[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Killings in Kailali, एसएसपी सहित ६ जनाको मृत्यु भएको पुष्टि, सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बस्दै
[VIEWED 6061 TIMES]
SAVE! for ease of future access.
Posted on 08-24-15 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसएसपी सहित ६ जनाको मृत्यु भएको पुष्टि, सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बस्दै

थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ। झडपमा एसएसपी लक्ष्मण न्यौपानी सहित ८ सुरक्षाकर्मीको मारिएका छन्। प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहोरालाई भाला रोपेर मारिएको छ। 

सशस्त्र प्रहरी प्रधान कार्यालयले दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु हुने एकजना हवल्दार रामबिहारी थारु हुन्। उनलाई जिउँदै जलाएर मारिएको गृहमन्त्री बामदेव गाैतमले संसदलाई जानकारी गराए।

घटना लगत्तै गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरुको आपतकालीन बैठक बोलाइएको छ। 'गृहमन्त्रीको उपस्थितिमा सुरक्षा अंगका प्रमुखहरुको बैठक केही छिनमै सुरु हुँदैछ', सुरक्षा स्रोतले नागरिकन्युजसँग भन्यो।

घटनास्थलमा मद्दत टोली पठाइएको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए।

सोमबार टिकापुरमा निशेधाज्ञा तोड्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो । निषेधाज्ञा तोड्ने क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि भाला प्रहार गरेको एक प्रत्यक्षदर्शीले नागरिकन्युजलाई बताए।

प्रहरीका अनुसार टिकापुरबाट पाँच किलोमिटर उत्तरमा करिब २० हजार प्रदर्शनकारीले एसएसपी लक्ष्मण न्यौपाने नेतृत्वको टोलीलाई घेरा हालेका थिए। कैलाली र कंचनपुर थरुहट प्रदेशमा हुनुपर्ने माग राख्दै साउन २४ देखि अनिश्चितकालीन बन्दको आयोजना गर्दै आन्दोलन गर्दै आएका छन्।

सिडिओलाई सेना परिचालनको अधिकार

गृह मन्त्रालयमा बसेको विशेष सुरक्षा बैठकले अान्दोलन चर्किरहेको क्षेत्रलाई 'दङ्गाग्रस्त' घोषणा गर्दै स्थानीय प्रशासनलाई सेना परिचालन गर्न सक्ने अधिकार दिएको छ। कैलालीमा प्रदर्शनकारी अाक्रमणबाट सुरक्षाकर्मी मारिएपछि मन्त्रालयमा बसेको बैठकले दुवै प्रहरीले अवस्था नियन्त्रणमा लिन नसके स्थानीय प्रशासनले सेना परिचालन गर्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए।

'दङ्गाग्रस्त क्षेत्रमा शंका लागेको व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गर्न सक्नेछ', ढकालले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने।

गृहमन्त्रीको उपस्थितिमा सोमबार दिउसो बसेको सुरक्षा प्रमुखहरुको बैठकले नेपाल प्रहरी र सशस्त्रले मात्रै स्थिति नियन्त्रणमा लिन नसक्ने ठहर गर्दै दङ्गाग्रस्त क्षेत्रमा सेना परिचालन गर्ने निर्णय लिएको हो। कैलाली, सर्लाहीको मङ्गवा र रौतहटको गौर सहित दङ्गाग्रस्त स्थानमा सेना परिचालन हुने गृहमन्त्री गाैतमले संसदलाई जानकारी दिए।



 
Posted on 08-24-15 2:26 PM     [Snapshot: 26]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसी मना मुजी तेरै जस्तो जाती वादी पार्टी ले गरेको हो।
 
Nepalimannaparaunemanche
Posted on 08-24-15 6:29 PM     [Snapshot: 260]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

limbuwan le nai gareko ho hahha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters