[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

tragicomic

Mr. D

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विदेशी ज्ञान स्वदेशमा उपयोग गर्दैछन् यी युवा
[VIEWED 1575 TIMES]
SAVE! for ease of future access.
Posted on 07-31-14 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Combo
विदेशमा पढेको ज्ञान स्वदेशमा प्रयोग गर्न थालेका छिरिङ, भुषण, मन्जित, प्रशान्त र अभिनव (बायाँबाट क्रमश:)।

 

काठमाडौ, श्रावण १५ - चार वर्षअघि अविनभ खनाल अमेरिका उडेका थिए । त्यहाँ उनले युनाईटेड वल्र्ड कलेजमा पढे । उनी अहिले इयर्लहम कलेजमा पढिरहेका छन् । यी २१ वर्षीय ठिटो डेढ महिनादेखि काठमाडौंको गौशलास्थित कांग्रेसका सभासद गगन थापाको कार्यलयमा काममा व्यस्त छन् । 'म कार्यालयमा गगन सरको सहयोगीको रूपमा काम गरिरहेको छु,' पोलिटिक्स र इकोनोमिक्सका विद्यार्थीले प्रस्ट पारे ।

 

बौद्धका अविनभ गगनको मातहतमा काठमाडौंलाई कसरी बस्न लायक ठाउँ बनाउन सकिन्छ भनेर केही रि-सर्च र कम्युनिकेसनको काम गरिरहेका छन् ।

नेपालकै चर्चित युवा नेतामा पर्छन्, गगन । उनकै मातहमा काम गर्न पाउनुलाई आफ्नो राम्रो अवसर मान्छन्, अविनभ । 'काम गर्ने वातावरण राम्रो छ,' पब्लिक एडमिनिस्ट्रेसनमा मास्टर्स डिग्री गर्दै नेपाली राजनीतिमा होमिने लक्ष्य बनाएका उनले बताए ।

 

अविनभमात्र होइन, अहिले विदेश पढेर आएका छिरिङ डोल्मा दावा शेर्पा, प्रशान्त लुइटेल, मन्जितराज पाण्डे र विदुरराज गौतमलगायत २० युवा सरकारी कार्यालय, सभासद र अन्य कार्यालयमा ३ महिनाका लागि सहयोगीको भूमिकामा काम गरिरेहका छन् । युवाहरूलाई विभिन्न कार्यालयमा काम गराउने, कार्यालयको अनुभव उनीहरूले पाउने र उनीहरूले हासिल गरेर ज्ञान पनि कार्यालयलाई सेयर गर्ने वातावरण मिलाउने काम दायित्व छात्रवृद्धिले गरेको छ ।

 

यो छात्रवृद्धिको सुरूआत दायित्व टिमले गरेको हो । यो टिमको मुख्य ७ सदस्य छन् । उनीहरू पनि चीन, भारत, अमेरिका, इंग्ल्यान्ड र फिनल्यान्डका युनिभर्सीटीमा अध्ययन गरेका आएका विद्यार्थी हुन् ।

 

दायित्व टिमका एक सदस्य हुन्, पुकार मल्ल । उनले हार्वर्ड युनिभिर्सीटीमा इलेक्ट्रिकल इन्जिनियरिङमा पीएचडी गरेर आएका हुन् । 'नेपालमा सरकारले धेरै गर्न सक्छ । हाम्रो धेरै कम्प्लेन हुन्छ,' उनले भने,'किन त हामीले कम्प्लेन गर्ने युवा र सरकारलाई सहकार्य गरेर अघि नबढाउने ?'

 

भारतको जवाहरूललाल नेहरू विश्वविद्यालयमा इन्टरनेशनल रिलेसनमा एमए पास गरेर आएका अर्को सदस्य भुषण पीकेडी परसैनका अनुसार छात्रवृत्तिका लागि सरकारका विभिन्न निकायका सचिव, उपसचिव र कर्मचारीलाई दायित्व टिमले भेट गरेको थियो । 'हाम्रो कुरा सुनेपछि त मुख्यसचिव लिलामणि पौडेल निकै पोजेटिभ हुनुभयो,' काठमाडौं घट्टेकुलोका २७ वर्षीय भुषणले सुनाए ।

 

काठमाडौं जोरपार्टीकी छिरिङ सन् १९९९ मै हाईस्कुल पढ्नका लागि अमेरिकी गएकी थिइन् । दस वर्षपछि नेपाल फर्कदा उनको हातमा पब्लिक एडमिनिस्ट्रेसनको डिग्री थियो । उनी अहिले दायत्वि छात्रवृत्तिकै कारण राष्ट्रपति रामवरण यादवको कार्यालय शीतल निवासमा काम गरिरहेकी छन् । काठमाडौंको धुलो, धुँवा र हिलोलाई छल्दै राष्ट्रपति कार्यालयलाई कसरी बलियो बनाउन सकिन्छ भनेर उनी रि-सर्च गर्न शितल निवास पुग्छिन् ।

 

'हाम्रो देशको जस्तै पोलिटिकल सिस्टम भएको देशमा राष्ट्रपति कार्यालयलाई चुस्त बनाउन के गर्न सकिन्छ भनेर पनि रिसर्च गरिरहेको छु,' ३० वर्षीय छिरिङले सुनाइन् । राष्ट्रपति कर्यालयमा काम गरे पनि उनले अहिलेसम्म राष्ट्रपतिसँग भेट्ने अवसर भने पाएकी छैनन् । उनी कार्यालयका अन्य पदाधिकारीसँग मिलेर काम गर्छिन् । 'राष्ट्रपति व्यस्त हुनुहुन्छ । कार्यालयका सरहरू सहयोगी छन् । काम गर्न सजिलो हुन्छ,' उनले भनिन् । उनलाई नेपाल र अमेरिकाबीचको फरक के छ भनेर सोध्दा उत्तर दिइन्,'त्यहाँ २ घन्टामा पूरा हुने काम यहाँ ८ घन्टा लाग्दो रहेछ ।' तर उनले यसलाई सुधार गरे अघि बढ्न सकिने बताइन् ।

 

२० वर्षीय मन्जितराज पाण्डे भारतको सुरेश ज्ञान बिहार युनिभर्सिटीमा अन्डरग्राजुएट गरिरहेका छन् । बिदाका कारण अहिले नेपालमा रहेका यि सिभिल इन्जिनियरका विद्यार्थी उप-प्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको मातहमा काम गरिरहेका छन् । 'ठमेलस्थित उनको घरमा काम गर्छु,' उनले भने,'लोकसेवा आयोग पार गरेर पाउने अनुभव यहाँ पाउन सकिन्छ ।' उनको भविष्यको लक्ष्य समाजलाई केही राम्रो असर पर्ने काम गर्नु रहेको सुनाउँछन् ।

 

बनेपा काभ्रेका बिदुरराजले बई/एमए इलेक्ट्रिकल इन्जिनियरिङका साथै इनभारमेन्ट इन्जिनियरिङमा पीएचडी गरेका छन् । सन् २००१ देखि २०१० सम्म गरी उनले भारत, अमेरिका र चीनको युनिभर्सिटीमा अध्ययन गरे । अहिले उनी दायित्व छात्रवृत्तिअन्तर्गत नेपाल लगानी बोर्डमा काम गरिरहेका छन् । 'हाम्रो टिममा व्यवसायिक कर्मचारी छन् । निकै आनन्द आइरहेको छ,' ३२ वर्षीय उनले कामको अनुभव सुनाए । उनले नेपाल र विदेशको फरक छुट्याउदै भने,'नेपालको ब्युरोक्रेसी कमजोर छ । व्यक्तिगत स्वतन्त्रता छैन । हामी आफ्नो भन्दा पनि परिवार, समाज, चिनजानका मान्छेका लागि बाँच्छौं ।' उनको लक्ष्य उर्जा र वातावरण क्षेत्रमा सफल व्यवसायी बन्ने हो ।

 

काठमाडौं बल्खुका प्रशान्त पनि नेपाल लगानी बोर्डमै काम गर्छन् । रिड कलेज, एमआईटी पढेर बोस्टन युनिभर्सिटीबाट फिजिक्समा मास्टर्स गरेका ३२ वर्षीय उनले छोटो समयमा समाजका धेरै कुरा सिकेको बताए । उनी नेपालमै सधैका लागि बस्न चाहन्छन् । उनी अहिले केमिकल फर्टिलाइजर प्लाटको सुरूआत गर्ने योजनाको सम्भावनाको बारेमा सोचिरहेका छन् । लगानी बोर्डमा काम गर्दा यहाँको कम्पनी, बैंकिङ सेक्टरलगायत विभिन्न संस्थाको बारेमा थाहा भएको उनले बताए ।

 

सरकारी कर्मचारीको अनुभव युवाहरूलाई दिलाउने र युवाहरूले देशविदेशमा बटुलेका ज्ञान उनीहरूलाई दिने वातावरण मिलाएको हो, दायित्व छात्रवृत्तिले । यहाँ काम गर्ने युवाले केही रकम दायित्व छात्रवृत्तिबाट पाउने छन् र विभिन्न कार्यालयमा गएर निशुल्क काम गरिदिन्छन् ।  'सुरूआतमा हामीले ५/५ डलर उठाएर यसको सुरूआत गरेको हौं,' भुषणले भने,'अहिले ठूला व्यवसायिले छात्रवृत्तिका लागि आर्थिक सहयोग उपलब्ध गराउने वचन दिएका छन्, केही कार्यालयले त छात्रवृत्ति दिन पठाएका युवाहरूलाई आफैले तलब दिन थालेका छन् ।'

 

दायित्वले विदेश र देशमै रहेका प्रतिभावान युवाहरूलाई समाजसँग जोड्दै देश विकासमा ठूलो भूमिका खेलाउने काम गरिरहेको छ । 'आगामी दिनमा हामीले यो छात्रवृत्तिलाई ६ महिना, १ वर्ष गरेर बढाउदै जाने छौं,' पुकारले भने,'युवाहरूले नै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् । र, हामीले त्यसलाई अघि बढाउनु पर्छ ।'

प्रकाशित मिति: २०७१ श्रावण १५ ०७:०५

http://www.ekantipur.com/np/2071/4/15/full-story/393280.html
Last edited: 31-Jul-14 09:01 AM

 
Posted on 07-31-14 1:26 PM     [Snapshot: 249]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु मेरो तरफ बाट बधाई छ सबै जनालै | आफ्नो देशमा प्रगति गरेस| भगवानले आशिर्बाद देवोस नदेवोस मेरो आशिर्बाद छ है केटाकेटीलाई| लु त्यो सरकारी मादसापहरुलाई विदेशको राम्रो प्रगतिका कुरा मात्र भन्नु है | कम्प्युटर सिकाउनु, बिदेशी भाषा सिकाउनु| बिदेशमा भाडा माज्ने कुरा नभनु है| ओह बाईद वे ओबामा ले नि फर्स्ट जबमा भाडा माज्य थियो है|
यो चाई हाम्रो राष्ट्रपतिको अफिसमा काम गर्नेलै सुनाउनु है |
एस्तो समाचार आउदा त कसैले पनि वास्ता नगर्ने रहेछ बा| त्यो अमेरिकामा भाडा मज्नेमा चाही कति कमेन्ट हान्न सक्नेहरु, येस्मा नि कमेन्ट जावोस न | मुख मा राम राम बगलीमा छुरा| This is a hipocritic society.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters