[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली सेनाको संयोजनबाहिर गएका छैनौं--पिटर डब्लु बोडी
[VIEWED 1061 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-15 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली सेनाको संयोजनबाहिर गएका छैनौं



    US

    काठमाडौ, वैशाख २८ - कुनै पनि मुलुकमा महाविपत्ति पर्दा हामी सहयोगको हात बढाउन पछि पर्दैनौं । नेपाल हाम्रो पुरानो मित्र हो । हामीबीच निकै घनिष्ठ सम्बन्ध छ । विकास र राजनीतिक स्थायित्वका लागि क्रियाशिल मुलुक एकै पटक यस्तो विपत्तिमा पर्दा सघाउनु हाम्रो मानवियतासँगै मित्रताको हात पनि छ ।

    यही मानवताको भावना लिएर उद्धार र राहतमा सहयोग गर्न हाम्रा सेना आएका हुन् । तिनको अन्य कुनै योजना छैन । खोजी तथा उद्धारमा आएकाहरु र्फकन थालिसकेका छन् । लामो समय बस्ने कुनै योजना होइन । तर राहतका लागि नेपाल सरकारको आग्रहमा हामी केही समय रहन्छौं । बाटो नभएको स्थानमा राहत पुर्‍याउने कार्यमा हाम्रा हेलिकोप्टर तथा विमान उपयोगी भएका छन् । नेपालको विमानस्थल सानो हुँदा सहयोगमा केही जटिलता र चुनौति रहे पनि अहिले ब्यवस्थापन भएको छ ।

    हामी मात्र होइन विभिन्न मुलुकको सहयोग र सहकार्यले यो अवस्थामा आइपुगेका हौं । खोजी र उद्धार सकिए पनि राहत र पुर्नवासका लागि हामीले ध्यान दिनुपर्ने छ । हामी सहयोग गर्न तयार छौ । सरकारको औपचारिक माध्यममार्फतै हामीले सहायोग गर्ने हो । तर यसो भनिरहदा युएसएआइडीका पुराना पात्रहरुसंग मिलेर पनि सहयोग अघि बढाएका छौं । सरकारी निकाय, पार्टनर संघसंस्था लगायतबाट यस्ता सामागि्रहरु पिडितकहाँ पुर्‍याउन सहयोगी बन्ने छौ ।

    भुकम्प गएको दिनदेखी अहिलेसम्म लगातार काम गरिरहेका छौं। नेपालीको हितका लागि काम गरेका छौं । तर बाहिर चलेको हल्लाले हाम्रा कर्मठ सेनाहरुलाई हतोत्साहित गर्ने काम हुनेछ ।

    भुकम्प यता अमेरिकी सरकारले दुइ करोड ९० लाख अमेरिकी डलरभन्दा बढि मानवीय राहत कार्यका लागि उपलब्ध गराएका छौ । उक्त सहायताले भुकम्पका सबै भन्दा बढि प्रभावित ब्यक्तिहरुलाई बसोबास सामाग्री, महत्वपूर्ण औषधि, सुरक्षित पिउने पानी, सुधार गरिएका सरसफाई सेवा तथा स्वास्थ्य सामाग्री  प्रदानमा सहयोग पुर्‍याइरहेको छ ।

    हामीले लामो समयदेखि नेपाल भुकम्पिय जोखिममा छ भनेर पूर्वतयारीका कार्यक्रमहरु गर्दै आएका थियौं । नेपाली सेना, शसस्त्र प्रहरी लगायतसँग यसबारे कार्यक्रम गरेका थियौं । गृह र रक्षा मान्त्रालयमा यसको पूर्व अवस्थाबारे छलफलहरु भएका थिए । अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग -युएसएआइडी) विपत सहायता प्रतिकार्य टोली (डार्ट) ले अमेरिकी राहत प्रयत्नहरुको नेतृत्व गरिरहेको छ । डार्टमा २० मानविय कर्मचारी र भर्जिनियाको फेयर फ्याक्स काउन्टी तथा क्यालीफोर्नियाको लस एन्जलस काउन्टीका गरी एक सयभन्दा बढि शहरी खोज तथा उद्धार सम्वन्धी कार्यकर्ता संलग्न छन् ।

    भुकम्पका कारण घरहरु क्षती भएका हजारौं परिवारलाई बसोवासको बन्दोबस्त गर्न यूएसएआइडीले प्लास्टिकका टिकाउ पालहरु वितरण गरेको छ । युएसएआइडीका साझेदारहरुसंग समन्वयमा उक्त सामाग्रीहरु गोरखा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाहरुमा हेलिकोप्टर र ट्रकहरु मार्फत पुर्‍याइएको छ । अमेरिकी रक्षा मन्त्रालयको संयुक्त कार्यदल जेटिएफ-५०५ मार्फत राहत प्रयत्नमा सहयाता पुर्‍याउनुका साथै डार्टलाई सहयोग गरिरहेको छ । जेटिएफ अगाडी डार्टको सहयोगार्थ २० जनाभन्दा बढि संयुक्त मानविय सहायता सर्वेक्षण टोली नेपाल खटाइएको हो । निजामति सैन्य मामिला संयोजकको कार्यालयका युएसएआइडी अधिकृत सामेल थिए । मानविय सहायता सर्वेक्षण टोलीको नेतृत्व थर्ड मरिन एक्सपेडिसनरी वि्रगेड कमान्डर वि्रगेडियर जनरल पल केन्नडीले गरीरहेका छन् । राहत कार्याक्रमलाई सहयोग गर्न अमेरिकी रक्षा मन्त्रालयले दुई यूएच १ वाई हुय हेलिकोप्टर तथा चार टिल्ट-रोटर एमभी-२२ ओस्प्रे विमानको साथै अमेरिकी सेनाका एक दस्ता उपलब्ध गराएको छ । डार्ट तथा युएन लजिस्टिक क्लस्टरसंगको समन्वयमा अमेरिकी सेनाका बायुयानहरुद्धारा नेपालको प्रभावित क्षेत्रहरुमा राहत समागि्र पुर्‍याउने कार्य जारी छ । रामेछाप जिल्लामा ओस्प्रे विमानले ६ हजार किलोभन्दा बढि खाद्यान्न, पानी तथा कपडा र एक हजार २ किलो बसोबास सामाग्री पुर्‍याएको छ । ओस्प्रेको विषयमा तथ्यहिन कुरा बाहिर आएको सुनियो । तर नेपाल जस्तो भौगोलिक क्षेत्रमा यसको उपयोगिता महत्वपूर्ण छ । यसले निकै दुर्गममा राहत पुर्‍याउन उपयोगी छ ।

    बारि अमेरिकी सेना मात्र होइन अन्यबारे पनि अनेकन हल्ला चलेका छन् । सबै निराधार हुन् । हामी भित्र नेपाली सेनाको संयोजनमा काम गर्दै आएका छौं । कहि पनि अमेरिकी सेनाले आफ्नो स्वेच्छाले काम गरेका छैनन् । बहुराष्ट्रिय सेना परिचाल केन्द्र अन्तरगत रहेर हामीले काम गर्दै आएका छौ । हामी नेपाल सरकारको समन्वय भन्दा बाहिर गएका छैनौं । अहिले राहतमा बढि जोड दिएका छौं । वर्षा यामअगाडि सर्वसाधारणलाई त्यसबाट बच्न सक्ने अवस्था सिर्जना गर्न आवश्यक छ । महाभुकम्पको विपत्तीले धेरै पाठ सिकाएकाले यसमा अब पूर्व तयारीहरु गर्न पर्ने भवनको आचरसंहिता लागू हुनुपर्ने जस्ता विषयहरु छन् ।

    नेपाल सरकारले धेरै कुराहरु गर्ने भनेको छ । यसमा हाम्रो साथ र सहयोग रहनेछ । सबै सहयोग सरकारमार्फत भन्ने भन्दा पनि सहयोगी एजेन्सीहरुबाट पनि जानेछ । यसलाई अन्यथा लिन मिल्दैन । राष्ट्रसंघ अन्तरगतका संस्थाहरुमार्फत पनि सहयोग गर्ने हो । अहिले जनतालाई सहयोग चाहिएको अवस्थामा पुराना संरचनामार्फत जाने सहयोग नियमित नै रहनेछ । यो विषय हामी आफै पनि गम्भिर छौ । सरकारको प्रभावकारितामा जोड दिदै सहयोग नियमित गर्ने हो । नेपाल सरकारले गर्ने भनिएको सहयोगमा पनि हामीले जोड दिनेछौ ।

    अमेरिकी सेना, उद्धारका लागि निकै कहलिएकाले पनि हामीले उनीहरुको महासुस गरेर नै नेपाल बोलाएका हौ । यो अमेरिकी नियोगको मात्र तयारी होइन् । यो सरकारसंगको समन्वयमा नै हामी आएका हौ । हाम्रो नेपालमा सहयोग गर्ने भन्दा अन्य कुनै प्रयोजन नभएको सबैलाई स्पष्ट पार्न चाहन्छु । नेपालमा हाम्रा सेना अहिलेमात्र होइन धेरै सहकार्यको लागि आइरहेकाले अहिलेको बसाईलाई अन्यथा कसरी लिने र? उद्धार कार्यमा आएका फर्किन थालेका छन तर राहतको लागि थप सेना र हेलिकोप्टर पनि आउँदैछ ।

    (अमेरिकी राजदूत बोडी र अमेरिकी सेनाका जनरल केन्नडीसँगै रहेर चन्द्रशेखर अधिकारीले गरेको कुराकानीमा आधारित)


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 60 days
    Recommended Popular Threads Controvertial Threads
    शीर्षक जे पनि हुन सक्छ।
    NRN card pros and cons?
    What are your first memories of when Nepal Television Began?
    Basnet or Basnyat ??
    nrn citizenship
    Sajha has turned into MAGATs nest
    Nas and The Bokas: Coming to a Night Club near you
    डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
    3 most corrupt politicians in the world
    if you are in USA illegally and ask for asylum it is legal
    Top 10 Anti-vaxxers Who Got Owned by COVID
    निगुरो थाहा छ ??
    Poonam pandey - death or suicide?
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    Travelling to Nepal - TPS AP- PASSPORT
    TPS Work Permit/How long your took?
    How long does Citizenship take?
    Will MAGA really start shooting people?
    Nas and The Bokas: Coming to a Night Club near you
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters