[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अर्थमन्त्री डा. रामशरण महतले राहत कोषको चौथाई रकम आफ्नै जिल्लामा लगे
[VIEWED 2868 TIMES]
SAVE! for ease of future access.
Posted on 05-30-15 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://merolagani.com/NewsDetail.aspx?newsID=13749

लौ हेर्नुस, अर्थमन्त्री महतले यसरी कुम्ल्याए सरकारी राहत कोषको करोडौ रकम

Merolagani 
May 28, 2015

तिलक कोईराला \ हरि गजुरेल

प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा जम्मा हुने रकममा प्रधानमन्त्रीका आसेपासे, मन्त्रीहरु र सत्ताधारी दलहरुले मोजमस्ती गर्छन भन्ने आशंकाले रकम जम्मा गर्न दाताहरु डराएका छन् । स्वयं प्रधानमन्त्री सुशील कोइरालाले राहत कोषको रकम दुरुपयोग हुन दिन्न भन्दै पटक–पटक प्रतिबद्दता जनाए पनि उनकै दाहिने हात मानिने अर्थमन्त्री डा. रामशरण महतले त्यसको खिल्ली उडाईरहेको तथ्य मेरोलगानीडटकमले प्राप्त गरेको छ । हेर्नुस, यसरी कुम्ल्याए महतले नुवाकोटको नाममा रकम

अर्थमन्त्री महतको गृह जिल्ला नुवाकोट हालैको भुकम्पले बढी क्षति पुर्याएको जिल्लाहरु मध्येमा क्षतिको हिसावले तेस्रो नम्बरमा आउँछ । मृतकका हिसावले पहिलो–सिन्धुपाल्चोक, दोस्रो –काठमाडौ र तेस्रो– नुवाकोट हो । तर अर्थमन्त्री महतले आफ्नो हात जगन्नाथ भन्दै  सबैभन्दा बढी नुवाकोटका लागि रकम निकाशा गराएर प्रधानमन्त्री राहत कोषलाई पेवा जस्तै बनाएका छन् । अर्थमन्त्रालयले नै सार्वजनिक गरेको विवरणमा नुवाकोटमा हालसम्म एक अर्ब चार करोड ५९ लाख निकाशा भएको छ । अर्थमन्त्रीको एक्लो जिल्लामा निकाशा भएको रकम सिन्धुपाल्चोक, काठमाडौ र गोर्खासहित चार जिल्लाका लागि निकाशा गरिएको जम्मा रकम बराबर छ । भुकम्प पीडितका लागि निकाशा गरिएको जम्मा चार अर्ब ३५ करोड रुपैयाँ मध्ये एक अर्ब पाँच करोड रकम महतको जिल्लामा मात्रै जानुले उनको मनोमानी उजागर गरेको छ । 

 

महतको जिल्लामै यसरी रकम खन्याउनु पर्ने औचित्यबारे तथ्य केलाउँदा पनि अरु जिल्लालाई सरासर अन्याय भएको स्पष्ट हुन्छ । नुवाकोटमा एक हजार ६१ जनाको मृत्यु भएको छ भने ५८ हजार ९ सय ६३ घर क्षतिग्रस्त भएका छन् जब कि सिन्धुपाल्चोकमा तीन हजार ४ सय ३८ को मृत्यु भएको छ भने ६३ हजार आठ सय ८५ घर क्षतिग्रस्त भएका छन् । काठमाडौमा १ हजार २ सय २१ जनाको मृत्यु र ३६ हजार ९ सय ६३ घर क्षतिग्रस्त भएका छन् । त्यस्तै धादिङमा सात सय २२ को मृत्यु भएको छ भने ४३ हजार आठ सय ३४ घर क्षतिग्रस्त भएका छन् । गोर्खामा चार सय ४० जनाको मृत्यु र ४४ हजार आठ सय ७८ घर क्षतिग्रस्त भएका छन् । यसरी हेर्दा कुनै पनि हालतमा अर्थमन्त्री महतले मात्रै सबैभन्दा बढी क्षति भएका चार वटा जिल्लालाई बितरण गरिए बराबरको रकम एक्लै कुम्ल्याउनुपर्ने औचित्य पुष्टि हुँदैन, त्यसमाथि झन् रसुवा भन्दा सुगम र बिकासको सूचक उच्च रहेको जिल्लाले  धेरै पीडितको नाममा रकम लैजानु सरासर आपत्तिजनक कुरा रहेको जानकारहरु बताउँछन् ।

अर्थमन्त्री महत आफैमा सम्पन्न र वर्तमान मन्त्रिपरिषदका सबैभन्दा धनी मन्त्रीमा गनिएका ब्यक्ति हुन् । उनले ब्यक्तिगत रुपमा उल्लेखनीय योगदान गरेर उदाहरणीय बन्नुको सट्टा राज्य कोष मात्रै दोहन गर्नुले जनमानसमा गलत संदेश जाने पक्का छ । संसदीय समिति र पीडितहरुले प्रभावित जिल्लाका घर क्षतिग्रस्त भएकाहरुलाई आवास निर्माणमा १५ हजार रुपैयाँले नपुग्ने भएकाले रकम बढाउन दबाब दिँदा पनि रकम थप्न आनाकानी गर्ने महतले आफ्नो जिल्लाका पीडितलाई मात्रै पोस्ने काम गरेका छन् ।

नेताहरु सरकारी कोषको रकम हत्याउन तछाड मछाड गरिरहेका छन् भन्ने अर्को तथ्य कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो गृह जिल्ला तनहुँमा चार करोड चार लाख रुपैयाँ निकाशा गराउन सफल भएबाट पनि प्रष्ट भएको छ । पौडेलको गृहजिल्ला तनहुँमा एकजनाको पनि मृत्यु भएको छैन भने चार हजार नौ सय ४९ घर मात्र सामान्य क्षति भएका छन् । उनको जिल्ला भुकम्प प्रभावित १४ जिल्ला भित्र पनि परेको छैन तर रकम भने निकाशा भईसकेको छ । तर १० जनाको मृत्यु भएको र झण्डै पाँच सय घर क्षतिग्रस्त भएको चितवनमा  रकम निकाशा गरिएको बिबरण छैन ।

भुकम्प पीडितका लागि हालसम्म चार अर्ब ३५ करोड ६६ लाख रुपैयाँ निकाशा भईसकेको अर्थ मन्त्रालयले जनाएको छ । 

भुकम्पबाट बढी प्रभावित  सिन्धुपाल्चोक, रसुवा, दोलखा, गोर्खा, धादिङ जस्ता जिल्लाहरुमा राहत नपाएर पीडितहरुको बेहाल भएपनि ती जिल्लाहरुमा पर्याप्त रकम पुग्न नसकी पीडितहरु आक्रोशित भईरहेका छन् । 

अर्थ मन्त्रालयले दिएको बिबरण हेर्नुहोस्

Rahat Chart


 
Posted on 06-03-15 8:01 PM     [Snapshot: 296]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-04-15 12:20 PM     [Snapshot: 386]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिदेस बात डा. लिएर आएर मात्र के हुन्छ र काम गर्ने मानसिकता हेरे को कति पानीमा छन् र देशको लागि कति हितकर छन् थाहा हुन्छ |
डाकु बाम देब को अन्तर्वार्ता त्यो प्रहर्सन लाइ मात गर्ने थियो | जनताले पत्याएर दिएको को गृह मन्त्रि वा ठाडो बजाएर पाएको ?
अहिले अर्को हत्यारा दाहाल बाजे आफ्नो पार्टीको मान्छे गृह मन्त्रि बने भुचालोमा गरिने खर्च र बिदेशी सहयोग मा प्रत्यक्ष भागिदारी बन्न पाइने हुनाले अर्को गोटी चाल्दैछ | देश बनाउने कुरा इनका दिमागमा कहिले थिए र छन् ?
 
Posted on 06-04-15 12:45 PM     [Snapshot: 401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

these guys are still running the country? Do they EVER retire?
guess I wouldn't be surprised to see Girija P Koirala if he was alive, RIP.
 
Posted on 06-06-15 7:22 AM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामशरण महत : कांग्रेसका असफल अर्थशास्त्री

गिरिजालाई डुबाएपछि सुशीलको पालो

२०७२ जेठ २३ गते १८:४३ मा प्रकाशित
अरुण बराल

२३ जेठ, काठमाडौं । पञ्चायती व्यवस्थाको अन्त्यपछि पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्‍यो । तर, कांग्रेससँग अर्थमन्त्री बन्ने मानिस थिएनन् ।

पञ्चायतकालमा विदेशमा आकर्षक जागिर खाएका डा. रामशरण महतले चुनाब हारेका कारण उनलाई मन्त्री बनाउनुको साटो राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइयो ।

ramsaran

गिरिजाप्रसाद कोइरालाको कोटरीमा बसेकाहरुले दिएको जानकारी अनुसार त्यसबेला कोइरालाले अमेरिकामा रहेका सुकदेव साहलाई फोन गरेर भने- ‘तिमी नेपाल आऊ, म अर्थमन्त्री बनाइदिन्छु ।’ तर, साहले नेपालमा अर्थमन्त्रीको तलब कति हुन्छ भनेर सोधेपछि गिरिजाले रिसाएर फोन राख्दै भने-‘त्यसलाई अर्थमन्त्री बनाउनुपर्‍यो भनेको त, तलब पो सोध्छ ।’

पञ्चायलकालमा कांग्रेस बनेर दुख पाएका धनकुटाको सिँबुवा पुख्र्यौली घर भई बिराटनगर बस्ने महेश आचार्यले प्रवासबाटै अर्थशास्त्रमा उच्चशिक्षा सिध्याएका थिए । उनी कुनै राम्रो जागिरको खोजीमा थिए ।

आफ्नै पार्टीको सरकार भएको अवस्थामा महेश आचार्य कृषि विकास बैंकको सीइओ बनाइदिनुपर्‍यो भन्दै काठमाडौं आए । तर, गिरिजाप्रसा कोइरालाले उनलाई हालका गगन थापाकै जस्तो उमेरमा अर्थराज्यमन्त्री बनाइदिए । भनेजस्तो अर्थमन्त्री नभेटेको कांग्रेसले केही समय राज्यमन्त्री र योजना आयोगको उपाध्यक्षकै भरमा देश चलायो ।

जानकारहरुका अनुसार महेश आचार्य अर्थराज्यमन्त्री भए पनि योजना आयोगका उपाध्यक्ष रहेका डा. महतले नै मुलुकको आर्थिक नीति चलाउँथे । आचार्यको भूमिका महतको ‘अर्दली’ जस्तो मात्रै थियो ।

महत आफूलाई एकमात्र अर्थशास्त्र बुझेको कांग्रेस नेता ठान्थे । कसैले बहस गर्न खोज्यो भनेे तैंले अर्थशास्त्र पढेको छैनस् भन्ने महतको जवाफ हुन्थ्यो ।

दोस्रो संसदीय चुनावपछि डा. महत सतहमा अगाडि देखा परे । डा. नारायण खड्का र महेश आचार्यहरुलाई माद खुवाउँदै डा. महत कांग्रेसका एकमात्र अर्थशास्त्रीका रुपमा देखा परे । उनको अर्थशास्त्रले ०४८ सालदेखि अहिलेसम्म मुलुकलाई कुन हालतमा पुर्‍यायो, सबैलाई थाहा छँदैछ ।

गिरिजालाई डुबाउने अर्थशास्त्री

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला राजनीतिक हिसाबले ‘टावर पर्सनालिटी’ मानिए पनि उनीसँग देशलाई कसरी सम्वृद्ध बनाउने भन्ने कुनै भिजन थिएन । सामाजिक आर्थिक एजेन्डा कस्तो बनाउने भन्ने सपना गिरिजाको दिमागमै थिएन । तर, ०४७ सालपछि देशलाई अगाडि बढाउने र प्रजातन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा थियो ।

यस्तो बेलामा राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा प्रभाव जमाउन सफल अर्थविद भनिएका डा. महतले कुनै पनि जनपक्षीय नीति र योजना अवलम्बन गर्न सकेनन्, जसले नेपाली कांग्रेसबाट भएका कामहरुलाई स्मरण गराउन सकोस् ।

पञ्चायतकालमा राम्ररी फस्टाएका उद्योग धन्दाहरु केही कौडीको भाऊमा बेचिए, केहीमा चर्को राजनीतिकरण गरेर भ्रष्टाचारको अखडा बनाइयो । खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेहरु जन्मिए । ठेक्कापट्टामा कांग्रेसीकरण भयो । देश भ्रष्टाचारमा डुब्यो, नेताहरु रातारात करोडपति बने । यो सबै डा. महतको अर्थशास्त्रकै योगदान थियो ।

फलस्वरुप कांग्रेसको गैरजिम्मेवार एवं जनविरोधी आर्थिक सामाजिक नीतिका कारण देशमा विद्रोहको जन्म भयो । अस्थिरता र अराजकताको जन्म भयो ।

वीपी कोइरालाले प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गरेका थिए । ०४७ सालमा प्रजातन्त्र आएपछि कांग्रेसले वीपीलाई पछ्याएको भए सामाजिक न्यायसहितको लोकतन्त्र नेपाली कांग्रेसको एजेण्डा बन्नुपर्दथ्यो । यदि कांग्रेसले वीपीले भनेजस्तै सामाजिक न्यायसहितको प्रजातन्त्रको अभ्यास गरेको भए नेपालमा कुनै विद्रोहको जन्म हुने थिएन । तर, डा. महतको अर्थशास्त्रमा सामाजिक न्याय भन्ने शब्दले प्रवेशै पाएन ।

पश्चिमी शिक्षा पाएका र नेपालमा दलाल सामन्त वर्गको प्रतिनिधित्व गर्ने अर्थमन्त्री महतले शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत अधिकारलाई समेत व्यापारीकरण र निजीकरण गरे । लोक कल्याणकारी व्यवस्थाको अभ्यासतिर कुनै ध्यान दिएनन् । यसले गर्दा नेपाली कांग्रेस गरीखाने वर्गको पार्टी बन्नै सकेन ।

सुशीलले पनि मान्छे पाएनन्

जसले १५ वर्षसम्म नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवाद र सामाजिक न्यायको बाटोबाट अन्यत्र मोडेर देशलाई भड्खालोमा हाल्यो, अहिले प्रधानमन्त्री सुशील कोइरालाले पनि उनै असफल व्यक्तिलाई आफ्नो आर्थिक सल्लाहकार बनाएका छन् । कोइरालाको इमान्दारितामाथि डा. महतको ‘भ्रष्टशास्त्र’ हावी भएको छ ।

भूकम्प पीडितलाई तत्काल राहतको घोषणा गर्नुपर्छ भन्दा त्यसरी पैसा दिन नसकिने अडान राख्ने महत यतिबेला अर्कोपटक असफल अर्थमन्त्रीमा दर्ज हुने प्रक्रियामा छन् । सरकारले भ्रष्टाचार गर्छ भन्ने विश्वास दाता र जनतामा छ ।

महतले नै दीक्षित गरेका उनका स्वकीय सचिव नै जस्तापाता काण्डमा परेर राजीनामा दिएको अवस्था छ । माइक्रो बसमा चढेका बेलामा सुनिन्छ, यतिका वर्ष सत्तामा बस्दा पनि अर्थमन्त्रीमा किन यस्तो लोभ पलाएको होला ?

अर्थमन्त्री महतको अर्थशास्त्र भनेको भ्रष्टाचार, भ्रष्टाचार र फेरि पनि भ्रष्टाचार हो । भन्सारका कर्मचारी सुरुवा प्रकरणमा लाखौं रुपैयाँ कमिसन मागेको स्वयं अख्तियारकै अधिकारीहरु बताउँछन् । महतको सम्पत्ति पनि अथाह बढ्दै गएको छ ।

पछिल्लो समयमा प्रधानमन्त्री राहत कोषमा रकम जुटाउन नसकेको र अन्तरराष्ट्रिय समुदायलाई विश्वासमा लिन नसकेकोमा प्रधानमन्त्री सुशील कोइरालासमेत डा. महतसँग असन्तुष्ट बनेका छन् ।

महतका नाममा हुने गरेको कमिसनको खेलबाट स्वच्छ छविका प्रधानमन्त्री कोइराला हैरान बनेका छन् । सम्भवतः कोइरालाले राम्रोसँग महसुस गरेका छन् कि कांग्रेसलाई बदनाम गराउने र मुलुकलाई भ्रष्टाचारको अर्थशास्त्रमा डुवाउने डा. महतकै कारण नेपाली कांग्रेस जनतामा बदनाम भइरहेको छ ।

तर, कांग्रेसमा अर्को अर्थशास्त्री को त ? सम्भावित नेता डा. नारायण खड्का पनि यतिबेला त्रिपालको भ्रष्टाचार काण्डले छोपिने क्रममा छन् । निश्कर्षमा यसो भन्न सकिन्छ कि देशलाई सम्वृद्धितर्फ लानुपर्ने जिम्मेवारी पाएको नेपाली कांग्रेस असफल अर्थशास्त्रीको चंगुलमा जकडिएको छ ।

हुनत अर्थमन्त्री डा. महतले प्रजातन्त्रकालमा भएको आर्थिक प्रगतिलाई आफ्नो सफलताका रुपमा आफ्नो पुस्तकमै लेखेका छन् । तर, यो अवधिमा एमालेले अघि सारेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमको उपलब्धीलाई मात्रै झिकिदिने हो भने डा. महतको अर्थशास्त्रमा सम्झन लायकको कुनै एउटा पनि विषय बाँकी रहँदैन ।

आखिर इतिहासले महतमाथि गम्भीर प्रश्न तेस्र्याएको छ, सधैं तनावमा देखिनुहुने तपाईसँग मुलुकलाई सम्वृद्ध बनाउने र आधारभूत जनताको जीवनस्तर उकास्ने कुन त्यस्तो कार्यक्रम छ, जसले तपाईलाई अर्थशास्त्र पढेको नेताका रुपमा मान्न सकियोस् ?

एमाले नेता भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डेले छोटो समयमा जुन प्रगति गरेर देखाए, एमाओवादी नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा जसरी राजस्वमा सुधार गरे, योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थमन्त्री महतलाई सम्झन लायक उहाँको योगदान के छ ? केही पनि छैन ।

बरु, त्यसको विपरीत सरुवा बढुवामा पैसा खाने गरेको, राजस्व उठाउन नसकेको, राजनीतिक स्थिरता हुँदा पनि विकास बजेट खर्च गर्न नसकेको र जस्तापाता एवं त्रिपालमा भ्रष्टाचार भएको घटनाले डा. महत सबैभन्दा असफल अर्थमन्त्रीमा दर्ज हुँदैछन् ।

सम्भवतः यही कारणले हुनुपर्छ, विपक्षी मोर्चाले अर्थमन्त्री महतको राजीनामा माग्ने गृहकार्य थालेको छ ।

http://www.onlinekhabar.com/2015/06/285441

 
Posted on 06-06-15 7:29 AM     [Snapshot: 565]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एमाले नेता भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डेले छोटो समयमा जुन प्रगति गरेर देखाए
- Mr. Arun Baral shows his biases.

Bharat Mohan Adhikari
How about Bharat Mohan Adhikari's scandal on providing discounts to Chaudhari group and other business groups on taxes? How about the blame from Rameswor Khanal about Bharat Mohan Adhikari? How about the news on Bharat Mohan Adhikari working as a puppet of Chaudhari group and other marwari businessmen?

Surendra Pandey
- A successful minister and sabhasad who needs to beg for one "Tent".
- A successful psychologist who calls "Dr.Govinda KC from Teaching Hospital" as a mentally ill person.
- A successful entrepreneur, aka an agent of "medical mafia"

We all know about Baburao.

 
Posted on 06-06-15 7:20 PM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rajina ma de kahte mahat
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters