[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

tragicomic

jetho390

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 स्वर्गबासी राजपरिवारको चल सम्पत्ति ‘गायब’
[VIEWED 1793 TIMES]
SAVE! for ease of future access.
Posted on 06-16-14 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वर्गबासी राजपरिवारको चल सम्पत्ति ‘गायब’

जानकारी दिनेलाई आकर्षक पुरस्कार



१ असार, काठमाडौं । नारायणहिटी हत्याकाण्डमा वंशनाश भएका तत्कालिन राजा वीरेन्द्र र उनको परिवारको नाममा स्वदेश तथा विदेशमा अर्बौको चल अचल सम्पत्ति रहेको हुन सक्ने अनुमान फेल खाएको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा ४५ हजार ४५ पाउण्ड र दश हजार नेपाली रुपैयामात्र चल सम्पत्ति भेटिएको छ ।


birendra-family


रानी ऐश्वर्याका नाममा स्वीटजरल्याण्ड, बेलायत र अमेरिका लगायत देशमा बैंक खाता रहेको आशंका पनि गलत सावित भएको छ । विदेशका कुनै पनि बैंकमा वीरेन्द्र, ऐश्वर्या, दिपेन्द्र, निराजन र श्रुतीका नाममा एक पैसा पनि नदेखिएको नेपाल ट्रष्टले जनाएको छ ।

वीरेन्द्र कंगाल थिए ?

देशभित्रै रहेको भनिएको धेरै परिमाणको चल सम्पत्ति पनि कतै नभेटिनुलाई ट्रष्टकै कर्मचारीले पनि रहस्यमय भनेका छन् । ‘कि त वीरेन्द्रको परिवार कंगाल थियो भन्नुपर्‍यो, होइन भने कहिँ न कहिँ चल सम्पत्ति हुनुपर्ने हो’ एक उच्च अधिकारीले भने-’तर दश हजार रुपैयाँ बाहके केही फेला परेन ।’।

‘हामीले अमेरिका र स्वीटजरल्याण्डका बैंकहरुमा राष्ट्र बैंक र परराष्ट्र मन्त्रालय मार्फत बुझ्यौं तर भेटिएन’ नेपाल ट्रष्टका सचिव श्रीधर गौतमले भने-’स्वीटजरल्याण्डका बैंकमा डमी नाम खडा गरेर पनि पैसा राख्ने गरिन्छ रे, त्यो चाहिँ हामीले पत्ता लगाउन सकेनौं । ‘

कहाँ कति शेयर ?

पूर्व राजपरिवारको नाममा अर्बौंको चल सम्पत्ति भेटिने अपेक्षा सहित नेपाल ट्रष्ट खडा भएको थियो । तर अपेक्षा अनुसार सम्पत्ति नदेखिएपछि सरकारी अधिकारी पनि छक्क परेका छन् । वीरेन्द्रको बंशनाशपछि पूर्व राजा ज्ञानेन्द्रले चल सम्पत्ति आफ्नो परिवारमा नामसारी गरेको आशंकालाई पनि पुष्टि गर्ने आधार नभेटिएको ट्रष्टले जनाएको छ ।

पूर्व राजपरिवारका सदस्यको नाममा रहेको चल अचल सम्पत्ति नेपाल ट्रष्टमा ल्याउने निर्णय अनुसार खोजी सुरु भएको थियो । ट्रष्टका सचिव गौतमका अनुसार पूर्व राजा वीरेन्द्रको परिवारका नाममा नबिल बैंकमा १ लाख ४४ हजार ४७२, होटल अन्नपूर्णमा ३० हजार ७२० र नेपाल औद्योगिक विकास नियममा ६ हजार ६५० कित्ता शेयर भेटिएको छ । त्यसको लाभांश सहित सबै पैसा ट्रष्टमा जम्मा भएको छ ।

सोचे जस्तो भएन

नेपाल ट्रष्टमा पूर्व राजपरिवारको चल अचल सम्पत्तिको आम्दानीबाट हालसम्म २४ करोड ७९ लाख २५ हजार ८४३ रुपैया जम्मा भएको छ । यो रकमबाट लगानी निर्देशिका अनुसार केही काम हुन सक्दैन । ‘स्वर्गीय राजपरिवारको नामबाट ठूलो धनराशी प्राप्त हुने र सो धनराशीबाट बढे बढाएको सम्पत्तिबाट नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गर्ने उद्देश्य राखिएको थियो’ गौतमले भने-’तर हालसम्म प्राप्त चल सम्पत्ति ज्यादै थोरै भएकाले लगानी निर्देशिका तयार गरि लगानी गर्न सकिएको छैन । ‘

स्वर्गीय राजपरिवारका नाममा रहेका जंगल तथा जग्गाहरु भने ट्रष्ट अन्तर्गत आइसकेका छन् । नुवकोट, धादिङ काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा भेटिएको केही जग्गा ट्रष्ट नाममा ल्याइएको छ भने केही प्रक्रियामा छन् ।

जानकारी दिनेलाई पुरस्कार

धेरै मान्छेहरुको अनुमान विपरित स्वर्गीय राजपरिवारको नाममा कतै पनि सम्पत्ति नदेखिएपछि ट्रष्टले सम्पत्तिको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गर्न लागेको छ । पूर्व राजपरिवारका सदस्यको नाममा कुनै चल अचल सम्पत्ति रहेको वा पूर्व राजपरिवारका सदस्यले कतै कसैलाई चल अचल सम्पत्ति राख्न दिएको जानकारी भएमा ट्रष्टमा उपलव्ध गराउन आग्रह गरिएको छ । ‘त्यस्तो सूचना दिनेलाई आकर्षक पुरस्कारको व्यवस्था गर्दैछौं, सन्चालक समितिले पुरस्कार राशी तोक्नेछ’-सचिव गौतमले भने ।

- See more at: http://www.onlinekhabar.com/2014/06/211088/#sthash.V7ncibbE.dpuf
 
Posted on 06-16-14 2:25 PM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोचे जस्तो भएन ? वाह क्या गुनासो ? सोचे जस्तो कहिले भएको थियो र अचम्म मान्छौ गुल्लादे हो | कमाएकै थिएन कि ? यदि ज्ञानेन्द्रले नलेको भए ? वा पूर्व प्रमले हत्याए जस्तो छ ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters