परिवार विदेशमा राख्ने चिनियाँ अधिकारीलाई सजाय
२०७१ जेठ १६ गते १५:३५ मा प्रकाशित
१६ जेठ, काठमाडौं । चीनको ग्वान्डोङ प्रान्तमा पत्नी र बच्चालाई देश बाहिर भएका अधिकारीहरुको घटुवा गरिएको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिहृवाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको ग्वान्डोङ प्रान्तीय मितिको संगठन विभागको वेबसाइटमा प्रकाशित लेखमा यो जानकारी दिइएको छ । यो नियम सबै कर्मचारीमा लागू गरिएको छ र ‘लुओगुआन’ अर्थात नग्न अधिकारी नाम दिइएको छ ।
यो सूचीमा नौ पूर्व वरिष्ठ आधिकारीको नाम पनि छ । ग्वान्डोङ शहरका १२७ अधिकारीलाई पदत्यूत गरिएको छ भने जियांगमेन शहरमा १२८ अधिकारीको घटुवा गरिएको छ ।
अब हुने बढुवामा यो सूचीमा भएकाहरु पर्ने छैनन् । संगठन विभागले यस्ता अधिकारीहरुलाई परिवारलाई चीनमा फिर्ता बोलाउने वा आफ्जो विद्यमान अवस्थामा परिर्वतनका लागि तयार हुने दुई विकल्प दिएको छ ।
समाचारहरुमा जनाइए अनुसार ग्वान्डोङका पूर्व पार्टी प्रमुख फाङ जुआनले समय पूर्व नै सेवानिवृत्ति लिएका छन्, किनकी उनी पनि ‘लुओगुआन’ हुन् । संगठन विभागले ‘लुओगुआन’ हुनुको अर्थ कानून र नियम उल्लंघन गरेको नहुने समेत प्रष्ट पारेको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/05/205372/#sthash.W73EqIks.dpuf