१. नेपालको इतिहासमा ठुला राजनीतिक दलबीचको अभुतपुर्ब एकतापछि स्वतन्त्रता पुर्बक घोषणा भएको संबिधानलाई निस्प्रभावी तुल्याउने खेल खेलिने छ बाहिरी शक्ति द्वारा |
२. प्रमुख दलहरुको अभूतपुर्ब एकतालाई टुटाउने र उनीहरुको बिचमा ठुलो अन्तरबिरोध पैदा गरिदिने र नयाँ सरकार गठनको लागि समस्या सृजना गर्ने कोशिश हुनेछ ता कि जारी भएको संबिधानको धारा अनुसार तोकिएको समयभित्र सरकार गठन हुन सकेन भने संबिधानमा नै संकट पैदा हुन सक्छ |
३. काठमाडौँलाई गलाउने रणनीति बमोजिम मधेशमा अझैं ठुलो लगानी गर्ने र मधेशको आन्दोलनलाई थप हिंसात्मक बनाउदै लैजाने खेल खेल्न सक्ने सम्भावना छ |
४. एमाओबादीबाट भट्टराई र तराईका सभाषदहरु, कांग्रेसबाट अमरेश सिंह र मधेशका सभासदहरु र एमाले बाट पनि सोहि प्रकारका सभासद र नेताहरुलाई बिद्रोह गराउने कोशिश हुनेछ | यदि यस्तो भयो भने प्रमुख राजनीतिक दलको मनोविज्ञान कम्जोर हुने र मधेसकेन्द्रित दलहरुको मनोबैज्ञानिक उर्जा बलियो बन्ने वातावरण तयार गर्ने कोशिश गरिनेछ |
५. अन्तमा आफ्नो शक्तिशाली भूमिकाको ग्यारेन्टी भएपछी र आफ्नो स्वार्थको रक्षा हुने स्थितिमा मात्र मधेशकेन्द्रित दलहरुलाई वार्ता मार्फत सम्झौतामा जाने अनुमति हुनेछ |