[Show all top banners]

wonton

More by wonton
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एएनए सम्मेलन, एनआरएन बोर्ड उद्घाटन र न्युयोर्कको आइतबारे हाट सबै सुपर फ्लप
[VIEWED 1656 TIMES]
SAVE! for ease of future access.
Posted on 07-06-14 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

10513506_10152545150147458_5400073887121417485_n

कम्युनिस्ट तानाशाह छेवांग शेर्पालामाको एएनए ३२ औ सम्मेलनको हबिगत रजिस्ट्रेसन शुल्क दैनिक घट्दो अबस्थाले मात्रै बताउछ सुपर फ्लप -पहिलो दिन २५ डलर प्रतिव्यक्ति शुल्क दोश्रो दिन १५ डलर र आज ५ डलरमा घट्दा ग्राहक खोज्न होटल सेराटनको ढोकामा उभिएका तानाशाहलाई न्युयोर्कका मेला संयोजक एनआरएनए डिआरसी सोनाम लामाले न्युयोर्कबाट देख्नु पर्दा दंगदास छन, त्यसो त एनआरएन अमेरिकाको आयोजनामा ज्याक्सन हाइटमा लामाले लगाएको आइतबारे मेला देखेर कम्युनिस्ट तानाशाह शेर्पालामा कम दंगदास छ र? नेपालका लागि अमेरिकाका दुत पिटर बोडेले उद्घाटन गरेको मेलामा जम्मा १५ जना व्यक्तिहरु देख्दा कम्युनिस्ट तानाशाहले कम थपडी मारे?
10500569_10152216704407321_8446864965691394715_n

उता भर्जिनियामा अतिथि बन्न पुगेका अमेरिकाका लागि नेपालि कार्यबाहक दुत ऋषि राम घिमिरेले मनिषा कोइरालाले १० हजार डलरको एग्रिमेन्ट बमोजिम एएनए सम्मेलन उद्घाटन देखे तर पिटर बोडेको आजको आइतबारे मेला उद्घाटन भन्दा बढी मान्छे भएको देख्दा उनि पनि कम दंगदास छैनन । एएनएमा पनि ठिक एनआरएनमा पनि ठिक दही चिउरे दुत घिमिरेलाई एउटा कुरा चाहि पक्कै स्वाद आएको छ -बोडेको समुद्घाटन सुपर फ्लप भएकोमा ।

दही चिउरे कम्पिटिसन

एएनए सम्मेलन र एनआरएनको आइतबारे हाट दुवै मात्र होइन एनआरएन बोर्डको समुद्घाटन भ्याउने दहि चिउरेहरुको अमेरिकामा गोल्ड मेडल कम्पिटिसन हुने भएको छ । एनआरएन एनसीसी अफ युएसएका निबर्तमान अध्यक्ष शिव कुमार राई, निर्बाचन आयुक्त बिनोद रोका, मेम्बर भेरिफिकेसन कमिटि प्रमुख शेखर ढुंगेल, बाइलज कमिटि मेम्बर दुर्गा भुर्तेल, नव निर्बाचित बोर्डका बरिस्ठ उपाध्यक्ष लोकनाथ तिवारी, उपाध्यक्ष बनिता कतिला, युवा कोअर्डिनेटर बर्षा मोक्तान, मिडिया कोअर्डिनेटर कृष्ण संजेल केसी, आइसीसी को-अप्टेड मेम्बर बिष्णु माया प10448204_10152577038422354_7515734734341493024_nरियार, उपाध्यक्षका हरुवा उम्मेदवार सुर्य लम्साल आदि दहि चिउरे कम्पिटिसनका प्रतिस्पर्धी हुन । यिनीहरु मध्ये गोल्ड मेडलिस्ट को हुने हुन? त्यसको निर्णायक मण्डलका अध्यक्ष खगेन्द्र जिसीले भोलि निर्णय दिनसक्ने औल्याईएको छ ।

घाटा पूर्ती

कम्युनिस्ट तानाशाहलाई एएनए सम्मेलनमा घाटा ख्वाउन थापिएको न्युयोर्कको आइतबारे हाटले एनआरएन अमेरिकालाई पनि घाटा ख्वाउने संकेत देखा परेको छ । दहि चिउरे मध्यका एकले सिधा कुरालाई बताए -दुवै हाट बजार घाटा ख्वाउन थापेका रहेछन । एएनए सम्मेलनको घाटा पूर्ति त ८ लाखका दरले गराएको मानव तस्करीले होला तर न्युयोर्कको आइतबारे हाटको घाटा के ले पूर्ति गर्ने? सबैलाई चिन्ताको बिसय बनाएको छ । तर अफसोच नमान्नु होस, आइतबारे हाटको घाटा पूर्ति भर्खरै उठेको ४२ हजार २० डलरबाट घटाए भैहाल्छ -उनले थपे । दुई तर्फी घाटामा जुवारी खेल्ने कम्युनिस्ट तानाशाह र भोटर्स फ्रडका नाइकेहरुलाई कुनै एथिक्सको मतलब भए पो? घाटा भएनी उनीहरुको खल्तीबाट नजाने भएकाले आखिर मार खेप्ने त सर्बसाधारण सदस्यहरु नै हुन । कम्युनिस्ट तानाशाहले एएनएमा ब्रम्हलुट मच्14070437IMG_7188चाए जस्तै प्रजातन्त्रबादी भोटर्स फ्रडका नाइकेहरुलाई पनि घाटाले घाट लादैन, ढुक्क हुनुहोस -उनले थपे ।

बोर्ड समुद्घाटन

एनआरएन एनसीसी अफ युएसएको नव निर्बाचित बोर्डको हिजो बेलुकाको समुद्घाटन सत्रबाट शुरु भएको फल्प गेम नै आजको आइतबारे हाटमा पनि देखियो । आफ्नै बोर्डका १९ जनाको समुद्घाटनमा आफै आफै खादा र ब्याच पहिरेर अतिथि बनेका अध्यक्ष खगेन्द्र जिसीका सेनामेनाहरुको हुल देख्ने आइसीसीका सल्लाहाकार, दहि चिउरे अतिथि, निर्बाचन आयोग र उसका सल्लाहाकार, मेम्बर भेरिफिकेसन कमिटिका सदस्य र प्रमुखको अनुहार हेर्दा लाग्थ्यो ”काँही नभएको जात्रा हाँडी गाउँको” जस्तो । अध्यक्ष जिसीका बिसेष सहयोगी निर्बाचन आयुक्त बिनोद रोका, मेम्बर भेरिफिकेसनका सदस्य अन्जन श्रेष्ठ, बाइलज कमिटिका दुर्गा भुर्तेल र भुवन गुरुङ आदिको चालामालाबाट दहि चिउरे मध्यका मेम्बर भेरिफिकेसन प्रमुख ढुंगेलले खादा ओड्न नपाउदाको क्षण जति रमाइलो केहि भएन । ढुंगेलको कम्पाराको रौँ ९० डिग्री कोण झैँ ठडिएको देख्दा नजिकैका बिष्णु देउरालीको मन खिन्न भैरहेथ्यो । हिजैको बोर्डको समुद्घाटन ७ बजे हुनुपर्नेमा साढे आठ बजे शुरु गरेर ढिला सुस्तिको संकेत अध्यक्ष जिसीले दिई सकेका छन । अध्यक्ष जिसीका बिस्वासपात्र अन्जन श्रेष्ठको खादा ओडाईले ढुंगेलको कम्पाराको रौँ तताउने काम जिसीको थिएन तर जिसीलाई चुनाव जित्नमा ढुंगेलले त्यति बिघ्न नसघाएको झझल्को दिन्थ्यो खादा ओडाईले ।

समुद्घाटनको सबै भन्दा रोचक पक्ष थियो एक पेज खेस्रा कागजमा ने10491977_817866124891801_9060847987748997155_nपाल कम्युनिस्ट पार्टी एमालेका नेता कार्यकर्ताहरुको तर्फबाट निबर्तमान बोर्डका राई, बृहस्पति लामा र बनिता कतिला जस्ताहरुबाट नेपाली काँग्रेसका बहुमत नव निर्बाचित बोर्डलाई कार्यभार हस्तान्तरण । त्यो हस्तान्तरण काठमान्डूका कलेजहरुमा हुने अखिल र नेविसंघको कार्यभार हस्तान्तरण जस्तो थियो । निबर्तमान बोर्डका कोषाध्यक्ष राजेन्द्र सिवाकोटी अनुपस्थित उक्त समुद्घाटनले सन २००९ देखिको एनआरएन अमेरिका भित्रको भ्रस्टाचार नयाँ बोर्डमा सरुवा वा हस्तान्तरण भएको छैन । एनआरएन अमेरिकामा केवल एमाले सत्ता परिबर्तन भई कांग्रेसको सत्ता आगमन मात्र भएको हिजोको उद्घाटनले स्पस्ट पारेको छ ।

जे होस, एनआरएन अध्यक्ष जिसी र डिआरसी सोनाम लामा भर्जिनियाको एएनए सम्मेलन डिस्म्यानटल पार्न जति सफल भए त्यति कै सफल कम्युनिस्ट तानाशाह शेर्पालामा न्युयोर्कको एनआरएन बोर्ड समुद्घाटन र आइतबारे हाट डिस्म्यानटल पार्न सफल भएका छन । दुवै तिरका सम्मेलन र हाट बजार असफलताका रमिते चाहि नेपालीहरु नै । सम्मेलन असफलताका पछाडीकी उद्घाटनकर्ता मनिषा कोइराला र हाट बजारका उद्घाटनकर्ता पिटर बोडे अब आइन्दा नेपालीहरुका यस्ता सम्मेलन र हाट बजारका अतिथि होलान त?

- See more at: http://www.shidhaakura.info/?p=664#sthash.2sSxj2Ny.yKWsj9ZS.dpuf
Last edited: 06-Jul-14 05:19 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters