[Show all top banners]

ujl
Replies to this thread:

More by ujl
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

wai_wai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 क्षणभंगुर जीवन !
[VIEWED 1600 TIMES]
SAVE! for ease of future access.
Posted on 08-20-15 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन कर्म कति बेला प्रकट हुन्छ भन्ने कुराको लेखा-जोखा गर्न निकै मुस्किल पर्दछ। माहाऋषिहरू समेतलाई धौ-धौ पर्छ कर्मको बिधि बुझ्नलाई ! क्षणमै धनि गरिब हुन सक्छ र क्षणमै गरिब धनि। हामी कर्मको नियमलाई बेला-बेलामा नियतिको खेल भनेर पनि बुझ्ने गर्छौ। तर यो कर्मको नियति इश्वरको सृजना नभई मान्छे आफैले रचेको हो। मान्छे स्वयम् कर्म गर्छ र तेस्को फल पनि पाउदछ। न्युटनको सिद्धान्तले भनेको छ: "Every action has a reaction." मान्छेले गर्ने कर्म पनि "action" नै हो. तर कर्म केवल शारीरिक क्रिया मात्र होइन। मान्छेको मनमा आउने हजारौं विचारहरू कर्म नै हुन। प्रत्यक विचारहरू सुक्ष्म रुपमा चित्तमा संस्कारका रूपमा स्थित हुन्छन र उपयुक्त समय आउना साथ् उक्त संस्कारहरू अनुभवमा परिणत हुन खोज्दछन। पृथ्वी लोकमा मान्छेको हातमा कर्म बाहेक अरू केहि पनि आफ्नो बशमा छैन। भागवत गीतामा भगवान श्री कृष्णले भन्नु भएको छ: " कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।" अर्थात्, तिम्रो अधिकार केवल कर्ममा छ, तेस्को फलमा छैन। तर कलियुगमा एस्तो कुरा गर्यो भने मान्छेहरू अचम्मित हुन सक्छन किनकि उनीहरू जन्मे देखि मृत्यु सम्म निरन्तन फलको आसमा काम गरेका हुन्छन। गीताको यस श्लोक बुझ्न तिखो बुद्धिको आवश्यकता पर्दछ।

मान्छेको जीवन क्षणभंगुर जीवन हो। साधारण मान्छेहरूलाई आफ्नो भविस्यको बारेमा केहि पनि थाहा हुदैन। कति बेला कुन कर्म चित्तबाट प्रकट भै जीवन सुन्दर बनाउने हो, या कति बेला कुन कर्म चित्तबाट प्रकट भै जीवन धरापमा पर्ने हो भन्ने कुराको बिस्लेशण गर्न निकै गारो पर्दछ। भोलि बाँचिन्छ कि मरिन्छ केहि ठेगान हुदैन। भोलि कसले आएर कमाएको सारा सम्पत्ति लगिदिने हो केहि ठेगान हुदैन। भोलि स्वास्नी छोरा-छोरीले बिचल्लीमा पारेर छोड्ने हुन कि भन्ने कुराको पनि ठेगान हुदैन! यो लोकमा के कुरा को ठेगान छ त उसो भए? यहाँ केहि कुरा पनि एकनास भएर बस्दैन। खोला निरन्तर बगी रहे जस्तै मानव जीवन पनि निरन्तर बगी रहेछ। तर साधरण मान्छेलाई यो कुराको अत्तो-पत्तो नै हुदैन कि उसको जीवन कता बगी रहेछ! साधरण मान्छेहरू एउटा सुकेर झरेको पात जस्तै हुन, कति बेला हावाको बेगले कहाँ उडाई लैजाने हो ठेगान नै नहुने।


 
Posted on 08-20-15 8:12 PM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Past is gone and it will lead us and guide us for future which is uncertain and know to general people. What ever we do in present is to secure our future, not making the same mistake we made in past. Knowledge and wisdom will help us making good choices and right decisions. Education and self discipline may helps us to lead to make good decision and avoide unwanted outcomes. For most people education is for degree and employment purpose may alter the level of wisdom.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters