[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पूर्वमन्त्री गुप्ताले श्रीमतीलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा
[VIEWED 2031 TIMES]
SAVE! for ease of future access.
Posted on 06-24-15 5:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्वमन्त्री गुप्ताले श्रीमतीलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा

काठमाण्डु, ७ जेठ– पूर्वमन्त्री एवं तमलोपा नेपाल वृजेशकुमार गुप्ताकी पत्नी संगीताले श्रीमानले आफूलाई नोकरसँग सुत्न दबाब दिएको खुलासा गरेकी छन् ।

unnamed
सोमबार साँघु साप्ताहिकमा प्रकाशित अन्तर्वार्तामा उनले विवाह गरेर गुप्ताको घरमा भित्रिएदेखि नै आफूले दाइजो नल्याएको आरोपमा यातना सहँदै आएको उल्लेख गरेकी छन् ।

 

आफूले सामाजको प्रतिष्ठित व्यक्तिले अरुलाई समेत दाइजो नलिन आग्रह गर्नुपर्नेमा दाइजोका लागि आफूमाथि नराम्रो व्यवहार नगर्न आग्रह गरेको तर, गुप्ताले ज्यादती गर्न नछाडेको आरोप संगीताको छ । संगीताले गुप्ताले दाइजोमा स्कोरपियो गाडी मागेको बताएकी छन् ।

 

‘विहे गरेर आए लगत्तैदेखि दाइजको निहँुमा सताउन थाले । उनले स्कोर्पियो गाडी मागेका थिए’, संगीताले भनेकी छन्, ‘देशको कानूनमन्त्री भइसकेको मान्छे, यस्तो नगर्नूस्, तपाई त समाजको प्रतिष्ठित मान्छे हो, अरुलाई दाइजो नलिन आग्रह गर्नुपनेृमा तपाईं आफै ममाथि यस्तो किन गर्नुहुन्छ भनें । तर उनले ममाथि धेरै ज्यादति गरे ।’

 

 

संगीताले आफूलाई गुप्ताले अप्राकृतिक मैथुन गर्नमसेत बाध्य पारेको आरोप लगाएकी छन् । आफू पटकपटक बलात्कारमा परेको उनको भनाइ छ । त्यस यसक्रममा दुई पटक गर्भपतन समेत भएको तर परिवार बिग्रन नदिने आफूले यातना भोगेर पनि धेरै प्रयास गरेको बताएकी छन् ।

 

गुप्ताले सम्बन्ध ज्यान मार्ने धम्की दिएर विच्छेदका लागि दबाब दिएको आरोप पनि उनको छ । धम्की दिएर आफूलाई चार महिनाअघि घर निकाला गरेकाले माइतीको शरणमा लुक्दै हिंडेको उनको भनाइ छ । ‘छोडपत्र नदिए मार्छु भने । मारेर तँलाई गायब बनाइदिन्छु, यो देशमा मलाई जेल हाल्न कसैले सक्दैन भने ।’

 
गुप्ता र उनका परिवारका सदस्यले अरु मान्छे प्रयोग गरेर बलात्कार प्रयाससमेत गराउन खोजेको आरोप संगीताले लगाएकी छन् । ‘म एउटी पतिव्रता हिन्दू नारी हुँ । मेरो श्रीमानबाहेक अरुसँग कुनै प्रकारको सम्बन्ध राखेकी छैन । तर, मलाई जबर्जस्ती मेरो श्रीमान र उनका परिवारले अरु मान्छे लगाएर बलात्कार प्रयास समेत गरेका छन्’, संगीताले भनेकी छन् ।

 
उनले प्रहरीले उजुरी नै दर्ता गर्न नमानेको र महिला आयोगले दुईपटक छलफलका लागि बोलाउँदासमेत गुप्ता नआएको बताइन् । भारत माइती भएकी उनले आफ्नो कानूनी लडाइँमा सम्पूर्ण नेपालीको साथ पाउने विश्वास लिएकी छन् ।

http://kathmandutoday.com/2015/06/111074.html

 
Posted on 06-30-15 8:46 PM     [Snapshot: 447]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा पतिले मलाई नोकरसँग सुत्न दबाब दिए – संगीता गुप्ता , तमलोपा नेता बृजेश गुप्ताकी पत्नी

June 28th, 2015 
मेरा पतिले मलाई नोकरसँग सुत्न दबाब दिए – संगीता गुप्ता , तमलोपा नेता बृजेश गुप्ताकी पत्नी
अन्तरबार्ता
1

(असार ३ गते रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्न आउँदा संगीता गुप्ता निकै डराएको र हडबडाएको मुद्रामा थिइन् । उनी घरिघरि ढोका बाहिर हेर्थिन् । नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न नसक्ने संगीताले हिन्दीमै आफूमाथिको अन्याय अत्याचारका श्रृंखला सुनाइन् । पूर्व कानून मन्त्री एवं वर्तमान संविधानसभाका सदस्य बृजेशकुमार गुप्ताले भने अनुसारको दाईजो नल्याएको भन्दै आफूमाथि निरन्तर हिंसा र यातना दिएको संगीताको भनाइ थियो । संगीतासँग  निकै लामो कुराकानी गर्ने क्रममा उनले धेरै खुलासा पनि गरिन् । जुन कुरा कतिपय उनी अहिले नै बाहिर नजाउन् भन्ने चाहन्छिन् । उनलाई अहिले ज्यानको ठूलो डर छ । तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव समेत रहेका संसदीय दलका उपनेता गुप्ताले संगीतालाई मार्न व्यवसायिक किलरहरूलाई प्रयोग गरेको उनको भनाइ छ । भने अनुसारको दाइजो नल्याएकै निहुँमा संगीताले यसबीचमा गुप्ताको घरमा धेरै प्रकारका यातना भोगिन् । उनलाई नोकर लगाएर बलात्कार गराउने प्रयास समेत भयो । भारत माइती भएकी संगीताले केही उपाय नलागेपछि मात्र पत्रकार गुहार्नृुपरेको बताइन् । यसबीचमा उनले प्रहरी, प्रशासन र महिला आयोगमा पनि उजुरी दिइन् । तर, कतैबाट पनि उनले न्याय पाइनन् । प्रस्तुत छ, तिनै संगीतासंग गरिएको कुराकानीका सम्पादित अंश–सम्पादक)

० आफ्नै पति विरुद्ध किन सार्वजनिक रुपमै उत्रिनु भएको हो ?

–वास्तवमा मैले धेरै वर्षसम्म अन्याय, अत्याचार र यातना सहेँ । उहाँको (पति बृजेश गुप्ता)को सामाजिक र राजनीतिक प्रतिष्ठामा कुनै आँच नआओस् भनेरै मैले चुपचाप अन्याय सहें । तर, जति अन्याय सहँदै गएँ उतिनै ममाथिको यातना, दुव्र्यवहार र अन्याय बढ्दै गयो । मिलेर बस्नका लागि धेरै प्रयास पनि गरें । कानूनी कारवाहीका लागि प्रहरी प्रशासनमा निवेदन पनि दिएँ । तर, उहाँले आफ्नो पद र शक्तिको पहँुच प्रयोग गर्दै मलाई कतै पनि न्याय पाउने अवस्था दिनु भएन । मेरो उजुरी समेत दर्ता भएन । कहीँबाट केही उपाय नलागेपछि बाध्य भएर मैले पत्रकार गुहार्नु परेको हो ।

० महिला हिंसा सम्बन्धी उजुरी त प्रहरीले जसरी पनि लिनु पर्छ नि, किन तपाईको उजुरी दर्ता भएन ?

–मैले कपिलबस्तुको इलाका र जिल्ला प्रहरी सबैतिर उजुरी दिन खोजें तर दर्ता भएन । जिल्ला प्रशासन कार्यालयमा पनि मेरो कुरा सुनुवाई भएन । मेरो पीडा सुन्न सरकारका मान्छेहरू कोही तयार भएनन् । मैले तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरूलाई पनि ममाथि भएको यातनाको बारेमा सुनाएको हो, तर उहाँहरूले त उल्टै मलाई आरोप लगाउनुभयो । वास्तवमा यी मधेशवादी पार्टीहरू सामन्तहरूका पार्टी हुन् । यी पार्टीका नेताहरूका घरमा महिलामाथि घरेलु हिंसामात्र होइन चरम रुपका यौन दुव्र्यवहार पनि हुन्छन् ।

० तपाईमाथि के कस्तो खालको हिंसा गरे गुप्ताले ?

–विहे गरेर आए लगत्तैदेखि दाइजोको निहुँमा सताउन थाले । उनले स्कोर्पियो गाडी मागेका थिए । दाइजोमा स्कोर्पियो गाडी नदिएको भन्दै हिंसा गर्न थाले । यो देशको कानून मन्त्री भइसकेको मान्छे, मैले उनीसंग धेरैपटक अनुनय गरें । यस्तो नगर्नुस्, तपाई त समाजको प्रतिष्ठित मान्छे हो, अरुलाई दाइजो नलिन आग्रह गर्नुपर्नेमा तपाई आफैं ममाथि यस्तो किन गर्नुहुन्छ भनें । तर उनले ममाथि धेरै ज्यादति गरे । मलाई उनले अप्राकृतिक मैथुन गर्न पनि बाध्य पारे । एक प्रकारले भन्ने हो भने मलाई उनले पटक पटक बलात्कार पनि गरे । यसक्रममा दुई पटक गर्भपतन समेत भयो । मैले जति यातना यो बीचमा भोगें, त्यो भनेर साध्य छैन । तर, पनि मैले मेरो घर–परिवार बिग्रिन नदिन धेरै प्रयास गरें ।

० तपाईहरूको विहे भएको त निकै वर्ष भइसक्यो होला, अहिलेसम्म किन चुपचाप रहनुभयो त ?

–हाम्रो बीचमा विहे भएको सात वर्ष पुग्यो । मेरो माइती भारतमा हो । म नेपाली कमैमात्र बुझ्छु, बोल्न पनि गाह्रो पर्छ । मैले मेरो पीडा सुनाउने ठाउँ पनि पाइँन । घर पक्षका सबैले दाइजोका लागि मलाई नै यातना दिने, सताउने र दुव्र्यववहार गर्ने गरे । विहे लगत्तैदेखि उनीहरूले स्कोर्पियो गाडी मागेका थिए । ममाथि लगातार कुटपिट भयो । दुई पटक गर्भपतन भयो । पेटको बच्चा जोगाउन मैले धेरै प्रयास गरें तर सकिन । न्यायका लागि धेरै ठाउँमा गएँ । महिला आयोगमा समेत गएँ तर त्यहाँबाट पनि न्याय नपाएर बाध्य भएपछि पत्रकार सम्मेलनमार्फत मेरो कुरा बाहिर ल्याउनु परेको हो ।

० अहिले तपाई कसरी न्यायको लडाई लड्दै हुनुहुन्छ त ?

–मलाई चार महिनाअघि बृजेश गुप्ताले घरबाट निकाले । उनले छोडपत्र नदिए मार्छु भने । मारेर तँलाई गायब बनाइदिन्छु, यो देशमा मलाई जेल हाल्न कसैले सक्दैन भने । मलाई धेरै डर लाग्यो । त्यसपछि मैले मेरो दाइ र भाइलाई यो कुरा सुनाएँ । उनीहरूले मलाई छोडपत्र दिन्छु भनेर माइती आऊ भने । मैले पनि मलाई मार्ने भएपछि छोडपत्र दिन्छु, तर एकपटक माइती जान्छु भनें । मलाई अब घर आउन पाउदिनस्, आइस् भने तँलाई मार्छु भनेका छन् । बाहिर बाहिरै बसिरहेकी छु । उनले मलाई मार्न मान्छे खटाएको भन्ने सुनेकी छु ।

० तपाई अब कसरी अघि बढ्नुहुन्छ त ?

– मेरो लागि नेपालमा न्याय पाउन निकै गाह्रो छ तर पनि यहाँका पत्रकार र धेरै मान्छेले मेरो पीडा बुझेर सहयोग गरेका छन् । मलाई त उनीहरूले मार्न खोजेका छन् । मलाई पतित बनाउनका लागि बृजेष गुप्ताले घरमा काम गर्ने नोकर लगाएर बलात्कार गराउन पनि खोजे । नोकरबाट पटक पटक दुव्र्यवहार गराएर मलाई चरित्रहीन देखाउन उनले खोजे । राति राति नोकरसंग सुत्न दबाब दिए । तर, मैले नमान्दा ममाथि कुटपिट गरे । हिन्दी फिल्ममा तपाईहरूले एउटा भिलेनले जे गरेको देख्नुहुन्छ, बृजेष गुप्ताले ममाथि त्यही गरेका छन् । अब म उनको चरित्र भण्डाफोर गर्छु र न्यायको लागि लड्छु ।

० यत्रो वर्ष अन्याय सहनु भएछ तर अहिलेसम्म किन कुनै कारवाही हुन सकेन ?

– मैले अघिनै भनिसकें, जानुपर्ने ठाउँ जति सबैतिर गएँ । ममाथि भएको अन्यायका बारेमा जानकारी गराएँ । महिला आयोगले एक दुई पटक उनलाई बोलाएको हो । तर, मेरा पति त्यहाँ जानै चाहेनन् । उल्टै मलाई अब त बाँच्दिनस् भनेर धम्की दिए । अहिले पनि तत्काल छोडपत्रको कागजमा सही गरेर ल्याइनस् भने गाडीले किचेर मारिदिन्छु भन्छन् । यो देशमा मलाई कसैले छुन सक्दैन भन्छन् । के यो देशमा कानूनभन्दामाथि नेता हुन्छन् ? मेरो यो प्रश्नको जवाफ अहिलेसम्म कसैले दिएको छैन । म अन्याय विरुद्ध लड्न भनेरै काठमाडौंमा आएकी छु । अब मलाई सबै नेपाली जनताले साथ दिनुहोस् भन्ने आग्रह छ । म एउटी पतिव्रता हिन्दू नारी हुँ । मेरो श्रीमान बाहेक अरुसंग कुनै प्रकारको सम्बन्ध राखेकी छैन । तर, मलाई जबर्जस्ती मेरो श्रीमान र उनका परिवारले अरु मान्छे लगाएर बलात्कार गराउने प्रयास समेत गरेका छन् । यो कुरा अब म बाध्य भएर भण्डाफोर गर्छु र उनीहरूको सक्कली अनुहार बाहिर ल्याउछु ।

http://www.weeklynepal.com/?p=45697

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters