[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारतले विमानस्थल ‘होल्ड’ गरेको अमेरिकी गुनासो, ४ अमेरिकी विमान काठमाडौं अोर्लिए
[VIEWED 1237 TIMES]
SAVE! for ease of future access.
Posted on 05-03-15 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतले विमानस्थल ‘होल्ड’ गरेको अमेरिकी गुनासो, ४ अमेरिकी विमान काठमाडौं अोर्लिए

२०७२ वैशाख २० गते १९:५८ मा प्रकाशित
 174  11 
  0

२० वैशाख, काठमाडौं । नेपाल सरकारको उच्च स्रोतले दिएको जानकारीअनुसार भूकम्प पीडितको उद्दारका लागि नेपालमा ल्याइएका भारतीय हेलिकोप्टरका कारण चीनमात्रै होइन, अब अमेरिका पनि असन्तुष्ट बनेको छ ।

काठमाडौं आएका अमेरिकी हेलिकोप्टरहरु तस्वीर : पीटर डब्लू बोडीको ट्वीटर

काठमाडौं आएका अमेरिकी हेलिकोप्टरहरु तस्वीर : पीटर डब्लू बोडीको ट्वीटर



























आइतबार बालुवाटारमा विश्व खाद्य कार्यक्रमकी उपप्रमुख इथारिन कजनसँगै प्रधानमन्त्री सुशील कोइरालालाई भेट गर्न पुगेका अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले यस्तो गुनासो गरेका हुन् ।

विमानस्थलमा भारतीय एयरफोर्सले गरेको होल्डका कारण अमेरिकी राहत सामाग्री बोकेको विमान उत्रन नपाएको बोडीले गुनासो पोखेको स्रोतले अनलाइनखबरलाई बतायो ।

४ वटा अमेरिकी विमान काठमाडौंमा अोर्लिए

US AIRFORCE in Kathmandu

  • राहत सामाग्रीसहित काठमाडौं आएको अमेरिकी एयरफोर्स । तस्वीर : पीटर डब्लू बोडीको ट्वीटर

बोडीले गुनासो गरेकै दिन अाइतबार अपरान्ह ४:३० बजे ४ वटा अमेरिकी विमान काठमाडौं अाइपुगेका छन् । तीनवटा विमानमा राहत सामाग्री ल्याइएको छ भने एउटा विमानले हेलिकोप्टर ल्याएको छ । हेलिकोप्टर उद्दारका  लागि प्रयोग गरिने छ भने चारैवटा विमान सोमबार फर्काइने विमानस्थल अधिकारले बताए ।

सेभ द चिल्ड्रेनको राहत सामाग्री बोकेको विमान त्रिभुवन विमानस्थलमा उत्रन नपाउँदा दुबईमा अभर परिरहेको गुनासो प्रधानमन्त्री कार्यालयमा यसअघि नै सेभ द चिल्ड्रेनका नेपाल प्रमुखले दर्ज गराइसकेका छन् ।

विमानस्थल होल्डिङबारे प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो- ‘इण्डियनलाई सोध्दा हमारा तरफ से कोई प्रोब्लम नहीँ भन्छन्, तर अमेरिकीहरुको गुनासो भिन्नै छ ।’

अमेरिकी राजदुतले प्रधानमन्त्रीसँग गुनासो गरिसकेपछि प्रधानमन्त्री कार्यालय स्रोतले विमानस्थलको ट्राफिक जामबारे पर्यटन सचिव सुरेशमान श्रेष्ठलाई तत्कालै सोधेको थियो ।

सचिव श्रेष्ठले १९६ टनभन्दा बढी तौलको सामान बोकेर त्रिभुवन विमानस्थलमा विमान अवतरण गर्न नमिल्ने भएकाले राहत बोकेका केही विमानलाई फर्काइएको प्रधानमन्त्री कार्यालयलाई जवाफ दिएका छन् ।

भारतीय हेलिकोप्टरदेखि सरकार वाक्क

Indian-Airforce-in-Kathmandu

  • काठमाडौं आएको भारतीय एमआई सेभेन्टिन हेलिकोप्टर


आइतबार रक्षा मन्त्रालयका अधिकारी समेतको छलफलमा नेपालमा रहेका भारतीय हेलिकोप्टरबारे विश्लेषण गरिएको थियो । नेपालमा रहेका १४ वटा भारतीय हेलिकोप्टर समस्या समाधानका लागि साधक भन्दा पनि बाधक बनिरहेको निश्कर्ष नेपाली अधिकारीहरुले निकालेका छन् ।

स्रोतले अनलाइनखबरसँग भन्यो- ‘यी हेलिकोप्टर सधैंका लागि आएका हुन् कि जस्तो गरी बसेका छन्, हामीले खटाएको ठाउँमा जाँदैनन्, नखटाएको ठाउँमा आफूखुशी जान्छन्, विमानस्थलमा ट्राफिक जाम यिनैले गराएका हुन् ।’

नागरिक उड्डयन स्रोतका अनुसार भारतबाट ल्याइएका १४ मध्ये ६ वटा काठमाडौंमा छन् भने पोखरा विमानस्थलमा ८ वटा हेृलिकोप्टर छन् । तर, गोरखामा समेत उद्दार गर्ने भनेर पोखरा लगिएका ती भारतीय हेलिकोप्टरहरुले गोरखाको निशेषधित गणेश हिमाल एरियामा जानुबाहेक जिल्ला प्रशासनको संयोजनमा कुनै काम गरेका छैनन् ।

सरकारका एक उच्च अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार ८ वटा हेलिकोप्टर लिएर पोखरामा बसेका भारतीयहरु प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्नु त के उनीहरुलाई सोधीखोजी सम्म गर्दैनन् ।

क्षेत्रीय प्रशासक र जिल्लाका सिडियोवीच आपसी समन्वय नहुँदा त्यसको फाइदा भारतीयले उठाएको निश्कर्ष नेपाल सरकारका अधिकारीहरुले निकालेका छन् ।

पोखरामा ८ वटा भारतीय हेलिकोप्टर रहे पनि गोरखामा शनिबारसम्म एउटा सानो नेपाली हेलिकोप्टरले बिरामी र राहत ओसार्ने काम गरिरहेको छ ।

नेपालसँग निजी क्षेत्रका ६ र सरकारी ६ गरी १२ वटा हेलिकोप्टर छन् । तीमध्ये नेपाली सेनाको सुपर ट्रक हेलिकोप्टर रेनवे विना उडान र अवतरण हुन नसक्ने भएकाले यो हेलिकोप्टर तेल भर्ने काममा मात्र प्रयोग गरिँदै आएको छ । बाँकी हेलिकोप्टर पनि साना भएकाले उद्दारमा कठिनाइ हुने गरेको छ ।

‘आइतबार मात्रै नेपाली सेनाको पुमा हेलिकोप्टर गोरखामा पुगेको छ’ स्रोत भन्छ- ‘एनआरएनका प्रतिनिधिले सोही हेलिकोप्टर प्रयोग गरेर आइतबार लमजुङमा राहत पुर्‍याएका छना्, तर ८ वटा भारतीय हेलिकोप्टर पोखरामा के गर्दैछन््, स्थानीय प्रशासनलाई जानकारी छैन ।’

गोरखा लगिएको नेपाली सेनाको पुमा हेलिकोप्टर शनिबार केहीबेर काठमाडौंमा ग्राउण्डेड भएको थियो ।

स्रोतका अनुसार पोखरामा भारतीय सेनाको सीमा सुरक्षा बल एसएसबी टुकडी पनि आएको छ । तर, स्थानीय प्रशासनसँग कुनै संयोजन छैन ।

नेपालमा भूकम्प आएपछि १४ वटा हेलिकोप्टरमा मात्रै होइन, महेन्द्रनगर, भैरहवा लगायतका नाकाबाटसमेत भारतीय सीमा सुरक्षा बलका जवानहरु दर्जनौं बसहरु लिएर छिरेका छन् । तर, उनीहरुको गतिविधिबारे स्थानीय प्रशासनसँग कुनै समन्वय र सूचना नभएको स्थानीय अधिकारीले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेको स्रोतले बतायो ।

सहयोगका नाममा राजनीति

नेपालका लागि भारतीय राजदुत रञ्जित रेले भूकम्पको उद्दारमा सहयोग गर्न आएको टोलीमाथि कुनै शंका नगर्न र सहयोगलाई राजनीतिकरण नगर्न भनेका छन् ।

तर, नेपाल सरकारका एक अधिकारीले अनलाइनखबरसँग भने,’ मन्त्रीहरुले बोल्नु पर्ने हो, उनीहरु बोल्दैनन्, सहयोगका लागि आएको भनिएको भारतको भूमिका द्वैध देखिएको छ । स्थानीय प्रशासनलाई हेप्दै निषेधित क्षेत्रमा प्रवेश गरेर उनीहरुले सूचना लिने काम गरिरहेका छन् । हामी पीडामा परेका मौका पारेर खेलवाड गरिएको छ ।’

चीनबाट भोलि विहान हेलिकोप्टर आउने

यसैवीच भूकम्प पीडितको उद्दारका लागि चीनबाट सोमबार विहान पौने ७ बजे हेलिकोप्टर नेपाल आउने भएको छ ।

काम नभएका विदेशीलाई फर्कन आग्रह

नेपाल सरकारले जिल्ला जिल्लामा गएर स्थानीय प्रशासनसँग समन्वय गरी नेपाल सरकारले खाएको ठाउँमा काम नगर्ने विदेशी टोलीलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

‘विभिन्न १७० वटा आइएनजीओहरुले नेपालमा काम गर्न खोजे पनि उनीहरुले आफ्नै तालमा काम गर्न खोजेको देखियो,’ समाज कल्याण मन्त्रालय स्रोत भन्छ- केही आइएनजीओहरुले यही मौकामा नेपालमा अड्डा जमाउने र क्रिश्चियन धर्म प्रचारमा काम गर्ने योजना बनाएको समेत बुझियो ।’

- See more at: http://www.onlinekhabar.com/2015/05/272962/#sthash.RojpJn92.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters