[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बाँच्न जान्दछ नेपाली
[VIEWED 1475 TIMES]
SAVE! for ease of future access.
Posted on 06-10-15 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


बाँच्न जान्दछ नेपाली

(3 votes)
बाँच्न जान्दछ नेपाली

आफ्नै बारीको काउली र आलु तेल, नुन–बेसार र खुर्सानी हालेर पर्परी भुटिरहेकी उनी सामुन्ने नौला मान्छे देख्नासाथ सल्बलाइन्। झटपट पाहुनालाई सत्कार गर्न तम्सिइन् अनि हामीलाई बस्न र खाना खाएर मात्र जान जिद्धि गरिन्। हामीले खाना खान इन्कार गरेपछि पनि उनी चुप बसिनन्। ठेकीबाट गिलासमा मोही सारिन् र हाम्रो आतभरि रसिलो अतिथिसत्कार बिच्छ्याइन

वैशाख १२ को शक्तिशाली भूकम्पकेन्द्र गोरखा, बारपाक नजिकै सौरपानीकी ती महिलाको सोच र व्यवहारमा भूकम्पअघिकै नेपाली समाजको सोच, संस्कार र सद्भाव झल्कन्थ्यो दुरुस्तै, रत्ति फरक थिएन। करिब महिनादिनपछि त्यहाँ पुगेका हामीलाई सामान्य अवस्थामा झैं व्यवहार गरेर उनले यो प्रमाणित गरिन्– जस्तै प्रतिकूल परिस्थितिमा पनि नेपालीले आफैं बाँच्न सिकेको छ। त्यो पनि आफ्नो संस्कार, चलन र पहिचान कायम राख्न जानेको छ। आफूसँग खाना नभए पनि हाम्रो समाजमा अरूका निम्ति बाँड्ने तत्परता जहिल्यै देखिन्छ। धेरै विदेशी र स्वदेशी संस्थाले हाम्रो यो अन्तरनिहीत तत्परतालाई बुझेका छैनन्।

भूकम्प र लगातार अनुकम्पनले अति प्रभावित जुनसुकै गाउँ पुगौं, स्थिति यही छ। लाग्छ, त्यहाँ केही भएकै छैन। राहत बाँड्ने बहानामा गाउँ पुगेका स्वदेशी–विदेशीले अनुभूत गरेका नेपालीपन र नेपाली साहस अर्थात् आम नेपालीको बाँच्ने तरिका यहीकारण विश्वचर्चाको विषय बन्न पुगेको छ। नेपालमा भोकमरी छ भनेर अन्तर्राष्ट्रिय संस्थाहरूले हाम्रा निम्ति भिख मागिदिन खोजे पनि त्यो अवस्थामा हामी छैनौं भन्ने अदम्य साहस विपत्तिका बेला पनि प्रदर्शन गरेका छन् नेपालीले।
...
बारपाक भुइँचालोको महिनादिनमा म सौरपानी पुगेको थिएँ। त्यतिन्जेल उनीहरूले आफ्नो बन्दोबस्त मिलाइसकेका थिए। राजधानी काठमाडौंमा भएका आफन्तहरूले उनीहरुका लागि पालको व्यवस्था मिलाइदिएका थिए। नपाउनेले पनि स्थानीय सामग्रीलाई सदुपयोग गरेर आसन्न मनसुनबाट जोगिने उपक्रम सुरु गरिसकेका थिए। पुरानै घरमा प्रयोग भएका जस्तापाता निकालेर उनीहरूले आफ्ना लागि ठिक्कका घर पनि बनाइसकेका थिए। 

भुइँचालो आएपछि धेरैले सोचेका थिए– नेपालमा हुलदंगा होला, खानाका निम्ति लुछाचुँडी र आतंक सिर्जना होला। यसपटकको भूकम्पपछि नेपाली समाजले फेरि अर्को एउटा परीक्षा उत्तीर्ण गरेको छ। हाम्रा धेरैजसो गाउँघरमा सदियौं भयो, सरकार छैन। त्यसैले त्यहाँका बासिन्दाले आफैं बाँच्न राम्ररी सिकेका छन्।

राजधानी काठमाडौंमै बस्नेहरू पनि सुरुका दिनमा सहाराविहिनजस्ता भए। आलिसान भवन भएकाहरूको पनि सडकको बास भयो। एक किसिमले हामी सबैमा ‘श्मसानको वैराग्य' उत्पन्न भएको समय पनि यही हो। हामी जतिसुकै करोडपति भए पनि प्रकृतिको एकैछिनको रौद्ररूपले हामीलाई सडकमा ल्याइदिने रहेछ भन्ने तत्वबोध पनि हामीलाई यस घटनाले राम्ररी नै गरायो। 
यसअर्थमा पनि हामी सबैले श्मसानको वैराग्यलाई पुनः आत्मसात गर्यौंर। को धनी, को गरिब, को अग्लो, को होचो, को पहाडे, को मधेसी, को पदवाला, को सडकछाप– सबैलाई त्रिपालरूपी समान अवसर प्राप्त भयो। हो, यस्तै विपतमा पनि केही मानिस नदेखिएका होइनन् जो आफ्ना गाडी त्रिपालले छोप्न चाहन्थे। तर, अधिकांश मानिस मा उदात्त भावना देखियो यसपटक।

सबैजना सँगै पालमा बसेका छन्, आपसमा मिलेर खाना पकाएका छन्, विपतको सामना गर्न एकअर्कालाई ढाडस दिइरहेका छन्। यस्तो एउटा अनुपम समय हामीले गुजार्यौं । आखिर दुःखका बेला त्यही परिवार, छिमेकी र समाज चाहिने रहेछ भन्ने यथार्थबोध पनि विपतको घडीले रामै्रगरी गराएको छ। 

हामी धेरै स्वार्थी बन्दै गइरहेका थियौं। हामीले हाम्रा खुला ठाउँ कब्जा गर्यौं । हामीले घुस ख्वाएर र खाएर आफ्नै निम्ति ज्यानमारा घर र संरचना बनायौं। भूकम्पपछिको झन्डै डेढ महिनाको समय हामी आफैंले आफूलाई चिन्ने अवसर हो। हामी कुनै आफन्तजनको निधनमा आर्यघाटबाट फर्केपछि जे सोच्छौं, अहिले त्यस्तै सोच्ने भएका छौं। 
आखिर एकपटक जानै पर्ने रहेछ, तर जानुअघि किन राम्रो नगर्ने भन्ने भावना अहिले हामीमा आएको छ। हामी पहिलेभन्दा बढ्ता आत्मीय कुराकानी गर्ने भएका छौं। हिजो छिमेकीसँग नचिनेजस्तो गरी नबोली हिँड्नेहरू अहिले एकअर्काको क्षमकुशल सोध्ने भएका छौं। फेरि हामी र हाम्रो समाज आफ्नै अन्तरनिहीत गुणमा फर्किएको छ। 
विपत आएलगत्तै सबै समाजमा सहयोगको लहर आउँछ। हामीकहाँ त त्यो झनै घनीभूत रुपमा आयो। यसै पनि हाम्रो समाज सहयोगी छ। ‘मर्दापर्दा' भन्ने त हाम्रो चलनै छ। अप्ठ्यारो पर्दा सघाउने सयौं हात निस्किए यसपटक पनि। 

विपतमा पनि भूकम्पले धेरैलाई छुने रहेछ। बाढीपहिरो कुनै एक ठाउँ वा क्षेत्रमा जान्छ। त्यसले सिंगै देशलाई प्रभावित नगर्न सक्छ। भूकम्प सबै विपतहरूमा अलि बढी नै खतरानक हुने रहेछ। त्यसमा पनि हाम्रो पुस्ताले यति ठूलो विनाशकारी भूकम्प अनुभव गरेको थिएन। हो, २०४५ सालमा पूर्वी नेपाललाई केन्द्रबिन्दु पारेर गएको भूकम्पले धरानमा ठूलो क्षति गरेको थियो। पञ्चायती उत्कर्षका बेला भक्तपुरमा राहत वितरणमा पक्षपात भएको विवादबीच स्थानीय कर्णप्रसाद ह्येजुको ज्यानै भयो। 

यसपटकको विपत यति व्यापक भयो कि त्यसको असर अझै आउने केही वर्षसम्म नागरिक र देशले भोग्नुपर्नेछ। यतिबेला भत्किएका संरचनाबाट निस्किएको भग्नावशेष व्यवस्थित गर्नसमेत समस्या हुन थालिसकेको छ। ठाउँठाउँका सडकको आवागमन त्यसले अप्ठ्यारो पारेको छ। यति हुँदा पनि नागरिकहरूमा आक्रोश छैन। उनीहरूले आफ्नो सौम्य व्यवहारलाई बिर्सेका छैनन्। 
एकअर्कालाई सहयोग गर्ने र परोपकारी भावना राख्ने अहिलेको यो ‘नायकी' समय जीवनका यथार्थसँगै आगामी दिनमा परिवर्तन हुन सक्छ। र, त्यसका लक्षण देखिन थालेका छन्। अब राज्यले दिने सुविधाका निम्ति छिनाझपटी सुरु हुनेछ। आफूलाई कसरी सहयोग बढाउने भन्ने इच्छा सबैलाई हुन्छ। यो जीवनको यथार्थ पनि हो। 
तर, सबैभन्दा संकटका बेला नागरिकले धैर्यसाथ प्रतीक्षा गरेका हुनाले सरकारलाई धेरै सजिलो भयो। धेरै ठाउँमा स्वस्फूर्त रुपमा सहयोगी हातहरू पुगे। यसपटकको नेपालको अर्को यथार्थ के हो भने प्रत्येकजस्तो घरबाट कोही न कोही विदेशी भूमिमा कार्यरत छन्। तिनले सीधै आफ्ना परिवारका निम्ति पैसा पठाए। त्यसले पनि सबैजसो नेपालीलाई आफ्नो बन्दोबस्त गर्न सजिलो पर्योप। मुलुकमा रेमिट्यान्स भित्याइरहेका कम्पनीहरूले समेत यसका निम्ति कुनै शुल्क नलाग्ने व्यवस्था गरेर यो प्रक्रियामा सघाएका थिए। 

हो, सरकारको उपस्थिति समयमै भएन भन्ने गुनासो जताततै सुनिन्छ। सरकार भनेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राज्यका कर्मचारी सबै हुन्। तैपनि हामीलाई हाम्रा प्रधानमन्त्री, मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा तत्कालै पुगेको हेर्ने इच्छा हुन्छ। आखिर विपतका बेला सहारा भनेको सरकारै हो। सरकारले नागरिकलाई नआत्तिन सन्देश प्रवाहित गर्न सक्छ। 
दुर्भाग्य! प्रधानमन्त्री सुशील कोइराला पाँचौं दिन मात्र न्युरोड पुगे। भूकम्प गएका बेला उनी देशभित्रै थिएनन्। उनी नभए पनि के भयो र? एक/दुई घन्टाकै बीच विपत व्यवस्थापनको जिम्मेवारीसमेत बोकेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम नागरिकसम्म पुग्न सक्थे। भूकम्पले ढालेको धरहरानजिकै पुगेर उनले दुई शब्द बोलेका भए पनि नागरिकले धेरैपछिसम्म तिनलाई सम्झन्थे। यसर्थमा हाम्रो सरकार यसपटक चुक्यो। 

सरकारको सूचना प्रवाह शून्यप्राय रह्यो। एक सातापछि नेपाली सेनाका प्रमुख गौरवशमशेर राणाले सम्पादकहरूलाई बोलाएर आफूले गरिरहेको कामबारे जानकारी गराएका थिए। उनी नै नेपाल सरकारको सबैभन्दा माथिल्लो तहका अधिकारी थिए जसले पहिलोपटक प्रेसलाई यति ठूलो महाविपतबारे जानकारी गराए। खासमा सरकार विपतको जानकारी गराउने र नागरिकलाई सुसूचित गराउने काममा पूर्णतः असफल रह्यो। 

यति हुँदाहुँदै पनि हाम्रा नागरिकहरूको शान्त रहन सक्ने क्षमता भने अनुपम रह्यो। यही बेला उनीहरूले विरोध प्रदर्शन गर्न थालेको भए समाल्न गाह्रो हुने थियो। बस, नागरिकहरूले हाम्रो नेतृत्वले कसरी यो विपतलाई सम्बोधन गर्योन भन्ने हिसाबकिताब मात्र गरेर बसेका छन्। यस्तो बेला जसले काम गर्योल, त्यही ‘हिरो' बन्छ। त्यो अवसर हाम्रा धेरै नेताले गुमाए यसपटक। 
केही समय ढिलाइ गरेरै भए पनि दलहरू नागरिकलाई सहयोग गर्ने अभियानमा सरिक भएका छन्। अझ युवा नेताहरूले निर्माणका काममा सक्रिय सहभागिता जनाएर सकारात्मक सन्देश प्रवाहित गरिरहेका छन्। यसले थोरै भए पनि नागरिकमा दलहरूप्रति विश्वास जागेको छ। तर, पूर्ण विश्वास हासिल गर्न दलहरूले सरकारलाई सक्रिय बनाउनुपर्ने हुन्छ। 

अहिलेको विश्वव्यापीकरणको समयमा अन्यत्र मुलुकमा विपतपछि भएका घटनाहरूलाई पनि हाम्रो समाजले अहिले बुझिरहेको छ। हैटीको महाविपतपछि विदेशी दातृसंस्थाहरूले मच्चाएको ताण्डव र त्यसले नागरिकलाई पुनर्स्थापित गर्न असफल भएको तथ्यबाट समेत हाम्रो समाज जानकार भएको छ। त्यसैकारण सरकारले एकद्वार नीतिअन्तर्गत पुनर्निर्माणमा लाग्ने योजना बनाएको छ। 
तर, यसबाट आफूले सजिलै सहयोग पाउने विश्वास छैन नागरिकमा। त्यसैले सबैले आफ्नो जोहो गर्न थालिसकेका छन्। भूकम्पको दोस्रो साता काभ्रेको चण्डेनी गाविसस्थित ज्वानेटार पुग्दा सबैले आफ्नो जोहो गर्न थालिसकेका थिए। टिनका अस्थायी टहरा बनाएर आफूले जोगाउन सक्ने अनाज भण्डारण गर्न थालिसकेका थिए।

भूकम्पले यस गाउँमा पानीको मुहान बढायो। यसले निरन्तरता पाए केही वर्षमै आफूले अनाज फलाएर भूकम्पबाट भएको क्षतिपूर्ति गर्ने सुरमा देखिए उनीहरू। राजधानी काठमाडौंसँग जोडिएका जिल्लाहरूमा तरकारी र खाद्यान्न खेतीबाट सर्वसाधारणले आम्दानी गर्दैछन्। टाढा गाउँका सर्वसाधारण पनि आफ्नो निर्वाहमुखी खेतीबाट जीविका गर्दैछन्। त्यो नभए विदेशी भूमिमा परिवारको कुनै सदस्यले गरेको आम्दानी आफ्नो ठाउँमा छ। 
प्रभावकारी सरकारी संयन्त्र हुने हो भने अहिलेको विपतबाट उठ्न धेरै समय लाग्दैन। हाम्रा नागरिक मेहनतको पसिना बगाउन तयार छन्। अहिले उनीहरूलाई भरथेग गर्न सक्ने सहज संयन्त्र हुने हो भने तिनले यही धर्तीमा सुन फलाउने छन्। भूकम्पबाट उठ्न सरकारले आव्हान गरेको सहयोगले मूर्तरुप लिइसकेको छैन। सरकारले विश्वसनीय अवस्था सिर्जना गर्योू भने त्यो सहयोग पनि जुृट्ला। तर, आफ्नै देशभित्रको स्रोत–साधनको सदुपयोगले दिगो अवस्थातर्फ लैजान सहयोग गर्नेछ।

सबैभन्दा ठूलो पक्ष हाम्रा नागरिकमा रहेको धैर्य र आशा हो। उनीहरू फेरि उठिसकेका छन धुलो टकटक्याउँदै। करिब ९ हजारको जीवन गएका कारण आफन्तहरूको हृदयमा गहिरो घाउ छाडेको छ यसले। तर, हाम्रा नागरिकले बलिया संरचनामा बस्ने मौका भविष्यमा पाए र मुलुकले उन्नति गर्योा भने भूकम्पमा जीवन गुमाउनेहरूप्रतिको साँचो श्रद्धाञ्जली त्यही हुनेछ। 
हाम्रो समाजमा आशा अझै मरेको छैन। प्राकृतिक विपत खप्दै अगाडि बढ्न सिकेका हुनाले उनीहरूलाई यस अवस्थाबाट अघि बढ्न पनि गाह्रो हुनेछैन। तर, यसपालि अब भविष्यको विपत्ति सामना गर्ने गरी तयारी हुन सक्यो भने मात्र हाम्रा नागरिकको आशा निरन्तर हुनेछ। यसलाई व्यवस्थित गर्न नसक्दा आउनसक्ने भविष्यको हाँक भने सहज हुनेछैन। आफैँ बाँच्न जानेका हामी नेपालीलाई सानोतिनो भरथेग पनि ठूलो सहयोग हुनेछ।

- See more at: http://nagariknews.com/nagarik-sanibar/story/39244.html#sthash.NIZwG361.dpuf

 
Posted on 06-11-15 10:50 AM     [Snapshot: 191]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनाव मा भोट मागे जस्तो गरि बोल्न भएन : गृह मन्त्रीले बोलेका कुरा मिलाएर राख्दा हरिबंस र मदन क्रिस्नलाइ माथ गर्ने प्रहर्सन हुने रहेछ : तेसैले प्रधान मन्त्रि आएरै बोलुंन भनि मुक दर्सक बनि दर्सन दिन गएका होलान ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters