[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 'राम्री छ्यौ, दलितजस्तो देखिन्नौ त!'-A Mirror of Nepali Society
[VIEWED 12501 TIMES]
SAVE! for ease of future access.
Posted on 01-06-15 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


'राम्री छ्यौ, दलितजस्तो देखिन्नौ त!'


रेडियो नेपालका ति कार्यक्रम प्रस्तोताले सहकर्मीलाई सोधे, ‘तिमीसँग हिजो क्यान्टीनमा चिया खाने केटी को हो?’
 
‘किन चाहियो फेरि?’ 
 
‘राम्री लाग्यो के, त्यै भएर।’ 
 
‘चिनेको बैनी हो, रेडियोमै काम गर्छिन्, सविता विश्वकर्मा।’
 
अनि तर्सिएर उनले भने, ‘ओ माइ गड, त्यो केटी कमीनी पो हो?’
 
रेडियो नेपाल पहिलो पटक छिरेको भोलिपल्ट रेडियोकै कर्मचारीले त्यसो भनेको एकहप्ता पछि थाहा पाएँ। 
 
संविधान निर्माणका विषयमा आधा घन्टाको रेडियो कुराकानी सकेर रेकर्डर अफ भएपछि  राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुङ्गेलले सोधे ‘नानीको नाम के भन्यौ रे?’
 
‘सविता विश्वकर्मा।’
 
‘ओ हो, विश्वकर्मा पो है तर, त्यस्तो लाग्दै नलाग्ने।’
 
उनले थपे ‘मैले त अरु नै जात भनेर अनुमान ला’को, एनी वे नलेज पनि राम्रौ रैछ, प्रश्न सोध्न पनि तगडा जानेको, ल राम्रो गर।’
 
सभासद गणेशमान गुरुङसँग आमने–सामने भएर अन्तरवार्ता लिन बसेँ, रेकर्डर अन हुँदैथियो उनले सोधे ‘पैले तिम्रो नाउ बताऊ त नानी।’
 
‘म सविता विश्वकर्मा।’
 
उनी त एक्कासी जिल खाएजस्तो गरे अनि भने, ‘आम्मै विश्वकर्मा नै हो र?’
 
भेट्ने अधिकांस व्यक्ति दलित भन्ने थाहा पाएपछि वा थाहा भइसकेपछि बेस्सरी चासो राख्छन्, केहीबेर सोधपुछ चल्छ अनि बल्ल अरु कुरामा मोडिन्छौँ। 
 
धेरै पटकको अन्र्तवार्ता वा रिपोर्टिङका लागि आवाज रेकर्ड भएपछिको अनौपचारिक गफमा ‘म विश्वकर्मा नै हँु, दलितै हँु, कस्तो नपत्ताउनु भा’को’ भनेर खर्चिएको छु । तर, ति कुराकानी उत्साहित पार्नेभन्दा निरास पार्ने धेरै थिए र छन्। 
 
किनभने त्यस्ता अनौपचारिक र व्यक्तिगत गफको निचोड प्रायः उस्तै हुने गथ्र्यो, ‘विश्वकर्माजस्तो लाग्दै नलाग्ने..., दलितै हैन... जस्तो।’
 
रेडियो रिपोर्टिङका क्रममा  विषय विज्ञ, राजनीतिक दल तथा नागरिकसँग कुरा भइरहन्छन्। परिचयका क्रममा नै कतिको प्रतिक्रियाले चित्त दुखाउँथ्यो। अझ कतिले त भेटपछि ‘भनिहाल्थे माइण्ड नगर्नु है, तपाइँ त दलितजस्तो देखिदँै देखिनहुन्न।’ 
 
‘दलित भनेको अलि अर्कौ हुन्छन् के सविता जी!’ 
 
‘अलि अर्कै’ भनेको कस्तो हो? यही कुरा नबुझेर हैरान छु म। मेरो थर, अनुहार र कामको प्रकृतिले बेला बेला नमज्जासँग विरक्ताइदिन्छ। 
 
रेडियो अन्र्तवार्ता लिइसकेपछि वा रिपोर्टिङ सकेपछि प्रायले भने तपाइँले ‘यसरी अन्र्तवार्ता लिनुहन्छजस्तो सोचेकै थिइँन, खास महिलाहरु धेरै अन्र्तवार्ता लिनै आउँदैनन्, तपाई त झन् दलित यसरी प्रश्न गर्नुहन्छ भनेर पत्याएकै थिइनँ... आदि–इत्यादि। 
 
उनीहरु त यस्तो अनुमान पनि लगाउँथे, ‘त्यसो भए बाआमाले अन्र्तजातीय विहे गरेका होलान नि त?’
 
मैले फेरि ‘दोहो¥याउनुपथ्र्याे, आफ्नै जात हो।’ 
 
‘सहरमा हर्किनुभो होला उसोभए?’
 
मैले फेरि ‘हैन भन्दै’ मकवानपुरको आफू हुर्किएको सानो गाउँ, ‘हटिया’को नाम भनेको छु। 
 
अनि फेरि प्रश्न आउँथ्यो ‘मिडियामा दलित समुदायका त एकदमै कम छन् नि! तपाइँलाई कति गाह्रो छ, होला है? इत्यादि । 
 
नाम भनुञ्जेल सामान्य अवस्थाको अनुहार ‘विश्वकर्मा’ भनेपछि कोही त यसरी चकित हुन्छन् कि, त्यसको अन्ुमानै गर्न सकिन्न। 
 
कोही त यसरी तर्सन्छन् कि, मानौँ मैले नामका पछाडि ‘विश्वकर्मा’ राखेर अपराध गरिरहेकी छु। 
 
२०४३ सालको कुरा हो, धपक्क बलेझैँ अनुहार भएकी बेहुली  भित्राउँदा, विहे घर हेर्न आउने छरछिमेकको घुइँचो थियो हाम्रो गाउँमा । 
 
तिनैमध्ये एक छिमेकी महिलाले भिड अलि काम भएको बेलामा नयाँ बेहुलीलाई कुनामा लगेर भन्न भ्याइहालिन् ‘हेर, नानी जात भनेको जात हो, तिम्रो अहिलेसम्म पनि क्यै बिग्¥याछैन, कसैले नचिन्या ठाउँ गए जति नि बाहुन पाइन्छ किन बुद्धि बिगारेर सानो जातसँग आ’को? तिमी हुन्छ मात्रै भन बाहुनसँग अन्तै भगाई दिन्छु।’ 
 
बेहुलीले हाँस्दै भनिन् ‘बाआमाले बिहा गरेर दिँदा पनि अर्को जातलाई देलान् त आमा?’
 
यत्ति सुनेपछि उनको मुख अँधयारो भयो, अनि बेचैन हँुदै भनिन् ‘म त तिम्रो नाकैले बाहुन भनेको, यस्ती गोरी, सलक्की छौ, बाहुनीलाई फसाएर ल्यायो कि पो भनेको त।’ 
ती नयाँ बेहुली, मेरी आमा हुनुहुन्थ्यो।
 
हामी आमाछोरी गफिँदा आमाले भनेको याद आउँछ, ‘हामी त राम्रो नि हुन नपाउने, हैन होला, ढाँटेको हो? भनेर सोधीखोजी धेरै गर्छन्।’ 
 
त्यही कुरा आमाले गाउँमा झेल्नुभयो, म राजधानीमा झेल्दैछु।  
 
रेडियोमा आवाज मात्रै सुन्नेले भेटेपछि भन्छन् ‘तपाइँको नाम रेडियोबाट सुन्दा आवाज मात्रै राम्रो होला भनेको त हैन रै’छ।’ 
 
‘लौ किन नि?’ भनेपछि फेरि उही जवाफ आउँछ ‘हैन खास तपाइँहरुको समदायमा  राम्रा केटीहरु कम देखेको छु।’ 
 
‘अनि म काँ राम्री छु त?’ 
 
‘राम्री लागेर त भनेको, माइन्ड नगर्नु है।’ 
 
यस्ता उदाहरण दिएर, म र मेरी आमा राम्रा छाँै भन्न खोजेको कदापि होइन, राम्रो, नराम्रो, सुन्दर, कुरुप कसलाई भन्ने? 
 
त्यो छुट्टै बहसको विषय हुनसक्ला। तर, दलित समुदायको भएकै कारण घरि घरि थर, रुप र क्षमतामाथि किन प्रश्न उठाइन्छ?
मुख्य प्रश्न यही हो।
 
आमाले चेतना नभएकाहरूबाट त्यस्तो भोग्नु भो, हजुरआमाको कथा पनि त्यो भन्दा फरक थिएन, म राजधानीमा ‘शिक्षित’हरू माझ त्यो भोग्दै छु।
 
म पछिका नानी बाबुका अनुभवमा पनि खासै भिन्नता छैन, सन्दर्भ र पात्र मात्रै फरक छन् तर, भोगाइ एकै हुन्। 
 

 
Posted on 01-06-15 7:23 PM     [Snapshot: 31]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kathaibari bichari 
Last edited: 11-Jan-15 12:20 PM

 
Posted on 01-06-15 9:24 PM     [Snapshot: 177]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है घत लाग्दो लेख लेख्नु भयो सबिता जी. यो पढेर मलाई पनि आफ्नु परिवार मा अनि आफु नजिकै को समाज मा केहि पहल गरौं जस्तो लाग्छ तर गोही को आसु बगाउने अनि सुक्रबार वीअर पिएर आफ्नु देस का नेता हरु लाइ गाली गर्दै जीवन बिताउने बाहेक अरु केहि गर्न सक्या छैन. यो लेख लाई आत्मसाथ गरि सक्दो शैर गर्नेछु. कुदोस (Kudos ) हजुर लाई.

 
Posted on 01-06-15 9:56 PM     [Snapshot: 198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The four "Maha Vakyas" from the Upanishad:

1) Tat Tvam Asi ( That I am)
2) Aham Brahmasmi ( I am the Absolute)
3) Pragyanam Brahma ( Consciousness is the Absolute)
4) Ayam Atma Brahma ( The self is the Absolute)

There is no room for lower and upper caste in Vedic Sanatan Dharma. The government of Nepal takes no responsibility on teaching it's citizen the Upanishads. Instead, the Hindu state now has become secular and I have no idea what these leaders are up to.

Officer: May I have your passport please?
Nepali: For what?
Officer: You are entering the Limbuwan Kingdom, Sir.
Nepali: Limbuwan is part of Nepal, so why do I need a Limbuwan passport?
Officer: The people of Limbuwan state now have their own king and is now governed by a
different administrative body under King Hing Le Limbu.
(Sniffing dogs arrive at the scene)
2nd Officer: Any problem officer?
1st Officer: This guy doesn't have a valid visa for entering the Limbuwan Kingdom.
2nd Officer: Take him into custody. Might be a secret agent from Newar Kingdom. You must follow the King Hing Le's protocol.
2nd Officer: Sir, please come with me.
After asking series of question, this Nepali was immediately deported to the Kingdom of Newar because he was using lots of " ट " while communicating and he didn't had a valid visa.

In the mean time, an emergency siren automatically goes off in the immigration department in the Hing Le International Airport after security cameras detect an individual with a long nose. Officer in the airport immediately take into position. A swat team arrived in the scene and this guy with a long nose was immediately taken into custody. The Kingdom of Limbuwan has throat-cut enmity with Bahun Ganarajya and the Kingdom has 'shoot at site' order if any individual with long nose is cited.


 
Posted on 01-07-15 2:52 PM     [Snapshot: 629]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकालका च्यामे पोडे केटिहरु पनि एक से एक राम्री देखिन्छन बिस्वकर्मा को के कुरा गर्ने | जात भन्दा नि थोबदा ठुलो हो आजकल
 
Posted on 01-07-15 3:35 PM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Last edited: 08-Jan-15 07:17 AM

 
Posted on 01-07-15 4:08 PM     [Snapshot: 698]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am not in favor of converting. We should not follow Abrahimsm. 
But if their ancestors were forced to convert then it is okay to go back to original religion. 
Last edited: 07-Jan-15 05:17 PM

 
Posted on 01-07-15 8:44 PM     [Snapshot: 843]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am Dalit and proud of it
 
Posted on 01-08-15 7:20 AM     [Snapshot: 988]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'पहिलो प्रेमपत्रले नै फेल खायो'

रामचन्द्र अधिकारी (५९), कलाकार

२०४४ सालमा 'टाढाको बस्ती'मा पुन्टे दमार्इं भएर खेलेको थिएँ। त्यसपछि धेरै समय मलाई अभिनयमा मात्र चिन्नेले दलित भनेर घरभित्र छिर्न दिएनन्। धेरै ठाउँमा जनै देखाएर छिरेँ। कतिले पत्याएनन्। 
http://nagariknews.com/friday/story/30646.html

 
Posted on 01-08-15 7:22 AM     [Snapshot: 995]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=107189
 
Posted on 01-08-15 2:09 PM     [Snapshot: 1156]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तोरी जस्तो कुरा.....अब रीमा बिस्वोकर्मा यी नानी भन्दा राम्री छिन् अब रीमा को आगाडी यी नानी लै दलित जस्ती भन्न पाइयो त?

खान लाउन राम्रो पायो भने जो पनि होत हुन्छ....खान लाउन पाएन, देख्न सुन्न पाएन, पढ्न लेख्न पाएन भने जो पनि राम्रो देखिन्न |

अब त्यो रिहाना काली लै अफ्रीका को दुश्रे मैलो कपडा लगाएर मुख मा धूलो माटो लग्यो भने hot देखिन्छ?

तेस्तै यी बिस्वोकर्मा नानि ले अलि अलि पढ्न लेख्न, देख्न सुन्न, अनि लाउन खान पाकी थिन होला अनि अरु दलीत भन्दा राम्री देखिएकी हुन् |

Bottom Line चाइ के हो भने. नेपाल को प्रोब्लेम गरिबी, पढाई, र सूचना हो | जात भात ले राम्रो नराम्रो भन्ने छुत्यौन्दैन |





 
Posted on 01-08-15 5:08 PM     [Snapshot: 1220]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Some of the comments:

1. ujl
use the cunning arguments and cite the religion text to show that is not systematic bias. And yes, the problem exists not because of religion but because ONE religion was not forced on everyone's throat. Don't also forget to digress the fact by giving the examples of Mr. Ujl applying for VISAs to move across the states in FEDERAL US and India.

2. Sap Dude
No, the problem doesn't exit. 
खुकुरीको चोट अचानोलाई सोध
I don't think the problem of cast exists only because of lack of education and information, and presence of poverty. Were the people in her articles Uneducated, Poor or Unaware? No, They were very cunning and added the sentence at the end saying, 'do not mind'. Read the comment of Suraj Sapkota.

तपाइँ हरु आफै दलित हँ,म त सानो जातको हुनाले सबैले हेय दृष्टिले हेर्छन भन्ने कुरा जहिले सम्म सोच्न र कुरा गर्न छोड्नु हन्न तव सम्म यस्तो प्रवृत्तिको अन्त्य हुदैन | 
Blame the victim

4. Arjun Pathak · Works at Never worked a day in my life.
I believe this writing shows extravagance with few real stories. 
Blame the writer, The writer is a lier.

5.Suraj Sapkota · Kathmandu, Nepal
Nepal ko context ma vanda dalatit ani ramro kam garna ko kutha katanna chalan basi 6..............uneducated vanda educated mancha khatam 6na behavior niz 6 vanna 1 ta garnna arko bani 6 for eg. ‘राम्री लागेर त भनेको, माइन्ड नगर्नु है।’ so on

 
Posted on 01-08-15 5:22 PM     [Snapshot: 1224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dusyanta Bhattarai · Tribhuvan University
Riyaliti ra farmaliti ko farak ko praman ho yo.

Naina Bhatarai
Uneducated people does not do any discrimination. Only educated and economically rich person do this. This is not a lack of good education.

Lovely G P Subedi ·  Top Commenter · Pathari
yedi kathit dalit vayepani Bichar ra byabhar mahan xa vane tyo sarba srestha nai maninxa tar tyas kathit samudaya vitra pani tuchha byabhar vayeka haruko bahulyata raheka karan le pani kahile kahi "Jat janayo" bhanne kuralai pani parivasit gardaxa tyasaika karan pani utpidan ko chapet ma rahirahanuko mukhya karak ho jasto lagxa.
Blame the victim again

Ramesh Kumar Bhandari ·  Top Commenter · Janata Ma VI
सबिताजी तहा को जाति बाट तपाई जस्ता केहि महिलाहरु पत्रकारिता पेशामा आएको अवस्था मा यस्ता कुरा जो सुकैले गर्नु स्वाभाविक हो. यसलाई अन्यथा मान्नु हुन् जस्तो लाग्छ.
Ramesh says it is very reasonable and asks the writer to suck it up.

Sky Blue · ,,,,,,,,,,,,,,,,,,,,,,,,,
Nothing to worry about, you will certainly be promoted to the higher post more because of being dalit than being qualified. I don mean you are not qualified but for the lucrative jobs in Nepal, being dalit is more "qualified " than being academically sound.
Hey, we already gave you quotas to dalits. So shut up.

Punyalal Manandhar · Tribhuvan University
K garnu Ra shikshit Ra shahariya vanauda pakheharuko pahichan ho yo

Ghar Farke · Works at Facebook
"kasaile tapai bhanos ki nabhanos aafai mapai",,,,,,,,,,,gaff ta darho hannu bho ni madam............ :)
You are lieing.

Kaden Sanjay · Jan jyoti mulatipul campus
yo samaj ka manis haru dekher pani acham lag6.naramro bhay pani yo eni haru lai nai garo hun6 ramro bhay pani ya hi eni haru lai garo hun 6. maile yo kura bujhan sakin ki aakhi hami haru hunu parne chahi kasto eni haru ko dimag ma bhagwan le hami haru ko kasto chitra kore r rakhe ko 6.
This Einstein doesn't see any problem.

 
Posted on 01-08-15 5:44 PM     [Snapshot: 1237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khum Khadka · Tribhuvan University
यो सबित जि को वास्तविक जिबनमा वोगेको कुरा भयरहो या बढायर लेखेको हो त्योत के जान्नु जेभयपनी भेद भाब युक्त समाजलाइ र बुधि भयर सुधीनभाको लाई चेतनादिने राम्रो तरिका चाँही मान्नुपर्छ | सरिता जि तपाइ दलित भयर यस्तो अवस्था भोग्नु सोभाबिकै हो किन कि ...
Khum thinks that it is not unfair that dalits get such treatment. He also doubts if the story is real.

Poudel Hari · Works at Retaj Hotels and Hospitality
Dharma pariwartan ko pramuk karan yo ni ho jat vat

Diwakar Bista
हिन्दु समाजको ब्राम्हनबादी सोच र बुद्धीको अझै पनि Upgrade/Update हुन नसकेको अवस्था हो ।

उग्र चण्डी · Tribhuvan University
म दलित हु । मैले छोएको चल्दैन । भान्ने मानसिक्ता जो हामीमा छ त्यो पनि परिबर्त गर्नु पर्यो ।
It is all because of Dalits themselves. Blame yourself.

Ram Prasad Regmi · Proprietario at Sampurna Marketing
Dalit lai educaton ko kami le afno sar safai garna na jane ka le matra ho...
Natra dalit pani hami jastai rato ragat vayako manche hoina ra?????
Dalit lai hochayara kura garni haru lai murkha bahek aru k vannu ra????!!!.....
You dalits are DIRTY.

Lokman Budhathoki · President at सल्यान रुकुम यातायात ब्यबसायी समिति
जहिले सम्म यो पाख्ण्डी समाज परिवर्तन हुँदैन तेहिले सम्म यस्तै हुन्छ बहिनी । यहाँ पढेका तर नपरेका मान्छे छन ।

Indra Lamichhane · Works at Malaysia-KualaLunpur
Ramro manxe jati sabai xetri bahun matra ta hudainan tapai mathi galat najar lagayaka hun badhai xa tapai lai tyo thauma pugna safal hunu vako ma
They all were flirting with you. Congrats, they (we) think you're good enough to flirt with.

Tejaswini Nepali ·  Top Commenter · Padmakanya
यस्ता उदाहरण दिएर, म र मेरी आमा राम्रा छाँै भन्न खोजेको कदापि होइन.....Really?
How dare you think you are "superior", really?

janakighimire (signed in using yahoo)
२०५५ देखि २०६३ सम्म म देशका विभिन्न भागमा घुमे। आफ्नो ठाडै काम पर्ने बाहेक सबैलाई नाम सोध्दा जानकी विक भन्थें। मान्छेहरु ट्वाँ परेको देखेर मलाई मजा लाग्थ्यो संगै लाग्थ्यो यो देश कहिले सुध्रने होला भनेर। बसमा टाँस्सिन खोज्नेहरु पुरा नाम भनेपछि कमिलोले टोके झैं गर्थे। कोहि भने झन धेरै छिल्लिन पनि खोज्थे। धेरै जसो समयमा अरुको बेकारको बकबक सुन्नै नपर्ने अनि केटी मान्छे मात्रै यात्रा गर्न सजिलो हुने। तर म साँच्चिकै विक नै भएको भए कति मानसिक पिडा हुन्थ्यो होला भन्ने सोचाइले मलाई जात पात बिरुद्ध लागिरहन प्रेरणा दिन्थ्यो। अहिले पनि जातको आधारमा राज्यहरुको नाम मात्रै राख्ने कुराले पनि विचलित हुन्छु। जातको कुरा गरेर कति आफुजस्तै मान्छेलाई अर्कै नजरले हेर्नु..

 
Posted on 01-09-15 10:33 AM     [Snapshot: 1395]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शुष्मा विश्वकर्मालाई किन दलित भनेको?



एल.के.जी. मा पढ्ने एउटी सानी नानीले आफूभन्दा ठूली दिदीलाई सोधि, ‘‘शुष्मा विश्वकर्मालाई किन दलित भनेको, दिदी?’  
 
‘उनीहरू सानो जातका हुन, त्यसैले।’ दिदीले जवाफ दिई। 
 
‘क्या हो सानो जात भनेको, दिदी?’ बैनीले फेरि सोधि।  
 
‘पानी नचल्ने जात क्या।’ दिदीले उत्तर दिई।   
 
शुष्मा विश्वकर्मा र निषा दाहाल अँगालो मारेर दिदीको सामु उभिएका थिए। शुष्माले निषा र उसकी दिदीको अनुहार पालो–पालो गर्दै हेर्थी। निषाको अँगालोमा बाँधिएकी शुष्मा अलमल्ल परि। ती दुबै अबोध नानीहरू नारिएरै त्यहाँबाट हिँडे। अलि पर गए र सँगै खेल्न थाले।
 
स्कूलका ती निर्दोश र अबोध बालबालिकाहरू खेलिरहेको दृश्य रमाईलो मानेर हेरिरहेको थिएँ। घरमै स्कूल थियो। बार्दलीमा बसेर रमाइलो लिइरहेको थिएँ। उनीहरूको यो सम्वादले मेरो खुसीमा एक्कासि हिलो छ््यापे जस्तो भयो। मलाई नरमाइलो लाग्यो। र, म भित्र धेरै अनुत्तरित प्रश्नहरू जन्मिए। 
 
यो सम्वाद यहाँ उल्लेख गर्दा कसैप्रति निन्दा गरेको भन्ने अर्थ निस्कियो भने माफ गरिदिनु होला। मेरो आसय कसैलाई निन्दा र भत्र्सना गर्नु पटक्कै होइन। बरु, छुवाछुत जस्तो निन्दनीय कुप्रथालाई हटाउन भनेर ल्याइएको यो ‘दलित’ प्रथामा केही सुधार र पुनर्विचार पो गर्नु पर्ने हो कि? भन्ने प्रस्ताव राख्न चाहिँ मन लागेको छ। 
 
त्यो ५ वर्षकी अवोध नानी निषा दाहालको मनमा आफ्नी साथीलाई शुष्मा विश्वकर्मा भन्दा कुनै पनि जिज्ञासा जन्मिएको थिएन। ऊ ठान्थी आफ्नो नाम निषा दाहाल, साथीको नाम अभिषेक थापामगर भनेजस्तै उसको नामपनि शुष्मा विश्वकर्मा हो। 
 
तर, जब निषाले आफ्नी साथी शुष्माको ‘दलित’ भन्ने थप पहिचान पनि रहेछ भन्ने थाहा पाइ, उसको वालशुलभ हृदयमा कौतुहलता जन्मियो। 
 
उसको मनमा जन्मिएको त्यो कलिलो जिज्ञासा दिदीको सामु बिसाइ। 
 
दिदीले पनि जे जानेकी थिइ, त्यही उत्तर दिइ। विचरा, त्यो दिदीको पनि के दोष? उसलाई पनि घरपरिवार र आफू बसेको समाजले जे सिकाएको थियो, त्यहि भनिदिइ। 
 
वास्तवमा हाम्रा संस्कार र प्रचलनहरू यसैगरि हस्तान्तरण हुँदै आएका हुन्। 
 
सोचेँ, ‘आफूलाई पढाउँने म्यामसित सोधेको भएपनि त हुनेनी, कम्तिमा दलित भन्ने शव्दले अनर्थ बेहोर्नु पर्ने त थिएन?’ 
 
मेरो मनमा अरु प्रश्नहरूपनि जन्मिए ‘अब यो नानीले यही जिज्ञासा को को सित राख्छे होली? र उत्तर कस्तो कस्तो पाउँछे हो ली?’
 
दलित भन्नाले थिचोमिचो, शोषण, दमन र उत्पीडिनमा गरेका मान्छे वा समुदाय भन्ने बुझिनु पर्ने हो। तर, हामी त्यस्तो बुझिरहेका छैनौं। र, बुझाइ रहेकापनि छैनौं। 
 
दलित भन्ने शब्दलाई अछुत भन्ने शब्दको पर्याय बनाइयो। हामी समानताका कुरागर्न र बिभेदकारी संस्कृतिको बिकाश गर्न औधि बाठा छौ। 
 
उही समाजमा बस्ने, मर्दापर्दा काम लाग्ने, आफू मर्न लागेकोबेला उसैको रगतलिएर बाच्न पनि हुने, तर काम सिद्धिएपछि आफ्नै छिमेकीलाई जन्मजात अछुत भनेर निन्दा गर्ने हामी नै हौं। अव अहिले छँदाखादाको ‘दलित’ भन्ने शब्दलाई अछुत बनाउँदै रहेछौं। 
 
पुस्तौदेखि आफ्नै छरछिमेकहरूबाट ‘अछुत¬’ भनेर छिःछिः र दुरदुर सहँदै आएका मान्छेहरू, लोकतन्त्र आएको २५ बर्षपछि पनि उहीरूपमा छन। केवल लोकतन्त्रले नयाँ नाम दिएको छ, ‘दलित’। 
 
ती निर्दोष बालबालिकाको के दोष। उनीहरू त समाजको रिफ्लेक्शन मात्रै हुन। उसकी दिदी यही समाजबाट दीक्षित भएकी हो। उनीहरूको ज्ञानको प्राकृतिक श्रोत त उनीहरू हुर्किएको परिवार, समाज र सर–संङ्गत नै हो। हामी किन दोहोर्‍याउँदै छौ, पुरातन भूल? 
 
मेरो मनमा अरु धेरै  गम्भीर प्रश्नहरू जन्मिए। 
 
उनीहरूको मौलिक पहिचान विश्वकर्मा, परियार, मिझार, चमार हो कि? दलित उनीहरूको पहिचान हो? 
 
दलित भन्ने पहिचानले अहिलेको नयाँ पुस्तामा सबै मान्छेहरू बराबार छन, भन्ने सिकाइ रहेको छ? 
 
अथवा मान्छे–मान्छे बीचमा जन्मजात बिभेद छ, भन्ने पुरानै संस्कारले नयाँ नाममा निरन्तरता पाइरहेको छ? 
 
दलित भन्ने शब्दले पहिचान बोकेको छ कि, आफ्नो मौलिक पहिचानको निन्दा र भत्र्सना गरेको छ?
 
दलित भन्ने पहिचानको आन्दोलनले स्वयम् दलित समुदायले कति मुक्ति पायो थाहा भएन। तर, उनीहरूको नाममा धेरै टाठाबाठाहरूले मुक्ति पाए। दलितको नाममा धेरै सेमिनार र गोष्टिहरू भए। र, भैरहेका छन। तर, त्यसको प्रभाव चित्त बुध्जो छैन, समाजमा। 
 
कुरामा बिभेदको अन्त्य गर्ने भनिदैछ। तर, दलित भन्ने शब्दले समाजमा फेरिपनि बिभेदकै अर्को पहिचान बनाइरहेको छ। किन आवश्यक छ, दलित भनिन? आफ्नै मौलिक पहिचानको बिकाश र रक्षा गर्नु राम्रो कुरा होइन र?
 
विश्वकर्मा, परियार, मिझार, चमार नै भएर आ–आफ्नो मौलिक परिचयलाई स्थापित गर्दा पो राम्रो हुने हो कि? यो मेरो नितान्त ब्यक्तिगत प्रस्ताव पनि हुनसक्छ। तर, हाम्रो मौलिकताले कसैलाईपनि दलित या अछुत बनाएको होइन। यी त शोषण र दमनका रूपहरू मात्रै हुन।
 
यसो भनेर उत्पीडित र सिमात्कृत समुलायलाई तथाकथित मुठीभर सम्पन्न र ढनाढ्य मान्छेहरूको कै बास्केटमा हाल्नुपर्छ भन्न पटककै खोजिएको हैन। बरु, राज्यले उनीहरूको मौलिक पहिचानकै आधारमा टेकेर उच्चशिक्षा सम्म निःशुल्क पढाउँन सक्छ। रोजगारको ग्यारेन्टिपनि गर्न सक्छ। तत् तत् क्षेत्रमा आरक्षणको व्यवस्था पनि गर्न सक्छ। राज्यले ‘दलित’को नाममा अर्को बिभेदकारी कुप्रथाको चलन बसाउँन जरुरी छैन, भन्न सम्म खोजिएको हो। 
 
पुस्तौ देखि ‘अछुत’ भन्ने पहिचान दिएर समाजका टाठाबाठाहरूले उनीहरूमाथि शोषण गरे, शासन गरे। अहिले फेरि ‘दलित’ भन्ने नयाँ पहिचान दिएर बिगतको बिभेदलाई नै निरन्तरता दिइरहेका छन। लक्षित समुदायलाई यस्तो लाग्छ कि लाग्दैन, थाहा छैन। तर, ती साना नानीहरूको सम्वादले मलाई यस्तो अनुभूति दिलायो। 
 
ठीक यति नै बेला नेपाललाई हिन्दु राष्ट्र बनाउँनु पर्छ, आफ्नो मौलिक धर्म र संस्कृतिको विकाश र रक्षा गर्नुपर्छ, भन्ने चर्काचर्का आवाजहरू पनि सुनिदै छ। रथयात्रा पनि गरिदै छ। हिन्दु धर्मभित्रै हुर्काइएको यो बिभेदकारी कुप्रथाको अन्त्य गर्नु, ती धर्मयुद्धका अभियन्ताहरूको कर्तब्य हो कि होइन? 
 
एउटै धर्म मान्ने, एउटै देवतालाई पुजागर्ने धर्मचारीहरूकै बीचमा छुवाछुत र उचनीचको व्यावहारको आजैको मितिबाट अन्त्य गरिनु पर्छ। हिन्दुधर्मका अभियन्ताहरूले दलित भन्ने पहिचानको खारेज गर्नुपर्छ। र, उपर उल्लेखित निषा दाहाल र शुष्मा विश्वकर्माको जस्तो सबैसित कुममा कुममिलाएर अगाडि बढ्नु पर्छ। अनिमात्रै हाम्रा मौलिक धर्म र संस्कृतिहरूको रक्षा गर्न सम्भव छ। 
 
के हिन्दु ब्राह्मणहरू आफूलाई आफ्नो देवता भन्दापनि श्रेष्ठ ठान्छन्? होइन भने देवतालाई दलितहरूले छुन, पूजागर्न, प्रसाद अर्पण गर्न हुने। तर, दलितहरूले ब्रह्मणहरूलाई छुन नहुने? दलितहरूले बनाएको प्रसाद देवतालाई चल्ने। तर, एउटै देवताका भक्त ब्रह्मणलाई नचल्ने। कस्तो धार्मिक न्याय, हो यो?
 
नेपाललाई हिन्दुराष्ट्र बनाउँनु पर्छ भन्नेहरूले आफ्नै धर्मभित्रको अमावीय र निन्दनीय प्रथाको अन्त्य गर्नुपर्छ। एउटा जात बिषेशको जनसमुदायलाई ‘दलित’ या ‘अछुत’ भनेर निन्दा गर्न पाइँदैन। बिभेद गर्न पाइँदैन।
 
दलितहरूलाई ‘तँ पर बस, मलाई छोलास’ भनेर धार्मिक ऐकबद्धताको अभियान पुरा हुँदैन। धार्मिक सहिष्णुताको अभ्यास आफ्नै धर्मावलम्बीहरूप्रति सहिष्णु भएर सुरुवात गर्नु पर्छ। आफ्नो मौलिक धर्म र संस्कृतिको विकाश, प्रवचनले मात्रै हुदैन। 
 
आफ्ना कमी कमजोरीहरूको पहिचान गर्नुपर्छ। राम्रा कुराहरूलाई अङ्गीकार गर्नु पर्छ। खराब कुरालाई परित्याग। र, आजैको मितिबाट दलित र छुवाछुत प्रथाको धार्मिकरूपमै अन्त्य भएको घोषणा गरेर ‘खराब परित्याग अभियान’ को शुभारम्भ गर्नुपर्छ। अनिमात्रै कुप्रचलन र कुप्रथा हस्तान्तरण प्रकृयाको अन्त्य हुन सक्ला। 
 
Birendra_katuwal@yahoo.com
From: Saudi Arabia, Jeddah

 
Posted on 01-11-15 2:10 PM     [Snapshot: 1633]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Funny word this " Dalit" is..when did we start using it? Did Mao make this word popular?

Damai, Kaami, and Saarki are actually from Khas Tribe. I read somewhere that those so called "dalits" were actually part of Khas tribe at one time. Khas people needed someone to do those jobs and which was later defined as low class jobs and hence people who did that as low class people.

Now, i do not want people to jump on their guns already and accuse me of not seeing the issue here. The issue of discrimination to low caste is a real issue but to say someone is ugly or good looking based on the caste is utter stupidity. The looks has nothing to do with the clan. There are ugly and good looking people in each clan.

Not sure who is pointing fingers to whom here but all Damai, Kaami, and Sarkee belong to Khas tribe. So really....who are those damai, kaami, and saarkee supposed to be uglier than? Is this girl on the news pointing to Bahun Chetri that they are calling Dalits are uglier? If anything, isint uglyness related to genetics? and if its genetics how could she be less or more uglier within the Khas clan? Or is she saying the other non Khas clans like Mongloids and Madhesis are calling her ugly?

Lets focus on the real issue of Nepal such as poverty, ignorance, education ( not TU certificates but being informed), discrimination, and superstition. This "Dalit" word is a political word imported recently for a political gain.

If damai, saarkee, and kaami were lowered in class because of the jobs they held and others are lowered  for their actions? Have you heard of Koirala bahun and Koirala chetri? Apparently Koirala bahun married a Chetri and their offsprings were downgraded to Chetris. Now the interesting thing is that the Bahun Grandpa was refusing and is still refusing in some cases to let his Chetri grandson into his Puja kotha.

Also, dont forget that the so called upper caste also discriminate each other among the upper caste. Upadhhe bahun think of themselves better than Kumai bahun and Jaisee bahun. Kumaai bahun in return probably think Jaisee bahun were lesser than themselves. All three bahuns think Chetries ware lesser than them.

Some examples of how castes were lowered;

Bahun marries a bahun widow - children became Jaise
Bahun elopes a bahuni without wedding ritual - children become Kumai
Bahun marries a Chetri - Children dropped to Chettri
Chetri marries a non chetri - Children Droped to Khatri Chetri (KC)
KC marries lower than Khatri - Children Dropped to Gharti (GC)
GC Marries Lower than Gharti - Children Dropped to Bhujel
Metal worker - kami/Biswokarma
Leather worker - Sarkee
Clothing and Music - Damai

and so on...i might not be all accurate as i have only heard this from others but the point is that the amense discrimination for the one below and the one who gets discriminated never learns a lession from the one above and is too eager to discriminate the one below him.

This is just an example on Khas clan and other clans have similar discriminatory hierarchy too. The Rais think of themselves better than the limbus, gurungs think they are better than Magars, Tamangs better than lama and lets not even touch Madhesis...they are worse than the Khas people in discriminating other Madhesis.

Hence....with all my random blabering above i think it would help if we know what the issue is and not let those political traders cash in on our weakness, the weakness of poverty, discrimination, education and ignorance.
Last edited: 11-Jan-15 07:33 PM

 
Posted on 01-11-15 5:40 PM     [Snapshot: 1678]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So are you saying that 'semantics' is the issue? Let's erase the word 'Dalit'. It is no brainer that the concept of dalits came somewhere during some period. They experience this on regular basis in Nepal, and they're not saying this because of political parties. They can say that they're being discriminated because they were sarkis, kamais, etc instead of the word 'dalit'. The issue remains. What are you trying to bring by discussing on semantic?

I refuse to believe that it occurs only because discrimination against dalits occurred only because of poverty, lack of education or ignorance. She gave the examples of generations saying that it doesn't matter when she was poor, uneducated, and ignorant lived in the similar society in Village or when she came above poverty-level, became educated, and knowledgeable and lived among the riches, so-called educated, and so called knowledgeable in the cities. She was discriminated in both worlds. Doesn't that point that there are perhaps more issues beyond the lines of poverty, education, & Ignorance?

 
Posted on 01-11-15 7:46 PM     [Snapshot: 1713]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am not just talking about the semantics. What i was trying to say was that the discrimination is not only with upper cast against the Dalits but its everywhere. We have an inter caste discrimination and intra caste discrimination. Its discrimination inside and outside. Its built in our culture. Just because some politician brings in few castes into the umbrella of Dalit and makes everyone else against, it does not justify that everyone is against Dalits.

We can see how better off this girl is with little education, all of a sudden she is perceived little more better looking. If she had more money she would have been respected as well. She she was famous she would have been famous like Reema Biswokarma then she would have been very appealing to everyone as well.

The discrimination is there everywhere but it gets worse at a geometric ration as you step down on the social hierarchy. More poorer, uneducated, and misinformed you are worst it gets. Its our cultural problem and there is just no set of caste that you can label as a discriminator. Every caste "above" one is a discriminator.
 
Posted on 01-11-15 9:37 PM     [Snapshot: 1756]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with what you said. However, I think the intensity of discrimination against dalits (inter caste) may be orders of magnitude larger than intra caste discrimination within dalits or other castes. I also don't think that everyone is a discriminator.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters