cybernepali
Replies to this thread:
More by cybernepali
What people are reading
Subscribers
Please log in to subscribe to cybernepali's postings.
:: Subscribe
|
[VIEWED 1491
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
cybernepali
Please log in to subscribe to cybernepali's postings.
Posted on 01-07-15 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
( लघुकथा )"वाह! डलर मोह ।" पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइेट ड्युटी जानलाइे तयार थिइेन् । उन्को मन पनि धर्मर थियो,ड्युटी जानलाइे किनकी यता उस्का ३ बर्षको छोरा अलिक बिसन्चो भएर निन्याउँरो मुख लगाइे रहेको थियो । सधैं बेफिक्रिसाथ खेलिरहने छोरा त्यो साँझ भने अँध्यारो मुख लगाएर आमाकै काख खोजिरहेथ्यो । त्यो बालकको त्यस्तो हालत देखेर त्यही घरमा आएको पाहुनाले भन्यो । "पारु छोराको यस्तो हालत देखी,देखी कसरी छाडेर रातभरी काम गर्छौ ? नगए हुन्न आज? आजको तिम्रो काम भन्दा छोराको स्वास्थ्य नै ठुलो होइेन र ? माया मार आजको कमाइेलाई....../" उक्त वाक्यहरु सुन्नसाथ पारुले झट्ट जवाफ दिइेन् । "यो खटाइे र दु:ख नै त,उनिहरुको भविष्यकोलागी हो । मैले रातभरी खटिनुको कारण नै उनिहरुलाइे पछीलाइे जगेडा गर्नलाइे हो । काम माया मारेर कहाँ हुन्छ? डलरको पो कुरा छ त?" पारुको यो जवाफ सुनेर उक्त पाहुना मौन बनेर मन मनै सोँच्न थाल्यो। वाह!डलर मोह। जतिबेला बालकलाइे आफ्नी आमाको न्यानो काख र स्पर्षको खाँचो हुन्छ,त्यो बेला नै उक्त बालकले आमाको न्यानोपनबाट बन्चित हुनुपर्छ र बिसन्चो हुँदा पनि आमाको थप्थपाइे र न्यानो काख पाउँदैन भने,भविष्यको त्यो जगेडा के काम ? पाहुना यही सोँच्नमा मग्न थियो । पारु बाहिरिएको छनकले एक्कासी बालक रोयो । पाहुनाको सोंच बालकको रुवाइेले चक्नाचुर भयो । मार्च/ २०/ २०११
http://acharyaprabha.blogspot.com/2013/08/blog-post_12.html
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 01-12-15 3:10
PM [Snapshot: 295]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dallar मोह हैन जागिर भय पो थियो होला उनको मनमा ? कुरा बिचारणिय छ : यदि पाहुना हिजै मात्र नेपाल बात भित्रिनु भएको भए वहाको सोचाइ र पारोको बस्तुस्थिति संग तालमेल खादैन (कल्पनाको र भोगिने अमेरिका दुई ध्रुबिय कुरा हुन् ) | नेपालको जस्तो जहा जतिखेर मन चायो बिदा लियो कहा हुन्छ र ? : स्थायी जागिर भएको खण्डमा न मरुन्जेल पक्का हुने हो र ? आजको आम्दानि माया मार्ने भन्दा पनि कहिँ जागिरकै माया मार्नु पर्ने भय त थिएन पारुको दिमागमा ? कुनचाई आमा को मन तेती कठोर होला ?
Last edited: 13-Jan-15 10:11 AM
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
जाडो, बा र म…… |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|