[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नश्लीय सपनादेखि सावधान!--सन्तोष चिमरिया
[VIEWED 1973 TIMES]
SAVE! for ease of future access.
Posted on 09-12-15 5:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


नश्लीय सपनादेखि सावधान!




कथाहरू आफैमा रोचक त हुन्छन् नै! झन पौराणिक कथा र क्रान्तिका कथा त भनी साध्य रोचक हुदैनन्। यी कथाहरूमा पूरा हुनै नसक्ने सपनाहरूलाई अतिरंजनापुर्ण गरि देखाइएको सारै मिठो वर्णन पाईन्छ। जस्तो बायुपंखी घोडाको कथा! सुनकेशरी रानीको कथा! सतिदेबीको प्रेममा पागल भएका प्रेमी महादेवको पागलपनको वर्णन गरिएको  स्वस्थानी कथा! यी कथाको प्रभाव त यति बलियो छ कि भगवान हाम्रो जिवनमा अकाट्य सत्य बनेर बसेको छ। यो सबै कथाकारको शिल्प हो। उसको अदभूत कथा वाचनको प्रभाव हो । 

आधुनिक युगमा साम्यवादको स्वैरकाल्पनीक अतिरंजनालाई माक्र्स र  मार्क्सवादीले जुन शैलीमा वर्णन गरेरका छ्न् त्यो पनि त्यस्तै गरि अदभूत छ। जसरी स्वस्थानी ब्रतकथा सुनेकी नारीसंग श्रीमती मर्दा सामान्यतया साधारण मान्छे त बहुलाउदैन भने इश्वर कसरी बहुलाउछ भनेर तर्क गर्नु ब्यर्थ हुन्छ। त्यसरी नै साम्यवादको कथा सुनेका कम्युनिस्ट क्रान्तिकारीहरुलाई स्वैरकाल्पनिक साम्यवाद व्यर्थको सपना हो भनेर तर्क गर्नु उस्तै समयको बर्बादी हुन जान्छ। सर्सर्ती हेर्दा भौतिकवाद र आध्यात्मिकवादको दुई विपरित कित्तामा उभिएका भएपनी यीनीहरु कथालाई वास्तविकता ठान्ने उस्तै चेतनास्तर र मनोविज्ञान भएका नावालकहरु हुन। यी चेतनाका दृष्टिकोणले बालिग हुन दशकौँ टाढा छ। जिवनको कठोर धरातलमा सिद्धान्तको वायुपंखी घोडाबाट उत्रिएर लामो यात्रा तय गरेपछि मात्रै यीनीहरु वयस्क हुन्छन्। तर चेतनाले वयस्क हुँदा उमेरले डाँडो काटिसकेको हुन्छ।  प्रशिक्षण, तालिम, मिलिसिया, जनसेना, जनयुद्ध, बार्ता, कन्टोनमेन्ट, अयोग्य लडाकुको प्रमाणपत्र हुँदै अन्तिमा अरब पुग्दा धेरै ढिलो भैइसकेको हुन्छ। ढिलो गरि साम्यवादको सपनाबाट छर्लङ्ग बिउझिएको कुम्भकर्ण युगको समय चेतनाले सरापेको अभिसप्त अभागी हो।           

 

हिजोसम्म श्रमिकले खडा गरेको महल श्रमिककै हुन्छ भनेर निर्दोष तर्क गर्ने हाम्रा गोर्खे क्रान्तिकारी अरब आईपुगे पछि धरातलीय जीवन र बायुपंखी सिद्धान्त बिचको फरक देखेर आश्चर्य चकित छ्न् अचेल। लामो युद्धपछि अयोग्यताको प्रमाणपत्र पाएको यी भुतपुर्व क्रान्तिवीरहरु अहिले अरवमा रातारात महल हैन, टावर नै खडा गर्दैछ्न। तर जब तयार हुन्छ ती पहिला प्रशिक्षणका बन्द कोठामा सिकाईएको जस्तो उट्पट्याङ तर्क गर्दैनन्। ती आफ्नो भागको मजदुरीको मूल्य महिनाको अन्तिममा थाप्छ्न र बिगतको आफ्नो वायुपंखी सिद्धान्त प्रती फिस्स हाँस्छ्न।  ठिलो गरि थाहा पाएको जिबनको नयाँ सत्य बिल्कुलै बेग्लै छ।

उनीहरु यस्तो सोच्छन अचेल, 'ए गाट्ठे! संसार त रातो किताब बर्णन गरे भन्दा बिल्कुलै फरक हुदो रहेछ बा! हो त नि , म स्वयंले अरबबाट कमाएको धनले बनाएको घर बनाउनेलाई दिन्न भने कसरी त्यही उट्पट्याङ कुराका लागि मैले आफ्नो र अरुको जिवन ब्यर्थमा दाउमा लगाएँ।' 
                

संसारले नब्बेको दशकमै संभव नहुने ठानेर बिसर्जन गरेको हो उट्पट्याङ साम्यवादी अतिरंजनाहरुको प्रयोग। हो नाराहरु अवस्य नै आकर्षक छ। कुन गरिबलाई रहर नहोला धनी जतिकै बराबरको हुन। कुन श्रमिकलाई रहर नहोला आफुले बनाएको महलमा बस्न। कुन जोताहालाई रहर नहोला आफुले जोतेजती सबै खेतीको मालिक हुन। तर सपनामा हात्ती चडेको देख्नु र साच्चैको हात्ती चड्नु अलगअलग कुरा हुन। अरुको खोसेर बराबर बड्ने हैन सृजना र उत्पादन गरेर अरु बराबर हुने हो भन्ने तथ्य बुझ्न पनि हामीलाई संसारले गरेको प्रयोगको इतिहास पढेर पुगेन। आफैले प्रयोग गर्ने मुर्खता गर्यौ  संसारको जुनसुकै प्रयोगसालामा प्रयोग गरेपनी प्रयोगसिद्ध तथ्य गोरु ब्याउदैन भन्ने नै हुन्छ। तर फ़ेरि पनि गोरु ब्याउने आशामा हामीले प्रयोग जारी राख्यौं। अहिलेको साधारण सत्य के हो भने ,  बाबुराम र प्रचण्डहरु पनि घरमै बस्छ्न। घर के महलमै बस्छ्न। तर खै लाजिम्पाट दरबार बनाउने श्रमिकले प्रचण्ड निवासमा एउटा कोठा पाएको छ त? त्यसैले यसलाई उट्पट्यङ र अव्यवहारिक भएर संसारले विसर्जन गरेको थियो। तर त्यही नारा नेपालीमा लगाएर फ़ेरि पनि सत्र हजार मान्छेहरू बली चढाईए। हामीले सुपरम्यान भन्ने सिनेमा हेरी सकेपछि घरको छानाबाट हाम्फाल्ने पागलपन गरेकै हो। उड्न खोज्दै छाना माथिबाट हाम्फाल्दा थेचारिएर अहिले हामी घाइते छौं। 

 

राजनीतिमा एकहद सम्म सपनाहरूको व्यापार त हुन्छ नै। दुर्भाग्यपूर्ण चाहिँ सपनाको रगतसंगको विनिमय हो। अहिले नेपाली राजनीतिमा एउटा नयाँ र हिजोको भन्दा बिल्कुलै बिपरित सपनाहरुको रगतसंग विनिमय हुँदै छ। यो सनातन नेपाली  राजनीतिक अभ्यास हो। तर जतिसुकै निरन्तरताको क्रमभंगता भनेपनी यो सनातन अभ्यास भंग हुन सकेको छैन। हिजोका सपना, तराईका जमिनदार विरुद्ध जोताहालाई देखाईएको थियो। उद्योगपति विरुद्ध मजदुरलाई देखाईएको थियो । ठाकुर र मुखिया विरुद्ध गरीबलाई देखाईएको थियो। अनि त्यो सपनालाई बर्गिय भनेर सैद्धान्तिकरण गरिएको थियो। त्यसका लागी पनि आजको जस्तै  रगत र जीवन मागिए थियो।  तर आजसम्म पनि सुकुम्बासी, हरुवा चरुवा, कम्लहरी, मजदुर , किसानका दुखहरु कुनै न कुनै अवशेषमा जीउँदै रहेर ती सपनाहरूलाई गिज्याई रहेका छ्न। ठुलो मूल्य चुकाएर पनि सपना, सपनामै सिमित भएको छ । यथार्थ हुन सकेको छैन । तर अचानकसंग फ़ेरि सपनाहरूको नयाँ आवरणमा  नयाँ अवतरण भएको छ। 

आजका सपनाहरू अलग छ्न र तिनको सैद्धान्तिकरण अलग छ। अब यहाँ जमिनदार र सुकुम्बासी  बिचको विभेद र पृष्ठभुमि समाप्त भएको छ। मालिक र  कम्लहरीको हैसियत समाप्त भएको छ। उद्योगपती र मजदुर एक छ्न। मुखिया र जोताहा उस्तै र एउटै मोर्चामा छ्न। बस मोर्चा सजातीय छ। टोपी लगाउने सबै एकातिर र धोती लगाउने सबै अर्कोतिर छ्न्। नाकको उचाई र आँखाको आयतनामा आधारित भएर अलग अलग मोर्चा खुलेका छ्न र यसलाई संघियता भनेर सैद्धान्तिकरण गरिएको छ। यो सपना पनि कम रोचक र कथावाचक कम्ती अदभूत छैनन्। किनकी यी पुरानै कथावाचकका नयाँ अबतार हुन । यीनलाई कथावाचन र सपनाको ब्यापारमा महारथ प्राप्त छ। 

पहिला सपना वर्गीय थियो अहिले सपना नश्लिय छ। पहिले यसलाई अन्तरास्ट्रियवाद भनिन्थ्यो। अहिले खुम्च्याएर एउटा देशमा पनि अटाउन नसक्ने बनाईएको छ। यो सपना सजातीय छ। यहाँ  नाकको उचाई प्रमुख मापदण्ड हो। तपाईंको पहिरन टोपी कि धोती त्यो अर्को मापदण्ड हो। नाकको उचाई र थेप्च्याई मिल्छ भने शिरको टोपी र शरीरको धोती मिल्छ भने तपाईंका राजनीतिक सपनाहरु एउटै हुन । बाकी सबै तपसिल ! 

 

........ बाँकी तपसिलमा आधारित सपना संसारको सबैभन्दा क्रूर र कुरुप सपना हो। हुतु र तुत्सीहरुले यो सपना देखेका थिए। सुडानका मुसलमान र ईसाईले उत्तर र दक्षिणमा बसेर  यो सपना देखेका थिए। उर्दु बोल्ने र बंगाली बोल्नेले यो सपना देखेका थिए। तामिल र सिंहलीले यो सपना देखेका थिए।

 

नश्लिय सपना मुख्यत इतर नश्ल विरुद्धको घृणामा आधारित हुन्छ। यो घृणाको उन्मादले बालक र बृद्ध सम्म देख्दैन। त्यसैले त नाबालकहरुको सामुहिक हत्या हुन्छ। शिशु र  सुत्केरीहरु सम्म बलत्कृत हुन्छन्। बृद्ध र अशक्तहरु जीउँदै जलाईन्छ्न।

 

ससांरका सबै मानिसको जस्तै हाम्रो पनि सपनाहरूको लामो इतिहास छ। हामीले पनि आफ्नो सपनाका लागि बलिदान दिएका छौं। कतिपय हिजो सपना झै लाग्ने उपलब्धि पनि हासिल गरेका छौँ किनभने  ती हाम्रा सामुहिक सपनाहरू थिए। तिनले हामी सबैको सपनाहरूको प्रतिनिधित्व गर्थे। तर आज हाम्रा सपनाहरू विभाजित छ्न। संकुचित छ्न। नश्लिय , सजातीय र सधार्मीक छ्न। आफू इतरका विरुद्ध हाम्रा सपनाहरु लक्षीत छ्न। यस्तो सपनाले हामी कसैको भलो पनि गर्दैन। त्यसैले आफ्ना नश्लिय सपनाहरू बाट सावधान बनौं। 
 

 



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters