[Show all top banners]

taraniraula
Replies to this thread:

More by taraniraula
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Killing Dinesh Adhikari "Chari"
[VIEWED 5646 TIMES]
SAVE! for ease of future access.
Posted on 08-07-14 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चरी प्रकरणः गैरन्यायीक हत्या भएको भन्दै छानविनको माग
https://www.facebook.com/thenepricantimes
एमाले नेताहरुले 'गुण्डा नाइके' दिनेश अधिकारीको गैरन्यायीक हत्या भएको दावी गर्दै उच्च स्तरिए छानविनको माग गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले अधिकारीको षड्यन्त्रपूर्वक मारिएको दावीगर्दै न्यायीयक छानविन हुनुपर्ने बताएका छन् भने धादिङ एमालेका सांसदहरुले तत्काल छानविन प्रक्रिया सुरु नगरे संसद चल्न नदिने चेतावनी दिएका छन् ।

यसअघि प्रहरीले गुण्डा नाइकेका रुपमा कुख्याति कमाएका धादिङ्गका अधिकारीको बुधबार राजधानीको भिमढुङ्गामा सुरक्षाकर्मीसँगको मुठभेडमा मारिएको विवरण सार्वजनिक गरेको थियो ।

मृतक अधिकारीका परिवार सहित पार्टी कार्यालय बल्खु पुगेका धादिङ्गका एमाले सांसदहरुको टोलीसँगको कुराकानीमा पार्टी अध्यक्ष ओलीले अधिकारीलाई अन्तै हत्या गरेर भिमढुङ्गामा लगिएको जानकारी आफूले पाएको बताए । प्रहरीबाट 'जघन्य अपराध भएको' उल्लेख गर्दै ओलीले सांसदहरुलाई त्यस विषयमा गृहमन्त्री समेत रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमसंग छलफल गर्न भनेका थिए ।

धादिङ्ग एमालेका सांसदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु वुर्लाकोटीले बिहिबारै संसदमा समय माग गरेर बोल्दै घटनाबारे गृहमन्त्रीसंग जवाफ मागेका हुन् । सभामुख सुवास नेम्वाङ्गले अधिकारीमाथि गोली प्रहारको घटनाबारे सदनमा उठेका प्रश्नको शुक्रबारै जवाफ दिन गृहमन्त्रीलाई निर्देश गरे ।

'गुण्डा नाइके' अधिकारी सुरक्षाकर्मीसंगको भिडन्तमा मारिएको दावीगर्ने प्रहरी अधिकारीहरुको भनाईनै आपसमा बाझिएको, घटनास्थलमा रगतको टाटा समेत नभएको उल्लेखगर्दै एमाले सांसदहरुले प्रहरीले उनलाई अन्यत्रै गोली प्रहार गरी भिमढुङ्गामा सार्वजनिक मात्र गरेको आरोप लगाए ।

'मानौ दिनेश अधिकारी अपराधी, अपहरणकर्ता, आतंक मच्चाउदै हिड्थ्यो होला,' सांसद पाण्डेले भने- 'त्यसो हो भने उसलाई कारवाही गर्ने कानुन र थुन्ने जेल थिएन ?' प्रहरी 'संगठित अपराध गर्ने जमात'मा परिणत भएको आरोप आरोप लगाउँदै पाण्डेले भिमढुङ्गा घटनालाई पञ्चायतकालमा इलामबाट जेल सार्ने नाममा सुखानीको जंगलमा भएको तत्कालिन माले कार्यकर्ताको हत्यासंग तुलना गरे । आपराधिक पृष्ठभूमिका अधिकारी पछिल्लो केही समय एमालेमा सक्रिय थिए । 'पक्राउ परेका अधिकारीको कायर प्रहरीले गैरन्यायीक हत्या गरेको तथ्यले प्रमाणित हुन्छ,' सांसद तुलाधरले भने- 'त्यस्ता कायर प्रहरीलाई सरकारले के कारवाही गर्दैछ, सदनलाई जानकारी गराउनुपर्छ ।'

एमाले सांसदहरुले अधिकारीसंग विवाहको तयारीमा रहेकी खुस्बु ओलीलाई मन मराउने एक प्रहरी निरक्षकले हत्या योजना बनाएको दावी समेत गरेका छन् । 'ती प्रहरीले अधिकारीसँग विवाह नगर्न ओलीलाई दवाव दिंदै गरेमा उनको हत्या गर्ने धम्की दिएका थिए,' पाण्डेले प्रहरीको नाम उल्लेख नगरीकनै भने- 'ती प्रहरी निरीक्षक हनुमानढोकाको केरकार शाखामा छन् । एमाले सांसदहरुले घटनाको निस्पक्ष छानविनका लागि काठमाडौं प्रहरी प्रमुख पुस्कर कार्कीलाई निलम्बन गर्न पनि माग गरेका छन् ।

एमाले सांसदहरुले अधिकारी प्रकरण चर्काएपछि संसदमा महिला सांसदहरुले उठाएको नेपालगञ्ज बलात्कारको घटना छाया परेको थियो । नेम्वाङ्गले सामुहिक बलात्कारको उक्त घटनाबारे पनि जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । सदनमा कार्यस्थलमा हुने यौनजन्य हिंसा नियन्त्रण सम्बन्धी विधेयकमा छलफल भइरहेका बेला बुधबार विहान नेपालगञ्जमा रुकुमबाट आएको बसमा चालक र सहचालकले एक १८ वर्षे किशोरीको सामुहिक बलात्कार गरेका थिए । सांसदहरुले त्यस्तो जघन्य अपराधमा राजनीतिक संरक्षण नगर्न र दोषिलाई सर्वस्व सहित जन्मकैद गराउन माग गरे ।
चरीलाई प्रयोग गरेर व्यापारीसँग रकम असुल्थिन् उनकी प्रेमिका खुश्बु -
प्रहरीसँगको मुठभेडमा मारिएका चर्चित डन दिनेश अधिकारी उर्फ चरीले प्रेमिका खुश्वु ओलीलाई ठगी धन्दामा प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । घटनालाई राजनीतिकरण गरेर प्रहरी विरुद्ध जनमत सृजना गर्ने अभियानमा जुटेकी खुश्वुले विभिन्न व्यापारीहरुलाई लाखौं ठगेको समेत खुलेको छ । ओलीले अर्पण कोइरालासँगको प्रेम सम्बन्ध चिसिएपछि डन चरीतिर लागेर विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको खुलेको हो । वलीले बिभिन्न व्यक्तिहरुलाई सरसापटको नाममा पैसा लिएर ठगी गर्ने गरेको रहस्य खुलेको हो ।
अर्पणसँग सम्बन्ध टुटेपछि डन चरीसँग नजिकिन पुगेकी वलीले चिनजानेका ब्यापारी तथा मिटर ब्याजमा पैसा लगानी गर्नेसँग सरसापटको नाममा पैसा लिने र फिर्ता नगर्ने गरेको आरोप उनीमाथि लागेको छ ।
मिस टिनको विजेता समेत रहेकी वलीले पछिल्लो समय न्यूरोडका ब्यापारी अमित मित्तललाई ५० लाख ठगी गरेकी छिन् । सापटको नाममा लिएको रकम फिर्ता नदिएपछि मित्तलले प्रहरीमा जाने बताएपछि मोडल वलिले आफ्नो ब्याईफ्रेन्ड चरीलाई प्रयोग गरी मित्तललाई थर्काउन लगाएकी थिइन् ।
चरीको धम्की आएपछि मित्तल प्रहरीमा नगइकन फसेको पैसा उठाउन अर्का डन गणेश लामाको भाई राकेश लामाको शरणमा पुगेका थिए । डन–डनको वारपछि वलीलाई केहि नगर्ने शर्तमा चरीले ३० लाख फिर्ता गरेको तथा बाँकी २० लाख राकेश लामाको नाममा कागज गरिएको थियो । त्यस्तै अर्पण कोइरालाको नाममा रहेको स्कोडा गाडी समेत वलीले बैंकबाट लिलामको फर्जी कागजात तयारपारी आफ्नो नाममा नामसारी गर्न समेत सफल भएको भइन् ।
चरीको डरले आफ्ना पूर्व प्रेमिकासँग गाडी फिर्ता लिन कोइरालाले सकेका थिएनन् ।
अर्का गुण्डा राधे भण्डारीलाई खुकुरी प्रहार गरेपछि चरी फरार भएका थिए । त्यसको मौंका छोपेर कोइराला गाडि उपलब्ध गराईदिनु प¥यो भन्दै एसएसपी रमेश खरेलको शरणमा पुगेका थिए । चंडोलस्थित खुश्वुको घरबाट प्रहरीले गाडी बरामद गरेर उनलाइक्षर्् हनुमानढोका ल्याएको पनि थियो । तर खुश्वुले उक्त गाडि कोइरालाको नभई आफूले बैंकबाट लिलाम सकारेको दाबी गर्दै बागमति अञ्चल यातायात कार्यलयबाट जारी बिलबुक एसएसपी खरेलको अगाडी पेश गरेपछि खरेलले गाडी फिर्ता गराएका थिए ।
पछि मिटर ब्याजमा क्यासिनोका जुवाडेलाई पैसा लगानी गर्ने क्यासिनो किङका नामले चिनिने बलराम सापकोटाका भाई मिलनसँग लिएको ५० हजार रुपैयाँ फिर्ता नर्गदा मिलनले खुस्बुको स्कोडा गाडि नियन्त्रणमा लिएका थिए ।
अहिले आफूले गरेको ठगी नदेख्ने खुश्बुले चरी मारिएकोप्रति विभिन्न सञ्चारमाध्यमहरुमा डिएसपीद्वय सोमेन्द्र सिंह राठौर, प्रजित केसी, इन्सपेक्टर कुमुद ढुंगेल र अर्पण कोइरालाको नाम मुछेर घटनालाई अतिरञ्जित र राजनीतिकरण गर्न लागिपरेकी छन् ।
के–के बरामद भए चरीबाट ?
भिमढुंगामा प्रहरीसँगको भिडन्तमा परी मारिएका डन चरीबाट मेड इन यूएसए लेखिएको लोड गरिएको अवस्थामा अटोमेटिक पेस्तोल एक थान, गोलीको खोका पाँच थान, म्यागेजीन १, बुलेट थान ३, लाईभ राउण्ड थान १,मोटर साईकलको व्ल्यु बुक थान १,कालो र सुनौलो रंगको राडो घडी थान १, नगद २६,७८० र आईफोन मोबाईल सेट थान १ बरामद भएको छ ।
- See more at: http://www.ratopati.com/2014/08/07/157308.html#sthash.iT3kgZNC.b6CrsZhf.dpuf
चरीलाई आफ्नै प्रेमिकाबाट धोका #LOL
प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ लाई उनकै प्रेमिका खुश्वु ओलीबाट धोका भएको खुलासा भएको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बुधवार साँझतिर खुश्वु ओलीले चरीलाई भेट्ने भनि भीमढुंगा तिर बोलाएकी थिइन त्यो पनि प्रहरीकै सल्लाहमा । भेष बदलेर पल्सर चढी खुश्वुलाई भेट्न भीमढुंगा तिर गइरहेका बेला सितापाइलाबाट नै पछ्याउँदै गइरहेका थिए । प्रहरी पछ्याउँदै गइरहेको बेलासम्म प्रहरी खुश्वुको सम्पर्कमा थिए । प्रहरीले आफूलाई पछ्याउँदैछ भनि थाह थिएन चरीलाई । यता, प्रहरी पनि एकान्त मौकाको खोजीमा थिए । त्यस्तो मौका पाउने वित्तिकै घेरा हाली अगाडीबाट गोली हानीको प्रहरी स्रोतले रातोपाटीलाई बताए । सात महिनादेखि प्रहरीले चरीलाई मार्ने योजना बनाएको खुलासा स्वयं खुश्वुले नै गरेका छन् । प्रहरीको मोस्टवान्टेडमा रहेका चरी नेपाल छाडेर भारतमा बस्दै आएका थिए । भारतमा पनि ठाउँ परिवर्तन गरी गरी बस्दै आएका चरी खुश्वुको निरन्तर सम्पर्कमा थिए । प्रहरी स्रोतले भने, चरीसँग सम्पर्क गर्नका लागि खुश्वुले नयाँ मोवाइलको नम्बर प्रयोगमा ल्याएकी थिइन् । तर , सेट उही पुरानो । पहिलादेखि प्रयोग गर्दै आएको मोवाइलसेटमा नै नयाँ नम्बर राखेपछि मोवाइलको आइएमइआइ नम्बरबाट प्रहरीले नम्बर ट्रयाक गर्न सफल भयो । त्यसपछि प्रहरीले नियमित रुपमा खुश्वु र चरीबीचको सम्वादलाई रकेर्ड गर्न थाले । चरीलाई भारतमै गएर समात्ने योजना पनि थियो -प्रहरीको तर सजिलो तरीकाले नेपालमै समात्ने भएपनि भारत गएर समात्ने रिश्क प्रहरीले लिएन । खुश्वुको माध्यमबाट नै चरीलाई समात्ने योजना प्रहरीले बनाए । त्यसपछि प्रहरीका एकजवानले खुश्वुसँग हिमचिम बढाउन थाले । प्रहरीले खुश्वुसँग सम्बन्ध बनाउनका लागि निकै समय लगाएका थिए । दुईबीच हिमचिम बढेपछि ती प्रहरीले खुश्वुलाई विश्वासमा लिने प्रयास गर्दै भनेका थिए, चरीलाई नेपाल बोलाएर आत्मसमर्पण गराउँ उसलाई केही हुँदैन त्यसको जिम्मा म लिन्छु । अहिले एमालेकै गृहमन्त्री छन्, एमालेको त्यस्तो बोलबाला छ केही हुँदैन ढुक्क हुनुस् ।’ तर खुश्वुले शुरुमा प्रहरीको आश्वासनलाई पत्याएनन् । तर, प्रहरीले आफ्नो प्रयासलाई जारी नै राखे । प्रहरीले खुश्वुसँगको सम्बन्धलाई अझै घनिष्ठ बनाउनतिर लागे । खुश्वुलाई पटाउँदै गए, चरीका कारण तिमी पनि समस्यामा पर्छौ यही मौका हो, चरीलाई सेफ गर्न राजधानी बोलाई हाल, उसलाई केही हुँदैन भनेर बल्ल कुरा मिलाए । खुश्वुले चरीलाई काठमाडौ बोलाए । काठमाडौ आएर गोप्य रुपमा बस्दै आएका चरी भेष बदलेर हिडिरहेका थिए । त्यस्तो अवस्थामा पनि उद्योगपतिहरुलाई धम्काउँदै पैसा असुल्दै आएका थिए । त्यो कुराको पनि प्रहरी निगरानी गरिरहेका थिए । र, प्रहरीले खुश्वुलाई भनेर भेट्न बोलायो र त्यही बेला ठहरै पारे । प्रहरीले स्रोतले भने, चरी काठमाडौ छिरिसकेपछि नै गृहमन्त्री वामदेव गौतम र एमालेका अध्यक्ष केपी ओलीलाई जानकारी गराईएको थियो । चरीलाई बचाउन ओलीले पनि ध्यान दिएनन , जे गर्नु हुन्छ गर्नुस् भनि हरियो झण्डा देखाएका थिए । पछिल्लो समय माधव नेपाल समूहमा लागेका चरीलाई बचाउन गृहमन्त्री गौतमले पनि खासै ध्यान दिएन । अनि प्रहरीले पनि आफ्नो मिसन पुरा गर्न तिर लागे
चरीको हत्या सुनियोजित हो । उनी कुनै डन नभएर एउटा मामुली एमाले कार्यकर्ता हुन् । यो हत्याले के पी ओलीलाई प्रधानमन्त्री बन्न नदिने काँग्रेस र एमालेका नेताहरुको षड्यन्त्र हो । भारत-नेपालको संवन्धमा समेत दरार पैदा गराउन गरिएको हो । एमाले नेता ओली र भारतको राम्रो संवन्ध भएको कारण नै हत्याको योजना बनेको हो । खुश्बु ओलीको नाम तानेर एमाले नेता के पी ओलीको बदनाम गर्ने षड्यन्त्रको एक एक छानबिन हुनु पर्छ । अर्पण कोईराला भन्ने व्यक्तिको नाम मुछिएकोले उनलाई तत्काल हिरासतमा लिनु पर्छ । यो डनको वा अपराधीको कुरामा मात्र सीमित नभएर यो घटना नेपाल- भारतको संवन्ध बिगार्ने प्रयासबाट भएको छ । यो घटनाको एक एक छानबिन हुनुपर्छ ।

के भन्छन् चरी निकटका मान्छेहरू ?

घटनास्थलमा भेटिएका रामकोट गाविस घर बताउने तर आफ्नो नाम बताउन नचाहने दुई व्यक्ति आफूलाई चरीका निकटतम् बताउँछन् । उनीहरू भन्छन्, ‘चरी एक्लै कहिल्यै हिँड्दैनथे, उनका साथमा ५, ६ जना सहयोगी युवा हुन्थे र यो बाटो पनि कहिल्यै हिँड्दैनथे ।’ उनीहरू लगभग ठोकुवा नै गर्छन्, हिजो पनि चरी एक्लै यो बाटो आएका थिएनन् । उनीहरूले यतिसम्म भने, ‘उनलाई बुधबार विहान ९ बजे नै सादा पोसाकका प्रहरीले कलंकीबाट पक्राउ गरेका हुन् । पक्राउ गरेपछि दिनभरि प्रहरीले कहाँ कहाँ लगे र के गरे ? बेलुका एकै पटक रेडियोबाट भिडन्तमा मारिएको खबर सुनियो । हामी चकित परेका छौं ।’

उनीहरूले औंलाको इशारा गर्दै भने, ‘फेरि घटनास्थलमा रगतको एक थोपा पनि देखिन्न । गोली लागेर ठाउँका ठाउँ मारिने मान्छेको रगत चुहिँदैन ? ल हेर्नुस कतै पनि रगत छैन् ? एउटा जीवित मान्छेको शरीरमा पाँच लिटर रगत हुन्छ भनिन्छ । यही स्थानमा चरी मारिएका हुन् भने कहाँ गयो चरीको रगत ? यस्ता धेरै कारणले हामीलाई गम्भीर बनाएको छ । विश्वास गर्ने ठाउँ नै छैन् । मारिएको स्थान मरुभूमिजस्तो छ ।’

प्रत्यक्षदर्शी र स्थानीयवासीको भनाई

‘म सधैँझैं आफ्नै काम थिएँ । यो गाडी गुडिरहने बाटो हो, अनेक किसिमका मान्छे हिँड्छन् । घडीमा ५ बजेको थियो, एकै पटक गोलीको आवाज सुनियो । के भएछ भनि झस्किएँ । लगभग तीन मिनेट लगातार गोलीको चलिरह्यो । आवाज भने एकैखाले सुनिएको थियो । त्यो तीन मिनेट गोली चल्ने हतियार एउटै हुनुपर्छ । आवाजले त्यही संकेत गथ्र्याे ।’

लुईंटेल थरका एक स्थानीय वासिन्दाले घटनाको विवरण यसरी सुनाए,

‘गोली रोकिएलगत्तै प्रहरीले सो स्थानमा कसैलाई जान दिएन । त्यही बेला एकजना स्थानीय स्वास्थ्यकर्मी आउँदै थिए । ती स्वास्थ्यकर्मीले चार जनाले घेरा हालेको र एकजना ढलेको मान्छे देखे । उनले नजिकै एउटा सेतो प्लेटको जिप पनि उभिएको देखे । प्रहरीले ती व्यक्तिलाई जताबाट आएको हो उतै फर्किन निर्देशन दियो, ती व्यक्ति तत्काल उतै फर्किए । पछि सञ्चारमाध्यमबाट थाहा भयो, चरी मारिएका रहेछन् ।’

घटनास्थलबाट उत्तर–पश्चिमपट्टी एक महिला घरमा चिया पिउँदै थिइन् । उनले यस सम्वाददातासँग यस्तो भनिन्, ‘जोडसँग घर नजिकै आवाज सुनेपछि सुरूमा गाडीको टायर पड्किएको अनुमान गरेँ । आवाज ठम्याउन सकिनँ । त्यसपछि घटनास्थल जान थालेकी थिएँ तर जान दिइएन् । आफ्नो घर नजिकै घटना हुँदा पनि हामीले के भएको हो थाहा पाउन सकेनौं । ती मान्छेले तपाईँहरूलाई एक छिन यहाँ आउन दिँदैनौं भने । नयाँ मान्छे थिए पछि थाहा भयो, उनीहरू प्रहरी रहेछन् । हामीले पनि सञ्चारमाध्यमबाट चरी मारिएको खबर सुन्यौं ।’

यस्तो छ घटनास्थल

घटनास्थल वरपर झण्डै पाँच सय मिटरको दूरीमा कुनै घर छैन । सुनसान र एकान्त छ, घटनास्थल । पहाडी इलाका । त्यो बाटोबाट धादिङको छत्रेदेउराली गाविसको खत्री गाउँ पुगिन्छ, जुन झण्डै चार किलामिटर दूरीमा पर्छ । बाटोको बायाँ किनारमा जहाँ चरीलाई गोली हानिएको छ, त्यहाँ अन्य स्थानको तुलनामा झारपात कम छ । रगत लागेका दुई टुक्रा कपास अहिले पनि त्यहीँ छन् । झ्वाट्ट देख्न नसकिने रगतका टाटाहरू छन् । त्यहाँ दुई थान गोली लागेर मान्छे मरेको जस्तो रगत देखिन्न ।

चिकित्सा विज्ञानका अनुसार एक स्वस्थ मान्छेमा पाँच लिटर रगत हुन्छ । तर, घटनास्थलमा एक सय मिलिलिटर जति पनि रगत बगेको देखिन्न । साउन त्यसै वर्षातको समय हो, घटनास्थल थोरै ओरालो स्थानमा छ । पानीले बगायो भन्ने हो भने स्थानीयवासीका अनुसार घटना भएपछि यो सम्वाददाता त्यहाँ पुगुञ्जेल एक थोपा पनि पानी परेको छैन् ।

के लाग्यो यो सम्वाददातालाई ?

घटनास्थलबाट फर्कंदै गर्दा मेरो मस्तिस्कमा अनेक कुरा खेलिरहे । प्रहरीले दोहोरो फायरिङमा चरी मरेको बताएको छ । तर, घटनास्थल हेर्दा दोहोरो गोली हानाहान भएको जस्तो लाग्दैन । चरी त्यहीँ मारिएका हुन् भन्ने कुरामा पनि सजिलै विश्वास गर्न सकिन्न किनभने घटनास्थलमा रगत प्रष्ट देखिन्न । स्थानीयवासीका अनुसार आज मैले जस्तो देखेँ हिजो उनीहरूले पनि त्यस्तै देखेका थिए ।

अर्को कुरा, घटनास्थलमा रगत लागेका दुई टुक्रा कपास अहिले पनि छन् । चरीले आफ्नो घाउ पुछेर फालेका हुन् भनौं भने त्यस्तो अवस्थामा उनले कपास झिक्न र पुछ्न कसरी भ्याए भन्ने प्रश्न उठ्यो मेरो मनमा । होइन, प्रहरीले शव उठाएपछि हातमा लागेको रगत पुछेका हुन् भने हात पुछेको जस्तो कपास पनि देखिन्न ।

भीमढुंगा–४ मा रहेको बसपार्कबाट घटनास्थल डेढ किलोमिटर जति पर्छ र बाटोको हालत गएगुज्रेको छ । साह्रै गाह्रो तरिकाले चारपांग्रे गुड्ने सडक छ । मेरो मनमा अर्को प्रश्न उठिरहेको छ, पल्सर बाइकमा भागिरहेका चरीलाई जीपमा पछयाइरहेको प्रहरीले कसरी भेट्टाउन सकेको होला त्यस्तो बाटोमा ?

ले अध्यक्ष केपी ओलीले प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका दिनेश अधिकारीको घटनाको प्रकृति हेर्दा सुनियोजित जस्तो देखिएको दाबी गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय मदननगरमा बिहीबार धादिङका सभासद् गुरुप्रसाद बुर्लाकोटी, राजेन्द्रप्रसाद पाण्डे, गंगालाल तुलाधर र हरिबहादुर घले, एमाले धादिङका कावा अध्यक्ष भूमि त्रिपाठीसहितको टोलीसँग उनले सो घटनाका लागि संसदीय छानबिन समिति निर्माण गर्नुपर्ने र त्यसका लागि पार्टीले पहल गर्ने बताए ।

ओलीले भने, 'म चरी घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्दछु ।' चरी बुधबार प्रहरीसँगको भिडन्तमा मारिएको सुरक्षाअधिकारीको दाबी छ । उनकी प्रेमिकाले भने विवादास्पद भनाइ व्यक्त गरेकी थिइन् ।

www.ratopati.com/

http://www.nepalhit.com/

One of the famous models and miss teen 2006 Khusbu Oli has been bereaved with the death of 'Chari' in a police encounter yesterday. Police had seized the car of Chari from Oli's residence.
In an aggressive mode on Wednesday evening at Teaching Hospital Oli said, "Police killed Dinesh strategically in an organized way, police was following him for the last 6 months to kill him."
She further claimed that Dinesh became the target of police as she overlooked a police officer's love proposal. She also said that Chari had then been bothered by police time and again unnecessarily.
Khusbu is now active in social service through Human Welfare Group.
डन दिनेश अधिकारी चरी मारिएको घटना उत्कर्षमा पुगेको छ । चरीका परिवार तथा आफन्ताहरुले नियोजीत रुपमा प्रहरीले पक्राउ गरि हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन् । चरी संग इन्गेजमेन्ट भएकी मोडल खुस्वु ओलीले आफुसंग दिनेशको इन्गेजमेन्ट भएकाले त्यसैको इगोमा चरीलाई हत्या गरेको बताएकी छन् । khusbu1
एक बर्षअघिदेखि नै प्रहरीको संलग्नतामा चरीको हत्या योजना बनेको भन्दै उनले ईन्सपेक्टर कुमुद ढुंगेल र अर्पण कोईराला भन्ने ब्यक्तिले पटक–पटक चरीलाई मार्ने भन्दै खुस्बुलाई चेतावनी दिने गरेका थिए । ‘चरीलाई मार्छु भनेर मलाई कुमुदले एक बर्ष अघि भनेको थियो’ खुस्बुले भनिन् ‘जसरी भए पनि त्यसलाई छोड्दिन भनेर मलाई धम्क्याएको थियो ।’
ढुंगेल र कोईरालाले मिलेर अधिकारी हत्याको योजना बनाएको आफूले थाहा पाएको उनले बताएकी छन् । ‘चरीलाई जसरी पनि मार्छु भनेर अर्पणले पनि पटक–पटक मलाई धम्क्याउने गरेको थियो’ उनले भनिन् ‘तेरो बिहे भयो भने उसलाई मारेर तलाईँ सेतो लुगा लगाउने बनाउँछु भनेर पटक–पटक म्यासेज पठाएको थियो ।’
खुस्बुका बुवा श्याम ओलीका अनुसार ईन्सपेक्टर ढुंगेलले खुस्बुलाई मन पराउने गर्थे । खुस्बुले ढुंगेललाई अस्वीकार गरेका कारण त्यसको ‘ईगो’ लिईरहेका थिए । अर्पण पनि खुस्बुलाई मनपराउँथे । तर, उनलाई समेत खुस्बुले अस्वीकार गरेकी थिईन् । ‘त्यसैको रिस चरीमाथि पोख्ने योजना बन्न थालेको थियो’ उनले भने ‘यसमा कुमुदसँगै अर्पणको पनि मिलेमतो छ ।’ उनले अधिकारीलाई मार्न अर्पणले कुमुद र प्रहरीलाई पैसा खुवाएको हुनसक्ने बताएका छन् । ‘चरीलाई मार्नकै लागि अर्पणले प्रहरीहरुलाई पैसा खुवाएको हुन सक्ने हामीले बुझेका छौं’ ओलीले भने ‘कुमुद र अर्पणले चरीलाई मार्ने सल्लाह गरेका थिए ।’

खुस्बुको भाइबर र मोवाईलमा चरीलाई नछोड्ने र खुस्बुलाई सेतो लुगामा बनाउने भन्दै पठाएको म्यासेज पुलेसोkhusbu-2लाई प्राप्त भएको छ । ‘यसरी पटक–पटक मलाई धम्क्याउने र चरीलाई जसरी भए पनि मार्ने अर्पणको धम्की आएको थियो’ उनले भनिन् ‘यो हत्या सुनियोजित हो, यसमा कुमुद र अर्पणको संलग्नता छ ।’ अर्पण अहिले भारत गएका छन् । योजनाअनुसार नै जोगिनलाई भारत गएको खुस्बुका बाबुले बताएका छन् । पारिवारिक स्रोतका अनुसार खुस्बु र चरीको बिहेका लागि कुरा छिनिएको थियो । ‘यो सँगै चरीलाई मार्ने तयारी भईरहेको थियो’ उनले भनिन् ‘कुमुद र अर्पणले पटक–पटक मलाई यो कुरा भन्दै धम्क्याएका छन् ।’
यता प्रहरी स्रोत भन्छ खुस्वुकै सहयोगमा प्रहरीले चरीलाई फेला पारेको हो । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बुधवार साँझतिर खुश्वु ओलीले चरीलाई भेट्ने भनि भीमढुंगा तिर बोलाएकी थिइन त्यो पनि प्रहरीकै सल्लाहमा । भेष बदलेर पल्सर चढी खुश्वुलाई भेट्न भीमढुंगा तिर गइरहेका बेला सितापाइलाबाट नै पछ्याउँदै गइरहेका थिए । प्रहरी पछ्याउँदै गइरहेको बेलासम्म प्रहरी खुश्वुको सम्पर्कमा थिए । प्रहरीले आफूलाई पछ्याउँदैछ भनि थाह थिएन चरीलाई । यता, प्रहरी पनि एकान्त मौकाको खोजीमा थिए । त्यस्तो मौका पाउने वित्तिकै घेरा हाली अगाडीबाट गोली हानीको प्रहरी स्रोतले रातोपाटीलाई बताए । सात महिनादेखि प्रहरीले चरीलाई मार्ने योजना बनाएको खुलासा स्वयं खुश्वुले नै गरेका छन् । प्रहरीको मोस्टवान्टेडमा रहेका चरी नेपाल छाडेर भारतमा बस्दै आएका थिए । भारतमा पनि ठाउँ परिवर्तन गरी गरी बस्दै आएका चरी खुश्वुको निरन्तर सम्पर्कमा थिए । प्रहरी स्रोतले भने, चरीसँग सम्पर्क गर्नका लागि खुश्वुले नयाँ मोवाइलको नम्बर प्रयोगमा ल्याएकी थिइन् । तर , सेट उही पुरानो । पहिलादेखि प्रयोग गर्दै आएको मोवाइलसेटमा नै नयाँ नम्बर राखेपछि मोवाइलको आइएमइआइ नम्बरबाट प्रहरीले नम्बर ट्रयाक गर्न सफल भयो । त्यसपछि प्रहरीले नियमित रुपमा खुश्वु र चरीबीचको सम्वादलाई रकेर्ड गर्न थाले । चरीलाई भारतमै गएर समात्ने योजना पनि थियो (प्रहरीको तर सजिलो तरीकाले नेपालमै समात्ने भएपनि भारत गएर समात्ने रिश्क प्रहरीले लिएन । खुश्वुको माध्यमबाट नै चरीलाई समात्ने योजना प्रहरीले बनाए । त्यसपछि प्रहरीका एकजवानले खुश्वुसँग हिमचिम बढाउन थाले । प्रहरीले खुश्वुसँग सम्बन्ध बनाउनका लागि निकै समय लगाएका थिए । दुईबीच हिमचिम बढेपछि ती प्रहरीले खुश्वुलाई विश्वासमा लिने प्रयास गर्दै भनेका थिए, चरीलाई नेपाल बोलाएर आत्मसमर्पण गराउँ उसलाई केही हुँदैन त्यसको जिम्मा म लिन्छु । अहिले एमालेकै गृहमन्त्री छन्, एमालेको त्यस्तो बोलबाला छ केही हुँदैन ढुक्क हुनुस् ।’ तर खुश्वुले शुरुमा प्रहरीको आश्वासनलाई पत्याएनन् । तर, प्रहरीले आफ्नो प्रयासलाई जारी नै राखे । प्रहरीले खुश्वुसँगको सम्बन्धलाई अझै घनिष्ठ बनाउनतिर लागे । खुश्वुलाई पटाउँदै गए, चरीका कारण तिमी पनि समस्यामा पर्छौ यही मौका हो, चरीलाई सेफ गर्न राजधानी बोलाई हाल, उसलाई केही हुँदैन भनेर बल्ल कुरा मिलाए । खुश्वुले चरीलाई काठमाडौ बोलाए । काठमाडौ आएर गोप्य रुपमा बस्दै आएका चरी भेष बदलेर हिडिरहेका थिए । त्यस्तो अवस्थामा पनि उद्योगपतिहरुलाई धम्काउँदै पैसा असुल्दै आएका थिए । त्यो कुराको पनि प्रहरी निगरानी गरिरहेका थिए । र, प्रहरीले खुश्वुलाई भनेर भेट्न बोलायो र त्यही बेला ठहरै पारे । प्रहरीले स्रोतले भने, चरी काठमाडौ छिरिसकेपछि नै गृहमन्त्री वामदेव गौतम र एमालेका अध्यक्ष केपी ओलीलाई जानकारी गराईएको थियो । चरीलाई बचाउन ओलीले पनि ध्यान दिएनन , जे गर्नु हुन्छ गर्नुस् भनि हरियो झण्डा देखाएका थिए । पछिल्लो समय माधव नेपाल समूहमा लागेका चरीलाई बचाउन गृहमन्त्री गौतमले पनि खासै ध्यान दिएन । अनि प्रहरीले पनि आफ्नो मिसन पुरा गर्न तिर लागे । —
 
Posted on 08-07-14 2:45 PM     [Snapshot: 278]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K ho tapori gundagiri ma aadharit film kai script jasto cha..
 
Posted on 08-07-14 4:08 PM     [Snapshot: 391]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चरीको नाममा एउटा फिल्म नै तयार हुने भए जस्तो छ कलिवुडमा ?

 
Posted on 08-07-14 5:32 PM     [Snapshot: 494]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त हिन्दी फिल्म थियो नि Gangster भन्ने , त्यसैको story हैन र ?
 
Posted on 08-07-14 6:45 PM     [Snapshot: 611]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chari mariyo....Who next?
 
Posted on 08-07-14 7:01 PM     [Snapshot: 640]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-08-14 6:25 AM     [Snapshot: 1031]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामि नेपाली यसरी उभो लाग्दै छौ !!!!!!!!!!!!!!!!!!!!!!!!!१
पार्टीलाई हत्या देखि लुटको धन दिएर सुरक्ष्या किन्ने अनि हाम्रा राजनीति दल र तेस्का नेता हरु गुण्डागर्दी र एउटा बास्तबिक राजनीतिक कार्य कर्ता को हर्कत छुट्याउन नसक्ने हरुलाई कुन शब्दले बिभुसित गरौ ????

बिना कारण मारिएका बिसौ हजारलाइ चै कहिले र कसले सहिद घोसणा गर्ने ? खामेरुजाका बाकि रहेका नेतालाई वारक्राइम भनि जेल घोसणा गरेको छ अन्तर रास्ट्रीय न्यायालयले | हाम्राका दिन पनि औछंकी तेसरिनै जेल गएको सुन्न र देख्न ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters