[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

tragicomic

Mr. D

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Two nepali journalists missing in Qatar
[VIEWED 1193 TIMES]
SAVE! for ease of future access.
Posted on 09-04-14 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बृत्तचित्र बनाउन गएका दुई नेपाली कतारमा बेपत्ता

  • सुरक्षाकर्मीले नियन्त्रणमा राखेको आशंका


लण्डन, भाद्र १९ - कतारमा कार्यरत नेपाली श्रमिकका बारेमा अनुसन्धान एवं वृत्तचित्र बनाउन बेलायतबाट त्यहाँ गएका दुई नेपाली वेपत्ता भएका छन् । मानवअधिकारकर्मी तथा गैरआवासीय नेपाली संघ, बेलायतका पूर्व राष्ट्रिय संयोजक कृष्णप्रसाद उपाध्याय एवं उनीसँगै रहेका टेलिभिजन पत्रकार गुणदेव घिमिरे कतारमा सम्पर्कविहीन भएका हुन् ।

उनीहरु दुवैलाई प्रहरी जस्ता देखिने सादा पोशाकका व्यक्तिले आफू बसिरहेको ग्रयाण्ड हायात होटल परिसरबाट कब्जामा लिएको पारिवारिक श्रोतले पुष्टि गरेको छ ।

उपाध्यायकी जीवनसंगिनी सरिता पौडेलले लन्डनमा जनाएअनुसार गत आइतबार उपाध्यायले पौडेलसँग आफूहरुलाई सादा पोशाकका सुरक्षाकर्मीले पिछा गरिरहेको र गिरफ्तार गर्नसक्ने डर रहेको बताएका थिए । उनीहरु २७ अगष्टमा दोहा गएका थिए । उपाध्याय ३१ अगष्ट आइतबार नर्वे फर्कने तयारी थियो तर त्यसयता कुनै अत्तोपत्तो नभएको पौडेलले बताइन् । घिमिरे त्यसै साँझ लन्डन फर्कदै थिए ।

उनीहरु नर्वेजियन च्यारिटी संस्था द ग्लोवल नेटवर्क फर राइटस् एण्ड डेभलपमेण्ट (जीएनआरडी) का तर्फबाट सन् २०२२ को फिफा वल्र्ड कपका लागि काम गरिरहेका नेपाली कामदारहरुको बसोबासको व्यवस्थालगायत विषयमा वृत्तचित्र बनाउन कतार पुगेका थिए । उपाध्यायले जीएनआरडीमा काम गरेको तीनमहिना मात्र भएको पौडेलले जनाइन् । यसअघि उनी सन् २००२ देखि २०१३ सम्म लन्डनस्थित एन्टी स्लेभरी ह्युमन राइट्स संस्थासँग आवद्ध थिए ।

उपाध्याय र घिमिरे सम्पर्कविहीन भएपछि दुवै परिवार चिन्तामा छ । उपाध्यायकी जीवनसंगिनी पौडेलले चिन्ता व्यक्त गर्दै मंगलबार घर नजिक वेम्लीस्थित प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा प्रहरीले केही दिन कुरौं भनेर उजुरी दर्ता गर्न नमानेको जनाइन् । उता, घिमिरेकी जीवनसंगिनी बन्दना घिमिरेले पनि केही खवर नआउँदा चिन्ता भइरहेको जनाइन् । 'आज फ्लाइट छ, म हिथ्रो आइपुगेर फोन गर्छु भनेर म्यासेज गर्नुभएको थियो तर कता गायव पारे केही पत्तो छैन्', उनको रोदन थियो । साउथ इष्ट लन्डनस्थित वुलवीच बस्ने बन्दनाले मंगलबार स्थानीय प्रहरीसमक्ष घट्नाबारे जानकारी गराएको जनाइन् ।

जीएनआरडीका अनुसार विगत तीनदिनदेखि कतारी अधिकारीहरुसित पटकपटक अनुरोध गरे पनि उनीहरुका बारेमा केही जानकारी पाउन सकिएको छैन् ।

उनीहरुलाई कतारी प्रहरीले पक्राउ गरी यातना एवं दुव्र्यवहार गरेको हुनसक्ने जीएनआरडीको आशंका छ । जीएनआरडीले प्रकाशित गरेको विज्ञप्तिमा आफ्ना दुई कर्मचारी बेपत्ता पारिएको र उनीहरुलाई यातना दिइनसक्ने जोखिममा रहेको बताइएको छ ।

जीनआरडीले कतारमा नेपाली कामदारमाथि भएको दुव्र्यवहारविरुद्ध लडिरहेको उल्लेख गर्दै आफ्ना कर्मचारीको सुरक्षाप्रति कतारी अधिकारीहरु उत्तरदायी हुनुपर्ने बताएको छ । उनीहरुमाथि कुनै पनि शारीरिक वा मानसिक यातना दिइए त्यसविरुद्ध सबै खाले कानुनी कारवाही अगाडि बढाउने चेतावनी पनि उसले दिएको छ ।

५० वर्षीय उपाध्याय लण्डनको स्कुल अफ ओरेण्टल एण्ड अफ्रिकन स्टडिज (सोआस) बाट नेपालको आन्तरिक द्वन्द्वमा थारु अनुभवका बारेमा विद्यावारिधि गर्दै छन् । उनले केही महिनाअघि कविता संग्रह पनि प्रकाशमा ल्याएका छन् ।

३६ वर्षीय घिमिरे नेपाल पत्रकार महासंघ, यूके शाखामा आवद्ध छन् भने लण्डनबाट सञ्चालित नमस्ते युरोप कार्यक्रमका क्यामेरामेन हुन् । यसअघि उनी लन्डनस्थित नेपाली टिभीमा कार्यरत थिए । उनीहरु दुवैसित बेलायती राहदानी रहेको बताइएको छ ।

श्रमिकहरुसित क्याम्पमै गएर अन्तर्वार्ता लिन असम्भव हुने बताइएपछि नेपाली दूतावासमा भिसा लिन आएका कामदारहरुसित उनीहरुले अन्तर्वार्ता लिंदै आएका थिए ।

नेपाली कुटनीतिज्ञसित हुँदा नै गत सप्ताहन्तमा सादा पोशाकका कतारी सुरक्षाकर्मीले पिछा गरेको र कुटनीतिज्ञले सुरक्षाकर्मीलाई हस्तक्षेप गर्न वाध्य तुल्याएको उपाध्यायको भनाइ उल्लेख गर्दै जीएनआरडीले बताएको छ ।

उपाध्यायले सहकर्मी र साथीहरुलाई आफू निगरानीमा परिसकेको सन्देश पठाएका थिए । "मलाई पिछा गरिएजस्तो छ । उनीहरुले मलाई दुःख देलान् जस्तो छ", उपाध्यायले एक सन्देशमा भनेका छन् ।

उपाध्यायको सन्देश पाएका एक मित्रले जीएनआरडीलाई उपलब्ध गराएको जानकारीअनुसार सादा पोशाकका प्रहरीको बिगबिगीका कारण होटल परिसर छाड्न उपाध्यायले असुरक्षित महसुस गरेको बताइएको छ । सन्देशमा होटल छाडेपछि के हुने हो भन्नेमा उपाध्यायले चिन्ता व्यक्त गरेका थिए ।

लण्डनस्थित कतारी दूतावासले यसबारेमा प्रतिक्रिया दिन इन्कार गरेको दी इण्डिपेण्डेण्टले जनाएको छ भने ब्रिटिश फरेन अफिसका प्रवक्ताले कतारमा दुई ब्रिटिश नागरिक बेपत्ता भएको आफूहरुलाई जानकारी भएको र यसमा काम गरिरहेको जनाएका छन् ।

 

प्रकाशित मिति: २०७१ भाद्र १९ ०९:५०

http://www.ekantipur.com/np/2071/5/19/full-story/395191.html

 
Posted on 09-10-14 7:11 AM     [Snapshot: 261]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MR. Cut and Paste;
You should have added antother cut and paste stating that they are back to their station.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters