[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चकित छन् अमेरिकी भूगर्भविद्
[VIEWED 3674 TIMES]
SAVE! for ease of future access.
Posted on 05-19-15 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चकित छन् अमेरिकी भूगर्भविद्


विनोद तिवारी,अमेरिकी भूगर्भविद्
 |२०७२ जेष्ठ ५ मंगलवार107594 पटक पढिए

मेरो नेतृत्वमा चारजना अमेरिकी विज्ञ समूह भूकम्पपछि नेपालको भौगर्भिक अवस्था अध्ययनमा परिचालन भएको छ। फल्ट रप्चर (जमिनमा चिरा) हेर्ने नाम चलेका विज्ञ पनि हाम्रो समूहमा छन्। 
 
जापानमा भूकम्प आउँदा पहिलोपटक रप्चर देखिएन तर दोस्रोपटक धक्का आउँदा सात किलोमिटर लामो फल्ट रप्चर भुइँमै देखियो। त्यो चिरा हेरेर यति म्याग्निच्युटको भूकम्प सिर्जना गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ।
 
नेपालमा पनि हामीले यो खोज्दै हिँड्यौं तर कहीँ पनि यो बाहिर देखिएको छैन। अहिले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, लामोसाँघु, जिरी तथा नुवाकोट सबैतिर गयौं। त्यहाँ देखिएका पहिरो रक फलमात्रै हो। तर आठ, नौ ठाउँमा भने साँच्चिकै खतरा पहिरो पनि देखिएको छ। 
 
बारपाकदेखि पूर्वतिर चाहिँ पहिरोको सम्भावना असाध्यै धेरै छ। अमेरिकाबाटै अर्को टिम काठमाडौंको माटो हेर्न आएको छ। यहाँको माटो एकदम कमजोर छ। माटोका कारण क्षति भएका घर हेर्ने टिम पनि हामीसँगै छ।
 
अरू टिम पनिआउँदैछन्। यसमा यूएसजीएसका इन्जिनियरहरू पनि आउँदैछन्। यो भूकम्पले नेपालमा धेरै पहिरो ल्याउन सक्छ भनेर संसारको ध्यान त्यसैमा केन्द्रित भएको छ। मनसुनमा आउन सक्ने पहिरो अध्ययन गर्न अर्को टिम आउँछ।
 
नेपालको भूकम्प असाध्यै फरक छ। नेपालको यो भूकम्प देखेर मान्छे छक्क परेका छन्। संसारमा नदेखिएका प्रकृति यहाँ देखिएको छ। फरक प्रकारको भूकम्पले कोड नै फेरिदिन्छ। 
 
कोबेमा भूकम्प जाँदा तथा लस एन्जलसमा जाँदा पनि धेरै अध्ययनहरू भए। नेपालको भूकम्पबाट पनि संसारले धेरै कुरा सिक्नुपर्छ र सिक्न सक्छ भन्ने छ। यही सिकाइका लागि पनि अमेरिकाबाट टिमहरू परिचालन हुने हो। 
 
हामी पहिला त्यहाँ पुग्ने हो र पुगेको तीन हप्ताभित्र विस्तृत प्रतिवेदन विश्लेषणसहित बुझाउनुपर्छ। अमेरिकामा भएको टिमले पनि मोडलिङ गरिरहेको छ। तथ्यांक लिएर त्यसको विश्लेषण गरिरहेका हुन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कले र क्यालटेकले मोडलिङ गरेर बसिरहेका छन्।
 
लोकन्थलीको बाटो फ ल्टका कारण भत्किएको होइन। यो त टिपिकल्ली सोयल फेलर (माटोकै कारण) भएको हो। कम्पले पानीको तहलाई माथि ल्याइदिन्छ। 
 
समयअनुसार माथि आएको पानीको सतह तल पनि जान्छ। यस्ता घटना काठमाडौंमा धेरै ठाउँ भेटेका छौं। अमेरिकाले यो अध्ययन गर्छ अनि वेभ पेजमा राख्छ। 
 
हाम्रो टिमले निकालेको निष्कर्ष अति नै विश्वासिलो हुने भएकाले सबैले फाइदा लिन सक्छन्। नेपालले पनि यसको फाइदा पाउँछ। पछि सहरको डिजाइन गर्न पनि यो अध्ययनले सहयोग पुर्‍याउँछ। जथाभावी घर बनाउनु भएन। 
 
अमेरिकामा भएका अभ्यास पनि प्रतिवेदनमा हुन्छ। भविष्यमा नेपालले अल्पकालीन र दीर्घकालीन रूपमा केके गर्ने भन्ने योजना बनाउन अध्ययन सहयोगी हुन्छ।
नेपालको भूकम्प असाध्यै फरक छ।संसारमा नदेखिएका प्रकृति यहाँ देखिएको छ। फरक प्रकारको भूकम्पले कोड नै फेरिदिन्छ। नेपालको भूकम्‍पबाट पनि संसारले धेरै सिक्‍नुपर्छ र सिक्‍न सक्‍छ भन्‍ने छ। 
काठमाडौंमा चारपाँचवटा यस्ता कुरा छन्, जसले ठूलो क्षति हुनबाट बचायो। नेपालमा भूकम्पबारे धेरै तथ्यांक छैन। जमिन कति हल्लियो, कति हल्लिन्छ भन्ने सबै रेकर्ड हुन्छ। 
 
नेपालमा त्यो तथ्यांक पाइँदैन। जमिन कति हल्लियो भन्ने थाहा पाएपछि मात्रै घरहरू कसरी भत्किए भन्ने थाहा पाउन सकिन्छ। घरहरू राम्रो बनावट भएर ढलेन, नराम्रो भएर ढले भनेर हावा तालमा भन्ने हुँदैन। 
 
हामीले प्राप्त तथ्यांकका आधारमा एउटा कुरा अनौठो देखियो। यो भूकम्पले जति हल्लाउनुपर्ने हो त्यति हल्लाएन। ग्राभिटीको ७० प्रतिशत हल्लाएको भए पनि हामी छक्क पर्दैनथ्यौं तर यसले त जम्मा १७ प्रतिशतमात्रै हल्लायो। 
 
काठमाडौंको मान्छे घर हल्लियो भनेर धेरै चिन्तित छन् तर धेरै हल्लाएकै छैन। संसारभरि भएका अनुसन्धानअनुसार, यो भूकम्पले धेरै हल्लाउनुपर्ने हो। विभिन्न केन्द्रको तथ्यांकका आधारमा विश्लेषण गर्दा यस्तो निष्कर्ष निकाल्न सकिन्छ। 
 
जमिनमुनिको माटोमा यो निर्भर हुन्छ। यसपटक जमिन हल्लाउने शक्ति जमिनमुनि छरियो। काठमाडौंमुनि पाँच सय मिटरको क्षेत्रमा त्यो असर कतै काटिएर गयो। 
 
घरहरू भूकम्पले एकपटक उता लगेर यता ल्याउँदा ६ सेकेन्डसम्म लागेको छ। यो एकदमै कम हो। सामान्यरूपमा एक दुई सेकेन्ड लाग्नुपर्ने हो। जमिन यताउता गर्दा लाग्ने र घर यताउता गर्दा लाग्ने समय बराबर भयो भने घरलाई धेरै ड्यामेज गर्छ। 
 
शक्ति कमजोर हुनुमा धेरै कारण छन्। त्यसमा अध्ययन गर्न आवश्यक छ। भूकम्पको लोड हालेर काठमाडौंको माटो हेरेको छैन। बढी माटो भएको ठाउँमा एम्प्लिफिकेसन धेरै हुन्छ। तर यसले एप्लिफिकेसन उच्च छैन। 
 
अग्ला घर बनाउँदा विचार गर्नैपर्छ। माटो बढी भएको ठाउँमा यसको असर बढी देखिन्छ। संसारमा घरका डिजाइन गरेर भूकम्प प्रतिरोधी बनाउन सकिन्छ। बेस आइसोलेसन, पायलिङ गरेर बनाएका भवन भए कम क्षति हुन्छ।
 
रेक्टर स्केल महत्त्वपूर्ण होइन। कति हल्लायो (इन्टेन्सिटी) भन्ने महत्त्वपूर्ण हो। एपिसेन्टर कहाँ छ भन्नेले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। कस्तो माटो छ भन्नेले विशेष अर्थ राख्छ। 
 
कुनै माटो भएको ठाउँमा बढी हल्लिन्छ कतै घटाउँछ। दुई तीनतले घर माटोमाथि बनाउँदा धेरै खतरा हँुदैन तर चट्टानमाथि भए बढी खतरा हुन्छ। किनभने भूकम्पको फ्रिक्वेन्सी चट्टानमा छिटो दौडिन्छ। 
 
घरको जगमा चट्टान भेटियो भने घर बलियो हुन्छ भन्ने ठीकै हो। त्यस्तोमा फाउन्डेसन कम गरे पनि हुन्छ तर माटो भएका ठाउँमा धेरै तल जानुपर्छ।
 
यो भूकम्पले केन्द्रबिन्दुबाट दुवैतिर बराबर असर पार्नुपर्ने तर डिरेक्टिभिटी लागेको छ। यसले एकतिरमात्रै पछ्याएको छ। यो भूकम्पले पारेको चिरा ९० सालमा जमिनमा चिरा परेको ठाउँमा पुगेर जोडिन खोजेको छ। 
 
कतै पुगेर इनर्जी लक भयो त्यही भएर पूर्वतिर बढी असर गर्‍यो। पश्चिमतिर गरेन। यो भूकम्पको अस्वाभाविक चरित्र हो। यस्तो कतै पनि भएको छैन। पुरानो चिरामा यसपटक इनर्जी पुगेर टुंगिनुपर्ने थियो। 
 
त्यहाँ जान खोज्यो तर इनर्जी ट्रान्सफर हुन सकेन। पराकम्पन जहिले पनि चिराको अन्त्यतिर बढी आउँछ। अहिले गोरखाको बारपाकबाट दोलखा र दोलखाबाट ९० सालको एपिसेन्टरको दूरी लगभग बराबर छ। 
 
यदि चट्टानमा परेको चिराले ९० सालको चिरा छोएको छ भने चाहिँ यो क्षेत्र ७०, ८० वर्षका लागि ठूलो भूकम्पबाट सुरक्षित भयो। अरूतिर त कहाँ जान्छ भन्ने कसैले अनुमान गर्न सक्ने विषय होइन। 
 
धेरै लामो चिरा पर्‍यो भने त्यो क्षेत्रमा ठूलो भूकम्प आउने सम्भावना कम हुन्छ। काठमाडौंमुनि फल्टहरू धेरै छन्। सानासाना धेरै फल्ट वरिपरि धेरै छन्। त्यो चुप लागेर बसेको थियो अब चल्मलाउन थाल्यो। 
 
पराकम्पन त आइरहन्छ यो सामान्य हो। जमिनमा पूरै चिरा परेको देखिए अध्ययन गर्न हुन्थ्यो। काठमाडौंमा लोकन्थलीको जस्तो ठाउँमा समस्या छ। नदी बगेको ठाउँमा घर बनाएका कारण समस्या देखियो।
 
नेपालको पश्चिमतिर यति धेरै वर्षसम्म भूकम्प गएको छैन। तर कहिले जान्छ भनेर भन्न सकिने अवस्था छैन। नजान पनि सक्छ। जमिनमुनिको चिरा कति परेको छ भनेर पनि अध्ययन गर्न सकिन्छ तर यो असाध्यै महँगो हुन्छ। यो ग्यारेन्टी पनि हुँदैन। 
 
खोलाको किनारमा बनाएका घरमा लिक्युफ्याक्सन (बालुवाका कणबीचको बलियोपना भूकम्पले तोडेर पानी बाहिर निकालिदिन्छ) भूकम्पको सम्भावना बढी हुन्छ। बालुवाको तह भएको ठाउँमा लिक्युफ्याक्सन हुन्छ। यस्तो ठाउँमा पानी माथि आउँछ। त्यस्तामाथि भएको घर खतरा हुन्छ।
 
अबदेखि घर बनाउँदा माटोको परीक्षण गर्नुपर्छ। बनेका घरको माटो पनि जाँच्नु उपयुक्त हुन्छ। पराकम्पनपछि अर्को ठूलो भूकम्प आउँछ वा आउँदैन कसैले भन्न सक्दैन तर त्यसको सम्भावना भने धेरै कम भएको छ। हाम्रो जमिनमुनि परेको चिराको बनोट हेर्दा ठूलो भुइँचालो नआउनुपर्ने हो।
 
नेपालमा भूकम्प जानेबित्तिकै अमेरिकाले विज्ञहरूलाई संसारभर पठाउँछ। सरकारले लगानी गरेको अमेरिकाको जिओटेक्निकल एक्ट्रिम इभेन्ट्स रिकन्नाइसेन्स (जीईईआर) छ। त्यो पनि परिचालन हुन्छ। 
 
त्यसले पहिले भूकम्प गएको ठाउँमा जमिन कसरी हल्लियो भनेर अध्ययन गर्छ। जमिनमा भएका प्रमाण मेटिने सम्भावना छिटो हुनाले त्यसको अध्ययनमा केन्द्रित हुन्छ। जमिन हेर्ने समूह पहिले परिचालन हुन्छ। 
 
त्यो समूह फर्केर गएपछि थप अध्ययन आवश्यक पर्‍यो भने अर्को समूह आउँछ। दोस्रोमा घर हेर्ने समूह पठाउँछ। जिओटेक्निकल टिमले दिएको प्रतिवेदनका आधारमा अरू टिमले काम गर्छ।
 
(क्यालिफोर्निया स्टेट युनिभर्सिटीका एसोसिएट प्रोफेसर तिवारीसँग विकास थापा र पिताम्बर सिग्देलले गरेको कुराकानीमा आधारित)
- See more at: http://www.annapurnapost.com/News.aspx/story/11952#sthash.NrG5CQtS.dpuf

 
Posted on 05-19-15 10:44 AM     [Snapshot: 126]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी बिज्ञ चकित भए भनेर आस्चर्य मान्ने पर्दैन , हामि सबै नेपालि चकित छौ : कहिँ नभएको जात्रा हाडी गाउको उखान जस्तै भएको छ ! बिदेसमा गाडि कुदाउनेले आफु राम्रो संग चलाउछु भन्दा पनि अर्कोले गड्बड गरेर मर्ला भन्ने डर हुन्छ रे ? अहिले आफ्नो भुई तल्ले घर सुरक्षित भए पनि खम्बा गाडे झैँ गाडिएका घर ढलेर मारिने पो होकी भनि दैर्निक त्रासदीमा बस्नु पर्छ |
सडक तिर भाग्नु भन्दा घरै भित्र बस्नु सुरक्षित हो कि ? कुन चै घर ले किच्ने हो सडक हेरेर कुद्ने हैन माथि माथि हेर्दै यो घर ढले एता तिर कुदुम्ला दुवै ढले माथि पुगुम्ला छ !

 
Posted on 05-19-15 11:07 PM     [Snapshot: 516]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's a sure fix thing that where ever there is Earth(land),earthquake can't be escaped,which is bound to appear in its due date--just like pregnancy--in a time frame of few years to few centuries.Telling land I mean,whole land,not only 3% that people know of but all of them,including all the land beneath the oceans and seas too while occurring in a pattern depending on the geological formation of that particular region.

Nepal's earthquake is unique as Nepal as a country itself is unique!,given the fact that we have numerous tall mountains and hills,which stays solid in its feet, and completely blocking the inevitable moving tectonic plates--northbound--which,in a good long time,comes out as a Rage with all those accumulated energy.

Kathmandu is very very lucky for such a number of casualties( although 1600 plus and counting...) in such a vicious quake as Kathmandu is a marshland according to myth and lies in the laps of surrounded hills; had Kathmandu be situated in hilly terrain like Sindhupalchowk,Gorkha,Dolkha and the likes,one can only imagine what kind of cataclysm we have to witness and experience.

The numbers itself tells the story;230 earthquakes in just 24 days,two Monstrous ones exceeding 7 RS,two Giant ones exceeding 6 RS,numerous 5 RS ones followed by a band of 4 RS(all being aftershocks of the Big one to minus the energy),which is quite uncommon and unheard all around the world.Now,we knew why our ancestors pass the idea of not making any buildings higher than the "gajur" of Pasupatinath temple in around Kathmandu area,to its residents,which is like three storey max,as they knew beforehand that Nepal is seismically active region.

Japan's and Haiti's earthquake comes from the shake beneath their near ocean while Nepal's quake is a result of wavering hills and unwavering mountains,which just stop the moving plates.Nepal should learn immensely from Japan on quake-tackling and developing physical structures which are safe and suitable for Nepal;and,other hilly countries all around the globe should learn from Nepal as what happened and what might happen.The shake jolt the place according to its location and height;Kathmandu's shake was a bit less than those of Gorkha and Dolkha,despite being of same magnitude,as they lies atop a hill while Kathmandu sleeps near the hills.My inner radar tells,the hilly area of Nepal got earthquake(as an epicenter) in about 80-100 years while the quake can appear in Terai and flat areas in about 300-400 years.

Well...even moon get its own fair of shakes known as moon-quakes!.It's just the natural process for this animated planet.RIP all those souls(seniors,juniors,kids and people of all walk of life) who have lost their precious life and may the bereaved family who lost their near and dear ones finds courage and solace to come out from this tragic event.
Last edited: 20-May-15 12:03 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters