ugeslimbu
More by ugeslimbu
What people are reading
Subscribers
Please log in to subscribe to ugeslimbu's postings.
:: Subscribe
|
डा. गोविन्द केसी र पूर्व मुख्यसचिव अनसनस्थलमा डाको छोडेर रोएपछि अस्पताल नै भावुक -
[VIEWED 1299
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
ugeslimbu
Please log in to subscribe to ugeslimbu's postings.
Posted on 09-04-15 4:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेडिकल माफियाहरुलाई कारवाही गर्नेबारे सरकारले गरेका पूर्व सहमति कार्यान्वयनको माग राख्दै फेरि आमरण अनसन बसेका डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेल टिचिङ अस्पतालमा भक्कानिएर रोएका छन् । डा. केसी अनसन बसिरहेको त्रिवि शिक्षण अस्पतालमा पुगेका पौडेल केसीले उठाएका माग पूरा गर्न के कस्ता अप्ठेराहरु सामना गर्नुपर्यो भन्ने सम्झँदै आँखाबाट आसु खसाल्दै गर्दा डा.केसी डाँको छोडेर रुन थालेपछि उनी पनि धुरुधुरु रोएका हुन् । डा. केसी त्रिवि शिक्षण अस्पताल स्थित गणेशमान सिंह इएनटी सेन्टर भवनको तेस्रो तल्लामा अनसन बसिरहेका छन् । यसअघि अनसन बस्दा सरकारको बागडोर आफै सम्हालेका पूर्व मुख्य सचिव पौैडेल यसपटक भने सर्वसाधारणको रुपमा केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका थिए । पौडेल अनसनस्थल पुग्दा त्यहाँ डा. केसीका केही आफन्त, विद्यार्थी र चिकित्सकहरु थिए । अनसनस्थलमा पुगेर पौडेलले केसीले उठाएका माग पूरा कसरी गराउन सकिन्छ भन्नेबारे आफ्ना केही उपाय बताउँदै थिए । सो क्रममा उनले देशमा राम्रो नियत भएका मान्छे पाउनै गाह्रो रहेको र राम्रा कुरा कार्यान्वयन गर्न झन गाह्रो हुने बताउँदै थिए । साथै उनले यसअघि आफूले केसीका माग पूरा गराउन लाग्दा भोग्नुपरेका अवरोधहरु पनि सम्झँदै थिए । सोही क्रममा उनी आँखाबाट आँसु निकाले र दुबै आँखा हातले छोपे । पौडेल रोएको देखेपछि डा. केसी डाँको छोडेरै रुन थाले । पूर्व मुख्य सचिव र डा.केसी रुन थालेपछि त्यहाँ रहेका उनका आफन्त, चिकित्सक र विद्यार्थीहरु पनि मन थाम्न सकेनन् । त्यसपछि १० मिनेट अनसनस्थल पूरै भावुक बन्यो । पौडेल करिव दुई घन्टा बसेर निस्किएका थिए । -
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
मन भित्र को पत्रै पत्र! |
Guess how many vaccines a one year old baby is given |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Travelling to Nepal - TPS AP- PASSPORT |
Morning dharahara |
1974 AD Pinjadako Suga Remixed |
Susta Susta Degree Maile REMIXED version |
Elderly parents travelling to US (any suggestions besides Special Assistance)? |
कल्लाई मुर्ख भन्या ? |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
जाडो, बा र म…… |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|