंचाहिँ मन्त्रीसम्म पनि बन्न चाहँदैनन्। ०५६ सालको प्रतिनिधिसभा निर्वाचन हारेपछि गिरी तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जर्बजस्त आग्रह हुँदाहुँदै सरकारमा जानबाट रोकिए। प्रदीप गिरीलाई विजयी बनाए उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्री पद दिने भनेर तत्कालीन प्रधानमन्त्री भट्टराईले निर्वाचनक्षेत्रमा आयोजित खुला भाषणमै बताएका थिए।

    नेपाली कांग्रेसकै एकपक्षको पूर्ण असहयोगका कारण निर्वाचन हार्न पुगेका गिरीले त्यतिबेला यस्तो अभिव्यक्ति दिएका थिए-

    'मलाई मन्त्री बन्नबाट भगवानले बचाउनुभयो, म किसुनजीको आग्रह टार्न सक्दिनथे तर भगवानले निर्वाचन हराएर त्यो अवस्थाबाट मुक्त गरिदिए।' राजनीतिका सक्रिय खेलाडी गिरी मन्त्री बन्नबाट भाग्नुको अर्को कारण आफ्नो मनमौजी स्वतन्त्र जीवन गुम्छ भन्ने डर पनि हो। मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ, फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन, व्यक्तिगत जीवनमा पूर्ण रूपले हस्तक्षेप हुन्छ, मन्त्री पद व्यवस्थापन गर्दा आफू सकिने डर हुन्छ। उनको नजिक रहेका व्यक्तिहरूका अनुसार मन्त्री पदमा लालायित नभएका गिरी स्वतन्त्रतामा अवरोध आउँछ भनेरै सत्ताबाट टाढिएका हुन्। एकपटक त्रिभुवन विश्वविद्यालयबाट एक विद्यार्थी प्रदीप गिरीका विषयमा शोधपत्र तयार गर्न आए। उनले पटक-पटक उनको अन्तर्वार्ता लिने प्रयास गरे, बल्ल तल्ल सानोतिनो अन्तर्वार्ता लिन सफल भए, तर त्यो शोधपत्रका लागि पर्याप्त थिएन्। प्रदीप गिरी निकटस्थसँगको सहयोगमा उनले फेरि एकपटक विस्तृत कुराकानी गर्न पाए। त्यसबीचमा ७ वर्ष घर्किसकेको थियो। अन्त्यमा शोधपत्र पूरा गर्न प्रश्नोत्तर चरणका लागि पनि गिरीको सहयोग चाहिएको थियो तर पार नलागेर उनले देवकोटाको कुनै पुस्तकमा शोधपत्र लेखे।

    आफू शोधपत्रकै विषय बन्न उपयुक्त नभएको भनेर गिरीले उनलाई वास्ता गरेनन्। बनारसमा छँदा छात्र संघको निर्वाचनमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठका दुई प्यानल चुनाव लड्थे, तर प्रदीप गिरीको तेस्रो प्यानल सधैं विजयी हुन्थ्यो। बीपी र पुष्पलालजस्ता नेता पनि प्रदीपलाई आफ्नो पक्षमा आकषिर्त गर्ने ध्याउन्नमा हुन्थे। एकपटक कुनै एक विषयमा गिरीजाप्रसाद कोइराला र प्रदीप गिरीको झगडा परेछ, प्रदीपसँग गिरीजाले झगडा गरेको विषय बीपीलाई मन परेको रहेनछ, त्यतिबेला प्रदीप बनारस छोड्ने मुडमा थिए, बीपीले उनलाई भेट्न चाहेछन्। भेटका क्रममा तिमी बनारस छोड्दै रहेछौ, ल लेऊ यो ५ सय रुपैयाँ भनेर बीपीले प्रदीपलाई दिएछन्। प्रदीपलाई झनक्क रिस उठेछ, तर बीपी सम्मानित व्यक्तित्व भएकाले उनले रिस पोख्न चाहेनन्, प्रदीपले बीपीले पनि नपढेका दुई बाकस पुस्तक बीपीको घर पुर्‍याइदिएर ती पुस्तक त्यही पैसाबापत भएको बताए। एकपटक कसैले प्रदीप गिरीका सम्बन्धमा एउटा लेख लेखे, तर गिरी भने धेरै बढाइ-चढाइ गरेर अनावश्यक रूपमा चमत्कारी जस्तो बनाएको भनेर उल्टै उनीसँग रिसाए।

    गिरी कुनै पनि विषयवस्तुमा धारणा बनाउनुपूर्व त्यसका विविध पक्षको अध्ययन गर्छन्। मन परेका पुस्तक पटक-पटक दोहोर्‍याएर पढ्ने बानी उनमा छ। पुस्तक अध्ययन गर्ने वा लेख्ने क्रममा उनी साता, महिना वा ६ महिनासम्म भूमिगत रहन्छन्। निकटस्थहरूले समेत त्यो समयमा उनीसँग सम्पर्क गर्न पाउँदैनन्। भनिन्छ, गिरी मोबाइललाई एटम बमपछिको विज्ञानको विनाशकारी आविष्कार मान्छन्। योसँगको धेरै नजिकको सम्बन्ध हानिकारक हुने उनको तर्क छ। कसैलाई मार झपारेपछि गिरी केही समयपछि नै कुल भएर त्यो व्यक्तिसँग कुरा मिलाउँछन्।

    राजेश हमाल

    नेपाली रजतपटमा महानायकको छवि बनाएका राजेश हमालको स्वभावमा पनि आफ्नै किसिमका थुप्रै विशेषता छन्। उनी रहस्यमय छन्, केही निकटस्थबाहेक सामान्यजनसँग नखुल्ने उनको जीवनशैलीका बारेमा अझै पनि धेरै जना अनभिज्ञ छन्। राजेश हमाल यो समयमा पनि मोबाइल फोनसँग त्यति अभ्यस्त छैनन् भन्नु अतिशयोक्ति होला तर अनौठो कुरा के भने उनीसँग प्रत्यक्ष सम्पर्क गर्न धेरैलाई गाह्रो पर्छ। राजेश कामका लागि काम भन्ने सिद्धान्तलाई पालना गर्दै चलचित्र क्षेत्रमा २५ वर्षयता निरन्तर व्यस्त छन्। उनीसँग काम गर्नेहरूको गुनासो भनेको उनी दिएको समयमा कहिल्यै आउँदैनन् भन्ने हो, तर स्वयं राजेश भने उक्त आरोपको खण्डन गर्छन्। राजेश फुर्सदका बेला कुनै कार्यक्रममा सरिक हुनेबाहेक आफू मै हराउँछन्। उनी एक्लै फिरन्ताका रूपमा सुटुक्क विभिन्न मुलक पुग्छन्। उनका निकटस्थहरू पनि राजेशको व्यक्तिगत जीवनशैली खुलाउन चाहँदैनन्। दादाको आफ्नै किसिमको जीवनशैली छ, एक निकटस्थले बताए- '३ वा ४ जनालाई थाहा छ, यसकारण जो कसैले भन्यो भने त्यो पक्राउ परिहाल्छ।' भनिन्छ, कतिपय अवस्थामा हमाल घरमा आएका पाहुनसँग चियासम्म सोध्दैनन्। विगत दुई वर्षयता उनी प्रेममा रहेको कुरा आमसञ्चारका माध्यममा सार्वजनिक भैरहेको छ। मिडियाको आफ्नै पहलमा मधु भट्टराई भनेर उनकी प्रेमिकाको नाम सार्वजनिक भए पनि उनका बारेमा समेत पर्याप्त जानकारी बाहिर आउन सकेको छैन्। यो सम्बन्धलाई वैवाहिक रूप दिदा पनि सुटुक्क गरिने राजेश स्वयंले बताउने गरेका छन्। सामान्यतः पहिलेभन्दा अहिले सहज सम्पर्कमा रहेका राजेशको जीवनका विभिन्न रोमान्चक मोडहरू अझै पनि रहस्यमै छन्।

    सौरभ (दिनेशप्रसाद सत्याल)

    विराटनगरका एक सञ्चारकर्मीले सक्रिय रूपमा २५ वर्ष पत्रकारिता गर्नेहरूको प्रोफाइल र अन्तर्वार्ता राखेर पुस्तक निकाल्ने क्रममा सौरभ अर्थात् दिनेश प्रसाद सत्याललाई अन्तर्वार्ताका निम्ति अनुरोध गरे। उनको प्रस्तावलाई सौरभले ठाडै लत्याइदिए। अन्तर्वार्ता र तस्बिर दुवै दिन नमानेपछि ती लेखकले आफैंले उनका बारेमा जानकारी बटुलेर तस्बिर पनि खोजेर उनको प्रोफाइल पुस्तकमा समावेश गरे। यो एउटा सामान्य घटना मात्र हो, सौरभका यस प्रकारका किस्सा थुप्रै छन्, उनलाई नजिकबाट चिन्ने एक जनाले भने- 'यिनले देखाएका व्यवहार गजब-गजबका छन् भन्यो भने यसले भनेछ भन्ने थाहा पाइहाल्छन्,' ती व्यक्तिका अनुसार सौरभ असामान्य प्रतिभा भएका जानकार व्यक्तित्व हुन्, उनीजस्तो काठमाडौंको ऐतिहासिक पक्षको जानकार सायदै होलान् तर उनमा आफूमात्र जान्ने भन्ने घमन्ड छ, अरूलाई मान्छे नगन्ने प्रवृत्ति छ।'

    सौरभ रत्नराज्य क्याम्पसको पहिलो ब्याचका पत्रकारिताका विद्यार्थी हुन्। उनले गोर्खापत्रबाट आफ्नो पत्रकारिता करियर सुरु गरे। त्यतिबेला पनि उनी सौरभ उपनामबाटै समाचार लेख्थे। एकदिन उनले छेउछाउका सहकर्मीलाई हेर्नु नपरोस् भनेर पोस्टर ल्याएर टाँसेछन्। खासमा छेउमा बस्ने सहकर्मीहरू उनको स्तरका छैनन् भन्ने बुझाइले त्यो पोस्टर टाँस्न उनी सक्रिय भएका थिए। कान्तिपुर पब्लिकेसन सुरु हुँदा उनको नेतृत्वमा पत्रकारहरूको एउटा टिम नै सहभागी भएको थियो। त्यतिबेलाको व्यवस्थापनसँग सामान्य विषयमा चित्त नबुझेपछि उनी एक झोंकमा बाहिरिए।

    प्रारम्भिक कालखण्डदेखि नै पत्रकारितामा नेतृत्व गर्ने क्षमतावान् व्यक्तिको परिचय बनाएका सौरभले लेखेका लेखहरू बुझ्न शिक्षित व्यक्तिले नै दुई पटक वा त्यसभन्दा बढी पढ्नुपर्ने हुन्छ। सौरभ पढिआएको इतिहासभन्दा फरक कथा उधिनेर लेख लेख्छन् जसमा उनी इतिहासका पात्रहरूमाथि निर्मम प्रहार गर्न पनि पछि पर्दैनन्। काठमाडौंको जीवनशैली एवं संस्कृतिका सम्बन्धमा पनि उनको गहिरो अध्ययन भएको ती लेखले पनि पुष्टि गर्छन्। अर्को एउटा घटना सौरभसँग गहिरो मित्रता भएकी एक विपरितलिंगी उनको घरमा भाडामा बस्थिन्। ती साथीले एकदिन सौरभकी आमालाई घरभाडा बुझाइछिन्। आफूलाई बुझाउँदै आएको घरभाडा अचानक आमालाई बुझाएको देखेर उनले ती साथीलाई नै त्यागिदिए।

    उनी 'एक्स्ट्रा' देखिने खालका अनौठा व्यवहार प्रदर्शन गर्छन्,' अर्का एक निकट व्यक्तिले भने। पुतलीसडक-डिल्लीबजार क्षेत्रका सौरभ आर्थिक रूपमा सम्पन्न भएकाले पनि आर्थिक रूपमा सम्झौता गर्न जरुरी नभएकाले उनी आफ्नो धारणामा अडिग रहन सफल भएका हुन्,' सौरभको अर्को सकारात्मक पक्ष भनेको उनी ऊर्जावान् व्यक्ति हुन्। उनी जस्तोसुकै जिम्मेवारी पनि सहज रूपमा सफल तुल्याउन सक्छन्। पत्रकारितामा उनले गरेको नेतृत्वदायी भूमिका धेरैका निम्ति अनुकरणीय मानिन्छ। उनी आफू भूमिगत रहन रुचाउनुको कारण भने धेरैले बुझेका छैनन्। उनी तस्बिरसम्म पनि सार्वजनिक गर्दैनन्, तर उनका साथीहरू भने उनीसँग नियमित सम्पर्कमा रहन्छन्। आफूलाई सीमित दायरामा राख्ने सौरभ विद्यार्थीकालदेखि नै आफ्नो व्यवहारका कारण परिचित थिए, जुन सर्वसाधारणका लागि अस्वाभाविक मानिन्थ्यो।

    इतिहास के भन्छ ?

    नेपालमा अलग किसिमका व्यक्तित्वहरूको इतिहास खोतल्न धेरै पर जानुपर्दैन, एकीकृत नेपालका तेस्रो राजा रणबहादुर शाहले गरेका कतिपय निर्णयले उनलाई नेपालको इतिहासमा सबैभन्दा अलग शासकका रूपमा परिचित गराएको छ। उनका सनकका पनि थुप्रै कथा छन्। तीमध्ये एक हो, उनले आफ्नी रानी बिरामी हुँदा त्यसको उपचारसँगै ब्राह्मणहरूलाई दान दिएको जग्गा रानीको निधन पछि खोस्नु। त्यसलाई नेपालको इतिहासमा '६२ हरण' का रूपमा उल्लेख गरिएको छ। त्यतिमात्र होइन, आफ्नी रानीको निधनपछि उनी भगवानसँग अत्यन्तै क्रुद्ध भए। त्यही क्रममा सन्किएर उनले पशुपतिनाथस्थित एक शिवलिंगमा मानिसको विष्टा दलेका थिए। राजा रणबहादुले आफूलाई मन परेकी कुनै पनि कन्यालाई तत्काल श्रीमती बनाउन रुचाउँथे।

    यसैगरी रणबहादुर शाहका पनाती राजा सुरेन्द्र विक्रम शाहलाई पनि इतिहासकारहरूले अत्यन्तै सन्काहाका रूपमा प्रस्तुत गरेका छन्। उनी आफ्नो मनोरन्जनका लागि जो-कसैको पनि प्राण हरण गर्नुलाई सामान्य घटनाका रूपमा लिन्थे। उनकै आग्रह वा आदेशको चतुर्‍याइँपूर्वक पालना गर्दै जंगबहादुर राणाले नेपालको राज्यसत्ता हत्याएका थिए। यसैगरी अर्का अलग किसिमका शासकका रूपमा पाटनका राजा सिद्धिनरसिंह मल्ललाई लिन सकिन्छ। राजा सिद्धिनरसिंह धर्मका नाममा आफूलाई दुख दिन रुचाउँथे। उनी गर्मीमा आगो ताप्ने र जाडोमा चिसो ढुंगामा सुत्नेसम्म काम गर्थे। कतिपय इतिहासकारले उक्त क्रियाकलापलाई धार्मिक व्यवहारसँग जोडे पनि मनोविज्ञानले भने त्यसलाई मानिसको सनकसँग जोडेर हेर्ने गरेको छ। काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्ललाई उनका क्रियाकलापका कारण उनकै छोरा प्रताप मल्लले उनलाई पागल घोषित गरेर राज्यबाट निकालिदिएका थिए।

    भनिन्छ, आदिकवि भानुभक्त आचार्यको व्यवहार सामान्य मानिसको भन्दा अलग थियो। पाहुना हुने क्रममा एकपटक एउटा घरमा बास बस्न पुग्दा त्यो घरमा सासू-बुहारीबीच भएको किचलोका बारेमा उनले एउटा कृति नै तयार पारे। वधुशिक्षा भनिने उक्त कृतिलाई अहिलेका समालोचकहरू नारीविरोधी कृतिका रूपमा लिन्छन्।

    सामान्यतः सर्जकहरूको आनीबानी तथा व्यवहार केही अलग नै हुन्छ, त्यही भएर होला, नारायण गोपाल पनि सामान्य मानिसहरूभन्दा फरक थिए। कतिपय समयमा स्टुडियोमा गीत रेकर्ड भैरहँदा चित्त नबुझेर उनी बाहिरिएका थिए। नारायणगोपाल आफूले मनपराएकी युवतीलाई परिवारले स्वीकार गर्न नसकेपछि घरत्याग गरेर हिँडेका थिए। नारायणगोपाल मन परेका शब्द र संगीतमा मात्र आफ्नो स्वर दिन्थे। एकपटक अम्बर गुरुङसँग पनि उनको कुस्ती हुन लागेको थियो, साथीभाइहरूले छुट्याए। सानो उमेरदेखि नै टोलका केटाहरूसँग उनको लफडा परिरहन्थ्यो। उनी जुनसुकै कुरामा पनि प्रस्ट थिए। नीर शाहसँग पनि उनको एकपटक विवाद पर्ने अवस्था सिर्जना भएको थियो। नारायणगोपाल आफ्नो स्वरमा फिट हुने गीत मात्र गाउँथे, आफूले नगाउने भनेपछि नगाउने-नगाउने। यहाँसम्म कि उनको भक्तराज आचार्यसँग बोलचाल थिएन तर उनका लागि फिट हुने गीत भेट्दा उनलाई नै गवाउन आग्रह समेत गर्थे।

    भूतको भिनाजु सबैलाई तँ भनेर सम्बोधन गर्थे। भूतको भिनाजु अर्थात् वासुदेव लुइँटेललाई कतिपयले पागल कै संज्ञासमेत दिए। आज उनी यो धर्तीमा छैनन् तर कतिपय क्रियाकलाप धेरैका निम्ति स्मरणीय छन्। जतिसुकै आदरणीय होस् वा सानो होस्, उनी सबैलाई तँ भनेर नै सम्बोधन गर्थे। उनको समयमा सञ्चालनमा आएका कौवा प्रकाशनलगायत अन्य प्रकाशनले नेपाली हास्य वाङमयमा अमिट छाप छोडेका छन्। लेख्ने, छाप्ने, छपाउने र पुरस्कार राख्नेलगायतका सबै काम उनी एक्लै भ्याउँथे।

    सन्त नेता कृष्णप्रसाद भट्टराई पनि आफ्नो अलग व्यवहार एवं जीवनशैलीका कारण चर्चित थिए। कृष्णप्रसाद हास्य शैलीमा गम्भीर कुरा गरिदिन्थे। भट्टराईले भेट्न आउनेहरूलाई थुप्रै पटक हप्काएर घर बाहिर निस्कन लगाए। कृष्णप्रसाद चुनावी टिकट माग्न आउनेहरूलाई नराम्रोसँग झपार्थे। कृष्णप्रसादले विवाह गरेनन् यद्यपि आफू कुमार नभएको भनेर अभिव्यक्ति दिए। उनको रक्सी खानलाई प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्तिले विशेष चर्चा पनि पायो। भट्टराई गजबका व्यंग्यकार थिए, यद्यपि उनको व्यंग्य वा शैलीलाई साधारण मानिसहरू बुझ्न सक्दैनथे र उनलाई सन्की बूढासम्म भन्थे, तर पनि उनको साथ छोड्दैनथे ।

    युवराज दीपेन्द्रका कतिपय व्यवहार पनि उल्लेखनीय छन्। भनिन्छ, मध्यरातमा चमेरोको शिकार गर्ने, लहरै सिसाका गिलास राखेर निशाना ताकेर गोली हान्ने क्रियाकलाप उनका लागि सामान्य थिए। अन्तिम अवस्थामा राजा घोषित गरिएका दीपेन्द्रकै सनकमा शाहराजवंशको इतिहास समाप्त भएको आरोप लगाउनेहरू पनि उत्तिकै छन्।

    © साप्ताहिक

    - See more at: http://www.ekantipur.com/np/2070/11/30/full-story/385703.html#sthash.N3IUvFCy.dpuf
     
    Posted on 03-14-14 12:57 PM     [Snapshot: 1]     Reply [Subscribe]

    प्रकाशित मिति: २०७० फाल्गुन ३० ०३:४८

    - See more at: http://www.ekantipur.com/np/2070/11/30/full-story/385703.html#sthash.N3IUvFCy.dpuf
     
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO

    IN ORDER TO POST!

    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    What are your first memories of when Nepal Television Began?
    Basnet or Basnyat ??
    निगुरो थाहा छ ??
    TPS Re-registration case still pending ..
    nrn citizenship
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Send Parcels from USA to Nepal & Worldwide.
    Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
    TPS Work Permit/How long your took?
    कल्लाई मुर्ख भन्या ?
    Morning dharahara
    Travelling to Nepal - TPS AP- PASSPORT
    महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
    Travelling on TPS advance travel document to different country...
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    Informatica consultancy share
    मन भित्र को पत्रै पत्र!
    TPS Renewal Reregistration
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters