[Show all top banners]

ugeslimbu

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 आफ्नै नक्कल हेर्दा लालबाबु गदगद 'अनुहार ठ्याक्कै मिलेको त होइन, मिल्दोजुल्दो छ' -
[VIEWED 1898 TIMES]
SAVE! for ease of future access.
Posted on 09-11-15 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफैंमाथि गरिएको हास्यव्यंग्य हेर्दा धेरै नेताहरु भित्रभित्रै मुर्मुरिन्छन् । तर सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भने खुशीले गदगद भए ।

हास्यकलाकार मनोज गजुरेलले आफ्नो नक्कल उतारेको हेरेपछि मन्त्री पण्डितले भने, ‘मूलरुपमा उहाँहरुले १०० मा १०० प्रतिशत सन्देश जाने गरिकन त्यो गर्नुभएको रहेछ, म भित्रैदेखि खुशी छु, किनकि मेरो सकारात्मक कामलाई प्रोत्साहन गर्नुभएको छ ।’

प्रज्ञाभवनमा आयोजित गाईजात्रा हेर्न बुधबार दलबलसहित पुगेका थिए मन्त्री पण्डित । उनका साथमा श्रीमती, छोरी तथा सचिवालय र मन्त्रालयका कर्मचारीहरुसमेत थिए । आफ्नो भेषमा साइकल चढेर आएका गजुरेललाई देखेपछि पण्डितले कुर्सीबाट उठेर गजुरेललाई अंकमाल गरे ।

प्रहसनको बीचबीचमा मन्त्री पण्डित मज्जाले हाँस्दै ताली ठोकिरहेका देखिन्थे ।

manoj-lalbabu-3

गजुरेललाई देख्दा तपाईंलाई ऐना हेरेझैं त लागेन ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘मूलरुपमा भन्नुपर्दा मलाई ऐना हेरेजस्तो लागेन । रुपरंग र आकार त ठ्याक्कै कसले पो मिलाउन सक्छ र । तर, उहाँले धेरै हदसम्म मिलाउने कोशिस चाहिँ गर्नुभएको छ । यसलाई अझै परिष्कृत गर्छु पनि भन्नुभएको छ मसित ।’

मन्त्री पण्डितले आफ्नो आवाज कस्तो छ भन्ने आफैंलाई थाहा नभएकाले आवाज कति मिल्यो, भन्न नसक्ने उल्लेख गरे ।

मनोजले बोलेको कुन डाइलग मनपर्‍यो त भन्ने प्रश्नमा उनले भने, ‘एकछिन पख्नुस है त ।’ एकछिन सोचेर जवाफ दिए, ‘डाइलग त मैले धेरै सम्झेको छैन । तर ‘दूध आउञ्जेल नेपाल आमाको लाम्टो चुसेर दूध आउन छाडेपछि विदेशी मितबाउको घुँडो चुस्ने’ भनेर बोलेको चाहिँ ठीक छ ।’

यो डाइलग त मन्त्रीज्यूले वास्तविकतामै बोल्ने गर्नुहुन्छ नि होइन ?

‘यही आशयको कुरा मैले बोल्ने गरेको छु । ठ्याक्कै यही चाहिँ होइन । मन्त्री भएपछि पदीय मर्यादाअनुसार अलिकति मिलाएर बोल्नुपर्‍यो नि,’ पण्डितले जवाफ दिए । उनले जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भन्ने श्लोकलाई मनन गर्दै आफ्नै देशलाई स्वर्ग बनाउनुपर्छ भन्ने धारणा आफूले राख्ने गरेको उल्लेख गरे ।

जीवनकै पहिलो गाईजात्राmanoj-lalbabu-2

अर्को रोचक त के छ भने मन्त्री पण्डितले यसअघि जीवनमा कहिल्यै गाईजात्रा हेरेका थिएनन् । यसपालि सरकारका अन्य मन्त्री र साथीभाइले ‘तपाईंले नहेरी नहुने छ’ भनेर जोड गरेपछि कलाकारलाई प्रोत्साहन गर्नका लागि हेर्न आएको उनले बताए ।

‘मैले सुरुदेखि अन्त्यसम्म एउटा पनि नछुटाई हेरेँ,’ उनले भने, ‘धेरै रमाइलो हुँदोरहेछ । हँसाउने मात्रै नभएर राम्रो सन्देश पनि दिनुभएको छ सबै कलाकारले ।’

गाईजात्रामा सबैभन्दा मनपरेको प्रस्तुति चाहिँ कुन हो भन्ने प्रश्नमा मन्त्री पण्डित भन्छन्, ‘सबै कलाकारहरुको राम्रो छ । देशको परिस्थितिलाई असाध्यै राम्रो चित्रण गर्नुभएको छ । त्यसमा पनि संघीयताको विषयमा जस्तो प्रस्तुति दिनुभएको छ, त्यो एकदमै राम्रो लाग्यो । प्रदेश भनेको परदेश होइन भन्ने सन्देश दिनुभएको छ ।

मैले पनि यो भन्दै आएको छु कि पहिलो कुरा देश हो, अनि मात्रै प्रदेश । त्यही कुरालाई उहाँहरुले रमाइलो र सबैले बुझ्ने पारामा देखाउनुभएको छ । मूलरुपमा भन्नुपर्दा मलाई मन पर्‍यो ।’

-
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters