[Show all top banners]

Fuel Tank
Replies to this thread:

More by Fuel Tank
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

instagram

sabikali
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 37086 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-02-15 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

NSFW कथाको पृष्ठभुमी : यहाँ साझामा नाज ब्रोले सार्बजनिक रुपमा महानायिका प्रियंका कार्कीजीलाई आफ्नो माया दर्शाएको धागो महानायिका प्रियंका कार्कीजी लाई खुल्ला पत्रमा टिप्पणी लेख्ने क्रममा सानो टुक्रे कथा बनेको थियो अनि त्यसैलाई लम्ब्याएर शृंखलाबद्ध कथा बनाउने सोच आयो | ]
प्रस्तुत छ कथा :  महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी को पहिलो भाग 

त्यो दिन  पनि नाज कामबाट फर्केर आएर कोठाको ढोका खोल्यो | ढोकाबाट भित्र छिर्ने बित्तिकै प्रियंका कार्कीजी  सधै झैँ उसलाई हेरेर मुस्काई रहेकी थिईन | भित्तामा निर्जीव रुपमा टाँसिएको  ५ फिटको त्यो प्रियंकाकार्कीजी को फोटोले नाजलाई "तेरो भाग्यमा यो भन्दा धेरै छैन" भनेर बारम्बार सम्झाई रहेको हुन्थ्यो |
कामबाट आएपछी उसको नित्यकर्म थियो : कपडा फेर्ने, हातमुख धुने अनि कार्कीजीको फोटो अगाडी बसेर एक हस्ते दिने | आजको दिन किन फरक हुन्थ्यो र ? आज पनि त्यस्तै गर्यो | हस्ते दिंदै थियो, फोनको घन्टी बज्यो | देख्यो , नेपालबाट फोन आयो | सोच्यो , ह्या बुवालाई पनि कस्तो बेलामा फोन गर्न परेको | दाहिने हातलाई बिस्तारै आराम दिंदै, देब्रे हातले फोनको स्क्रिन स्वाईप गर्यो |
"ह्याल्लो , बा "
"म बा हैन के, मेरो प्यारो बाबा "  सुरिलो स्वर सुनियो  |
नाजले उनको स्वर सुन्ने बित्तिकै नचिन्ने कुरो नै थिएन "ए मेरी प्यारी प्रियंका जी पो, सपना त हैन यो ? " 
उनको स्वर सुनेपछी अलि सुस्त भएको नाजको  दाहिने हात ले फेरी आफ्नो गती समात्छ |
"अनि सुन न  तिमि त ट्रेडमिलमा दुगुर्दै हो ?कस्तो स्याँ-स्याँ गरेको ? तिमि बिजी हो भने अहिले पछी फुर्सदमा फोन गर्छु नि |"
"हैन हैन, ठिकै छ नि | ट्रेड मिल  क्यान वेट " , उसलाई आफ्नो प्राथमिकता बारे राम्रो थाह छ र प्रियंका जी उसको प्राथमिकताको लिस्टमा एक नम्बरमा छिन् |
केहि बेर अलबामाका पुराना दिनहरु सम्झिन्दै बित्यो | उनको नबाँधेको कालो कपाल रेशमका धागाहरु झैँ सलल बगेर कानमा राखेको फोन छोप्न आईसकेको थियो | बैंशले उन्माद भएर थाम्न नसकेर पोखिए जस्तो लाग्थ्यो उनको कपाल |  अर्को हातले सर्लक्क कपाल समातेर कानको पछाडी अड्काईन | कानमा माथीबाट लस्करै  राखिएका मोतीका दानाहरु घाममा अईना झैँ टल्किएका थिए | अनि उनले भनिन, " सुन न, तिमि टाढा भएको मलाई त मन नै पर्दैन , भेट नभएको पनि कति धेरै भै सक्यो | मिलाएर आउ न नेपाल , डेट जाउँ |"

***********************
त्यो दिन नाजको क्युब खाली थियो | कुर्सी खाली थियो | काम गर्ने  टेबलमा खाली थियो |   टिम मेनेजरको टेबलमा राखेको फोन को घन्टी बज्यो | 
"हे, दिस इज नाज , सरी आई कान्ट मेक ईट, फ्यामिली इमरजेन्सी | गोईंग ब्याक टु माई कन्ट्री |"
"तो फिर अंग्रेजीमे क्या मा -चुदा रहा हे |" धोती टिम मेनेजरले बोली सक्न नपाउंदै फोन टुं-टुं -टुं- टुं गर्यो |

************************
खारीएको बोकोले बाख्रीको बास्ना पाउँदा झैँ गरेर नाज एक सासमा बोस्टनको लोगन एरपोर्ट पुग्यो र टिकट काट्यो | सेक्युरिटी चेक सकेर प्लेन भित्र बस्यो | सिट नम्बर हेर्यो | संगैको सिटमा धोती जस्तो मान्छे बसी राख्याथ्यो |
 नाज हेर्दै खेरी बाँदर जस्तो देखिन्थ्यो | 
सामान्य परिचय भयो |
"हाई, आई एम नाज, सो एक्साईटेड म्यान, गोईंग फर अ डेट"
बस्ने मान्छेले सोच्यो,यस्तो बाँदर जस्तो मान्छेलाई कसले डेट गर्ने होला अनि अनुहारमा नक्कली खुशी निकालेर भन्यो : "हे द्याट्स एक्साईटिंग | आई एम गोइंग फर अ डेट टु | बाई द वे आई एम पुन्तर, "

क्रमश ....


Last edited: 05-Mar-15 10:54 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-03-15 10:28 AM     [Snapshot: 283]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

केटोले चाहिं महा काब्य नै लेख्ला जस्तो छ | आर्को पार्ट छिटो लेख्नु पर्यो
 
Posted on 03-03-15 8:41 PM     [Snapshot: 533]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

छि छि , तिमि त सारै फोहोरी छौ जस्तो लग्यो नास \;) स्वप्न दोष भए पछि पनि एक हप्ता सम्म तेही कट्टु लगाऊछौ कि के हो ? नत्र कसरि पहेलो दाग लाग्छ \

एउटा योंन रस ले भरिएको टिप्पणी है : छोरो मान्छे भएपछि हरदम सफा भएर बस्न पर्छ \ ठुलै celebrity नै अगाडी आएर मुख मैथुन गर्छु भनेर भने पनि सरम नलागोस न \
 
Posted on 03-03-15 10:49 PM     [Snapshot: 658]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लोल टंके ब्रो , बिचरा हाम्रो न्यास ब्रो लाई कति बाड हानेको भन्या / जय हो न्यास ब्रो र हजुर को प्रियंका प्रतिको माया देखेर कुन दिन अब क्युपिड प्रभावित भएर साछ्यत दर्सन दिन आइपुग्चन /
 
Posted on 03-04-15 12:11 AM     [Snapshot: 694]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A total time-waster.Honestly,this piece sucks more than what Pamela used to,in her hay days.I found no humor in anything and my eyes hurt,reading such sloppy work.This reader would like to advice the writer to do something meaningful like calling back home,print more money,clean the house or even better,sleep,instead of spending time in such wishy-washy,airy-fairy fiction.I can understand writing demands lots of toil and super will power as it is such a chaotic process but this piece is a shit!(sorry,I rarely lie).As practice makes man and woman or even animals perfect,I like to see some more witty and entertaining piece rather than read "stuff" like this,which mocks at others,while publicizing the writer's own foolery.
 
Posted on 03-04-15 9:48 PM     [Snapshot: 1008]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Yupp Nas,I expect the same from Fuel Tank bro to come up with something,which will indeed make me shut.I mean,I can't blindly praise something that is very gross to read; in a public forum like this,where people visit by to have a good time,there is just a little place for a story which starts with a scene,in which, a guy is masturbating,looking at a pix of his dream girl.The whole intro have poison whatever creative talents the writer possessed,which is just cheerless to see!.My intention was not to drop here as a road block for a freely flowing story but if my two cents of criticism brings back some good thing to read,think and laugh --I would certainly not miss it.All the very best.
 
Posted on 03-04-15 10:21 PM     [Snapshot: 1059]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मलाई त टंकी ब्रो को अरु कथा जस्तै यो पनि एकदम राम्रो लागेको छ \ अब third person लाइ बेक्कारमा involve गरायो भन्ने हुन सक्छ , तर वहा त सेलिब्रेटी हो नि \ अनि यो यौनको कुरो राखेको मा अलिकति disclaimer राख्न सकिन्छ \ तर यौन को बिसय लाइ जोडेर कथाको स्तर निर्धारण गर्न पर्छ जस्तो लाग्दैन \ टंकी ब्रोको पात्र-सम्बाद एकदम detail र वास्तविकता जस्तो लाग्ने हुन्छ \ तेस्मथी नासको पुराना यौन रस ले पूर्ण selfie video हरुको पृष्ठभूमिमा टंकी ब्रोले एकदम राम्ररी कल्पना गरेर कथालाई construct गर्न लागेको जस्तो लाग्यो \
 
Posted on 03-08-15 10:25 PM     [Snapshot: 1265]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ओहो, यहाँ त ठुलै चहलपहल पो भाको रैछ | कथा मन पराईदिने नेपाली लाउरे, फन्टुस , पुन्तर, नाज , कर्णाली ब्लुज आदी सबैलाई धन्यबाद र कथा पढ़िदिनुहुने सिम्पीफ्लाई लगायत सम्पूर्णलाई  तपाईंको समयको लागी धन्यबाद | सबै भन्दा पहिले आफ्नो गल्ति स्वीकार्दै कथाको पहिलो शब्द [NSFW]  बनाएको छु | नाज ब्रोको धागोमा पूर्ण रुपमा आधारीत भएको कथा हुनाले त्यो लेख्नु जरुरी नहोला भन्ने मेरो सोच गलत थियो |

श्लिलता र अश्लिलता मा भएको छलफललाई यति मात्र भन्न चाहन्छु : मन्दिरमा कुँदिएका नांगा मुर्तिहरुमा  कला देख्ने हरु पनि हाम्रो समाजमा छन्, त्यसैलाई अश्लिलता देख्नेहरु पनि छन् | भलै मैले सम्राट उपाध्याय जस्तो मिलाएर लेख्न नसकुँला , तर कथामा यौनिक पक्ष हुँदैमा कथा नै भएन भनेर तर्क गर्नु मुर्खता हो |

कथाको यो दोस्रो भागमा नयाँ कुरा Experiment गरेको छु | फिलिममा खेल्ने हेरोनीको कथा पनि फिलिम जस्तै, गीत सहित |


प्रस्तुत छ कथा  महानायिका प्रियंका कार्कीजीको खुल्ला लभ-स्टोरी को दोस्रो  भाग


“May I bring you something to drink?”  एयरलाईन्सकी सुन्दरी एयर होस्टेसले नाजलाई केहि ल्याउँकि भनेर सोधिन् | झ्यालबाट बाहिर हेरेर बसिराखेको पुन्तरले बीचमा प्वाक्क बोल्यो “या, टु ड्रिंक्स प्लिज, ब्ल्याक लेबल इफ यु ह्याभ इट”

“धोती मुजी फ्री मा पायो भने जहाँ पनि आफ्नो जात देखाईहाल्छ”, मन मनै सोच्यो, फिस्स हाँस्दै समर्थन जनायो नाजले पनि | मान्छेको ज्यानमा बाँदरको टाउको जोडेको जस्तो थुतुनोमा त्यो हाँसो कत्ती सुहाएको थिएन, शायद प्रियंका कर्किजी र नाजको जोडी जस्तै |

एकले अर्कालाई धोति सोचेका थिए त्यसैले बेला बेला हिन्दी र बेला बेला टुटे-फुटे अंग्रेजी बोल्दै गर्दा प्लेनले आधी बाटो काटीसकेको थियो अनि दुबैजना झल्ली भैसकेका थिए |

“टिंग-डिंग” पुन्तरले सकी नसकी आफ्नो ओभरहेडमा रहेको स्वीच थिच्यो | ति सुन्दरी फेरी आईन |

“हमे दो और ड्रिंक्स लाना” झ्याप भैसकेको नाजलाई अब कुनै भाषा ज्ञान थिएन र लाजै पचाएर माग्यो|

“ओ भाई, तुम झ्याप हो गए क्या, ए लड्की तुम्हारी हिन्दि थोडी सम्झेगी?” पुन्तरले धोती ब्रोलाई हिन्दी मै सम्झायो अनि फेरी एयरहोस्टेस तिर हेरेर भन्यो, “टु मोर ड्रिंक्स प्लिज, सेम याज लास्ट वान”

एकै छिनमा दुईवटा रक्सि आईपुग्यो | दुईजनाले एक सासमा भाँडो रित्त्याए | दुवै तिर्खाएका थिए | उनीहरुको तिर्खा मेट्न सक्ने कुनै रक्सि त्यो हवाईजहाजमा थिएन | त्यहाँ सुन्दरीहरु थिए, त्यहाँ सुराहरु थिए, तर पनि सुरा-सुन्दरीहरुका माझ उनीहरु रम्न सकेका थिएनन् | शायद ति केवल सुन्दरीहरु थिए, प्रियंका कार्कीजी थिईनन् | तरै  पनि उनीहरु एकनासले पीईरहे | कारण उनीहरुको नयाँ मित्रता वा प्लेनले दिने फ्रीको रक्सि ? उनीहरु नै जानुन |

“ब्रो, आई थिंक आम् ग’न थ्रो अप्”

******************************************

धेरै पछी पुन्तरको होश आयो | अघि पुन्तरले खाको सबैथोक बाहिर निस्केर नाजलाई छोपेको थियो | नाजले बिस्तारै पुछ्दै र हटाउँदै थियो | यतिकैमा नाजले आफ्नो कम्मरमा बाँधेको फ्यान्नीप्याक बाट टिकट, बोडिंगपास र पासपोर्ट निकालेर सफा गर्न थाल्यो | नेपाली पासपोर्ट देखेपछी पुन्तर आफुँ गलत रहेछु भन्ने थाहा पायो अनि नेपालीमै कुरा गर्न शुरु गर्यो |

“अनि नाज ब्रो, स्टेट्स बस्या कति बर्ष भो त ?” एउटा नेपालीले अर्को नेपालीलाई सोध्ने पहिलो प्रश्न सोध्यो पुन्तरले पनि | पुन्तरले नेपाली बोलेको सुनेर नाज छक्क पर्यो अनि नेपालीमै उत्तर दियो |

“अँ त्यस्तै भयो होला ७ बर्ष जति, स्टुडेन्ट भिषामा आको, डिभी पर्यो अनि यतै बस्दै”

“ओहो ब्रो त क्या लक्की, मेरो पनि H1B भयो” | असाईलम हानेको कुरा भन्न मन लागेन पुन्तरलाई अनी H1B मा लगेर कुरा टुंग्यायो |

We are preparing to land. We will touch the ground in Indira Gandhi International Airport in next 45 minutes. Please remain seated with fastened seatbelt. ” प्लेन भित्र पाईलोटको आवाज गुन्जियो | एकैछिन पछी प्लेनले पनि जमिन छोयो | केहीबेर गुड्यो अनि रोकियो | वरीपरी धोतीका छोरा-छोरीहरु च्याँच्याँ र चुँचुँ गरेर रोई रहेका थिए | सबैजनालाई कसैको नभाको हातारो थियो | प्लेनको ओभरहेड क्यारियजबाट लगेज तान्दै, घिसार्दै, फोनमा हेल्लो हेल्लो गर्दै थिए | प्लेन भित्रै धोतीहरुको महान मेला लागेको भान हुन्थ्यो |

************************************

“अनि ब्रोको फ्लाईट कति बजे छ नि नेपालको ?”

“ए, मेरो साथीहरु यहीं डेल्ही मै छन्, आज यतै बस्छु होला, पर्सि तिर जानु पर्ला नेपाल, अनि ब्रो को नि ?”

“मेरो पनि त्यस्तै त्यस्तै|”

**************************************

आज यतै डेल्हीतिर बस्ने भनेपछी असाईलम हानेको पुन्तरले आफ्नो ब्याग क्लेम गरेर बाहिर निस्क्यो | एउटा होटेलमा पसेर एक कप चिया मगायो | खोल्तीबाट मार्लबोरो चुरोट निकालेर सल्कायो | लामो सास लियो अनि आकास तिर फर्केर मोटो धुवाँको मुस्लो फ्याँक्यो | मन मनै कल्पना गर्यो आफ्नी प्यारी प्रियंकासंग बिताउने पलहरुको | ओहो प्रियंका म तिमीलाई नै भेट्न आउँदै छु | पुन्तरको मन एकै छिनमा जिपमा चढेर दिलिप रायमाझी जस्तै नाच्न थाल्यो, अनि गाउन थाल्यो “माया नै माया छ तिम्रो नाउँमा, तिम्लाई भेट्न आउंदै छु तिम्रो गाउँमा”

गीत सकिए पछी पुन्तर झस्कियो | वरीपरी हेर्यो सबै धोती नै धोती | खोल्तीमा हात हाल्यो | अमेरिकाबाट इन्डियासम्म आएको कागजहरु निकालेर च्यात्यो | भुईंमा फ्याँक्यो | अनि एयरपोर्ट भित्र जान फनक्क घुम्यो | उताबाट आउंदै गरेको मान्छे संग उसको कुईनो ठोक्कियो | टाउको उठाएर हेर्यो |

“ए ब्रो पो ?” नाजको हातमा इन्डियासम्म आएको टिकट र बोडिंगपास च्यातिएको अवस्थामा थिए |  उसले पनि भुईंमा फाल्यो | दुवै जना आफ्नो आफ्नो च्यातिएको कागजमाथी टेकेर उभिईरहेका थिए | एकअर्कालाई देखेर फिस्स हाँसे | त्यो हाँसोले उनीहरुलाई परेको डिभी र H1B भिसाको खिल्ली उडाईरहेको थियो |

“अनि यसो बसेर चिया सिया खाम न त”  एउटाले प्रस्ताब राख्यो, अनि अर्को सहमत भयो|

चिया र चुरोटको चुस्की संगै उनीहरु बिस्तारै खुल्न थाले| अहिले सम्म तेती सारो नखुल्दै त पुन्तरले नाजलाई आफ्नो रातो टोयोटा हाईब्रिड छ भनेर सय चोटी भानीसकेको थियो होला, अब खुलेर कुरा गर्न थाले पछी के होला ?

“अनि ब्रो, को संग हो तनी डेट?”

“छे यार एउटी, फिलिम सिलीम खेल्छे | लास्ट हट छे | त्यसलाई त एक चोटीमात्रै दिन पाए पनि आरामले मर्थें यार|” सानो होटलको सानो कोठा चुरोटको धुँवाले भरिएको थियो | त्यसैमा झन् धुँवा थप्दै नाजले भन्यो|

आफ्नो अगाडीको धुँवालाई देब्रे हातले पन्छायो, दाहिने हातले चियाको सिसाको गिलास उठाएर एक चुस्की लियो अनि पुन्तरले भन्यो “आई अन्डरस्ट्याण्ड ब्रो, मेरो कथा पनि त्यस्तै त्यस्तै हो | त्यसलाई त सम्झिंदा पनि ठिनिनी भएर आउँछ |” दुईटा ब्रोहरु कुरा गर्दै थिए, “usual guys things” बारे | अनि अझै थप्यो पुन्तरले “हस्ते त कति दिईयो दिईयो, उसैको नाममा | हातको रेखाको डामै परिसक्यो होला त्याँ ”

“खै म हेरेर भन्दीहाल्छु नि #नोहोमो है फेरी”

“हाहा ब्रोको हिरोनी गर्लफ्रेन्डले मार्ली नि फेरी आफ्नो ब्वाई फ्रेन्डलाई गे बनाईदियो भनेर”---- धुँवाले भरिएको कोठाबाट हाँसोको गुन्जाहट मात्र सुनियो |

“ब्रो, हाईब्रिड चलाउने तिमी त यसै पनि गे हो नि, शी वोन्ट ह्याभ हार्ड फीलिंग्स”— झन् ठुलो हाँसो गुन्जियो |

**********************************

प्लेनले नेपालको जमिन छोयो| एयरपोर्ट भित्र भित्ताहरुमा ४० इन्चका रंगीन टिभीहरु टाँसिएका थिए | तिनमा कहिले एयरपोर्ट सम्बन्धि सुचनाहरु देखिन्थ्यो भने कहिले नेपाली गीतहरु बज्थ्यो | अध्यागमनको कामका लागी लाईनमा बसेको आधी घण्टा पनि उनीहरुका लागी पचास बर्ष भन्दा कम थिएन | त्यो भित्ताको टिभीमा नेपाली गीत बज्दै थियो अनि दुबैका आँखा त्यहाँ पुगे | लाईनमा उभिंदै झुल्दै त्यो गीत हेर्न थाले दुबैजना | भएको एउटा जीवन, त्यो जीवनको पनि एउटा मात्रै बैंश | अनि त्यहि बैंशको आधा भाग त धोतीको ग्यासटेसनमा घण्टा हानेर खेरा गयो | अब बाँकी रहेको अलिकती बैंशमा त्यस्ती राम्री अप्सरा जस्ती गर्लफ्रेन्ड | पुग्दो कुरो थिएन | अनि टिभीमा पनि त्यहि भन्दै थियो “मलाई पुगेन पुगेन यो बैंशले”

 
अध्यागमनको सबै काम सकेर झोला सोला गुड्किनी ट्रलीमा हालेर उनीहरु बाहिर निस्के | पर प्यारी प्रियंका कार्कीजी उनीहरुको पर्खाईमा बसीरहेकी थिईन | कार्कीजीलाई साथी दिन आएकी उस्तै राम्री, उस्तै प्यारी, केकी अधिकारीजी उनको छेवैमा थिईन |

आखाँको ईशाराले देखाउंदै नाजले भन्यो “ब्रो, मेरो हिरोनी गर्लफ्रेन्ड” | दुइटी हिरोनीहरु अगाडी उभीरहेका थिए |

“माईन टु ब्रो | हामी पनि साथी, उनीहरु पनि साथी रैछन है |”

“हिरोनीहरु हो ब्रो हिरोनीहरु, एउटै फिल्डमा भए पछी साथी हुँदैनन् त ? कस्तो लम्फु कुरा गर्या होला |”

उनीहरुलाई एउटा रातो गाडी कुरेर बसिराखेको थियो| आफ्नो लगेजहरु डिकीमा राखे | पुन्तरको एउटा झोला अटेन| अनि फेरी पुन्तरले सुनायो, “मेरो गाडी भाको भए सबै अट्थ्यो , कस्तो स्पेसियस छ मेरो हाईब्रिडको ट्रंक”

अलि पर रोयल ईनफिल्डमा चढेर एउटा केटाले यो सबै हेरी राखेको थियो | त्यस्तै २५-२६ जतीको केटो, छोटो कपाल ठाडो पारेर जेल लगाएको थियो अनि हेल्मेट चै ऐनामा झुन्ड्याएको थियो | कालो चस्मा अनि घाँटीको  बरबेरी बुट्टा भएको गलबन्दी मुखसम्म आएर छोपेकोले अनुहार प्रष्ट थिएन |  लेदरको ज्याकेट, घुँडामा वाश गरेको जिन्सको पाईन्ट अनि ज्याकेटसंग रंग मिल्ने छालाको जुत्ता | केटो ह्याण्डसम थियो, कुनै फिलिमको हिरो जस्तै | छालाको हाफ पन्जाबाट निस्किएका औंलाहरुले मुख छोपेको गलबन्दीलाई तल झारेर केटाले बोलायो “केकी..”

“ए, उ त आईसकेछ, म गएँ है” यती भनेर केकीजी त्यो केटाको मटरसाईकलमा चढीन् |

अब एउटी मात्र हिरोनी बाँकी थिईन र दुईटा केटाहरु | केहि नबोली नाज र पुन्तर एकअर्कालाई हेर्दै थिए |

आफ्नो कोईली जस्तै मिठो बोली फुटाईन् प्यारी कार्किजी ले, “थकाई लाग्यो होला, दुवै जना गएर आराम गर, भोली केकी र फियुल ट्यांकको जोडी संग हामी सबै ह्यांग आउट गरौंला |”

क्रमश ..............


Last edited: 09-Mar-15 12:03 AM

 
Posted on 03-09-15 5:35 AM     [Snapshot: 1389]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

लोल ...इट्स गेत्तिंग इन्तेरेस्तिंग !!! गूद जब ट्यांक ब्रो ...
 
Posted on 03-09-15 4:36 PM     [Snapshot: 1558]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

फ़ुएल टाँक ब्रो कथा एकदम राम्रो छ , मलाई कथा को मन परेको पार्ट चै यो हो ब्रो ................... ""“ए ब्रो पो ?” नाजको हातमा इन्डियासम्म आएको टिकट र बोडिंगपास च्यातिएको अवस्थामा थिए | उसले पनि भुईंमा फाल्यो | दुवै जना आफ्नो आफ्नो च्यातिएको कागजमाथी टेकेर उभिईरहेका थिए | एकअर्कालाई देखेर फिस्स हाँसे | त्यो हाँसोले उनीहरुलाई परेको डिभी र H1B भिसाको खिल्ली उडाईरहेको थियो |""

यो चै एकदम सत्यो हो!!!
कथा को अन्ते एकदम सहि छ ब्रो
कीप इत उप
अर्को भाग को एतेंजार मा !!!
 
Posted on 03-09-15 5:16 PM     [Snapshot: 1593]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Ani boro yo katha ma rajesh Dai Ko entry chai kaile ni ????
 
Posted on 03-11-15 2:28 PM     [Snapshot: 1829]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मान्छेको ज्यानमा बाँदरको टाउको जोडेको जस्तो थुतुनोमा त्यो हाँसो कत्ती सुहाएको थिएन, शायद प्रियंका कर्किजी र नाजको जोडी जस्तै |

के बिधि बाण हानेको ब्रो |
smaran bro le bhane jastai its getting interesting.
 
Posted on 03-19-15 2:36 PM     [Snapshot: 2294]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 03-19-15 6:31 PM     [Snapshot: 2400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि तेस्रो भाग को एकदम इन्तजार मा छु फ़ुएल टंकी ब्रो,
खोइ कहिले पस्कने हो ब्रो,
कृपया चाडो पस्कन म पुन्टर बिनम्र अनुरोध गर्दछु


Last edited: 19-Mar-15 06:55 PM

 
Posted on 03-21-15 1:38 AM     [Snapshot: 2610]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मेरो यो कथापढेर  मनपराई दिनुहुने सबै ब्रोहरुलाई धेरै धेरै धन्यबाद | कमेन्ट गर्नेहरुलाई झन् धेरै धन्यबाद | यो अंक अलिकती ढिलो भयो, तर आउन चै ढिलै भए पनि आयो |
राजेश्दाई , आउँछ ब्रो आउंछ
स्मरण ब्रो, थाने दाई र टेन्स्ड ब्रो को यहाँ भएको उपस्थितिलाई बिसेष रिकग्निसन् दिन चाहन्छु | अनि अघिल्लो कथामा थ्यांक यु भन्न बिर्सेको लाउरे ब्रोलाई पनि थ्यांक यु भन्न चाहन्छु |


प्रस्तुत छ कथा : महानायिका प्रियंका कार्कीजिको खुल्ला लभ स्टोरी  भाग ३

********************************************************************************


"हेरिस्यो  त हजुर, हाम्री छोरी के भाकी, हिजो राती दुईटा केटाहरुलाई लिएर आईचे | अमेरिकाबाट फर्के पछी चाला माला निको छैन है यसको  " प्रियंका कार्कीजीकि आमाले बुवालाई उठाउँदै भन्नुभयो |

"आ SSSS!! यो आईमाईले सुत्न पनि दिन्ने, कति हल्ला गरेकी | फिलिमको हिरोहरु होलान् , साथीहरु होलान, कती किच किच गर्छेस् | अलि लिबरल हुन सिक् न " बुवालाई घुम्लुंग सिरक ओढेर सुतेको बेला हल्ला गरेको मन पर्दैन थ्यो तर आमाको मन न हो, छोरी को चिन्ता किन नलाग्नु |

"अँ होला खुबै फिलिमको हिरो, एकचोटी अनुहार देख्या भए थाहा पाईसिन्थ्यो |" खै किन हो, आमालाई थाह थियो तिनीहरु पक्कै फिलिमको हिरोहरु हैनन् भनेर |

"ल ल जा जा, चिया पका, म नुहाएर निस्किन्छु अनि कुरा गरौंला " सिरकबाट टाउको निकाल्दै बुवाले भन्नुभयो |

****************************
पुर्ब पट्टीको झ्यालबाट हेर्दा सुनौलो घाम देखिन्थ्यो | सार्है राम्रो देखिन्थ्यो घाम त्यो बेला |अनि घर अगाडीको रुखमा चराहरु चिर्र-बिर्र गर्दै खेल्दै थिए | अनि त्यहि रुखका पातहरुको टुप्पाबात शीतका थोपाहरु टलपली रहेका थिए | घामको किरण जब ती शीतमा पर्दथे, तिनीहरु मोतीका दानासरह टल्किन्थे | त्यो सौन्दर्यता आफैंमा स्वर्गीय थियो |
त्यो मनोरम वातावरणमा झन् मिठास थप्ने  मिठो स्वर सुनियो "मन बसिया.ओह कान्हा.."



त्यो मिठासलाई चिर्दै अर्को मिठो स्वर सुनियो .......................
"ओम् जय जगदीश हरे, प्रभु जय जगदीश हरे , भक्त जानो के संकट क्षण मे दुर करे ओम्  ..........."
टिंग डिंग टिंग डिंग .... भू पूँ  भू पूँ
भान्सा कोठा नजिकै भगवानको फोटोहरु टाँसिएका थिए | त्यहि फोटाहरु अगाडी सानो चकटीमा बसेर  बुवाले शंख फुक्दै हुनुहुन्थ्यो | आमा हातमा धुप लिएर घुमाउँदै हुनुहुन्थ्यो |  अनि कार्कीजि स्वयम्ले घन्टी बजाउंदै हुनुहुन्थ्यो | देख्दै रहरलाग्दो दृश्य थियो त्यो , अनि हिन्दु परिवार हुनुको गर्व पनि देखिन्थ्यो त्यो माहोलमा |

*******************************
"ओ ब्रो, बिहान बिहान के को हल्ला हो यो यार ?" जेट ल्यागले ल्यांग ल्यांग भएको पुन्तरले राम्रो संग आँखा पनि नखोली बोल्यो | हालत त नाजको पनि त्यस्तै थियो | निन्द्रा नपुगेर टाउको गर्हूङ्गो भएको थियो | "तैट पाहुना आएर सुतेका छन्, बुडाबुडीलाई बाल छैन | अलि बिस्तारै गर्नु नि पुजा पनि , सबै गाउँभरीकालाई सुनाउन पर्छ ?" नाजले पनि आफ्नो समस्या पोख्यो |
"यस्तै हो भने त दशैँ तिहारमा ससुराली आउँदा पनि दुख पाईने रैछ ?" मन नलागी नलागी पुन्तर उठ्यो | खाटबाट खुट्टा तल झारेर एकैछिन बसी बसी आखाँ चिम्लियो | 
"ब्रो मुख सम्हाल है , हिजो धन्नैले भेटेथ्यो |  हुन त ठिकै हो भाउजुको माईत पनि त तिम्रो ससुराली नै त हो नि " नाजले "गुड कमब्याक" पाएर मख्ख पर्यो |

"ढक ढक" !! एकै चोटी ढोकामा नक गरेर "ओके ढोका खोल" पनि नभन्दै ढोका खुल्यो अनि प्रियंका कार्कीजीबाट बोलावट भयो |
"तिमीहरुलाई बाबाले भेट्न खोजीसेछ , हातमुख धोएर एक चोटी बैठकमा आउन है |" 

सिरक फालेर खुट्टा तल झुन्ड्याएर बसेको थियो पुन्तर | भर्खर उठेको भएर "मार्निंग वुड" पनि गइसकेको थिएन | "आबुई, के गरेको तेस्तो बिहान बिहान" काक्री जी शक् खानुभयो |
"यस्तै हो सबै केटाहरुको हुन्छ" पुन्तरले जस्टीफाई गर्न खोज्यो |
" त्यो त हो कि , सबैको हुन्छ, नाईट स्ट्याण्डमा नै था पाको थिएँ | तर तिम्रो त कती सानो के | हि हि हि हि द्याट्स क्युट हि हि  "
अर्को खाटबाट हेरीराखेको थियो नाजले | उसलाई "अल्फा मेल" बन्ने रहर लाग्यो, सिरकलाई लात्ताले हानेर हटायो अनि भन्यो "हो यस्तो हुन्छ मार्निंग उड, ब्रो त जस्टिन बिबर नै हो क्या हो ? "

"त्यो दुईटा लम्फुहरुलाई बोला भनेको के गरिछे यो परी?" घरमा कार्कीजीलाई परी भनेर बोलाउनु हुँदो रहेछ |

नाज र पुन्तर गएर संगै नुहाए | राम्रो कपडा लगाए | आज फियुल ट्यांक र केकीजी को जोडीसंग घुम्न जाने प्लान थियो | उनीहरुलाई पनि फियुल ट्यांक भन्दा कम देखिनु थिएन | अमेरिका बाट ल्याएको कपडा, जुत्ता, कालो चश्मा, कलोन | केटाहरु मगमग बसाँउँदै बैठकमा गए |

"मलाई अफिस जानु ढिलो भयो, भोली कुरा गर्छु तिमीहरुसँग " यती भनेर बाबा उठ्नुभयो |
"तिमीहरु बस्दै गर, म पनि रेडी भएर आउंछु " यति भनेर कार्कीजी पनि उठ्नुभयो | तर अचम्मको कुरो, उहाँ रेडी हुन आफ्नो कोठा तिर नगई घरबाट बाहिर निस्कनुभयो | नाज र पुन्तरले झ्यालबाट हेरीरहे | उहाँले गेट खोल्नुभयो, बाहिर ट्याक्सी रोक्नुभयो र चढ्नुभयो | ट्याक्सीले कालो धुवाँ फ्याल्दै अगाडी बढ्यो |
आधी घण्टापछी पुन्तरलाई छटपटी भयो र कार्कीजीको फोन बजायो |
"ए मेरी प्यारी महानायिका , तिमि कता हराएकी ?"
"यहाँ बिउटी पार्लर आकी थिएँ, अब हेयर सलुनमा जानु छ अनि आईहाल्छु नि "
"हेयर सलुन त जानु पर्दैन तिम्रो कपाल त राम्रो  छ नि |" पुन्तरले कम्प्लिमेन्ट दियो |
"मेरो कपाल त ठिकै छ, तर मेरो हात भारी रौँ  आएर संधै शेभ गर्न पर्छ हेर न, अस्ति एउटा फोटो शुट गरेको शेभ गर्न बिर्सेछु एउटा म्याम्पाखा बोकोमानले साझामा पोस्ट गरेर क्या बिजेत भयो हेर न | आज त नबिर्सी शेभ गर्छु तिमीहरु ज्ञानी भएर झगडा नगरी बस है , म आई हाल्छु |" प्यारी कार्कीजीले कुरेर बस्ने सान्त्वना दिनुभयो |
बाले काम बाट फर्किंदा चकलेट ल्याईदिन्छु झगडा नगरी बस है भन्दा केटाकेटीहरु मिलेर बसे जस्तै मिलेर बसे दुईटा ब्रोहरु |
आधी घण्टा बित्यो, एक घण्टा बित्यो, दुई घण्टा बित्यो तर पनि प्यारी कार्कीजी फर्कनु भएन | नाजले खोल्तीबाट फोन निकाल्यो र फोन गर्न खोज्यो | पुन्तरले रोक्यो "हात सेभ गर्दै हुनुहुन्छ भनेर भनीसके पछी कती आत्तेको ? अलि धेरै रौँ छ, लाग्यो होला नि समय , क्या कुरा गर्छ ब्रो पनि "
नाजलाई पनि हो जस्तो लाग्यो अनि फोन खोल्तीमा राख्यो |
त्यसपछी फेरी आधी घण्टा बित्यो, एक घण्टा बित्यो, दुई घण्टा बित्यो, पाँच घण्टा बित्यो , साँझ पर्यो , रात पर्यो |
"हैन यति धेरै बेर त नलाग्न पर्ने , हातको रौँ पो हो त, चारकोशे झाडी हो र ?  पक्कै केहि भयो होला मेरी प्यारी लाई" नाजले आफ्नो पिर पोख्यो र आत्तियो |
*****ट्रींग ट्रींग******
यतिकैमा नाजको फोन बज्यो | चिन्ताले रापिएको अनुहारमा उज्यालो छायो  फोनमा लेखेको थियो "स्वीटि कलिंग" | फोन उठायो, स्पिकरमा राख्यो अनि भन्यो  "ओहो प्यारी प्रियंकाजी, म त कस्तो आत्तिएको , तिमिलाई केहि त भएको छैन |"
"तिमीहरु खाना खाएर सुत है | आज हेर न प्लान अकस्मात चेन्ज भयो | आज सारुखखान सर  आउनुभएको रैछ , मेरो डान्स हेर्ने भनेर स्पेसल अर्डर गर्नुभएको रैछ | आज यतै नाच्छु |"
"सारुख्खान? डान्स ? कुन बेला सकिने नि ? सकिएपछी छिट्टो आउ है " नाज आतिएर सोध्यो |
"हेर न , डान्स पछी सरले मलाई सरको कोठामा लैजानी रे | अनि कोठाको ढोका लक गर्ने रे | अनि सर र म एउटै खाटमा , एउटै ब्ल्यांकेट ओढ्ने रे | बत्ती निभाउने रे | त्यसपछी सरले अँध्यारोमा बल्नी  नयाँ घडी देखाउने रे | म घडी हेरेर आई हाल्छु |"
यता प्रिय प्रियंका कार्कीजिको कुरा सकिएकै थिएन उता कोमल मन भएको पुन्तर बेहोश भै सकेको थियो |
बरबराउँदै थियो "बसन्ती तुम उन कुत्तोंके सामने मत् नाच्ना "

...........क्रमश............

 
Posted on 03-21-15 5:12 PM     [Snapshot: 2834]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

फ़ुएल टंकी ब्रो ,
कथा को प्रतुती एकदम राम्रो छ
ब्रो लै म आज साझाको आसुकबि भन्दछु
अब भाग ४ को एन्तजर मा छु कृपया छिटो पस्कन म बिनम्र अनुरुध गर्दछु !!!
कृपया आन्तिम मा चै प्रियाँकजी मेरै हुनु पर्चा है टंकी ब्रो !!!
 
Posted on 03-23-15 5:47 PM     [Snapshot: 3244]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो कपाल त ठिकै छ, तर मेरो हात भारी रौँ आएर संधै शेभ गर्न पर्छ हेर न, अस्ति एउटा फोटो शुट गरेको शेभ गर्न बिर्सेछु एउटा म्याम्पाखा बोकोमानले साझामा पोस्ट गरेर क्या बिजेत भयो हेर न |"

यो बाक्य एकदम मन पर्यो टंकी ब्रो, जे होस् ब्रो को कथा लेख्ने सैली लै मान नै पर्ने हो बा


""हा हा ! पुन्तर ब्रो, ब्रोको सपनामा चै अवस्य हुने छ ! मेरी प्यारी प्रियंकाजी कसको हुने छ भन्ने प्रश्न नै औन्दैन ! यो लब स्टोरीमा त् ब्रो खालि साइड हिरो मात्र हो ब्रो ! प्लिज बेसी एक्स्पेक्तेसन नराख्नुस नत्र लास्टमा ब्रोलाइ नै रयाग हुनेछ ! ""


हा हा हा नहसाउनु नाज ब्रो, यो कथा को सिद हीरो म भए पनि मेरो महारानी को रेअल हेरो त म नै हो तेही भएर म धुक भएर बसेको छु !!!
आखिर बुढी कास्की पुन्टर कि !!!

को बुडी को बुडी
प्रियंका बुडी प्रियंका बुडी
पुन्टर को बुडी पुन्टर को बुडी प्रियंका
को पुन्टर को पुन्टर
पुन्टर बुदा हो पुन्टर बुदा हो
प्रियंका को बुदा हो प्रियंका को बुदा हो
आहा कति राम्रो जोडी आहा कति राम्रो जोडी
पुन्टर र प्रियंका को पुन्टर र प्रियंका को कति राम्रो जोडी
दुवै को नाम "प" बाट आउने
आहा कति राम्रो जोडी
सोर्ग को इन्द्र र अप्सरा को जस्तो जोडी
आहा कति राम्रो जोडी पुन्टर र प्रियंका को

ल यो त एउटा कविता पो भएछ!! आज मेरो प्यारी को नाम मा रक्सि खाको कविता को सिर्जना भएछ





i love you baby
 
Last edited: 23-Mar-15 06:05 PM

 
Posted on 03-24-15 2:10 PM     [Snapshot: 3481]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता मन परे कोमा नाज ब्रो लै मुरी मुरी धानकोपात ,,, येही सिलसिलमा मैले एउटा धागो खोले विचार गरेको छु, धागो को सिर्सक छ मह नायिका लै प्रेम कविता , कविता तयार छ
 
Posted on 03-24-15 5:18 PM     [Snapshot: 3558]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता आर्को नया धागो छ प्रस्तुत गरेको छु
यहाँ ले मन परे दिनु हुन्छ भन्ने आस गरेको छु

 
Posted on 03-24-15 9:32 PM     [Snapshot: 3620]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रो, सार्है मन पर्यो है कबिता | यस्तो कबिलाई जन्मदिने साझा र कविलाई प्रेरणा दिने नाजब्रोको धागो धन्य छ |
 
Posted on 03-25-15 10:54 AM     [Snapshot: 3746]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो टंकी ब्रो,
मलाई कबि बनाउनु नाज ब्रो को धागो लै धन्यबाद दिने पर्छ!!!!
ब्रो ले मेरो कविता मन परी देको मा धन्यबाद !!!
म भाग २ छिटो नै प्रस्तुत गर्ने छु

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters