राहत लिएर आएका राष्ट्रसंघका कर्मचारी चरेससहित पक्राउ
काठमाडाैं जेठ १६ pr
भूकम्पपीडितका लागि राहत लिएर नेपाल आएका राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कर्मचारी चरेससहित पक्राउ परेका छन् । डब्लुएफपीको तान्जानियामा लजिस्टिक अफिसरका रूपमा कार्यरत जर्मन नागरिक इजमाइल अमिर एलमाहीलाई प्रहरीले बिहीबार चरेससहित पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
नेपालबाट फर्कने क्रममा प्रहरीले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । ५७ वर्षीय एलमाहीको साथबाट साढे ६ ग्राम चरेस बरामद भएको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसपी धीरजप्रताप सिंहले बताए । ‘जिन्सको खल्तीमा लुकाइएको अवस्थामा चरेस बरामद भएको हो,’ उनले भने, ‘आफूले गाँजा र चरेस सेवन गर्ने गरेको उनले स्विकारेका छन् ।’
प्रकाशित मिति: शनिबार, जेठ १६, २०७२ ०६:३१:३६