[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

jetho390

tragicomic

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाल पुलिसको ज्याद्दतीको बारे प्रहरी प्रमुखलाई प्रश्न
[VIEWED 1542 TIMES]
SAVE! for ease of future access.
Posted on 07-06-15 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुलिसलाई 'नहेप्नुस्' भन्दा थुनिनुपर्ने ?

  • प्रहरी प्रमुखलाई प्रश्न

Police_arresting
तस्बिर : काैशल अधिकारी

काठमाडौ, असार २१ - आईतबार अपरान्ह मीनभवनमा एक हुल प्रहरीले एक युवालाई बल प्रयोग गरेर नियन्त्रणमा लिन खोज्दै थिए । ती युवा को हुन् र किन समातिए भन्ने कुरा त्यतिखेर प्रहरीले बताउन चाहेन । पछि उनलाई प्रहरीले गिरफ्तार गरेको फोटो र भिडियो सार्वजनिक भए । प्रहरीले आफूलाई गिरफ्तार गर्नुको कारण र घटनाबारे २८ वर्षिय अमितले सोमबार बताए :

पेशाले म इन्जिनियर हुँ । घर विराटनगर हो । अहिले काठमाडौंमै कार्यरत छु । आइतबार मेरो विदा थियो । म अलि दुब्लो भएका कारण ज्यान बढाउनलाई जिम गर्छु । आइतबार पनि म कुमारीपाटीको द फिजिक वर्कशपमा जिम सकेर फर्किदै थिएँ । कोटेश्वर महादेवस्थानस्थित आफ्नो डेरा पुग्न टेम्पुबाट मीनभवन क्याम्पस गेटमा झरेर जेब्राक्रसबाट बाटो पार गर्न खोज्दै थिएँ ।

त्यसैबेला एकजना ट्राफिक प्रहरी निरीक्षकले पछाडिबाट एकदमै रुखो (तँ, ओए जस्ता) शब्द प्रयोग गर्दै मलाई बाटो काट्नबाट रोके । म फर्किएँ र उनले प्रयोग गरेको शैली र शब्दको प्रतिवाद गरेँ । त्यहाँ मीनभवनमा वृद्ध/वृद्धाको धर्नाले ट्राफिक जाम हुने भएकाले उनले बाटो काट्न रोक्न खोजेका थिए । तर, उनको शैली एकदमै असभ्य थियो ।

मैले प्रतिवाद गर्दा उनले हात उठाउन खोजेझैं गरे । केहीबेरको प्रतिवादपछि मैले उनलाई इग्नोर गर्न खोजें तर त्यसले उनको ‘इगा’ेमा धक्का पुग्न गएछ । ‘नटेरेको नसुनेको’ भन्दै उनले त्यहीँ धर्नास्थलमा ड्युटी खटिएका प्रहरी बोलाए । मलाई ५/७ जना प्रहरीले जर्बजस्ती लछार पछार र कुटपिट गर्दै हत्कडी लगाएर भ्यानमा हाले । उनीहरुको जथाभावी प्रहार मेरो अण्डकोषमा पनि पर्न गयो । लाग्दैथ्यो, कुनै ठूलै अपराधीको रुपमा मलाई समातिएको हो ।

मलाई बानेश्वर प्रहरी वृतमा ल्याइयो । यो घट्नाक्रम बिहान ११ देखि साढे ११ बीचको हो । भ्यान भित्र हत्कडी लगाइएको अवस्थामा पनि मलाई मुक्का हान्ने, भुतल्ने गरियो ।

बानेश्वर प्रहरी वृतमा एकजना प्रहरीले मेरो नाम सोधे । प्रहरीले त्यतिकै मुद्दा मामिलामा फँसाउने हो कि भन्ने डरले मैले नाम भन्न इन्कार गरें । उनले मज्जाले मुड्की हानेर लछारिहाले ।

मलाई चौकीमा लगे पनि थुनेको थिएन । हत्कडी लगाएर राखिएको थियो । मैले फोन गर्छु भनेपछि हत्कडी खोलिदिए । मैले दाईलाई फोन गरेर बोलाएँ । दाईको रोहबरमा मलाई छाडियो । कागजमा ट्राफिक प्रहरीसँगको ‘मिस बिहेब’ को आरोप लगाइएको छ । ४/५ घण्टापछि मलाई छोडियो ।

नेपाल प्रहरीले नारामा मिठो बोली र भद्र व्यवहारको कुरा गरे पनि त्यस्तो भइरहेको छैन । यस्तै व्यवहारले भोलि प्रहरी देख्नासाथ मानिस डराउने जस्ता अवस्था आउन सक्छ । मसँग दुव्र्यवाहार गर्ने प्रहरीहरुको नाम थाह छ तर म व्यक्ति विशेषको पछि लाग्न नचाहेर सम्पूर्ण प्रणालीमै सुधारको अपेक्षासहित प्रहरी प्रमुखसमक्ष केही प्रश्न राख्न चाहन्छु । म यी प्रश्नको जवाफ चाहन्छु ।

–प्रहरीको हेपहा शब्द र हेपहा प्रवृतिको बिरोध गर्नु के अपराध हो ?

–प्रहरीको नियम कानुनमा सम्झाउनु भन्ने शब्द छ कि छैन ?–हामी पढेलेखेकालाई प्रहरीको यस्तो व्यवहार छ भने कमजोर मानिसलाई झन् कस्तो होला ?

–कुरा पनि नबुझी सिधै हात हाल्ने अधिकार प्रहरीलाई छ ?

–नियन्त्रणमा लिइसकेका व्यक्तिमाथि कुटपिट गर्न पाइन्छ ?

–ट्राफिक प्रहरीलाई ‘मिस बिहेब’ को आरोप ममाथि छ । तर प्रहरीले मसँग गरेको पशुजन्य मिस बिहेबको उजुरी कहाँ गर्ने ?

–कसैलाई नियन्त्रणमा लिने प्रक्रिया केही छ कि ? जबरजस्ती र लछार–पछार नै हो ?

–प्रहरीको यस्तो कठोर व्यवहारले ‘प्रहरी देख्दै’ डराउने प्रकारको मानसिक आघात परे यसको जिम्मेवार को हुने ?

–अचेलका मानिसले महंगा मोबाइला फोन र ग्याजेटहरु बोक्छन् । लछारपछारमा ती फुटे भने कसले बेहोर्छ ?


http://www.ekantipur.com/np/2072/3/21/full-story/412188.html


 
Posted on 07-06-15 10:06 AM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रहरी संसारै भरिका उस्तै हुन् : शक्ति प्रदर्सन र सम्मान खोज्ने क्रम मा धेरै कुटिने पिटिने गरिन्छ |
अमेरिकी जस्तो देशमा कुटिने पिटिने को सट्टा बन्दुकको सिकार बन्न पुग्छन र धेरैले ज्यान गुमाएका छन् |


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters