काठमाडौं । आफ्नो भिडियोमा नेपाललाई भारतको भूभाग भनेर चिनाएपछि विवादमा परेकी मिस अर्थ इण्डिया आइतल खोसलाले माफि मागेकी छिन् ।
खोसलाले शनिबार आफ्नो इन्ट्राग्राममार्फत भनेकी छिन्, ‘प्रिय नेपाल, मेरो असावधानिले तपाईहरुकाे भावनामा चोट पुगेको छ, मैले तपाईहरुको भूभागलार्इ मेरो भिडियोमा प्रस्तुत गरेकोमा माफि चाहान्छु । ’
भिडियो प्रस्तुत भएपछि आफ्नो अलोचना भएको बताउँदै उनले गल्ति महसुस भएको बताएकी छिन् । उनले अघि भनेकी छिन्, ‘हामी प्रिय मित्र हौ र रहनेछौं । म क्षमा चाहान्छु । ’
यसअघि खोसलाले मिस अर्थमा प्रस्तुत गरेको भिडियोमा नेपाललाई भारतको भूभागका रुपमा प्रस्तुत गरेपछि विवादमा परेकी थिइन् । २ मिनेट १३ सेकेण्ड लामो उक्त भिडियोमा उनले नेपालको सगरमाथा देखाउँदैं आफ्नो देशलाई हिमालयको देश भनेकी थिइन् ।
उनले उक्त भिडियो अस्ट्रियामा भइरहेको मिस अर्थमा प्रतियोगितामा प्रस्तुत गरेकी हुन् । नोभेम्बर १९ देखि सुरु भएको मिस अर्थको फाइनल भने ५ डिसेम्बरमा हुँदैंछ । उक्त प्रतियोगितामा प्रस्तुत गर्न बनाइएको भिडियोमा सगरमाथालगायतका नेपालको अन्य हिमाल र काठमाडौका दृश्यहरु समेत समेटिएको छ ।
कतिसम्म भने प्राकृति सुन्दरताले भरिपूर्ण देश भनेर भारतलाई चिनाएकी उनले नेपालको सगरमाथालाई नै त्यसमा राखेपछि उनी विवादमा तानिएकी थिइन । नेपालका दृश्यहरु चोरेर भारतको देखाइएको भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेपछि नेपालीहरूले चोरिएको भिडियोबारेमा कमेन्टहरू गरेका थिए । लगतै उनको उक्त भिडियोबारे समाचार बने ।
https://www.youtube.com/watch?v=V4vvZF7mbC8
http://www.nepalipatra.com/news/detail/18113/3