[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली हुँ भन्न लाज लाग्छ भने त्यसलाई मान गर्न जरुरी छैन
[VIEWED 2900 TIMES]
SAVE! for ease of future access.
Posted on 03-31-14 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नेपाली हुँ भन्न लाज लाग्छ भने त्यसलाई मान गर्न जरुरी छैन

२०७० चैत १७ गते १६:१० मा प्रकाशित 

Lalbabu-Pandit-2

लालबाबु पण्डित, सामान्य प्रशासन मन्त्री


ग्रीनकार्ड, पीआर वा विदेशी नागरिकता लिएका सरकारी कर्मचारीहरुलाई कारवाही गर्छु भनिरहनुभएको छ, यो भावावेशमा आएर बोल्नुभएको हो कि सुझबुझपूर्ण अभिव्यक्ति हो ?


-मैले कुनै भावावेशमा आएर बोलेको होइन । मैले खाली सम्झाउन मात्रै खोजेको हो । सरकारी निकायमा जिम्मेवारी लिएर सपथ खाँदाखेरिको कुरा सम्झाउन मात्रै खोजेको हो ।

नेपालको चाहे राजनीतिमा होस्, चाहे सेवामा होस्, चाहे सुरक्षामा होस्, चाहे निजामति सेवामा होस्, म अन्तिम प्राण रहेसम्म नेपाल र नेपाली जातिमा समर्पित हुन्छु । ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसि’ लाई शीरोधार्य गरिकन यो कुरा गरेको हो । यही कुरालाई कसैले बिर्सन्छ भने सम्झाइदिनु मेरो कर्तव्य हो । तर, कसैले बुझेर पनि बुझ पचाउँछन् भने हेर्ने जिम्मेवारी पनि मेरै रहेको छ । त्यसलाई दण्डनीय बनाउनुपर्छ । बुझ पचाएर कुनै अपराध गर्‍यो भने त्यसको सजायँ फरक हुन्छ । जानीजानी अपराध गर्नेलाई त्यसको दण्ड अलग्गै हुन्छ । त्यस्तालाई कुनै छुट हुँदैन ।


सरकारी कर्मचारीले विदेश गएर त्यहाँको ग्रीनकार्ड, पीआर वा नागरिकता लिनु अपराध हो ?


कुनै नेपालीले डबल नागरिकता लियो भने उसलाई के दण्ड हुन्छ ? नेपालीले नेपालकै दुईवटा नागरिकता लियो भने उसलाई दण्ड जरिवाना छ कि छैन ? नेपालीले नै विदेशको नागरिकता लियो भने त्यो त झन् महा दण्डनीय हुन्छ । नेपालको नागरिकता नत्यागिकन विदेशी नागरिकता लिनु भनेको दण्डनीय नै हो । त्यसमा पनि सरकारी ओहोदामा विशेष जिम्मेवारी लिनु त झन कति दण्डनीय हुन्छ ?


यसको समाधानचाँहि कसरी गर्ने ? त्यस्ता कर्मचारीले विदेशको नागरिकता त्याग्ने या उनीहरुलाई सरकारी जागिरबाटै हटाउने ?


हामी यसको तथ्यांक संकलन गरिरहेका छौं । यसलाई कडाइ गर्न थप कानूनी व्यवस्था पनि गरिरहेका छौं । कानूनमा छैन भन्दैमा मलाई त्यस्तो गर्न छुट छ भनेको त हैन नि । तपाईले यस्तै टाई लगाउनुपर्छ, यस्तै कट्टु लगाउनुपर्छ भनेर कानूनमा लेखेको छ र ? कानूनमा त लेखेकै छैन भनेर म नाङ्गै हिँड्छु भन्यो भने के हुन्छ ? यसो गर्न त पाइँदैन नि । नैतिकबन्धन र मूल्य मान्यता पनि त छन् नि ।

त्यसकारण यो नैतिक मूल्य मान्यतासंँग जोडिएको विषयवस्तु भएकाले गर्दा यसलाई हामीले अगाडि बढाएका छौं । त्यसैले यसलाई हामी दण्डनीय पनि बनाउँदैछौं । तर, कुनै पनि दण्ड दिनुभन्दा अगाडि सचेत गराइन्छ । यसरी सचेत गराइसकेपछि पनि आफ्नो जिम्मेवारी वोध गरेनन् भने दण्डनीय स्थिति हुन्छ ।

यसका लागि निजामति ऐनको चौथो संशोधन ल्याउने तयारी गरिरहेका छौं । यो एउटा सामान्य अनुशासनभित्रको कुरा पनि हो । नेपालको संविधानले पनि यो कुरालाई रोक्छ । नेपालको अन्य ऐन कानूनले पनि रोक्छ । यसकारणले गर्दाखेरि पीआर, डीभी, ग्रीनकार्ड, लगायत देशअनुसारका जे-जे नामहरु हुन्, तिनीहरु लिनु हुँदैन । लिइसकेको छ भने मबाट गल्ती भएछ, मैले फिर्ता गरें भन्नुपर्छ ।


सरकारी कर्मचारीमाथि यसरी कडाइ गर्नुको कारण के हो ?


म नेपालको एक राष्ट्रियताको पक्षमा छु । कोही पनि नेपाली बहुराष्ट्रियताको पक्षमा रहनु ठीक हुँदैन । बहुराष्ट्रियताको पक्षमा रहन नेपालको भूगोलले पनि दिँदैन, नेपालको संविधानले पनि दिँदैन र ऐन कानूनले पनि दिँदैन । त्यसैले नेपालीको गौरब र नेपालीको स्वाभाविमानका निम्ति पनि यसो गर्न जरुरी छ ।

म आफैं कहिलेकाहीँ मनमनै रुन्छु । कहिले सुन्छु आइएनजीओमा त फलाना सरकारी हाकिमसा’प पो हुनुहुन्छ । उहाँ तथ्यांक विदेशीलाई बेच्नुहुन्छ । कहिले सुन्छु नेपालबाट विदा लिएर गएर जापानमा होटलमा काम गर्दै गरेको सुन्छु । कहिले अमेरिकाको पेट्रोलपम्पमा तेल भर्दै गरेको सुन्छु । नेपालका सरकारी कर्मचारीले विदेशका डिपार्टनेन्ट स्टोरहरुमा काम गरिरहेको सुन्छु । यतिखेर मेरो मन रुन्छ ।

नेपालको राजदूत भएर गएको छ, म्याद सकिन लाग्यो भन्दलै सम्बन्धित देशले फलानालाई नै राजदूतमा म्याद थप गरिदिनु भनेर सम्बिन्धित राजदूतको निवेदनका आधारमा विदेशको चिठी बोकेर आइपुग्छ । त्यसले नेपालको प्रतिनिधित्व गर्ने हो कि कुन देशको ? सुरक्षा निकायमा रहेका कतिपय त पक्राऊ पनि परेका छन् । बेलायतमा पक्राउ परेका नेपाली सनेाका कुमार लामालाई नेपालले झण्डै झण्डै ८ करोड खर्च गरिसक्यो । उनी त्यो कण्डिसनमा नपुगेको भए नेपालको यस्तो बदनामी हुने थिएन र त्यत्रो खर्च पनि हुने थिएन ।

यसले नेपालको इज्जत र प्रतिष्ठा बन्धकी राखेको देखिन्छ । कतिपय विदेश जानासाथ त्यो देशको एयरपोर्टबाटै हराउँछन् । जे कामको निम्ति पठाएको हो, त्यो जिम्मेवारी नै पूरा गर्दैनन् । यसरी नेपालको इज्जत बेचेर पैसा कमाउने हो भने तिनीहरुलाई दण्ड नदिए कसलाई दिने ? त्यसकारण नेपालको स्वाभिमान बचाउनका निम्ति, नेपालको इज्जत बचाउनका निम्ति यी सबलाई दण्डको घेराभित्र ल्याउनुपर्छ ।


भनेपछि तपाई यो अभियानबाट पछि हट्नेवाला हुनुहुन्न ?


नेपालीको मान र शान बढाउनका निम्ति म सगरमाथाजस्तै भएर उभिन चाहन्छु । संसारले चिनोस्, यो नेपाली हो । यसले आफ्नो नेपालको गौरब राख्छ । यसले नेपालीको इज्जत राख्छ । यो नेपालीको शान हो, नेपालीको मान हो ।

हामीले सपना नेपाल देख्नुपर्छ, विपना पनि नेपाल देख्नुपर्छ । सपना पनि विदेश देख्ने अनि विपना पनि विदेश देख्ने अनि नेपाली हुँ भनेर गौरब गर्ने ? त्यस्ता ‘नेपाली’को काम छैन । जुन देशको नागरिकता लियो, त्यही देशको नागरिक कहलाउनका लागि उसलाई केको लाज ? म नेपाली हुँ भनेर गौरब गर्न उसलाई लाज लाग्छ भने उनलाई हामी नेपालीले मान गर्नुपर्ने किन ? त्यसलाई मान गर्न केही जरुरी छैन ।

यही कारणले गर्दा म प्रशासनलाई नेपाली जनताप्रति उत्तरदायी बनाउन चाहन्छु । कर्मचारी भएर आफूले खाएको कसमलाई मैले सम्झाउन खोजेको छु । कोही सम्झँदैन भने नसम्भिmने मान्छे दण्डको भागिदार हुन्छ । उनीहरुलाई आवश्यक दण्ड गर्ने कुरामा म पछि पर्ने छैन ।

तपाईले सरकारी कर्मचारीले आइएनजीओमा लागेर विदेशीलाई सूचना बेचेको आरोप लगाउनुभयो, यस्ता कर्मचारीले गर्दै आएको एनजीओ/आइएनजीओमा लागेर भत्ता खाने अनि सरकारी काम छाडेर देश विदेश डुल्ने कार्यलाई पनि रोक लगाउने तयारीमा लाग्नुभएको हो ?

तिनीहरुमाथि पनि अब कडाइ हुन्छ । अहिले हामी डीभी, पीआर एवं स्थानी विदेशी नागरिकतातिर लागेका छौं । यस्ता व्यक्तिहरु ११ सयसम्म पुग्लान् कि भन्ने छ । त्यस्तो तथ्यांक आएपछि हामी सार्वजनिक गछौर्ं र तिनीहरुलाई कारवाहीको भागी बनाउँछौं । त्यसपछि एनजीओ/आइएनजीओमा लाग्नेहरु पनि आउँछन् ।


विदेशमा रहेका नेपालीहरु, विशेष गरी एनआरएनले दोहोरो नागरिकताको माग गरिरहेको अवस्था छ । एनआरएनको यो मागबारे मन्त्रीज्यूको धारणाचाँहि के छ ?


नेपालले अहिलेसम्म लिएको एक नागरिकताको नीति छ । यसमा परिवर्तन गर्न आवश्यक छैन । नेपालको जुन वर्तमान भौगोलिक अवस्था छ र नेपाल अहिले जुन अवस्थामा छ, यसलाई देशले थेग्दैन । यसकारणले गर्दाखेरि एनआरएन लगायतका जुन माग छन्, उनीहरुको माग जायज होइन । उनीहरुलाई सुविधा सबै दिनुपर्छ, पहिले पनि निर्णय भइसकेको छ, परिचयपत्र दिएर उनीहरुलाई आर्र्किगतिविधि लगायतका काम गर्न दिने तर दोहोरो नागरिकता दिनुहुँदैन ।

मैले यसको संविधानसभा, त्यो भन्दा अगाडि व्यवस्थापिका संसद र त्यो भन्दा पनि अगाडि प्रतिनिधिसभामा रहँदादेखि नै उठाएको आवाज हो । र, म मेरो विचारप्रति दृढ छु ।


मन्त्रीज्युले यस्तो अभिव्यक्ति दिँदैगर्दा प्रेसरचाँहि कत्तिको आइरहेको छ ?


प्रेसर नेपालका नेपालीबाट पनि आउँछन्, नेपालमा बसेका विदेशीहरुबाट पनि आउँछन् । म कुनै प्रेसरको अगाडि झुक्दिँन ।


ग्रीनकार्डको कुरा गर्दा अमेरिकाबाट पनि आयो कि क्या हो ?


कहाँकहाँबाट आयो त्यो कुराचाँहि समय सन्दर्भमा भनौंला । तर, जस्तोसुकै प्रेसर आए पनि म यो पवित्र उद्देश्यको निम्ति पछि हट्दिँन । यो कुरा मैले क्याबिनेटमा पनि राखेको छु । त्यहाँबाट पनि एक किसिमको समर्थन प्राप्त छ । संविधानसभामा पनि राखेको छु, त्यहाँबाट पनि विश्वास प्राप्त छ । त्यसकारण यो पवित्र उद्देश्यमा बाधा अवरोध आउने छैन भन्नेमा म विश्वस्त छु । सञ्चार माध्यम र जनताबाट समेत निरन्तर समर्थन प्राप्त गरिरहने विश्वासमा छु ।


तपाईको आफ्नै दल नेकपा एमालेबाट पनि यस्तो नबोले हुन्थ्यो भन्ने गुनासो आएन ?


यस्तो गलत गुनासोको कुनै अर्थ छैन । यो उद्देश्यमा जुन तगारो आउँछ, ती सबै तानाबानाहरु भत्किएर जानेछन् । डढेर, खरानी बनेर जानेछन् र विलाएर हावामा अस्थित्वविहीन हुनेछन् ।


एमालेकै केही सभासदसँग पनि विदेशी नागरिकता छ भन्ने चर्चा छ नि ?

-म सबै नेपालीको छानविन हुनुपर्छ भन्ने पक्षमा छु । छानविनको क्रममा दोषी देखिन्छन् भने जो कोही पनि दण्डित हुनुपर्छ । फलानालाई दण्ड दिने, फलानालाई नदिने भन्ने प्रश्नै हुँदैन ।


भनेपछि लालबाबु पण्डित कडा मान्छे हो, बोलेको कुारमा ऊ पछि हट्दैन हैन त ?


-अघि म एउटा कार्यक्रममा थिएँ । केही पत्रकारहरुले पनि सोध्दै हुनुहुन्थ्यो । बारका पूर्वअध्यक्षले सोध्दै हुनुहुन्थ्यो । नीलाम्बर आचार्यले पनि भन्दै हुनुहुन्थ्यो । तपाई आफ्नो अडानकाट फर्किनुहुन्छ कि हुन्न भन्दै हुनुहुन्थ्यो । मैले उहाँहरुलाई भनें कि मेरो विचारलाई अर्को विचारले तर्कले जित्न सक्नुपर्‍यो, होइन भने मैले र्फकनु भनेको आत्महत्या गर्नु हो, त्यो मबाट हुँदैन । मैले आत्महत्या गर्नका निम्ति यो विचार राखेकै होइन । मैले जित्नका लागि राखेको विचार हो । नेपालको स्वाभिमान बढाउनका निम्ति राखेको विचार हो । नेपालको गौरब बढाउनका निम्ति राखेको विचार हो । नेपालको प्रशासनलाई सुदृढ गर्नका निम्ति राखेको प्रस्ताव हो । मेरो यो प्रस्तावले नेपालको गौरब बढ्छ । नेपालको मान र शान संसारभरि बढ्छ । र, त्यसपश्चात प्रशासनको पनि शीर उच्च हुन्छ । उच्च मनोवलका साथ जनताप्रति उत्तरदायी र सक्षम प्रशासन हुन्छ । सपना पनि नेपाल देख्ने र विपना पनि नेपाल देख्ने प्रशासन म बनाउँछु भन्ने मेरो दृढ संकल्प छ ।



विदेशमा बसेर आफ्नो मातृभूमिलाई गाली गर्ने अनि विदेश नजाने नेपालीलाई दोस्रो दर्जाको ठान्ने ‘हेजोमोनी’ बाट देशले मुक्ति पाउला त ?


-यी सब समाप्त भएर जान्छन् । यस्तो महसुस गरेरै मैले यो अभियान सुरु गरेको हुँ । यो अभियानमा सफलता प्राप्त हुन्छ ।


तर, नेपालीहरु त भिसा नपाएर मात्रै नेपालमा बसेका हुन् भन्ने सुनिन्छ नि ?


म त भिसा पाइएन वा डीभी परेन भनेर अनशन बस्नेहरुलाई, विदेशमा लग्दिएन भन्ने नेपालीलाई नेपाली नै ठान्दिँन । ती अनशनकारीलाई त मैले पहिले नै भनेको नारायणी नदीमा लगेर बगाइदिए पनि हुन्छ । तिनीहरु नेपाली होइन । तिनीहरु इतिहासमा नेपाली थिए, काममा नेपाली होइनन् । डीभीका लागि अनसन बस्नेहरु नेपाली होइनन् । तिनीहरु नेपाली होइनन् भने तिनका निम्ति नेपालले किन लड्नुपर्‍यो ? यिनीहरु नेपाललाई छाड्न लागेका हुन् । यीनीहरुले आफूलाई विदेशी भन्न रुचाएका हुन्, नेपाल भन्न रुचाउने होइनन् । त्यसकारण तिनीहरुका निम्ति नेपाल सरकारले मरिहत्ते गर्न कुनै जरुरी छैन ।


यसो भन्दा विदेशमा रहेका नेपालीहरु तपाईसँग रिसाउँदैनन् ?


को रिसाउँछन्, को खुसाउँछन्, नेपाल बनाउने सन्दर्भमा मैले कुरा गरेको हुँ मैले व्यक्ति बनाउन खोजेको होइन, नेपाल बनाउन खोजेको हुँ । को रिसाउँछन्, को खुसाउँछन्, मलाई त्यो कुरासँग मतलब छैन । म स्वाभिमान नेपाल देख्न चाहन्छु । स्वाभिमानी नेपाली देख्न चाहन्छु । सपना पनि नेपाल र विपना पनि नेपाल देख्नेहरुप्रति म गर्व गर्छु । विदेशीले नेपाल बनाइदिँदैनन् । नेपालीले नै नेपाल बनाउनुपर्छ । नेपालीले नै नेपाल बनाउने सपना देख्नुपर्छ ।

- See more at: http://www.onlinekhabar.com/2014/03/182936/#sthash.81aIf0Vl.dpuf
 
Posted on 03-31-14 1:48 PM     [Snapshot: 331]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Read answers to two questions n realized if am reading some ancient script. This person should be immediately fired n replaced by some broadminded individual.
 
Posted on 03-31-14 2:07 PM     [Snapshot: 380]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Didn't read the whole thing, but I actually liked what he said. Bitter, which particular answer was troubling for you?
 
Posted on 03-31-14 3:06 PM     [Snapshot: 425]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dual citizenship, narrowmindedness, over patriotism, n obviously fake statement ..its publicity stunt..nothing more.

america ma yuwa haru sarkar chalauchan, budha haru lai pension,
Nepal ma budha haruley sarkar chalauchan,
Ani yuwa haru lai tension.
 
Posted on 03-31-14 3:12 PM     [Snapshot: 429]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sayad yi baajey lai america ko visa napako karan ley rish ra daha ley murmuriyera yesto antarbarta diya kura lai nakarna sakinna
 
Posted on 03-31-14 3:16 PM     [Snapshot: 434]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sambhranta desh haru ley dohoro nagarikta lai manyata diya bela yi baajey teso sochna samma pani rastriyata ko khilaf bhanchan.. k bhanney..huna pani prithvi narayan ko pala ko sochbichar bokney baajey prati ma ek dum sahamat chuina..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters