शनिबार बिहान पोखरा विमानस्थलमा अचम्मको दृष्य देखियो, जुन दृष्य आम नेपालीका लागि अपाच्यनै थियो । दुई जना भारतीय सञ्चारकर्मीहरुले नेपालका सुरक्षाकर्मीमाथि धावा बोले ।

भारतीय सञ्चारकर्मिहरुले उनीहरुमाथि शक्ति प्रदर्शन गर्दा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलका जवानहरु मुकदर्शक मात्रै बनिरहे ।

‘भारतीय सञ्चार माध्यममा काम गर्छौ’ भन्ने दुई जना पत्रकार शनिबार विहान ८ बजे पोखरा विमानस्थलको भित्रि गेटबाट प्रवेश गर्न खोज्दा उनीहरुलाई नेपाली सुरक्षाकर्मिले रोके । ‘आज शनिबार हो, कुनै आदेश विना सञ्चाकर्मिहरुलाई भित्र प्रवेश गर्न नदिनु भन्ने आदेश छ’ भन्दै नेपाल प्रहरीका एक जवानले उनीहरुलाई त्यहाँ रोकेका थिए ।

उनले ति सञ्चारकर्मिहरुलाई यति मात्रै के भनेका थिए, उनीहरुले एकाएक ति प्रहरी जवानमाथि हातपात गर्दै ‘हमे रोक्ने वाला तु कौन हे ?’ भन्दै थर्काए । उनीहरुले विभिन्न धम्कि दिदै थर्काएपनि ति जवान भने पछि हटेनन् । उनले तिनिहरुलाई प्रवेशमा रोक लगाइरहे ।

डिउटीमा रहेका आफ्ना जवानमाथि हातपात भएको देखेपछि गेटको जिम्मेवारी सम्हालेका सई आइपुगे । भारतीयहरुले गरेको ज्यादती देखेर उनको रगत तातिसकेको थियो । उनले ति दुवैजना भारतीय सञ्चारकर्मिहरुलाई पछाडी हट्न आदेश दिए ।

तर उनीहरु मानेनन् । र उनलाई पनि औला ठड्याँउदै भने– ‘तु हमे पहेचानता नहि, हमारा पहुँच उपर तक हे । हम चाहे तो यहाँ कुछ भि कर सकते हे, हमे रोकने वाला तु भला कौन हे ?’ उनीहरुको यस्तो कुराले डिउटी इन्चार्ज सइको पनि रिसको सिमा रहेन । उनले पनि भारतीयहरुलाई उनीहरुकै भाषामा जवाफ दिए ‘ ए हमारा नेपाल हे, यहाँका सुरक्षा जिम्मा हमारा हे, तुम भारतिय बर्दि वाला पुलिसको हातपात करहे हो और हमे हि धम्कि दे ते हो रु तुम वापस जाओ’ भन्दै पछाडी धकेले ।

pokhara-airport2
उनले तिनिहरुलाई धकेलेपछि भने बल्ल नेपाली सेना र सशस्त्र प्रहरीका जवानपनि अगाडी आए र उनीहरुलाई गेटै सम्म पुर्याए ।

नेपालका सुरक्षाकर्मिहरुले भित्र जानका लागि अनुमति छैन भन्दै बल्ल बल्ल बाहिर निकालेका भारतिय सञ्चारकर्मिहरु एकै फोन कलमा भित्र पुगे । उनीहरुलाई लिन गेटमै उनीहरुका मान्छे आए । त्यतिबेला केहि नेपाली सञ्चारकर्मिहरुपनि भित्र प्रवेशका लागि गेटमै थिए ।

नेपाली सञ्चारकर्मिहरुले भित्र प्रवेश पाएनन् तर उनीहरुकै अगाडी भारतियहरु हेलिकोप्टरमा उडिहाले । उनीहरु काठमाण्डौ जान लागेको बताउँदै थिए । तर पोखरा विमानस्थलबाट हेलिकोप्टरहरु गोरखाका लागि उडिरहेका छन् । ‘या त उनीहरु गोरखा गएको हुन पर्यो नत्र गोरखामा राहत पुर्याएपछि त्यो हेलिकोप्टर काठमाण्डौ पुग्न पर्यो’ पोखरा विमानस्थलमा भेटिएका एक सञ्चारकर्मिको यस्तो अनुमान रहेको थियो ।

विशेषगरि गोरखामा राहत तथा उद्धारका लागि पोखरा विमानस्थलमा अहिले दुई ठूला सहित पाँचवटा भारतिय सेनाका हेलिकोप्टरहरुले राहत तथा उद्धारको काम गरिरहेका छन् । उद्धारका लागि भन्दै पोखरा विमानस्थलभित्र छिरेका उनीहरुको व्यवहारले पुरै विमानस्थलनै आफुहरुले कब्जा गरिसकेको जस्तो देखाउँछन् ।

नेपालमा महाशक्तिशालि भुकम्प गएपछि भारतले उदार मन देखाउँदै नेपाललाई आर्थिक तथा अन्य सहयोग गरेको छ । ‘नेपाल और भारतका विच रोटी बेटिका सम्बन्ध हे, बडे भाई होनेका नाता ए सहयोग बन्ते हे’ भन्दै भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीले सहयोगको बाढि नै बगाइदिए ।

तर यहाँ उद्धारका लागि आएकाहरुको आरचण तथा समाचार सम्प्रेशणका लागि आएका भारतिय सञ्चारमाध्यमहरुले सम्प्रेशण गरेका समाचार हर्दा उनीहरुको नियतमा शंका गर्नुपर्ने अवस्था देखिएको छ ।

http://www.nepalreports.com/news/8132

- समाचार/तस्विर सौजन्य: विनोद लामिछानेबाट