[Show all top banners]

rownyc
Replies to this thread:

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 Sher Bdr Deuba's stance on the border-dispute
[VIEWED 2229 TIMES]
SAVE! for ease of future access.
Posted on 08-04-15 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लिपुलेक, कालापानी र सुस्ता नेपालकै भएको भन्नुभएको छ ।

साताव्यापी भारत भ्रमणबाट आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफूले भारत भ्रमणमा लिपुलेक, कालापानी र सुस्ता नेपालकै हो भनेर स्पष्ट पारेको जानकारी गराउनुभयो । लिपुलेकका सम्बन्धमा नेता देउवाले सुगौली सन्धिले नेपाल–भारतको सिमाना कालीको सिमाना मानेको र लिपुलेकबाटै कालीको सिमाना सुरु भएकाले यसलाई त्रिदेशीय बिन्दुका रुपमा मानिएको बताउनुभयो ।

आफ्नो भारत भ्रमण समग्रमा सन्तोषजनक रहेको बताउँदै नेता देउवाले भन्नुभयो, “नेपालप्रति भारतको अत्यन्तै सद्भाव रहेको पाएँ ।” “भारतीय नेताहरुले नेपालमा सबैलाई मिलाएर संविधान छिटो बनोस् भन्ने भावना व्यक्त गर्नुभयो”, नेता देउवाले भन्नुभयो, “प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिलाई भारतले राम्रो मानेको छ, तर विरोधमा देखिएकाले केही दललाई भरसक मिलाउनुस् भन्ने सुझाव दिएको छ ।”

भारतीय नेताले भोलिका दिनमा कुनै पनि विवाद नहोस् भनेर अधिकतम सहमतिका लागि प्रयास गर्न सुझाव दिएको नेता देउवाले बताउनुभयो । भारतले सीमाङ्कनसहित संविधान आउनुपर्छ भनेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले भन्नुभयो, “भारतले नेपालको मामलामा यस्तो गर उस्तो गर भन्दैन तर सबैलाई मिलाउँदा राम्रो हुन्छ भनेको मात्र हो ।”

तपाईँ प्रधानमन्त्रीको लाइन मिलाउन भारत जानु भएको हो कि भन्ने जिज्ञासामा पूर्वप्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्रीको लाइन मिलाउन नगएको र भारतको समर्थन जुटाउन पनि नगएको भनी प्रतिवाद गर्नुभयो । “मैले नेपालप्रति भारतको सद्भाव चाहने हो”, उहाँले भन्नुभयो ।

संविधान निर्माणको महत्वपूर्ण समयमा नेपालका नेताहरुको भारत भ्रमणको अर्थ के हो भन्ने जिज्ञासामा नेता देउवाले आफू भारतमा निर्धारित कार्यक्रममा भाग लिन र भारतीय नेताहरुसँग भेटघाट गर्न गएको स्पष्ट पार्नुभयो । “भूकम्पका बेला भारतले धरै सहयोग गरेको र अझ सहयोगको आवश्यकता छ भन्न गएको हुँ”, उहाँले भन्नुभयो । उहाँले आफू पर्यटनका र लगानीका लागि नेपाल सुरक्षित छ भन्न गएको बताउनुभयो ।

तपाईँको अनुपस्थितिमा पार्टीको अधिवेशनको मिति हेरफेर भयो नि भन्ने प्रश्नमा नेता देउवाले केन्द्रीय महाधिवेशनको मिति नसरेको र संविधान निर्माणको कार्यलाई दृष्टिगत गरी वडा र गाउँको अधिवेशन मात्रै सामान्य हेरफेर भएको स्पष्ट पार्नुभयो ।

भारत भ्रमणका क्रममा नेता देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव एस जयशङ्करलगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो । उहाँ भारत सरकारको निमन्त्रणमासाताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली जानुभएको थियो ।

-

 
Posted on 08-04-15 10:48 AM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nepal's president needs to go to United Nations to resolve border dispute. You don't go to a fox to ask back chicken stolen!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters