६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिका लागि सिफारिसमा परेका प्रा.डा. तीर्थराज खनियाँ ‘बौद्धिक चोर’ रहेको चर्चा यतिबेला फेरि एकपटक सनसनी खेज बनेको छ । आफूले लेखेको आर्टिकलमा अर्काको हुबहु सार्ने र वौद्धिक चोरी गर्ने व्यक्तिले त्रिविको जिम्मेवारी लिएर देशमा कस्तो वौद्धिक जनशक्ति उत्पादन गर्ला भन्ने प्रश्नसमेत यतिबेला सतहमा आएको छ ।
डा. खनियाँको नाम त्रिवि उपकुलपतिमा शनिबार सिफारिस भइसकेको छ । तर, उपकुलपतिमा सिफारिस भएसँगै उनले ९ वर्षअघि गरेको वौद्धिक चोरीको प्रशंग फेरि एकपटक सतहमा आएको छ ।
टर्किस लेखकको रचना हुबहु चोरी
डा. खनियाँले सन् २००४ देखि २००६ सम्म त्रिविको शिक्षा डिपार्टमेन्ट प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसबेला उनले ‘नेपाल इङ्लिस लेङ्वेज टिचर्स एसोसिएसन (एनईएलटीए) को जर्नल (२००६, भोल्युम ११, नम्बर १-२) को १७ औं पृष्ठमा ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामाग्रीको प्रयोग’ शीर्षकमा लेख लेखेका थिए ।
उक्त लेखको अन्तिमसम्मको भागमा डा. खनियाँले फेरिट किलिक्किैयाको लेखबाट हुबहु कपी पेस्ट गरेका थिए । फेरिट मिडिल इस्ट टेक्निकल विश्वविद्यालय, अंकारा टर्कीका प्राध्यापक हुन् । उनले सन् २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेख लेखेका थिए । ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामाग्री एवं सांस्कृतिक वियावस्तु’ शीर्षकको सोही लेखबाट डा. खनियाँले सन्दर्भ सामाग्रीको उल्लेनख नगरिकन आफ्नो लेख तयार पारेका थिए ।
खनियाँको यस्तो बौद्धिक चोरीबारे त्यतिबेलै प्रश्न उठेको थियो । त्यसबेला खनियाँले आफूले सन्दर्भसामाग्रीमा फेरिटको नाम छुटाएको र त्यसलाई सच्याउने जवाफ दिएका थिए ।
त्यसबेला खनियाँले गरेको वौद्धिक चोरीबारे दि हिमालयन टाइम्समा समेत समाचार छापिएको थियो ।
अर्का प्रा.डा. अख्तियार धाउँदै
त्रिभुवन विश्व विद्यालयमा प्राध्यापकहरुले नै वौद्धिक चोरी गर्ने गरेको घटनामा डा. खनियाँ मात्रै एक्ला होइनन् । शिक्षामन्त्री चित्रलेखा यादवले त्रिभुवन विश्व विद्यालय अनुसन्धान आयोगमा नियुक्त गरेका प्रा.डा. केदारनाथ घिमिरे यस्तै वौद्धिक चोरी को केसमा फसेका छन् । (घिमिरेको चर्तिकला यहाँ पढ्नुहोस्)
त्रिवि सेवा आयोगमा रहँदा प्रा.डा. घिमिरेले भारतीय दुई लेखको रचना ‘कपी-पेस्ट’ गरेर लेख लेखेपछि उनी कालोसूचीमा परेका थिए । आयोगमा अनियमितता गरेको अभियोगमा घिमिरेसहित अख्तियारमा परेको उजुरी अझैसम्म विचाराधीन छ ।
खनियाँले सारेको लेख र त्यसको मूल स्रोत यहाँ हेर्नुहोस्
(पहेंलो लगाइएको अंश खनियाले सारेका हुन्, रातो फेरिटको लेखको हाइलाइट हो)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/08/315875/#sthash.O0rlbUw3.dpuf