[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

Mr. D

Tyo Din

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजदुत कार्की विवादमा, हवाई यात्रामा मात्रै १३ लाख झ्वाम्
[VIEWED 1821 TIMES]
SAVE! for ease of future access.
Posted on 06-28-15 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हनिमुन नसकिदै राजदुत कार्की विवादमा, हवाई यात्रामा मात्रै १३ लाख झ्वाम्

प्रकाशित मिति : आइतबार, असार १३, २०७२ | १०२९ पटक हेरिएको

- See more at: http://www.hamrakura.com/197934.html#sthash.tttzmcXv.mkpriPE7.dpuf
डा अर्जुन कार्की

डा अर्जुन कार्की

वासिङ्गटन डिसी। अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डाक्टर अर्जुन कार्की अमेरिका पुगेर कार्यभार सम्हालेको एक महिनाभित्रै विवादको घेरामा तानिएका छन्। काम कुरो एकातिर कुम्लो वोकी ठिमीतिर भनेझैं उनी आफ्नै एनजिओको प्रचारमा संलग्न भएको वासिङ्गटन डिसीवाट प्राप्त खवरमा उल्लेख छ ।

अमेरिकामा कूटनीतिक क्षेत्रको कमजोर ज्ञान भएका व्यक्ति राजदूत भएका कारण विपतको घडीमा पनि अमेरिकी सरकारले दिएको उच्च तहको भेटघाटमा उनको कमजोर छवि देखा परयो। जस्तो उनले ओहोदाको प्रमाणपत्र पेश गर्नु अगावै विदेशमन्त्री जोन केरीलाई भेट गरे, तर दाता सम्मेलनमा उनले अमेरिकाको उच्च तहको सहभागिता दिलाउन सकेनन्। ‘विदेशमन्त्री केरी आफैं नेपाल जान इच्छुक छन्, तर यसका लागि नेपाली दूतको तर्फबाट जे जति लविंग गर्नुपर्थ्यो त्यसका लागि राजदूत कार्कीले पहल नै गरेका छैनन्। उल्टो भूकम्प राजदूत भन्दै आफ्नो पदीय मर्यादा समेत भुलेर सरकारी खर्चमा अमेरिकाका विभिन्न शहरको भ्रमणमा घुमिरहेका छन्’ डिसीबाट फेसबुक च्याटमा एक गैर आवासीय नेपालीले जानकारी दिदैं भने। ‘राजदूत कार्कीले राष्ट्रपति बाराक ओवामासँग दुई पटक भेटघाट गरेको भनेर नेपाली समुदायको कार्यक्रममा भाषण गर्छन् तर ती भेटघाट नेपालको हितमा कति केन्द्रीत थियो र के कुरा भयो भन्ने वारेमा केही पनि वताउँदैनन्’ नाम सार्वजनिक नगर्न आग्रह गर्दै ती एनआरएनले भने। खासमा दुई पटक भेटघाट भनेको पहिलो आफ्नो ओहोदाको प्रमाण पत्र वुझाउँदाका लागि हो भने अर्को डिनरमा सहभागी भएका हुन्। त्यस्तो भेटघाटमा खासै महत्वपूर्ण कुराकानी हुँदैन।

अर्को महत्वपूर्ण विषय नेपाललाई तयारी पोशाकमा कर छुट उपलब्ध गराउने विधेयक प्रस्तुत गरेकी क्यालिफोर्निया राज्यकी सिनेटर डायना फाईन्सटाईन र नेपाल सहयोग गर्ने ककश समूहसँग राजदूत कुनै सम्पर्कमा रहेका छैनन्। नेपाल ककस अहिले सक्रिय नहुनुमा राजदूतको कारण पनि हो भन्छन् अमेरिकामा रहेका नेपालीहरु।

राजदूत कार्की सरकारी खर्चमा अमेरिकाका विभिन्न राज्यको महँगो भ्रमणमा व्यस्त देखिएका छन् । नेपाली जनताले तिरेको करवापतको रकम राजदूत कार्कीले एउटा राज्यवाट अर्को राज्यमा जानका लागि मनमस्ती खर्च गरेका छन् । अमेरिकामा एक राज्यवाट अर्को राज्यमा जान न्यूनतम ५ सय डलर अर्थात ५० हजार नेपाली रुपैयाँ हवाई भाडा लाग्छ । साथै श्रीमतीको समेत खर्च गर्दा उनले करिव १३ हजार डलर अर्थात १३ लाख रुपैयाँ हवाई वापतमा खर्च गरिसकेका छन् । यसैगरी उनले यसरी भ्रमण गर्दा पाउने भत्ता समेत आफ्नो गोजीमा हाल्ने गरेका छन् । उनी जहाँ जहाँ जान्छन त्यहाँ पार्टी कार्यकर्ताको घरमा बस्ने गरेका छन् । स्मरणीय छ, सरकारले लागू गरेको मेशीन रिडएवल पासपोर्ट, एमआरपी वितरणका लागि जनचेतना जगाउन र अमेरिकाको विभिन्न स्थानमा पर्यटन सम्वन्धि प्रचार प्रसार गर्न समेत वजेट नभएको भन्दै दूतावासका कर्मचारीहरुले आफ्नो उपस्थिति जनाउन नसकेको अवस्था छ । तर राजदूत भने हप्तामा चार दिन हवाई यात्रामा नै शयर गरिरहेका छन्।

भनाई र गराई अलग
राजदूत कार्कीले पटक पटक म अगाडिका राजदूतहरु जस्तो खादा ओढ्ने र पास्नीमा जाने होईन भन्दै पूर्व राजदूतहरुको आलोचना गर्दै हिंडेका छन् । सामान्य शिष्टाचारमा पनि आफु भन्दा पहिलेका राजदूतको विषयमा टिप्पणी गरिदैंन तर यी कामरेड राजदूत सवै विर्सेर आलोचना गर्दै भाषण गर्छन् । रोचक त, खादा ओढदिन भन्ने राजदूत आफैं खादाले पुरिएर हिंड्ने गरेका छन् । देश शोक र पीडामा प्रभावित भैरहेका बेला यता अमेरिकामा भने राजदूत कार्की आफना पार्टी निकटकालाई शनिवार समेत दूतावासमा वोलाएर पार्टीमा रमाउन थालेको तस्वीर यहाँका कामरेडहरुले सार्वजनिक गरेका छन् । शनिवारको दिन समेत दूतावास खोलेर कामरेडहरुसंग अन्तरंग गरेर बस्ने राजदूतलाई देशको लागि उपयोगी समूहसँग समय नै छैन । अर्थात उनी समुदायसंग अन्तरक्रिया र छलफल भन्दा पनि कामरेडहरुसंग बसउठमा व्यस्त छन् । डिसी वरपर पनि नेपालका लागि केही गर्न सक्ने थुप्रै नेपालीहरु छन्, उनीहरुसंग छलफल गर्ने र त्यस्ता व्यक्तिहरुलाई नेपालको हितमा परिचालित गर्ने बारे राजदूत कम कामरेड बढी डाक्टर कार्कीलाई सोच्ने समय पनि छैन जस्तो देखिन्छ ।

कर्मचारीहरुको शोषण
राजदूत कार्कीले कर्मचारीहरुको खास गरी स्थानीय कर्मचारी भनिने तल्ला तहका कर्मचारीहरुलाई राती दुई वजेसम्म काममा लगाउने गरेका छन् । राजदूत कार्कीले सन् २०१३ देखि वृद्धि भएको स्थानीय कर्मचारीहरुको तलव समेत नदिई नेपाल फिर्ता पठाईदिएका छन् ।’ यसैगरी अमेरिकामा गरिएको अनिवार्य स्वास्थ्य बीमा व्यवस्था समेतलाई वेवास्ता गर्दै राजदूत कार्कीले रकम फिर्ता पठाएका छन् । अमेरिकी सरकारको नियम अनुसार हरेक कर्मचारीको स्वास्थ्य विमा अनिवार्य गरिएको छ । यसरी स्वास्थ्य विमा जारी गर्दा सम्वन्धित कम्पनी या नियोगले नै आवश्यक व्यवस्था गर्नुपर्ने हुन्छ ।

कूटनीतिक पहलमा चुके
सामान्यतया अमेरिकामा रहेका १५४ देशका राजदूतहरु मध्ये नेपालका हितैषी छिमेकी र सार्क राष्ट्रका राजदूतहरुसँग परिचय गराउने प्रचलन रहेकोमा नेपालका राजदूत आएको एक महिना भन्दा वढी समय हुँदा पनि परिचय नभएकोमा छिमेकी देशका राजदूतहरुसमेत आश्चर्यचकित छन् । राजदूतको काम वाणिज्यदूत बनाइ दिन्छु भन्दै कामरेडहरुलाई आश्वासन दिनेमा व्यस्त भएको छ । अमेरिकामा रहेका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई राजदूतले वाणिज्य दूत वनाउने भन्दै आस्वासन दिने गरेका छन् । उनले तत्काल दुई जनालाई वाणिज्य दूत वनाउने भन्दै हाल नेपालमा रहेको वेलामा पत्र ल्याउने तयारी गरेका भन्दै ती व्यक्तिहरु प्रफुल्ल मुद्रामा पार्टी दिएका छन् । उनी वाणिज्य दूत वनाउनका लागि आफनो एनजिओलाई सहयोग गर्न अनुरोध गर्ने गरेको एलोनोई राज्यका उनी निकट एकले वताए ।

प्रवासी मञ्चको साँठगाँठ
अहिले राजदूत अमेरिकामा कमजोर हैसियतमा रहेको प्रवासी मञ्चलाई मात्रै नेपालीको संस्था देख्न थालेका छन् । उनी जहाँ जहाँ प्रवासी मञ्चकाहरुले सञ्चालन गरेको कार्यक्रम हुन्छ त्यहाँ जाने गरेका छन् । कतिसम्म भने अमेरिकामा रहेको एनआरएन विश्वभरि रहेका नेपाली डायस्पोरा भन्दा मजवुत छ, तर कतिपय सन्दर्भमा उनले एनआरएनलाई नै माईनस गरेर प्रवासी मञ्चलाई अगाडि सारेका छन् । त्यसो त राजनीतिक नेताले जस्तो अर्ती, उपदेश दिने र आफ्नो मर्यादा समेत भुलेर नेपाली समुदायका संघ, संगठन र राजनीतिक दल निकटका व्यक्तिहरुलाई गालीगलौज गर्नु उनको भाषणको एक नछुट्ने प्रसंग हो ।

राजदूत कार्कीले अहिलेसम्म ७ लाख पचास हजार डलर रकम राहत कोषमा संकलन भएको वताए पनि त्यो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सकेका छैनन् । यस सम्वन्धि विस्तृत रिपोर्ट केही दिनमा प्रकाशन गर्नेछौं । खासमा त्यो रकम मध्ये चार लाख डलर भियतनामीहरुले नेपालमा वुद्ध चैत्यहरुको पुर्ननिर्माणको लागि भनेर दिएका छन् । उनी अहिले जसले जहाँ जति पैसा दिन्छु भने पनि महँगो हवाई भाडा सरकारलाई तिराएर पुग्ने गरेका छन् ।

किन विवादमा आए त ?
राजदूत कार्की विवादमा आउनुको चार कारण छन् । पहिलो उनी कूटनीतिक क्षेत्रका जानकार व्यक्ति होईनन्, दोश्रो, उनमा आफू सवै विषयमा पूर्ण जानकार छु भन्ने घमण्ड हरेक अभिव्यक्तिमा देखिन्छ । तेश्रो, उनलाई आफनो काम, मर्यादा र प्राथमिकता के भन्नेमा जानकारी छैन्, चौथो उनी दल निकटकालाई मात्रै अमेरिकामा आफनो ठान्ने भावनाले प्रेरित छन् ।

देशको विषम परिस्थितिमा विश्वको शक्तिशाली देशको राजदूत वनेर आएका राजदूत कार्कीलाई अमेरिकामा रहेका नेपालीहरुको समस्याको वारेमा कुनै चासो छैन भने अर्कोतर्फ देशको प्राथमिकताको आधारमा कार्ययोजना वनाउन सकेका छैनन् ।

- See more at: http://www.hamrakura.com/197934.html#sthash.tttzmcXv.mkpriPE7.dpuf

 
Posted on 06-29-15 1:37 PM     [Snapshot: 449]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जागिर खान पठाएको हो जागिर पट्काउदै छन् किन चाहिदो भन्दा बढी खोझी टाउको दुखाउनु हुन्छ , देशका जस्ता नेता तेस्तै भारदारी हरु पठाए !.जाबो १३ लाख को लागि येत्रो हुईया ? 

यो कार्की कसको ज्वाई पर्यो र पायो यो पद?

Last edited: 30-Jun-15 11:54 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters