[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

tragicomic

Mr. D

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा नेपाली कलाकार : कोही पैसा गन्दै, कोही काम खोज्दै
[VIEWED 2356 TIMES]
SAVE! for ease of future access.
Posted on 08-06-15 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२१ साउन, काठमाडौं । सिनेमाको रंगीन दुनियाँ त्यागेर दर्जनौं नेपाली कलाकारहरु यतिबेला अमेरिकामा थुप्रिएका छन् । कार्यक्रमको बहानामा अमेरिका छिर्ने र त्यतै हराउने कलाकारको सूची निरन्तर लम्बिँदै छ ।


heroin_650
आखिर अमेरिकामा उनीहरु गर्छन् चाहिँ के ? यसको सजिलो उत्तर हो, अरु नेपालीले जे गर्छन्, उनीहरु पनि त्यही गर्छन् । नेपालमा रहेको उनीहरुको स्टारडम अमेरिकामा बिक्दैन । त्यसैले अरुसरह श्रम गरेर जिविकोपार्जन गर्नुको विकल्प रहँदैन ।

खोजीनीति गर्दा केही कलाकारले आफैं व्यवसाय स्थापना गरेको, केहीले अन्यत्र काम गरिरहेको र कोही कामको खोजीमा रहेको पाइएको छ ।


रञ्जनाको ब्युटीपार्लर

चार वर्षअघि अमेरिका हानिएकी नायिका रञ्जना शर्मा अहिले त्यहाँ ब्युटीपार्लर चलाएर बसेकी छिन् । केही समयअघि उनल सुरु गरेको पार्लरले भर्खरै पिकअप लिन थालेको छ ।


ranjana
फेसबुकमा भेट भएकी उनले आफ्नो व्यवसायको बारेमा धेरै जानकारी दिन चाहिनन् । ‘म भर्खर-भर्खर सेटल हुँदैछु,’ उनले भनिन्, ‘पहिलेको तुलनामा धेरै राम्रो छ ।’


निर्देशक श्रीमान श्याम भट्टराईसितको सम्वन्ध तोडेर रञ्जना अमेरिका हान्निएकी थिइन् । अहिले उनका श्रीमान श्याम पनि उतै पुगेका छन् । उनले त्यहीँ बसेर नेपाली फिल्म निर्देशन गर्ने तयारी गरेका छन् ।


अमेरिकामै रहेका नेपाली युवराज कार्की र सुनिता सिंहको लगानीमा सो फिल्म बन्न लागेको जानकारी दिँदै श्यामले भने ‘अहिले अमेरिकाका विभिन्न राज्यमा अडिसन भइरहेको छ । तीन महिनापछि सुटिङ सुरु हुन्छ ।’ फिल्ममा अमेरिकामा बस्ने नेपालीहरुको जीवनशैली प्रस्तुत गर्ने भट्टराईले बताए ।


ऋचा र शंकरको स्टोर खोल्ने तयारी

richa
केही वर्षअघि अमेरिका पुगेका निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेको जोडीको भने हाईफाई निकै छ । पछिल्लो समय नेपालबाट गएका कलाकारहरुले सुरुमा उनीहरुकै आतिथ्य पाउँछन् ।


दुई साना छोरा भएकाले ऋचाले बाहिर काम गरेकी छैनन् । घिमिरे दम्पती छिट्टै नै नयाँ स्टोर खोल्ने तयारीमा रहेको बुझिएको छ ।


अरुणिमा छोरी स्याहार्दै


arunima


अर्की नायिका अरुणिमा लम्साल पनि श्रीमानसहित अमेरिकामा छिन् । उनी अहिलेसम्म सानी छोरीकै स्याहार सुसारमा ब्यस्त छिन् । अरुणिमाका श्रीमान भने जानेबित्तिकैदेखि काममा लागेका छन् ।

पूजाको डिपार्टमेन्ट स्टोर, प्रेमको रेष्टुरेन्ट

पुरानी नायिका पूजा चन्दको बाल्टिमोरमा आफ्नै डिपार्टमेन्ट स्टोर छ । डिपार्टमेन्ट स्टोरबाट राम्रै कमाइ गरेकी पूजाले केही ब्यक्तिलाई रोजगारसमेत दिएकी छिन् ।


pooja with husband


चर्चित लोकगायक प्रेमराजा महतको वाल्टिमोरमा आफ्नै रेष्टुरेन्ट छ । रेष्टुरेन्टमा वेटर हुँदै मालिक भएका प्रेमराजा महतले आफ्नो रेष्टुरेन्टमा धेरै नेपालीलाई जागिर दिएका छन् । अमेरिकामा रहेका नेपालीवीच लोकप्रीय छन् उनी । अमेरिकामा बसेर नेपाली कला-संस्कृतिको प्रवर्द्धन समेत गरिरहेको जस उनलाई दिने गरिन्छ ।


लोक गायनकै क्षेत्रमा प्रसिद्धि कमाएका भगवान भण्डारी पनि नयाँ रेष्टुरेन्ट खोल्ने तयारीमा छन् । सिकागोको एउटा रेष्टुरेन्टमा वेटरका रुपमा तीन वर्ष काम गरेका उनी अब आफैं मालिक बन्ने मानकितामा पुगेका हुन् ।


हिन्दी सिरियलमा काम गर्न केहि समय बलिउडमा रहेकी नायिका उषा पौडेल पनि अहिले अमेरिकामै छिन् । उषा, ऋचा र अरुणिमाको दोस्ति अमेरिकामा पनि खुबै जमेको छ । उनीहरु बारम्बार गेट टुगेदर गर्ने र फेसबुकमा फोटो हाल्ने गर्छन् ।

दिलिप रायमाझी बेरोजगार


dilip, saranga
पछिल्लो पटक अमेरिका पुगेका दीलिप रायमाझी र मुकेश ढकाल भने रोजगारीको खोजीमा छन् । रायमाझी ग्रिनकार्ड लिएर सपरिवार अमेरिका पुगेका हुन् ।


नायिका मेलिना मानन्धरका श्रीमान मुकेश भने एक्लै गएका हुन् । रायमाझी दम्पत्तिलाई छोरीका लागि कलेज खोज्ने चटारो पनि छ ।


आधुनिक गायक यम बराल, सपना परियार, आईटम डान्सर निशा सुनार, नायिका युना उप्रेती लगायत अन्य थुप्रै कलाकार अमेरिकामै छन् ।


jal and nisha


अमेरिकामा रहेका कलाकारहरु आफ्नो कामबारे जानकारी दिन चाहँदैनन् । कामको विषयमा प्रश्न गर्दा प्रायले दिने जवाफ हुन्छ, ‘यहाँ कुनै पनि कामलाई ठूला वा सानो मानिँदैन । श्रमको सम्मान गर्ने संस्कार छ ।’

राजबल्लभको बेग्लै रौनक

rajballav-koirala


चलचित्र ‘हाईवे टु धुम्पुस’ को सुटिङमा अमेरिका उडेका अभिनेता राजबल्लभ कोइराला दुई वर्ष भयो नेपाल नआएको । उनको पृष्ठभूमि भने अन्य कलाकारको भन्दा फरक छ । उनी हलिउड फिल्म ‘हाइवे टु धुम्पुस’ खेल्ने सिलसिलामा अमेरिका पुगेका थिए ।


सोही फिल्म प्रदर्शनका लागि नेपाल आउने तयारीमा रहेका राजबल्लभ फेरि अमेरिका फर्किनेछन् । उनका बुबा, बहिनी लगायत परिवारका धेरै सदस्य उतै छन् । अमेरिकामा उनी आइटीको काम पनि गर्छन् ।

हलिउडको प्रतिष्ठित ब्यानरमा निर्माण भएको चलचित्रमा काम गरेकाले पनि राजबल्लभको अमेरिकी बसाई इज्जतदार छ ।


तस्बीरहरु : फेसबुकबाट


- See more at: http://www.onlinekhabar.com/2015/08/308399/#sthash.CjqKfkey.dpuf
 
Posted on 08-07-15 10:02 AM     [Snapshot: 508]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो पितपत्रकारिता र मान्सिक्ता यो हरफले 'हलिउडको प्रतिष्ठित ब्यानरमा निर्माण भएको चलचित्रमा काम गरेकाले पनि राजबल्लभको अमेरिकी बसाई इज्जतदार छ " बाट दर्साउछ | जातले ठुलो, पैसाले ठुलो , कामले ठुलो , आकारले ठुलो , अरुलाई सानो देखाइ आरुलाई ठुलो देखाउने ठुलो हुने कुराको पुस्टी गर्छ | आँफैले लेखी सक्यौ "मेरिकामा रहेका कलाकारहरु आफ्नो कामबारे जानकारी दिन चाहँदैनन् । कामको विषयमा प्रश्न गर्दा प्रायले दिने जवाफ हुन्छ, ‘यहाँ कुनै पनि कामलाई ठूला वा सानो मानिँदैन । श्रमको सम्मान गर्ने संस्कार छ ।" तर यि पङ्ती ले तिम्रो दिमागमा रहेको कुन्ठित सोचाइ " ज्वाँई हजुरको  टोपी चै मेरो " भन्दा केही फरक छैन | 

यो उखान नसुन्नु भएकोले फेरी गोर्खेले के लेख्यो बुझिदै बुझिदैन भन्नु होला | दिमागमा गडेको कुरा जती छोप्न खोज्नु हुन्छ यो आर्को रुपमा झन गनाउने गरेर निस्क्छ | 

लामो समय पछी एउटा ठिटो ससुराली जादै गरेको बेला अर्को लाई साथ लगाउछ , खाली टाउको जान भएन भनी साथ् लाग्ने को टोपी मागी लगाउदा अतिनै Handsome देखिएछ | ससुरालीमा कसैले नचिनिने हुनाले , तो साथ लाग्नेले घरमा भएकी सासुलाई यसरी चीनाउछ " वहाँ हजुरको ज्वाँई, टोपी चै मेरो " | अनी सम्झाउछ, एक छिन्लाई सम्झी यो टोपी मेरै हो | ससुरा बा बेसी बाट अई पुगे पछी साथीले चीनाउछ " ज्वाँई हजुरको टोपी पनि व्हाकै | अनी फेरी सम्झाउछ यो तोपिको कुरा नगरे हुँदैन ? जेठान अाई पुग्छन अनी नयाँ मान्छे देखेर सोधनी हुँदा साथी भनाउदाले " ज्वाँई हजुरको टोपी को कुरै नगरौ " भनी चिनाएछ |

कुरो को चुरो : दिमागले एक चोटि प्रसोधन गरेको कुरा हटाउन गार्हो हुन्छ , हाम्रा लेखक लाई पनि तेस्तै भएको छ | 
Last edited: 07-Aug-15 10:31 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters