futyakarma
More by futyakarma
What people are reading
Subscribers
Please log in to subscribe to futyakarma's postings.
:: Subscribe
|
जे पायो तेही : एउटा अन्तर्द्वोन्द
[VIEWED 1695
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
futyakarma
Please log in to subscribe to futyakarma's postings.
Posted on 09-04-14 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पनि पुरानै भेट्टियो । लाग्दछ मेरो लागि यथार्थ र सपना कुनै फरक कुरा हैनन । यथार्थ मा रहेर सपना सजाइ रहेको हुन्छु या भनौ सपनामा एउटा यथार्थ लाई कल्पिरहेको हुन्छु । न त मलाई चेस्टा नै छ म सपना रुपी काल्पनिक यथार्थमा हराइ रहेको छु । या भनौ एउटा यथार्थको सन्जालमा जकडिएको छु । आखिर के नै अन्तर छ र एउटा असार्थक यथार्थ र एउटा स्वप्नमा ? दुबैको कुनै अस्तित्व छैन अनी दुबैको पतन निस्चित छ । तर पनि किन किन मलाई एथार्थ भन्दा सपनानै प्यारो लाग्छ, आफ्नो लाग्छ अनी आत्मिय लाग्छ । कमसेकम सपनामा म रमाउन त सक्छु । हो कल्पनाको कुनै सिमा छैन, हो यो निरन्तर छ तर एथार्थमा एउटा चलचित्र हेरेको जस्तै, बिच बिचमा यथार्थ रुपी बिज्ञापनिक बिश्राम हरु । म निदाउन चाहन्छु अनी सपनामा हराउन चाहन्छु । हो त्यहाँ मेरो छुट्टै अस्तित्व छ अनी त्यहाँ म खुलेर हाँस्न सक्छु अनी खुलेर जिउन सक्छु । हो मेरो सपनाले कहिले पुरा नहुने अस्तित्व बोकेको छ तर पनि एउटा सुन्य यथार्थ भन्दा निकै माथि छ त्यो । हो म सपनामा छु, एउटा काल्पनिक दुनियाँमा जुन कहिले पनि यथार्थ हुन सक्दैन तर पनि मलाई त्यही संसार राम्रो लाग्छ अनी प्यारो लाग्छ । म निदाउने प्रयास गर्दैछु या भनौ बन्द आँखाबाट एउटा कहिले पुरा नहुने यथार्थ लाई कल्पिन चाहन्छु । मलाई यथार्थको एउटा सुन्य जिन्दगी भन्दा कल्पनाको हजारौं जिन्दगी रमाइलो लाग्न थालेको छ जहाँ म आफुलाई जुनसुकै रुपमा पनि ढाल्न सक्छु कुनै सन्कोच अनी कुनै हिच्किचाहट बिना । मलाई लाग्छ मलाई ब्युँझाउनेहरु मेरो अस्तित्वलाई संकटमा पार्दैछन । मलाई निदाउनु छ एउटा चीर निन्द्रामा, जहाँ कुनै यथार्थ रुपी बिज्ञापनको कुनै अस्तित्व छैन, जहाँ यथार्थ रुपी बिश्रामले मेरो दुनियाँलाई बिगार्ने छैन अनी बिथोल्ने छैन ।।
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
जाडो, बा र म…… |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|