[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रार्थना कालमा कम्पन
[VIEWED 2136 TIMES]
SAVE! for ease of future access.
Posted on 05-15-15 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रार्थना कालमा कम्पन

महाभूकम्प आएको १२ वैशाखको दिन शनिबार पर्दा विद्यालय र सरकारी कार्यालय बन्द रहेका कारण कम मानवीय क्षति भएको मानिए पनि इसाई समुदायले भने शनिबार परेकैले बढी क्षति बेहोर्नु पर्‍यो।

गुणराज लुईंटेल
कनान प्रार्थना हल रहेको कपनस्थित साततले घर भत्कँदा २६ इसाई धर्मावलम्बीको मृत्यु भयो।
विदेशमा हरेक साता आइतबार बिदाका दिन चर्चहरूमा प्रार्थना हुन्छ। नेपालमा भने सार्वजनिक बिदा पर्ने शनिबार इसाईहरूको साप्ताहिक धार्मिक भेला हुन्छ। १२ वैशाखको महाभूकम्प आउँदा प्रार्थनामा सहभागी धेरै इसाई धर्मावलम्बीको मृत्यु भएको छ।

नेपाल राष्ट्रिय क्रिस्चियन महासंघका अनुसार भूकम्पमा परी काठमाडौंमा ११३, सिन्धुपाञ्चोकमा १९३, धादिङमा २३७ र गोरखामा ५१ गरी ५९४ जना इसाई धर्मावलम्बीको मृत्यु भएको छ। धादिङका केही गाउँसँगै ललितपुर, नुवाकोट, रसुवातिरको विवरण आउन बाँकी रहेकाले यो संख्या बढ्ने महासंघका सल्लाहकार केबी रोकायको अनुमान छ। उनका अनुसार, ५३ वटा चर्च पूरै भत्किएका छन् भने ७५० वटा आधा भत्केका वा चर्केका छन्।

काठमाडौंको कपनस्थित 'साततले' घर भत्कँदा पुरिएर मर्ने ७० मध्ये २६ जना इसाई थिए। 'साततले' भित्र रहेको कनान प्रार्थना हलमा साप्ताहिक प्रार्थना गरिरहेका ५२ जना घाइते भए। त्यस्तै, स्वयम्भूको ठाडो भर्‍याङस्थित भीएस चर्चमा प्रभूको आराधना गरिरहेका १७ जनाको ज्यान गएको छ।

नेपाल राष्ट्रिय क्रिस्चियन महासंघका सल्लाहकार रोकाया त्यो दिन शनिबार नपरेको भए नेपाली इसाईहरू यति धेरै हताहत नहुने बताउँछन्। उनका अनुसार, हरेक शनिबार ९–१२ बजेको समयमा नेपालभरका चर्चमा नियमित प्रार्थना र भजनको कार्यक्रम हुने गरेको छ। रोकाय भन्छन्, “१२ वैशाखमा महाभूकम्प आउँदा धेरैजसो चर्चमा प्रभूको प्रार्थना चलिरहेको थियो।”

सुरक्षाको लागि निर्धारित मापदण्ड मिच्दै सात तला अग्लो बनाइएको कपनको 'साततले' महाभूकम्पको एकै झ्ट्कामा धरासायी भएको थियो। त्यस्तै, स्वयम्भूमा भूकम्प आउँदा भागेर बाहिर निस्किएकाहरूलाई भीएस चर्च ढलेर थिचेको थियो, जहाँ १६ जना मात्र बाँच्न सके। त्यहाँ उद्धार गर्न पुगेका सीतापाइलाको होली नेशन चर्चका जोन शर्माको टोलीले ८ जना घाइतेलाई अस्पताल पुर्‍याएको थियो।

महाभूकम्पपछि इसाई समुदायले संस्थागत रूपमा राहत कार्यक्रम सञ्चालन गरेको छ। यो विपत्तिले आफ्नो समुदायमाथि ठूलो क्षति पुर्‍याएको इसाई अगुवा दिनेश श्रेष्ठले बताए। पाँच वर्षअघि धरानको सियोन चर्चमा प्रार्थना गर्न सयौं इसाई भेला हुँदा दुईतले बाँसको टहराले च्यापिएर २३ जनाको मृत्यु भएको थियो।

डम्बरकृष्ण श्रेष्ठ



 
Posted on 05-15-15 3:24 PM     [Snapshot: 160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Those bastard locked the door and told the poor fellow that their new God will save, he is the savior . Couple of them jumped out of window praying Narayan, and saved them self. It happen in two churches. Who knew what to do in earth quack , hiding under table were two padaries. Now those ahole will claim that their God saved them.

 
Posted on 05-15-15 3:28 PM     [Snapshot: 160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

They were killed because they locked them in and was told that their new God will save them and locked the key. They were killed by the priest . Two of them jumped out of window and saved them selves.
 
Posted on 05-15-15 5:05 PM     [Snapshot: 225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://annapurnapost.com/News.aspx/story/11802#sthash.WW1p14cy.uxfs&st_refDomain=&st_refQuery=
 
Posted on 05-15-15 6:21 PM     [Snapshot: 278]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sounds like that maniac Jim Jones incident or waco incident
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters