[Show all top banners]

bittertruth
Replies to this thread:

More by bittertruth
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Massive protest needed to sack Bamdev, douche acting against Kharel
[VIEWED 1222 TIMES]
SAVE! for ease of future access.
Posted on 04-07-14 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वामदेवलाई पूर्व एआइजीको चुनौती: एआइजी बनाउन पैसाले भरिएको ब्रिफकेसको प्रतीक्षा हो?

तीन महिनादेखि नेपाल प्रहरीको दोस्रो ठूलो तह (एआइजी)का सातै पद रिक्त छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम या त यसबारे जानकार हुनुहुन्न या यो मामिलामा कम चिन्तित हुनुहुन्छ । 
 
गौतम सम्भावित प्रहरी अधिकृतहरु एआइजी हुन पैसाले भरिएको व्रिफकेश बोकेर आउन भनेर प्रतिक्षारत होलान् !
 
एआइजी बढुवामा भएको यस्तो ढिलाईले आकांक्षी डिआइजीहरु र तीनका जुनियरहरुको मनोबल गिरेको छ । उनीहरु मानसिक तनाव बेहोरिरहेका छन् र धैर्य गुमाइरहेका छन् । 
 
तर प्रहरी संगठनको यस्तो आवाश्यकता र प्राथमिकताबारे गृहमन्त्रीले वास्ता गरेको देखिदैन । 
 
हाम्रा तीन पटकका उपप्रधान एवं गृहमन्त्री र मुलुकका हेभिवेट नेता सगर्व यो घोषणा गरिरहेका छन् कि उनी नेपाल प्रहरीका सबैभन्दा सक्षम प्रहरी अधिकृत (रमेश खरेल)सँग क्षुव्ध छन् । 
 
खरेल अपराधी र राजनीतिक ‘लठैत’हरुसँग शून्य सहनसिलता अपनाइरहेका छन् । 
 
कानुन कार्यान्वयन गराउने बहालवाला र अवकाशप्राप्त अधिकारीहरुले खरेलसँग व्यवसायिक ऐक्यवद्वता देखाउने यो असाध्यै उपयुक्त बेला हो । खरेलको कार्यशैलीप्रति गृहमन्त्रीले कुनै बदलाभाव प्रदर्शन नगरुन भनेर हामी सबै सतर्क हुने बेला यही हो । 
 
यस्तो बेला एउटा सत्यवादी र प्रतिवद्व राष्ट्रसेवक राजनीतिक प्रतिशोधको शिकार हुन लाग्यो भने जनता पनि समर्थनमा उत्रिन तयार हुनुपर्छ ।
 
यस्तो अवस्थामा खरेलको सरुवा गराएर हनुमान ढोका जान पाउ भनेर जो प्रहरी मन्त्रीको चाकडीमा जान्छन् तीनलाई नेपाल प्रहरी संगठनले, पुर्व प्रहरी संघले गद्दार घोषणा गर्नुपर्छ ।
 
नेताका नोकर हुन राजी हुने त्यस्ता प्रहरीका हाकिमलाई जनताले पनि बहिष्कार गर्न आँट देखाउन सक्नु पर्छ । 
 
आजको नेपाल प्रहरीको संरचनाको माथिल्लो तहमा नेतालाई चाकरी गरेर आईजीपी हुने, पछि अख्तियारको सुचीमा बस्न रुचाउने उच्च प्रहरी अधिकृतको संख्या नेताहरुले सोचे भन्दा कम छ । 
 
नेपाल प्रहरीका प्रत्येक सदस्यले यस्तो कुरा आत्मसम्मानपूर्वक भन्न र बोल्न सक्ने साहस जुटाउन जरुरी छ ।

 
Posted on 04-08-14 5:17 AM     [Snapshot: 115]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओबामाले प्रहरीसँग यसरी मागेका थिए माफी

वामदेवले रमेश खरेलसँग माफी माग्नुपर्छ : सर्वसाधारण

२०७० चैत २५ गते १२:४८ मा प्रकाशित

Obama-Mafi

२५ चैत, काठमाडौं । गृहमन्त्री वामदेव गौतम यतिबेला काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलविरुद्ध भाषण गरेपछि विवादमा तानिएका छन् । यस्तै विवादमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि नपरेका होइनन् । तर, राष्ट्रपति ओवामाले आफूले गाली गरेका प्रहरी अधिकृतसँग ह्वाइट हाउसमा बियर पिएर माफी मागेपछि उनीहरुवीचको विवाद साम्य भएको थियो ।

प्रहरी र ओबामावीच विवाद

ओबामा र प्रहरीवीचको विवादको सो घटना सन् २००९ जुलाइ महिनाको हो । वेयर स्टीट, क्याम्बि्रज म्यासेचुसेट्सको एउटा घरमा १२ : ४४ बजे प्रहरीहरु साइरन बजाउँदै पुगेका थिए । कसैले छिमेकीको घरका कुनै व्यक्ति ढोका फोरेर घरभित्र पसेको भन्ने उजुरी फोनबाट प्राप्त गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीले उक्त घरभित्र रहेका व्यक्तिलाई पक्रेर थानासम्म लगेको थियो । उनलाई प्रहरीले केही घण्टासम्म थुनेर छाडिदिएको थियो ।

त्यसरी पक्राऊ पर्ने व्यक्ति चानचुने थिएनन् । उनी हार्वड विश्वविद्यालयका प्रोफेसर तथा चर्चित अफ्रिकन-अमेरिकन विद्वान हेनरी लुइसी गेट्स थिए । उनले चीन भ्रमणबाट आउँदा आफ्नो घरको ढोका नखुलेपछि ट्याक्सी ड्राइभरको सहायता लिएर चाबी फुटाई आफ्नो घरमा प्रवेश गरेका थिए । छिमेकीको उजुरीका आधारमा आफ्नो घरमा आएका प्रहरीलाई उनले यो कुराको जानकारी गराउँदा गराउँदै प्रहरीले उनलाई पक्रेको थियो ।

घटना यतिमै सेलाएन । प्रोफेसर हेनरीले आफू गिरफ्तारीमा परेपछि सार्वजनिक प्रतिक्रिया दिँदै आफू कालो जातिको अमेरिकी नागरिक भएकाले पक्राउ परेको तर गोरा जातिको भएको भए पक्राउ नपर्ने प्रतिक्रिया दिए । प्रोफेसर हेनरी काला जातिका थिए भने उनलाई पक्राउ गर्ने प्रहरी गोरा जातिका थिए । प्रोफेसर हेनरीको अभिव्यक्तिपछि अमेरिकी मिडियामा यो मुद्दाले प्रमुखता पाउन थाल्यो । ठीक त्यहीबेला राष्ट्रपति ओबामाले सार्वजनिक अभिव्यक्ति दिँदै क्याम्बि्रज प्रहरीले ‘मूर्खतापूर्ण व्यवहार’ गरेको बताएपछि विवादको आगोमा घिऊ थपियो ।

राष्ट्रपति ओबामाको भनाइपछि प्रहरी अधिकारीले चित्त दुखाउँदै आफूले कर्तव्य पालन गरेको तर, काला जातिमाथि कुनै पक्षपातपूर्ण व्यवहार नगरेको प्रतिक्रिया दिए । हेनरीले प्रहरीलाई असहयोग गरेको र नराम्रो व्यवहार गरेकाले उनलाई पक्राऊ गरिएको भन्दै प्रहरी अधिकारीले ओमाबाको अभिव्यक्तिबाट चित्त दुखेको बताए ।

सुन्दा एकदम सामान्य लाग्ने यो घटनाले अमेरिकी प्रेसजगतमा असामान्य तहल्का मच्चायो । पिउ रिर्सच सेन्टरका अनुसार अमेरिकी सञ्चार माध्यममा त्यस घटनाले राष्ट्रपति ओवामाको त्यसबेलाको बहुचर्चित स्वस्थ्य विमा कार्यक्रमलाई समेत ओझेलमा पारिदिएको थियो । घटना भएको दुई हप्ताभन्दा बढी भइसक्दा पनि यो मामिला सेलाउन सकेन ।

अमेरिकी राष्ट्रपतिले एउटा सामान्य घटनामा गरेको आवेशपूर्ण टिप्पणीलाई अमेरिकीहरुले मन पराएनन् । निष्पक्ष मानिएको पिउ रिर्सच सेन्टरले त्यसबेला गरेको एक सर्वेक्षणमा करिव ४१ प्रतिशत अमेरिकीहरुले बराक ओवामाको यो कदम आफूलाई मन नपरेको बताएका थिए भने २९ प्रतिशतले ठीकै गरेको बताएका थिए ।

माफी मागेर विवाद समाधान

यो विवाद अनावश्यक तन्किएपछि अमेरिकी राष्ट्रपतिले गिरफ्तार गर्ने प्रहरी र प्राध्यापक दुबैसँग बसेर कुरा गर्न र वियर पिउन चाहेको बताए । साथै ओबामाले आफ्नो भनाइ अलिकति भावनात्मक भएको भन्दै आत्मालोचनासमेत गरे । नेताले गल्ती गर्न सक्छन् तर गल्तीलाई आत्मसात गर्न र जनतासित झुक्न पनि तयार हुन्छन् भन्ने महानता राष्ट्रपति ओबामाले देखाए । के हाम्रा गृहमन्त्री वामदेव गौतमले पनि एसएसपी रमेश खरेलसँग यसरी गरी सँगै कफी पिएर यो विवादलाई साम्य पार्ने महानता देखाउन सक्लान् ?

यो पनि पढ्नुहोस्

- See more at: http://www.onlinekhabar.com/2014/04/185755/#sthash.jFnsRgzN.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters